महिनावारी र सेनेटरी प्याडबारे राम्ररी बुझौं

अश्विन कार्की
माघ २८, २०७५

एकजना किशोर भएर एक किशोरी अथवा महिलाहरूमा परी आउने प्राकृतिक एवं नियमित समस्याको समाधानार्थ जनचेतना जगाउने कार्य अहिले पनि हाम्रो समाजमा भिन्नप्रकारले हेरिन्छ। नेपाली समाजले धेरै कुरामा फडको मारे पनि महिला, किशोरीका विषयमा खुलेर कुरा गर्ने समाज अझै निर्माण भइसकेको छैन।

त्यसैले,जीवनमा केही नया कार्य गरे, जसले समाज परिवर्तनमा टेवा पुगोस भन्ने लाग्यो र यही समस्यालाई लिएर अगाडि बढ्ने निधो गरेँ। महिनावारी विषयमा अझै पनि खुलेर कुरा नगर्ने नेपाली समाजमा म बोल्न थाले। धेरै गाउँ पुगेर महिनावारीमा प्रयोग गर्ने प्याडबनाउने तरीकाहरू सिकाएँ।

महिनावारीका विषयमा कुरा गर्न र प्याड बाँड्न थालेपछि साथीभाइहरूले खिसिटिउरी पनि गरे। यो कस्तो लाज नभएको केटा होला ¤ केटीले लगाउने प्याडको विषयमा कुरा गर्छ। केटामान्छे भएर के केटीले लगाउने प्याडको कुरा गर्दै हिँडेको होला ? भनेर धेरैले गिज्याए पनि मैले आफ्नो अभियानलाई निरन्तर चलाइरहेँ।

महिलाका विषयमा महिलाले मात्रै बुझेर हुँदैन। पुरुषले पनि बुझ्नुपर्छ। यद्यपि,हाम्रा छोरीहरूका विषयमा बुबाले के बुझ्ने ? कसरी बुझ्ने ?हामीले हाम्रा दिदी बहिनीका समस्या कसरी थाहापाउने ?मैले यो अभियान थालेको करिब दुई वर्ष भएको छ। अझै पनि नेपाली समाजमा महिनावारी लुकाउने विषय नै रहेको अभियानकै दैडानबीच महसुस गरेँ।मैले प्याड बनाउन मात्रै सिकाइरहेको छैन। जनचेतनामा समेत बृद्धि गरेको छु। फेरि,फेरि प्रयोग गर्न मिल्ने प्याड बनाउने तरीका र यससँग जोडिएका स्वास्थ्यका विषयमा किशोर किशोरीलाई बुझाउँदै आएको छु।

महिनावारी प्राकृतिक र नियमित प्रक्रिया भएकाले यस्तो बेलामा आफैं बनाएर सफाप्याडको प्रयोग गर्न आग्रह गर्दै आएको छु। मैले आफैं बनाएर किशोरीहरूलाई चार सय प्याड बाँडि सकेको छु। तर, मेरो उद्देश्य प्याडबाँड्नुभन्दा पनि बनाउन सिकाउने र यसका विषयमा बुझाउने हो।

यो अभियान किन सुरु गरियो त ?

मेरो घरमा अहिले अलि सुस्त मनस्थितिकी दिदी हुनुहुन्छ। महिनावारी लगायत महिलाका समस्याबारे धेरैकुरा उहाँबाट थाहापाएँ। दिदीको समस्या देखेरै उत्प्रेरित भएँ। महिनावारीका बेला के गर्नुपर्छ भन्ने धेरैलाई थाहै छैन।

महिनावारीका विषयमा अहिले पनि खुलेर छोरीले बुबासँग कुरा गर्न सक्दैनन्। अरु कुरामा चासो राखेझैं न बुबाले छोरीसँग महिनावारीका बारेमा चासो राख्छन्। समस्या धेरै छ। अझै महिनावारीमा फोहोर कपडा प्रयोग गर्ने अवस्था छ।

एक वर्ष अघि एक्स–आर्मी स्कुल छोरेपाटनमा महिनावारी र सेनेटरी प्याडबारे कार्यक्रम लिएर पुगेँ। ५० जना किशोरीसँग प्याड कसरी बनाउने र महिनावारीसम्बन्धी कुरा गरँे। तर, किशोरीहरूले महिनावारीका विषयमा खुलेर कुरा गर्न रुचाएनन्। जब म विद्यालयमा पहिलो कार्यक्रम लिएर गएको थिएँ, त्यतिबेलै मलाई थाहाभयो कि समाज अझै महिनावारीजस्ता नियमित प्रक्रियाका विषयमा पनि कुरा गर्ने भइसकेको रहेनछ। त्यसो हो भने त यो विषय बुझाउनुपर्छ भन्ने ममाथि ऊर्जा थपियो र यस्तै कार्यक्रम लिएर पाँचओटा विद्यालय पुगेँ। २ विद्यालयमा डाक्टरसहित।

यस विषयमा शहरका किशोरीभन्दा अझै बढी गाउँका किशोरीले खुलेर कुरा गरेको पाएँ। अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमावि, अन्नपूर्ण मावि भुर्जुङखोलाजस्ता गाउँका विद्यालयमा पुग्दा अलि फरक अनुभवभयो। सुरुमा महिनावारीका विषयमा नखुलेका  किशोरी एक छिन पछि खुलेर कुरा गरे।शहरका किशोरी धेरैजसोले प्याडप्रयोग गर्छन्। तर उनीहरू धकफुकाएर खुलेनन्। गाउँका किशोरी कम प्याड प्रयोग गरिरहेका पाइयो। तर, उनीहरूले खुलेर कुरा गरे।शहरमा होस् या गाउँमा तर समस्या धेरै नै रहेको पाएँ। महिनावारीका बेला फोहोर कपडा प्रयोग गर्ने ,विद्यालय नै नजाने गरेको पनि पाइयो।

बुबा, राष्ट्र बैंकको जागिरे हुनुहुन्छ र छोराको अभियानप्रति सहयोगीमात्रै हैन कतिपय कार्यक्रममा प्याड बोकेर सँगै पुग्नुहुन्छ। मलाई गुरु थानेश्वर पहारीले सुरुदेखि नै आर्थिक सहयोग गर्दै आउनुभएको छ। दिदी, इञ्जिनियर हुनुहुन्छ। मलाई कार्यक्रममा प्रस्तुत गर्ने चेतनामूलक सामग्री जुटाइदिनुहुन्छ। आमाले मलाई प्याड सिलाउन सहयोग गर्नुहुन्छ। समग्रमा भन्नुपर्दा मेरो यो अभियानमा मैले परिवारबाट ठूलो साथ  र समर्थन पाईरहेको छु। यो अभियानमा अहिले दुई/तीनजना अरु साथीहरू पनि थपिएकाछन्। परिवार, गुरु, साथीभाइ सबैबाट सहयोगर प्रोत्साहन पाइरहेको छु। अब, पढाइसँगै प्याडलिएर गाउँ गाउँ पुगेर गाउँका परिवारलाई भेटेर महिनावारीका विषयमा कुरा गर्ने योजना छ। शुक्रबार र शनिबार बिदाका दिन गाउँमा पुगेर आमा समूह, युवाक्लव र विद्यार्थीलाई प्याड बनाउन सिकाउने र यसबारे छलफल चलाइरहने मेरो योजना  छ। महिनावारी, सेनेटरी प्याडबारे कामगर्ने अहिले बग्रेल्ती संघसंस्था र अभियन्ताहरू छन्। तर, मैले भने हालसम्म म आफैले खर्च जुटाएर अभियान चलाइरहेको छु र पछिल्ला दिनहरूमा मेरो यो अभियानप्रति धेरैलै सहयोगर समर्थन प्रदान गर्ने आश्वासनदिई रहनुभएको छ।पहिले खिसिटिउरी गर्दै ‘प्याडम्यान’भन्दै जिस्काउनेहरू अहिले गर्वसहित मेरो यो अभियानमा सघाउँछन् र कार्यक्रममा हैसला बढाउन मसँगै पुग्छन्।

कसरी बनाउने प्याड ?

कटनको कपडाबाट सेनेटरी प्याड बनाउन सकिन्छ। यो रुमाल जसरी पट्याएर लिएर हिँड्न मिल्छ।एकपटक बनाएपछि ३ वर्षसम्मप्रयोग गर्न सकिन्छ।बजारबाट कटनको कपडा किनेर आफैले सिलाएर यो प्याडबनाउन सकिन्छ। सबै गरेर एक पिसको ५० रुपैयाँजति पर्न आउँछ। तर, तीन वर्षसम्म धुँदै प्रयोग गर्न सकिन्छ।

प्रयोग गरिएको प्याड जथाभावी फाल्दा वातावरणमा त असर पारेकै हुन्छ। सडक बालबालिकाले ड्रग्सका रुपमा पनि यसलाई प्रयोग गर्छन् । खाल्टो खनेर यसको व्यवस्थापनमा विशेष ध्यान पु‍र्याउनुपर्छ।

Related News

सम्बन्धित समाचार

hero news full width