महामारी अन्त्यपछि आन्तरिक पर्यटन

kbmashal के.वी. मसाल
वैशाख २८, २०७७

कोरोनाभाइरस (कोभिड–१९) का कारण अहिले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र बनेको छ । अहिले पर्यटन क्षेत्रका कैयौँ श्रमिक बेरोजगार हुनुपरेको छ । कोरोनाको प्रभावले धेरै देशको अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको छ । नेपालमा करिब १० लाख मानिस पर्यटन क्षेत्रबाट रोजगारी भएका छन् । पर्यटन क्षेत्र प्रभावित भएपछि नेपाल र भारतले आपसी सहकार्य र समन्वयको तयारी सुरु गरेका छन् । यसबाट नेपालको पर्यटनको अवस्था छिट्टै यथास्थानमा आउने संभावना बढदै गएको छ ।

पर्यटन क्षेत्रमा अहिले होटल व्यवसाय ठप्प भएको छ । नेपालमा रहेका तारे होटल, रिसोर्ट, होमस्टे लगायत सबै होटलहरु पूर्ण रुपमा बन्द भएका छन् । यसबाहेक होमस्टे, पर्यटक स्तरका होटलहरु सबै ठप्प भएका छन् । खासगरी वाह्य पर्यटकहरुका लागि तारे होटल, होमस्टे एवम् रिसोर्टहरुका ग्राहक पर्यटक हुन् । तर लकडाउनमा भएपछि सबै हवाई उडानहरु स्थागित भएको र मानिसहरुको आवागमन ठप्प भएपछि होटल व्यवसायमा अर्बौको नोक्सानी भएको छ । होटल व्यवसायमा नोक्सानी मात्र भएको छैन ठूलो संख्यामा बेरोजगारी बढने भएको छ । होटल व्यवसायीहरु लकडाउनका कारण ठप्प बनेपछि नेपालको अर्थतन्त्र नै चौपट भएको छ ।

कोरोना भाइरस को अहिलेको महामारी भन्दा पनि ठूलो महामारी स्पेनिश फ्लू थियो । सन् १९१८ देखि १९२० को महामारी फ्लूले विश्वको जनसख्याको एक तिहाइ मानिसहरुलाई मृत्यु गरायो । त्यसबेला विश्वको जनसख्या १.८ अर्ब थियो । पहिलो विश्वयुद्ध सकिँदै गर्दा स्पेनिश फ्लू भाइरस फैलिएको थियो । तर महामारीले पहिलो विश्वयुद्धमा मारिएका भन्दा धेरै मानिसको ज्यान लियो । जुन महामारीलाई मदर अफ अल प्यान्डेमिक अर्थात् सबै महामारीको आमा भन्ने गरिएको छ । स्पेनिश फ्लूको महामारी भएको एक सय वर्ष भयो । त्यस पछि पनि साना ठूला महामारी हुदै समाधान हुदै गयो । कोरोना भाइरसको अहिलेको महामारीले सबैलाई त्रास बनाएको छ । सबै ब्यवसाय चौपट भएको छ ।

पर्यटन ब्यवसायमा लागेका मानिसहरु झन आत्तिएका छन् । अब यो ब्यवसाय के होला ? हिजोको जस्तो के अब लकडाउन फिर्ता भएपछि नेपालमा वाह्य पर्यटकहरु आउलान् ? पर्यटन ब्यवसायीहरु पुन आफ्नो ब्यवसायमा फर्कन सक्लान् ? यस्ता प्रश्नहरु सबैको मनमा उब्जिन थालेको छ । अहिले सम्मको महामारीको इतिहास अध्यन गर्ने हो भने महामारी पछिका दिनमा धेरै कुरा परिवर्तन भएका छन् । राजनीति, आर्थिक र सामाजिक कुरा त छदैछ, मानिसले गरिरहेका ब्यवसाय पनि परिवर्तन भएका छन् । अहिलेको कोरोना भाइरसको महामारीले बिश्वलाईनै त्रास बनाएको छ । महत्वपूर्ण कुरा केहो भने, महामारीले जनजीवन अस्तव्यस्त पारेको हो । अस्तब्यस्त जीवनले मानवीय जीवनका हरेक पक्षलाई असर पारेकै हुन्छ । जब मानवीय जीवन सही मार्गमा आउँछ, तत्काल नै मानिसलाई घुमफिर र मनोरंजन आवश्यक पर्दछ । महामारीको अन्त्य पछी मानिस अहिले जसरी लक्डाउनमा बस्नै सक्दैन । मानिसहरु घुमफिरमा निस्कन सुरु गर्दछन् । त्यसैले पर्यटनमा महामारीको प्रभाब हराउदै जान्छ ।

। नेपालमा सन् १९९८ को भ्रमण वर्षदेखि नै आन्तरिक पर्यटन सुरुवात भएको हो । त्यो समयमा विदेशी पर्यटकको गाइड, पोर्टरभन्दा भिन्दै घुमफिरको लागि निस्कने नेपाली पनि बढेका थिए ।

प्रत्येक बर्ष घुमफिरमा रमाउने वाह्य पर्यटकहरु महामारीको अन्त्य पछी घुमफिर गर्न नेपाल नआउलान् । तर आन्तरिक पर्यटनलाई यसले रोक्दैन । मानिस किन घुमफिरमा रमाउछ भन्ने कुरा मनोविज्ञानमा आधारित हुन्छ । मानिस रमाउनको लागि पैसा खर्च गर्दछ र घुमफिरमा रमाउछ । पर्यटन मानवीय गुणको चाल सम्बन्धि नियमसंग सम्बन्धित मनोबैज्ञानिक बिषयबस्तु हो । शाब्दिक रुपमा “पर्या ं टन” मिलेर पर्यटन बनेको हुन्छ । पर्या भन्नाले जैविक वातावरण र टन भन्नाले घुमफिर भन्ने बुझिन्छ । यसैगरी पर्यटन, तीर्थाटन, देशाटन जस्ता शब्द पनि पर्यटनसंग जोडिएका छन् । आन्तरिक पर्यटनका लागि नेपालमा के छैन ? समृद्ध इतिहास, कला, संस्कार संस्कृति, मनमोहक प्रकृति, स्वच्छ हावापानीको भूगोल छ । हो हिजोको जस्तै वाह्य पर्यटक महामारीको अन्त्य पछी नेपालमा नआउन सक्छन् ।

अहिले तेस्रो मुलुकका पर्यटकहरु नेपालमा घुमफिरको लागि अब कम्तीमा पनि २ देखि ४ वर्षको समय लाग्न सक्दछ । अब केहि समय विगतमा जस्तो ठूलो समूहमा वाह्य पर्यटक घुमफिरमा नेपाल आउने सम्भावना नरहला तर भारतीय पर्यटक र चिनिया पर्यटकहरु भने यो महामारीको अन्त्य पछी बिस्तारै उनिहरु आउछन् । किनकी यी दुइ मुलुकका पर्यटकहरुको संम्वन्ध केवल पर्यटनसंग मात्र जोडिएको छैन । नेपालमा उनीहरुको तीर्थाटन गर्ने स्थलहरु छन् । उनीहरुको ब्यापारीक सम्वन्ध छ । कयौ भारतीयहरुको पारिवारिक सम्वन्ध समेत नेपालसंग रहेको छ । जुन कारणले गर्दा अबको पर्यटनको क्षेत्रमा घुमफिरको लागि भारत र चिनका पर्यटकहरु नेपालमा आउछन् । ती पर्यटकहरुलाई प्रवद्र्धन गर्ने खालका प्याकेज र बजारीकरण गर्न आवश्यक छ । तर पनि हाम्रो पर्यटन अब आन्तरिक पर्यटन नै हो । त्यसैले महामारीको अन्त्य पछी सरकार र पर्यटन ब्यवसायीको पहिलो काम आन्तरिक पर्यटकलाई कसरी प्रवद्र्धन गर्ने कुरामा केन्द्रीत हुनु पर्दछ । त्यसका लागि आन्तरिक पर्यटनको नीति नै बनाएर घुमफिरको कार्य योजना ल्याउनु पर्दछ ।

नेपालमा आन्तरिक पर्यटनको सम्भावना निकै राम्रो छ । नेपालमा सन् १९९८ को भ्रमण वर्षदेखि नै आन्तरिक पर्यटन सुरुवात भएको हो । त्यो समयमा विदेशी पर्यटकको गाइड, पोर्टरभन्दा भिन्दै घुमफिरको लागि निस्कने नेपाली पनि बढेका थिए । पछिल्लो समय भएका महोत्सवले पनि आन्तरिक पर्यटनको सख्या बढेको थियो । नेपालमा आन्तरिक पर्यटनको विकास गर्न ग्रामीण क्षेत्रको आर्थिक विकास सम्बन्धी योजनाहरु राज्यले ल्याउन पर्दछ । त्यसका लागि खास गरेर कृषिको आधुनिकीकरण र सहकारीतामा जोड दिन पर्दछ । ग्रामीण क्षेत्रमा धेरै मानिस घुमफिर गर्न जादैमा पर्यटनको बिकास भने हुदैन । पर्यटक र अवलोकनकर्ता बीच धेरै फरक छ । ग्रामीण क्षेत्रमा पर्यटकीय सम्पदाको भ्रमण गर्दा पैसा खर्च गर्ने व्यक्तिलाई ‘‘पर्यटक’’ मान्न सकिन्छ भने भ्रमण मात्र गर्ने तर पैसा खर्च नगर्नेलाई ‘‘अवलोकनकर्ता’’ मात्र मानिन्छ ।

आन्तरिक पर्यटकहरु ग्रामीण क्षेत्रमा घुमफिर गर्दा पैसा खर्च गर्ने भन्दा पनि अवलोकर्ता बढी देखिन्छन् । अब अवलोकनकर्तालाई पर्यटकका रुपमा रुपान्तरण गर्न ग्रामीण क्षेत्रमा उत्पादन, वा अन्य सेवा सुविधा विस्तार गर्नु पर्दछ । पर्यटकले खर्च गर्न रुचि देखाउन गाउँघरमा कृषि र अन्य हस्तकलाका सामानहरु उत्पादन गर्नु पर्दछ । किनकी पर्यटकहरु गाउँमा पुग्दा कुनैपनि बस्तु घरमा फर्कदा चिनो स्वरुप उसले खरिद गर्न खोज्दछ । अब आन्तरिक पर्यटनको विकास गर्न ग्रामीण क्षेत्रमा कृषि पेसालाई मर्यादित र सम्मानित बनाउन पर्दछ । गाउँमा पर्यटनको बिकास गर्न कृषि क्षेत्रमा लगानीकर्तालाई प्रोत्साहन तथा सम्मानको व्यवस्था स्थानीय सरकारबाट हुनु पर्दछ । आफ्नो जन्मस्थानमा कृषि पेसामा सम्मान प्रोत्साहन नपाएका कारण दिन प्रतिदिन युवा विदेश पलायन हुने अवस्थालाई कृषि र पर्यटन ब्यवसायले रोक्न सम्दछ ।

कृषिलाई ब्यवसाय बनाउने मानिसहरुलाई सम्मान दिन सक्नु पर्दछ  । अर्को तर्फ सहज रुपमा मल, बीउ, अनुदान, सुलभ ऋण प्राप्त गर्ने अवस्था हुनु पर्दछ । पछिल्लो समय आन्तरिक पर्यटकहरुको मुख्य गन्तव्य ग्रामीण क्षेत्रमा हुने गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नको लागि अहिले ग्रामीण क्षेत्रमा होमस्टे सन्चालनमा आएका छन् । ग्रामीण क्षेत्रमा पुग्ने आन्तरिक पर्यटकहरुलाई होमस्टेले आकर्षण गराएको छ । पर्यटनको क्षेत्रमा सबैभन्दा पहिले नेपालीले नै आफ्नो देशलाई चिन्नुपर्छ, त्यसपछि मात्र अरुलाई चिनाउन सकिन्छ । विदेशीको मात्र भर परेर पर्यटन विकास हुँदैन । अब आन्तरिक पर्यटकलाई नै लक्षित गरेर पर्यटन बिकासको प्याकेज बन्नु पर्दछ ।

नेपालको आन्तरिक पर्यटन एक ठाउँबाट अर्को ठाउँमा जाने निकै पुरानो चलन हो । हिमाली क्षेत्रका बासिन्दा जाडो महिनामा हिउँ छल्न र जडीबुटी बेच्न तराई झर्ने र तराईका मानिस व्यापारका लागि पहाड जाने पुरानो चलन हो । घरमा पुग्ने पाहुना देउता हुन् उनीहरुसँग पैसा लिनुहँुदैन भनेर आन्तरिक पर्यटन हँुदैन । पर्यटन सित्तैमा हुने कुरा होइन । कुनै आन्तरिक पर्यटकले कुनै जातिको संस्कृति हेर्न चाहन्छ भने उसले त्यो संस्कृतिको संरक्षणका लागि केही शुल्क तिर्नुपर्छ । वन्यजन्तु हेर्न हजाराँै खर्च गर्ने पर्यटकले जनजातीहरुको संस्कृति हेर्न पनि खर्च गर्नुपर्छ । पर्यटक भएर कुनै ठाउँमा पुग्नु त्यस ठाउँको प्रकृति र संस्कृतिसँग आबद्ध भएर मनोरञ्जन प्राप्त गर्नु हो । यसको लागि पर्यटकले पैसा खर्च गर्दछ । जुन कारणले ग्रामीण क्षेत्रमा आर्थिक उन्नती हुदै जान्छ । जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले फडको मार्दछ । देशको अर्थतन्त्रलाई सफल बनाउन सबै भन्दा पहिले आन्तरिक पर्यटनको विकास गर्न जरुरी छ ।

परम्परागत पेशाले अब आर्थिक उन्नति हुन सक्दैन । आर्थिक उन्नतिका लागि नयाँ नयाँ क्षेत्रको खोजी गर्नुपर्ने भएको छ । अहिलेको नयाँ खोजी भनेकै आन्तरिक पर्यटन र कृषि ब्यवसाय हो । नेपालमा आन्तरिक पर्यटकहरुलाई घुमफिर गर्ने धेरै स्थलहरु छन् । ग्रामीण क्षेत्रमा रहेका वनजगल, पहाड र गुफाहरु अब पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय सम्पदा बन्न पुगेका छन् । जनजातीहरुमा रहेका संस्कार, संस्कृति अब आन्तरिक पर्यटकहरुका लागि सामाजिक अनुसन्धानका विषय बनेका छन् । मानिस स्वभावले नै विविधता मन पराँउछ चाहे जेसुकै कुरामा होस् । शहर बजारमा बसेका मानिस हिमाल र पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउछ । घुमफिरले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन जैविक विविधताको समेत अध्ययन हुन्छ । यो बाहेक घुमफिरबाट पर्यटकको रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन एवं अनुसन्धान गर्न सकिन्छ ।

नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताले पर्यटन विकासको सम्भाव्यता आफैमा लुकेको छ । लुकेमा प्राकृतिक सम्पदाहरुको प्रचार प्रसार गरेर आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्न पर्दछ । प्राकृतिक छाँगा, छहरा, झरना, ताल तलैया, मठ मन्दिर, गुराँसे मैदान जस्ता प्राकृतिक वातावरणसँग जोडिएका सम्पदाको संरक्षण गर्नु पर्दछ । ग्रामीण क्षेत्रमा अनगिन्ति पर्यटकीय सम्भावना भएका भर्जिन गन्तव्यहरु प्रचार प्रसारको पर्खाइमा बसिरहेका छन् । अनेकौ सांस्कृतिक तथा धार्मिक सम्पदा र तीर्थस्थलहरु संरक्षणको अभावमा लोपोन्मुख हुन लागेका छन् । त्यस्ता भर्जिन गन्तव्यहरुमा आवश्यक पूर्वाधार तथा सूचना प्रविधिको विकास गर्न पर्दछ । यस्ता गन्तव्य, धार्मिक तथा सांस्कृतिक महत्वका विविध पक्षका खोज गरी अव आनतरिक पर्यटकहरुलाई ती स्थानमा घुमफिर गराउन पर्दछ ।

पछिल्लो समय आन्तरिक पर्यटनको बिकासको लागि धेरै स्थानिय तहहरुले होमस्टे सन्चालन गर्नका लागि कुरा उठाए पनि ३८ जिल्लाका पर्यटकीय गाउँहरुमा होमस्टे सन्चालनमा आएका छन् । ती गाउँमा सन्चालनमा आएका होमस्टेमा बस्ने वाह्य पर्यटकहरु भन्दा बढि आन्तरिक पर्यटकहरु बस्ने गर्दछन् । होमस्टे सन्चालनमा आएका गण्डकी प्रदेशका स्याङजा, कास्की, म्याग्दी, लमजुङ र तनहँु लगायतका जिल्लाहरुका होमस्टे अकडाउन हुनु भन्दा पहिले आन्तरिक पर्यटकहरुले धानेका थिए । तराईका जिल्लाहरुमा पनि पुर्वी नवलपरासी, बाके, वर्दिया, कैलाली र कन्चनपुरका होमस्टे पनि वाह्य पर्यटकहरु भन्दा धेरै आन्तरिक पर्यटकहरुले भरिएका हुन्छन् । यस्को कारण के हो भने वाह्य पर्यटकहरु सुविधाजनक होटल नभएको खण्डमा मात्र होमस्टेको खोजी गर्दछन भने आन्तरिक पर्यटकहरु कम खर्चमा बास र खानाको ब्यवस्थाको खोजीमा होमस्टेमा पुग्दछन् ।

नेपालमा पहिलो पटक होमस्टे संचालन गर्ने जिल्ला हो स्याङजा । स्याङजाको सिरुवारी होमस्टेको उदगम थलोको रुपमा परिचित छ । होमस्टेको पर्यटकीय अवधारण नेपालमा मात्रै हैन अमेरिका लगायतका मुलुकमा पनि अगाडि बढेको पाईन्छ । अमेरिका, अस्टे«लिया, यूरोपलगायतका शक्तिशाली देशहरुमा व्यापार र मनोरञ्जनको उद्देश्यले आन्तरिक पर्यटनका गतिविधि भएका देखिन्छन् । यस्तै विकासोन्मुख मलेसिया र केन्या लगायतका देशहरुमा व्यापार, उत्पादन तथा रोजगारी सृजनाका लागि होमस्टे सुरु गरिएका छन् । यस्तै छिमेकी देश भारत र चीनमा पनि होमस्टे सन्चालनमा छन् । अहिले होमस्टे सुविधा भएका गाउँ घुमफिर गर्दा बसाइमा सस्तो मात्र होइन रमाइलो पनि हुन्छ । होमस्टे सांस्कृतिक संगठनका रुपमा प्रचलित अंग्रेजी शब्द हो । जसले भ्रमण अथवा यात्राका क्रममा ग्रामीण भेगका घरमा बास बस्ने भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्रको घुमफिरमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ ।

Related News

सम्बन्धित समाचार

    • आमसञ्चार विधेयक र जनचासोको सवाल

      अधिवक्ता गिरधारी सुवेदी अधिवक्ता गिरधारी सुवेदी चैत्र ३०, २०७७
      गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘गण्डकी प्रदेशमा आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक’ प्रदेश मन्त्रिपरिषदबाट पारित गरी…
    • अर्घौं–कालिका मन्दिर दिगो संरक्षण र व्यवस्थापन

      Avatar सूर्यप्रसाद भण्डारी चैत्र २३, २०७७
      गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालीका वडा नं. २८ मा अवस्थित कालिका मन्दिर क्षेत्रले समेटेको ऐतिहासिक महत्वको पोखरीसमेतको संरक्षण गरी…
    • सहकारीलाई र छायाँ बैकिंङ

      कृष्णमणि भुर्त्याल कृष्णमणि भुर्त्याल चैत्र २१, २०७७
      ‘बैंक’ भन्नाले रुपैयाँ पैसा जम्मा गर्ने, मागेको बेला भुक्तानी र सापटी दिने सरकारी वा गैह्र सरकारी संस्था बुझिन्छ । यही…
    • मैले देखेको फल्याङकोट

      क्या. हर्कबहादुर गोदार क्या. हर्कबहादुर गोदार चैत्र १४, २०७७
      फल्याङकोट कास्कीकोट राज्य अथवा २४ राज्यको १ किल्ला (फौजी पोस्ट) भएको इतिहास बताउँछ । यो सन् १७०० वा विसं १७५६…
    • पोखरामा नगर प्रहरीको नालीबेली

      वसन्तप्रसाद चालिसे वसन्तप्रसाद चालिसे चैत्र १३, २०७७
      वर्तमान अवस्थाका स्थानीय तह पूर्वीय दर्शनको युनानी राज्यको परिकल्पनाबाट विस्तार हुँदै आएको हो । नेपालको सन्दर्भमा स्थानीय तह जनताको सबैभन्दा…

    hero news full width