महिलाहरूको महान पर्व हरितालिका तीज र ऋषि पञ्चमीको महिमा

आदर्श समाज सम्वाददाता
असाेज १, २०७२

महिलाहरूको लागि हरितालिका तीज महत्त्वपूर्ण चाड हो। विष्णुसँग विवाह हुन नपरोस् भनी सङ्गीनीद्वारा हरेर जङ्गलमा पुर्‍याइएको पार्वतीले महादेव पति पाउनका लागि गरेको ब्रत, प्रायः नेपाली सङ्घ वा नारीहरूले सौभाग्यको स्थिरताका लागि भाद्र शुक्ल तृतीयाको दिन आज निराहार बसेर गरिने शिवको पूजा, भाद्र शुक्ल तृतीयाको दिन तीज हो। नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परा अनुसार शिव पार्वतीको उपासरा र पूजा गर्ने, भाद्र शुक्ल तृतीयको दिनलाई हरितालिका तीज भनिन्छ। तीजका अघिल्ला रात स्त्रीहरूले खाने, दरिलो विशेष भोज, दर खानु, दर खानेलाई दर भनिन्छ।

तीज महिलाहरूको विशेष चाड हो। विशेष गरेर विवाहित महिलाहरू आफ्नो कर्म घरबाट जन्म घर माइतमा आएर मीठो मीठो खाएर राम्रा राम्रा कपडा गरगहना लाएर नाचगान गर्ने पर्व हो। माइतमा बाबा आमा दाजुभाइ हुने चेलीका लागि यो पर्व अति रमाइलो हुन्छ। भनिन्छ विवाहित चेलीको लागि माइत अति रमाइलो हुन्छ। विवाहित चेलीलाई माइतीको कुकुर पनि प्यारो हुन्छ। तीजमा दाजु भाइ हुने चेलीका दाजुभाइ चेलिबेटी लिन उनीहरूका घर जान्छन्। तीजमा दाजुभाइ लिन आए भनेर दिदी बहिनीहरू अत्यन्त हषिर्त हुन्छन्। पुरानो संस्कार अनुसार सासू, ससुरा र श्रीमान्सँग तीजको चाड मान्न माइत जाने दिन किटानसहित माइत जाने विदा मागेर माइत जाने चलन थियो। दाजु भाइले पनि भाञ्जा भाञ्जी बोकेर दिदी बहिनीलाई अघि लगाएर घरमा लिइ आएको छेड वर्षामा घरको काम खेतीपाती गरेर थाकेका चेलीलाई विश्राम गर्न र आफ्नो जन्मथलोमा पिता माता, दाजुभाइ, दिदी बहिनी साथी, सङ्गीनीसँग भेट भएर मीठो मीठो खाना (दर) खाएर तीजका गीत गाएर नाच्न पाउँदा उनीहरू स्वर्गीय आनन्दको अनुभूति गर्छन् र यस्ता गीत गाउँछन्।

घरेमा रमाइलो छोरा छोरीले

माइतैमा रमाइलो दाजुभाइले

यो पर्वमा नारीहरूले दिल खोलेर नाच गान गर्दछन्। एकातर्फ हुने छोरीहरूका लागि तीज अत्यन्त हर्षको चाड हुन्छ भने अर्को तर्फ नहुने चेलीका लागि यो चाड दुःख दर्द पोख्ने पर्व पनि भएको छ। माइता वा आमा दाजुभाइ नहुने चेलकिा लागि यो चाड खल्ले र नरमाइलो पनि लाग्छ। छोरीका लागि यो चाड अत्यन्त महत्त्वपूर्ण चाड हो। यो सार नभएको संसारमा सबै चेलीले समान रूपले यो पर्व मनाउने अवसर पाउँदैनन्। तैपनि रीति जनाउन जस्तै दुःख परे पनि मनाउने चलन छ। यस्ता चेलीहरू यस्ता गीद गाएर पनि यो पर्व मनाउँछन्।

हुने खाने चेलीका

गह भरी गहना।

नहुने चेलीका हृदय

भरी वेदना।।

हुने खाने चेलीका

पाउजु बजेका।

नहुने चेलीका

कुकुच्चा फुटेका।।

वर्ष दिनको तीजमा

माइती लिन आएनन्।

मै अभागी चेलीको

मर्म भगवान्ले नि बुझेनन्।

यो संसार एक सिक्काका दुर्इ पाटा जस्तै सुख र दुःखको भवसागर -पारपाइनसक्नु) हो। एकतर्फ एउटी चेली मोज मस्ती गर्ने अवसर पाएकी छ भने अर्को चेली दुःखको सागरमा डुबेकी हुन्छ। यही संसारमा एउटी महिला मोज मस्ती गर्छे भने त्यही अवसर र पर्वमा अर्की महिला वेदना पोख्छे। कोही धनी कोही गरिब संसारमा छन् तर धनीहरूले तडकभडक देखाएर यो पर्व मान्ने प्रचलनले नहुने दिदी बहिनीलाई पीडाको बोध गराएको छ। यसलाई अन्त्य गर्ने हुँदा खादा नारीले यसो गरे कसो होला,

तडक भडक छोडेर

सादा पोशाक लगाउ

उच्च विचार सादा जीवन

अपनाई तीज मनाऊ

द्वितीयाको दिन दर खाने, तृतीयामा ब्रत बसेर नाच गान गर्ने, चौथो दिन गणेशको जन्म दिन गणेश, चौथीमा गणेशको पूजा गर्ने र पाँचौं दिन ऋषि पञ्चमीमा सप्त ऋषिको, पूजा गरी नारीले तीज पर्व मनाउँछन्।

तीज रमाइलो चाड हो। यो चाडमा महिला मात्र होइन पुरुष पनि रमाएका हुन्छन्। विवाह गरेर गएका चेलीहरूलाई आफ्नो घरमा बोलाएर मनमा पाप नराखी दिदी बहिनीलाई जे सकिन्छ मीठो ख्वाएर उनीहरूका गीत सङ्गति र नृत्यको माध्यमबाट विगतका तीता, मीठा अवसरको अनुभूति गर्ने वा सूवर्णाअवसर बोकेको सांस्कृतिक परम्परा हो तर यो संस्कृतिमा विकृति पनि घुसेको छ। यस्ता विकृतिलाई नारी समाजले अन्त्य गर्नर्ँपर्छ। तीज आउनु भन्दा एक डेढ महिना अगाडिदेखि दर खाने क्रममा फजूल खर्च गर्ने, तीजको वास्तविकतालाई भुलेर तडक भडक देखाएर नहुने चेलीहरूलाई खिन्न पार्नँभन्दा सबै चेलीहरूले वडप्पनलाई त्यागेर आफूप्रति घर परिवार र समाजले गरेका अन्याय अत्याचारको अन्त्य गरी विकासमा जुट्न सके पुरुषबाट हुने दमनको समन भई नारी पुरुष समान हुन भन्ने भावनाको विकास हुन टेवा मिल्न जान्छ। वर्तमानमा नारीले आफ्नो हक खोज्ने क्रममा हक प्राप्तिसँगै अलिकति मात लागेको जस्तो सबै महिला त होइन केही महिलाको यस्तो अभिव्यक्ति पनि झल्केको आभाष पाइएको छ।

नारी पुरुष समानताका कुरा गर्दा नारी नारीबीच पनि समानता हुन आवश्यक छ। एक नारीले अर्को नारीप्रति पनि सद्भावना राख्नुपर्छ। एउटा नारी सासू अर्को नारी बुहारी हुने क्रममा बुहारीले सासूको थान्को र सासूले बुहारीको थान्को राख्नुपर्ने हाम्रो संस्कारमा आँच आएकोले घर व्यवहारमा वैमनस्यता सिर्जना भएका घटनाले पनि धनाढ्य परिवार पनि दुखित भएको पाइन्छ। ऋा-आफ्नो थान्कोमा सबै चल्ने हो भने यो संसारमा कसैले पनि दुःख भोग्नुपर्दैन। सबैमा सुखानुभूति हुन्छ। एउटा घर मात्र होइन देश सपार्ने बिगार्ने हैसियत पनि महिलाको नै हुन्छ। महिनौं अगाडि तामसी भोज खाएर समाजमा विकृति फैलाउनु महिलालाई शोभा दिँदैन। यो पर्व त पवित्राताको द्योतक हो। शुद्ध भएर पर्व मनाउनु यो पर्वको विशेषता हो। हाम्रा धर्म शास्त्रले भनेका छन्-

यत्र नारी प्रपुजन्त्य

रमन्त्रे तत्र दवेता

जहाँ नारीको सम्मान हुन्छ त्यहाँ भगवान् पनि रमाउँछन्। यो छवि कायम राख्ने भूमिका हाल महिलाले कायम राख्न नसकेको आभाष झल्केको छ। शुद्ध भोजन सादा जीवन नारीको शोभा हो तर यो शोभा हराएर तीज भड्किलो र आर्थिक र समयको दुरूपयोग भएको छ भने पहिरनमा पनि विकृति छाएको छ। यसमा पनि नारीले ध्यान दिनुपर्छ। कुसे औँसीदेखि तीज प्रारम्भ भई ऋषि पञ्चमीमा तीजको रौनक समाप्त हुन्छ। तीजको पाँचौँ दिन ऋषि पञ्चमीमा सप्तषि गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नी, वसिष्ठ, कश्यप र अग्नि पूजा गरे पछि तीज पर्व विसर्जन हुन्छ। अर्थात् आकाशमा उत्तरतिर देखिने ध्र्रुवतारालाई परिक्रमा गरिरहेका सातवटा तारा मरीचि, अत्रि, अङ्गिरा, पुलह ऋतु, पुलस्त्य र वसिष्ठ आदि ऋषिको पूजा हुन्छ।

सात्विक र साधनारत जीवन व्यतीत गर्ने तथा जीवन र जगत्का आध्यात्मिक र भौतिक तत्त्वहरूलाई साक्षात्कार गर्ने व्यक्ति, वैदिक मन्त्रका प्रथम श्रष्टा मानिएका व्यक्ति, वैदिक साहित्यको रचना र व्यवस्थित रूपमा सङ्कलन गर्ने व्यक्ति, मुनि, तपस्वी ऋषि हुन्। यस्ता ऋषिको, शरीर शुद्धिका निम्ति पर सर्न थालेका विवाहित स्त्रीहरूद्वारा दिनको एउटाका दरले ३६५ थान दविउन दाँत मजबुत हुन भनेर टोकेर नुहाइधुवाइ गरी पवित्र भई सप्त ऋषिहरूको पूजा गर्छन्। यो पूजा गर्नँको मूल धेय सुख र समृद्धि प्राप्त गर्न सकिने भाग्य, उत्तम प्रारब्ध, मङ्गलमय अवस्था, कल्याण, नारीहरूमा हुने सधवापनको चिनो, सौभाग्यवतीको लक्षण, सधवा नारीले प्रयोग गर्ने प्रसाधन, सधवाका सिँगारपटारको सामग्री सौभाग्यका साधन हुन्। सधवा नारीमा हुने क्रान्ति, ऐभातको दीप्ति नारीको सौभाग्य ज्योति हो। सधवा अवस्थामा लामो जीवन भोग्ने, ऐभाँती, सौभाग्यशालिनी नारी सौभाग्यवती हुन्। शौभाग्यशक्ति, सुख समृद्धिपूर्वक जीवन यावन गर्ने पुरुष शौभाग्यवान् हुन्। आफ्ना श्रीमान् छोराछोरी परिवारका सबै सदस्यका साथै आफ्नो पनि सुस्वास्थ्यका साथ दीर्घ जीवन होस् भन्ने अवधारणाले आध्यात्मिक भावना भएका नारीहरू सप्तषिर्हरूको सभक्ति पूजा गरी तीज पर्व मनाउँछन्।

Related News

सम्बन्धित समाचार

hero news full width