नेपाल पितृसत्तात्मक देश भएर पनि होला अझै पनि लैङगि विभेद नारीमाथि समाजले अन्याय गरेको छ। चाहे ग्रामीण क्षेत्र होस् चाहे शहरिया भेग नै किन नहोस् चारैतिर महिलालाई मैला नै हुन् भनी छि-छि र दुर-दुर गरिन्छ। महिला त्यसमा पनि विशेष गरेर विधवा एकल महिलालाई नेपाली समाजले हेर्ने दृष्टिकोण धेरै फरक छ। अस्तिका दिनमा त्यही घरकी महिला स्र्वर्गकी अप्सरा जस्ती सुन्दर थिइन् हिजो आएर भाउजु, बुहारी, श्रीमती हुनुपर्दा आफुमा सबैले हेर्ने दृष्टिकोण फरक पाइन्। आज आएर विधीको विडम्बना आफ्नो प्राण भन्दा प्यारो श्रीमान दैवले चुडिदिदा ऊ विधवा भई। जसलाई नेपाली समाजले सधै कुदृष्टिले हेर्ने गर्दछ। यो किन र कसरी भन्दा पनि यो समाजमा प्रश्न चिन्हको रुपमा खडा गरिन्छ र उसलाई सँधै प्रश्न चिन्हकै रुपमा राखिन्छ। किनकी उत्तर दिने पनि उही समाजमा हुर्केको मान्छे हो। उसले चाहेर पनि त्यो समाजको संस्कृति र बन्धनलाई लत्याउन सक्दैन र भन्ने गर्छ प्रश्नको उत्तर नै छैन। चाहे म फेल हुँ चाहे म अरुको आँखाको तारो नै किन न हु। आज म नेपाली समाजको त्यही रुढीवादी दृष्टिकोण र संस्कृति-छोरा र छोरीमा विभेद, एउटा आमाका सन्तानलाई पनि कोही काखा कोही पाखा गर्ने पाखण्डीपन देखेर दुखी हुन्छु।
भन्ने गर्छु-मेरी आमा हिजोको सुन्दर प्रेमिका थिइन् होला। बुवाको स्नेह र ममतामा कति सुन्दर सपना देख्थिन् होला। तर के गर्ने आज आएर मेरी आमा विधवा हुन पुग्दा म जति नै आमालाई प्रेम गरे पनि हाम्रो पितृसत्तात्मक समाज आमालाई सँधै नराम्रो दृष्टिकोणले नै हेर्ने गर्छ। म आखिर खाली समाजमा देखिएको रुढीवादी दृष्टि चलचित्र जस्तै पर्दामा हेरिरहन्छु। त्यहा मेरो बोलीको सुनुवाई हुदैन। कुनै प्रतिकारको हतियार मसँग छैन। किनकी म पनि त्यही कु-संस्कृतिमा बाँधिएको समाजको पिंजडाको सुगा त हुं नि। त्यसैले आमालाई म टुलुटुलु हेर्दै दुध खानु र दुध खांदै जिस्काइरहेको म आफैलाई कता-कता भान हुन्छ। म निदोर्ष छु भन्ने जान्दाजान्दै पनि म आमाको प्यारो ममतामयी स्नेही काखमा बसेर अंगालो मार्दै रुन सकेको हुँदिन। किनकी म पखेटा बिनाको चरा हुँ समाजले मेरो पखेटा नै काटिदियो त्यसको प्रतिकार गर्न सकिन।)
हो मेरी आमाको पीडा मलाई जति थाहा छ। सायद त्यो अरु कसैलाई पनि थाहा छैन। आमालाई सँधै मान्छे होइन जस्तो गरेर हेरिदिँदा आमा मेरो साथमा बसेर सँधै रुनु हुन्थ्यो त्यो म किन र कसरी बुझ्नै सकेको थिइन। सँधै समाजले महिलालाई हक र अधिकार दिएको कुरा गर्थ्यो त्यसमा पनि विधवा महिलालाई धेरै अवसर दिएको कुरा गर्दथ्यो तर पनि गराई र बोलाइमा धेरै फरक थियो। सँधै महिलालाई चुलोसँग जोडिएको जात सधै चुलोमा बस्नुपर्छ र श्रीमानलाई सँधै देवता जस्तो पुज्नुपर्छ भन्ने मान्यताले गर्दा महिला जागरणको लागि अवसर धेरै दिएका छौ भनेर कागजमा लेखिएतापनि ब्यवहारमा लागु हुन सकिरहेको छैन। त्यो त केवल महिलालाई झुक्याउने र पुरुषले त्यसको फाइदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लिइएको पाइएको छ। यो सबै विदेशीसँग मागी खाने भाँडो भएको छ। सरकार आफ्नो स्वार्थमा पुरुष भएर पनि महिलाको सारी लगाएर भिख मागेको भान हुन्छ। अर्को कुरा अपुरो अवसरबाट महिलाको जीवनमा परिवर्तन हुन सक्दैन।
एकातिर पुरुषहरु महिलालाई अधिकार दिएको कुरा गर्छन तर अकोर्तिर महिलाको पहिरन लगाई शोषण गरिरहेका हुन्छन्। बाहिर पुरुष चर्को-चर्को स्वरमा महिलाले अधिकार पाउनुपर्छ महिला र पुरुष एक रथका दुर्इ पाङग्रा हुन त्यसैले महिला र पुरुष नङ् र मासु जस्तै सँधै मिलेर अधिकार बराबर लिनुपर्छ भन्दै भाषण गर्छन् तर घरमा आएर महिला -श्रीमती) लाई विदेशी रक्सीको मातमा नानाभातीको गाली गर्ने र पिटपाटसमेत गर्न पछि नपर्ने यति मात्रै नभई आफ्ैले जन्माएकी छोरीमाथी बलात्कार गर्न पनि पछि नपर्ने पुरुष यही समाजमा छन्। जसलाई महिलाले सँधै सहीरहने र समाजमा ऊ सँधै इज्जतको लागि जस्तोसुकै पीडालाई पनि लुकाएर भएपनि श्रीमाननै देवता हुन भनी बिहान बिहान सँधै खुट्टाको पानी -जल) खानसमेत पछि पर्दैनन्। यो उसको एकातिर बाध्यता हो भने अकोर्तिर समाजले लुकाएर राखेको बिष्फोटन गराउने कच्चा पदार्थ हो। यो कहिले विष्फोटन हुन्छ, थाहा छैन।
महिला अधिकार लिनको लागि न्यायको ढोकामा पुग्छे तर पनि ढोकामा ठूलो ताल्चा बनी पुरुष बसिरहेको हुन्छ। चापी त उसको हातमा छ तर ढोका भित्रको अधिकार लिन त परको विषय भयो त्यसको कुरै छोडौ अधिकार कस्तो हुन्छ भनेर छुन र हेर्नसमेत पाउदिन ऊ खाली पुरुषको बन्धनमा बाँधिन बाध्य हुन्छे। महिलाले जतिसुकै अधिकार र अवसरको ताल्चा पाए पनि पुरुष ताल्चाले रोकिदिँदा उसले चाहेर पनि कुनै अवसर पाउन सक्दिन। जसले गर्दा अधिकार जस्तोसुकै दिइएता पनि ढोकाभित्र लुकेको अधिकारले महिलाको जीवनमा परिवर्तन आउन सक्दैन। खाली यो त एउटा बच्चाले खेलाउने जहाज किनिदिए उडेर काठमाडौ जा भने जत्तिकै हो। त्यसले गर्दा सरकार आज महिलालाई अधिकार दिएको जतिनै कुरा पानामा लेखिएको ब्यानर लिएर भाषण गर्दै हिडे पनि बास्तवमा महिलाको समस्या नबुझेसम्म सँधै बालुवामा पानी हाल्नु जत्तिकै सरकारको लगानी सबै खेर जान्छ। हिजोका महिला र आजका महिलाहरुमा केही परिवर्तनका लहर देखिएता पनि यो केवल ढोकाको प्वालबाट देखिएको सानो उज्यालो मात्र हो। जसलाई अमर राख्नको लागि सरकार महिलाको अधिकार र अवसरको ढोका खोली उनीहरुलाई सबै उनीहरुकै हातबाट सीपमुलक तालिम दिनुपर्छ। सबै ठूल्ठूला शक्तिको साँचो पुरुषले मात्र नलिइ महिलालाई पनि दिनुपर्छ तब मात्र देशको विकास हुन्छ। र वास्तविकमा नेपाली भएको हामी सबैलाई भान हुन्छ। विशेष गरेर माओवादी द्वन्द्वकालमा हजारौ नेपाली छोराहरुले ज्यान गुमाउन पुग्दा कैयौ नारीहरु विधवा हुन पुगे त्यस्तो कठिन घडीमा पनि नारी माता धर्ती सँधै पीडालाई सहिरहन र सँधै नेपालीको हितमा आफ्नो जीवन बिताइरहिन्। सरकार यस्तो पीडामा मलम लगाउनुको सट्टा झन कोपी रह्यो। धेरै अधिकार दिन्छौ भनी भाषण मात्र गर्यो त्यो वास्तवमा व्यवहारमा एक प्रतिशत पनि हुन सकेन। जसले गर्दा देशमा राम्रो सरकारको अभावले गर्दा महिला सँधै पिल्सिएरै बस्न बाध्य भए। हजारौ आमा छोराको सम्झनामा रोगी हुन पुगे।
हिजोको दिनमा जे जस्तो भएता पनि अब आउने दिनमा सरकारले नेपाली महिलाहरुलाई हक र अधिकार दिइएको कुरा केवल पानामा मात्र नलेखी वास्तविकतामा सबैलाई अनुभव गराउन सकेको खण्डमा मात्र सहिदको आत्माले सबैलाई क्षमा गराउने छ र भोलिका दिनमा नेपाली महिला राष्ट्रपति र प्रधानमन्त्री बनी नेपाली विधवा आमाको सपना पुरा हुनेछ र नेपाल सँधै विश्वको आँखाको नानी बनी सुन्दर देश भनी चिनिने छ।
हाम्रो देश नेपाल जतिनै सुकै सुन्दर भए पनि काम गर्ने र गराउने मानिस सबै स्वार्थी र फरक-फरक विचारका भइदिदा अधिकारका कुरा गर्ने पनि अधिकार एकातिर दिन्छन् भने काम अकोर्तिर बाँडफाँड गर्छन्। जसको कारणले गर्दा महिलामा काम गर्नेर्र् इच्छा र चाहना हुँदाहुँदै पनि उचित अवसरको खाँचोले गर्दा उनीहरुमा परिवर्तन आउन सकेको छैन। आफ्नै छोरी बुहारी माथीसमेत पनि बलात्कार गर्ने पिताको कारण छोरी बुहारी सँधै आफ्नो घरमा पनि डर र त्रासमा बस्न बाध्य छन्।
आज विशेष गरेर नेपालको द्वन्द्वकालमा भएको कैयौ विधवा महिला तथा अन्य महिलालाई सरकारले अवसर दिइएको कुरा मात्र गर्ने तर अवसर नदिने गर्दा र कही कतै दिइएको खण्डमा पनि अधुरो दिँदा चाहेर पनि इच्छाशक्ति हुँदाहुँदै पनि अवसरको कमीले गर्दा उनीहरुको जीवनमा परिवर्तन आउन सकिरहेको छैन। महिलालाई सँधै पुरुषको दासी मात्र बनाउने तर अवसर र चुनौती सिक्ने र गर्ने मौका नदिदा महिलाहरुलाई सँधै भ्रममा राखिरहदा महिला पछाडि परेको हामी सबैलाई अवगत नै छ।
दुर्इ चार जना महिला मात्र केन्द्रीय स्तरमा उच्च तहमा पुगे पनि उनीहरुको कुरालाई कसैले सुनिदिएको पाइदैन। जसको कारणले गर्दा महिला पुरुषकै हैकम र अधिकारमा बस्न बाध्य छन। जसको कारण आज पनि र भोलि पनि महिलालाई अगाडि बढाउने र देशको विकास गर्ने महिलामा अवसर र अधिकारको खाँचो छ। जसले महिला जागरणमा महत्वपूर्ण भूमिका खेल्छ।
आज देशको आधा भन्दा बढी हिस्सा ओगटेको महिलालाई देशमा अवसर र अधिकार दिएर जागरण गराएको खण्डमा देशको छिट्टै विकास हुन्छ। त्यसमा कुनै दुविधा छैन। यस कुरालाई सरकारले बेलैमा बुझी महिला जागरणमा अवसरको खाँचो विषय जागरणका कार्यक्रम ल्याएको खण्डमा देशले छिट्टै विकासको काँचुली फेर्ने छ र बाध्यताले विदेशिएका हजारौ नेपाली दाजुभाइ पुन स्वदेशमै र्फकने छन। जय देश, जय नेपाल।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०