महिला सशक्तिकरण अभियान एक चर्चा

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७१

२०७० साल चैत्र १९ गते १० वजे एक जना पूर्व परिचित महिला समाजसेवी सुशीला वाग्ले मेरो आचार्य ल र्फममा आउनु भयो र वैदाममा ७० जना महिलाहरुलाई दुर्इ दिन अथवा १९,२० गते महिला कानून शिक्षासम्बन्धी तालिम लिई दिनु पžयो भनिन् र मैले हुन्छ भने यो कार्यक्रम ताल वाराही विद्यालयको हलमा ५ दिने कार्यक्रम रहेछ। १६,१७,१८ गते उद्घोषण तालिम रहेछ। सो कार्यक्रमका प्रशिक्षक पुष्पराज तिमिल्सिना हुनुहुँदो रहेछ। १९ गते १२ वजे म हलभित्र प्रवेश गर्दा साथ सवै प्रशिक्षार्थीहरुले तालि बजाई स्वागत गरे। त्यस पछि परिचय कार्यक्रम शुरु भयो अन्नपूर्ण आमा समूहकी अध्यक्ष मीना ढकाल, जगदम्वा आमा समूहकी अध्यक्ष दुर्गा देवी पहारी, ढोर वराही दिदी वहिनी समूहकी अध्यक्ष सुशीला पहारी, मितेरी नारी समूहकी अध्यक्ष मीना भटृराई, ताल वराही आमा समूहकी अध्यक्ष लक्ष्मी खाती परियार, जरेबर उज्ज्वल आमा समूहकी अध्यक्ष दुर्गा देवी तिमिल्सिना, खहरे आमा समूहकी अध्यक्ष नानीमाया सिग्देल, नमूना आमा समूहकी अध्यक्ष मिठू देवी अधिकारी, प्रगति दिदी वहिनी समूहकी अध्यक्ष विष्णु के.सी. समेत ९ वटा आमा समूहका अध्यक्षहरुले आफ्नो परिचय दिए। सो आमा समूहहरुको संजाल सशक्तिकरण अभियानकी संयोजक तथा सो कार्यक्रमकी अध्यक्ष रहेकी सुशीला वाग्लेले अत्यन्त मिठो र सुमधुर भाषामा आफ्नो परिचय दिईन्। अन्य सवै महिलाहरुसंग परिचय गर्ने समय भएन।

त्यसपछि मेरो प्रशिक्षण शुरु भयो। वोर्डमा सशक्तिकरण लेखिएको हुँदा सशक्तिकरण भनेको के हो भन्ने प्रश्न गरें सवैले थाह छैन भनी जवाफ दिए, मैले भने शसक्तिकरण भनेको सवल हुनु, सक्षम हुनु, क्षमता बृद्धि गर्नु, श्रोत साधन माथि पहुच, नियन्त्रण उपभोग गर्नु हो। धार्मिक, सामाजिक, राजनीतिक सहभागितामा पुरुष सरह भाग लिनु हो। सशक्तिकरण चेतना र परिवर्तनको मेरुदण्ड हो। त्यस पछि महिलाहरुको अन्तर्राष्ट्रिय, राष्ट्रिय अवस्था, लैङ्गकि अवस्था, महिलाहरु सम्वन्धी, संवैधानिक र कानूनी व्यवस्था, महिला कानून सम्वन्धी विविध विषयमा प्रशिक्षण दिएपछि सहभागीहरुले खुसी व्यक्त गरेका थिए। सो प्रशिक्षण कार्यक्रममा अंशबण्डाको महल स्त्री अंशको महल, लोग्ने स्वास्नीको महल, विवाहवारीको महल, जारीको महल, धर्मपुत्री सम्वन्धी व्यवस्था, जवरजस्ती करणी घरेलु हिंसा, कसुर सजाय ऐन २०६६ सम्बन्धी व्यवस्था, हिन्दु पितृ सत्तात्मक व्यवस्थामा महिला पछि पर्नाका कारण, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनैतिक आर्थिक प्रणाली, हाम्रो देश गरिव हुनाको कारण सम्वन्धमा प्रशिक्षण दिएपछि व्यापक छलफल भएको थियो। सहभागीहरुले नवुझेका कुराको बारेमा प्रश्न प्रतिपश्न गरेका थिए र उनिहरुलाई उपरोक्त सवै विषयमा बुझाउने प्रयास गरिएको थियो। १९ गते साढे तीन घण्टा र २० गते २ घण्टा कानूनी शिक्षाको सम्वन्धमा प्रशिक्षण दिईएको र सहभागीहरुले राम्रै ज्ञान हासिल भएको बताएका थिए। सो कार्यक्रम संञ्चालन गर्न नगर पालिकाबाट ५० हजार रकम दिईएको रहेछ।

२० गते दुर्इ वजे देखि ४ वजेसम्म समापन समारोहको आयोजना गरिएको थियो। सो समयमा उपरोक्त उल्लिखित ९ वटा महिला समितिका अध्यक्षहरुले भाषण गर्नु भई प्रशिक्षणमा निकै ज्ञान हासिल गरेको कुरा बताउनु भएको थियो सो समारोहमा वडा नं. ६ का समन्वय समितिका प्रमुख गिरीराज अधिकारीले नगरपालिकाबाट रकम ल्याउन निकै धाउनु परेको कुरा उल्लेख गर्नु भएको थियो, उद्घोषण तर्फका प्रशिक्षक पुष्पराज तिमिल्सिनाले उद्घोषण प्रशिक्षणको बारेमा रोचक ढंगले मन्तव्य प्रकट गर्नु भएको थियो। सो समारोहमा प्रमुख अतिथि न.पा. प्रमुख झलकराम अधिकारीले सो कार्यक्रम संचालन गर्न ५० हजार दिएको कुरा उल्लेख गर्दै अव तपाईहरुले रोजगारी मूलक, शीप मूलक, शसक्तिकरण सम्वन्धी कार्यक्रम सञ्चालन गर्नु भएमा नगरपालीकाले आर्थिक सहयोग गर्न तयार छ भनि विचार व्यक्त गर्नु भएको थियो र सहभागीहरुले ताली बजाई स्वागत गरेका थिए। अन्त्यमा संयोजक, प्रमुख अतिथि, अतिथिहरुलाई मायाँको चिनो र दोसल्ला प्रदान गरिएको थियो। सो कार्यक्रममा तिलक आचार्यले यो कार्यक्रम अत्यन्त महत्वपूर्ण भएको र सवै सहभागहिरुले महिला कानून सम्वन्धी ज्ञान र विशेष ज्ञान हासिल गरेकोले यस्ता कार्यक्रमहरु समय समयमा गर्नुपर्ने आवश्यकताबारे विचार व्यक्त गर्नु भएको थियो। सो कार्यक्रमको अध्यक्षता गर्नु भएकी शुसिला वाग्लेले महिलाको हक, हित, योग्यता, क्षमता बृद्धिको निमित्त सदैव कृत संकल्पीत भै अगाडी बढ्नु पर्ने कुरा रोचक ढंगले शिष्ट भाषामा मन्तव्य दिदै सभा विसर्जन गर्नु भएको थियो।

यो सशक्तिकरण सम्वन्धी विषयको कार्यक्रम महत्वपूर्ण रहेछ त्यस्ता कार्यक्रमहरु नगरपालिकाका हरेक वडाका महिलाहरुले संयुक्त रुपमा गर्नु पर्ने आवश्यकता छ। त्यस्तै शीप मूलक तालिम, रोजगारी मूलक तालिम र अन्य विभिन्न प्रकारका आय आर्जन मूलक तालिमहरु हरेक वडामा सञ्चालन गर्नु पर्दछ। नगरपालिका प्रमुख झलकराम अधिकारीले यस्ता तालिमहरु सञ्चालन गरेमा नगरपालिका क्षेत्र भित्र आर्थिक सहयोग गर्ने वचत वद्धता गर्नु भएको हुदा हरेक वडाका महिलाहरुले सशक्तिकरण सीप मूलुक, रोजगारी मुलक आय आर्जन मूलककार्यक्रम संचालन गर्न नगरपालिकाबाट सहयोग माग गरि अगाडी बढ्नु नितान्त आवश्यक छ।

(लेखक वरिष्ठ अधिवक्ता हुन्। सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width