महाभूकम्पपछि, चीन महाशक्ति राष्ट्र कसरी बन्यो ?

आदर्श समाज सम्वाददाता
असार ९, २०७२

इ.सं. १९७६ को वर्ष चीनको लागि कष्टको वर्ष थियो। तीनवटा महान नेताहरु गुमाउनु परेको यस वर्ष देशको प्रत्येक कुनामा वियोग छायो। प्रधानमन्त्री चोउ इनलाई (जनवरीमा), मार्सल चू तेह (जुलाईमा) र अध्यक्ष माओत्से तुङ -सेप्टेम्बरमा) गुमाउनु पर्‍यो। यसका साथै पेकिङदेखि १०५ माईल दक्षिण-पूर्व औद्योगिक शहर ताङ सानमा जुलाई महिनामा गएको मुख्य भुइचालो -भूकम्प) ले तहसनहस पारेको थियो। अको २ महिनापछि पहेलो नदीमा ७ पल्ट बाढी आयो। यो गोलमाल भएको वर्षलाई चिनीयाहरुले ‘प्राकृतिक प्रकोप र मानव दुर्भाग्य’ भनेर भने। यो समय मिर्मिरे हुनुभन्दा अगाडिको अन्धकार जस्तै दुःखले भरिएको थियो र आशाको समय पनि थियो। अस्थिरताको बीचमा नयाँ स्थिरताले जन्म लिन संघर्ष गर्दै थियो।

ताङ्ग-शान भूकम्प : जुलाई २८, १९७६ मा खानीको केन्द्र र १.६ मिलियन बसोबास भएको ठाउँ ता· शानमा ८.२ रिक्टर स्केलको भूकम्प गयो। चीनको तेस्रो शहर ४.३ मिलियन जनसंख्या भएको त्यानसिन नगरपालिकामा पनि तुलनात्मक रुपमा विनास भयो। ता·-शान पनि मरुभूमिमा परिणत भयो। चिनीयाँ भूकम्प विज्ञले दिएको प्रतिवेदन अनुसार ६,५५,२३७ जनाको मृत्यु र ७७७९,००० जना व्यक्तिहरु घाइते भएका थिए।

महाभूकम्पछि चीनले चार आधुनिकीकरणको सिद्धान्त अपनायोः

चीनले चार आधुनिकीकरण कृषि, उद्योग, विज्ञान तथा प्रविधि र राष्ट्रिय रक्षालाई लागु गर्ने भयो। यसको लक्ष्य भनेकै चीनलाईर्र् इ. २००० सम्ममा आधुनिक नेतृत्व राष्ट्र बनाउने थियो। चार आधुनिकीकरणलाई पार्टी विधान -एघारौं सभा, अगस्त १८, १९७७) मा लेखियो र पाँचौं राष्ट्रिय जनसभा, मार्च ५, १९७८) मा उल्लेख गरियो। यद्यपी नेतृत्व परिवर्तन भए पनि कार्यक्रमलाई असर नपारिने घोषणा गरियो। अध्यक्ष हुवाले १० वर्षे आधुनिकीकरणको योजना -१९७६(८५) सम्म रहने जानकारी गराए। दुर्इ वर्ष बितिसकेको र वास्तवमा यो आठ वर्षे योजना थियो। यसले खास चार चिजहरुमा मुख्य उद्देश्य राखेको थियो।

) औद्योगिक आधुनिकीकरण :

यसबेला ४०० मिलियन डलर तैयार पारियो र वाषिर्क औद्योगिक वृद्धि १० प्रतिशतले बढाउने लक्ष्य राखियो। हुवाले १२० मुख्य आयोजनाहरु पूरा गर्ने त्यसमा १० फलाम र स्टिल मिश्रति, ६ वटा तेल र ग्याँस क्षेत्र, ३० वटा विद्युत्, ८ वटा कोइला खानी, ९ वटा धातु, ७ वटा रेलमार्ग र ५ वटा बन्दरगाह बताए। यो शताब्दीको अन्त्यमा चीनको औद्योगिक उत्पादन सबैभन्दा विकसित पूँजीवादी राष्ट्रहरुको बराबर वा उछिन्ने आशा राखियो।

) कृषिमा आधुनिकीकरणः

कृषि नै चिनीया अर्थतन्त्रको जग थियो। सामूहिकीकरण र कम्यूनले कृषि उत्पादनलाई बढाएको थिएन। १९६३ को आन्दोलनमा ‘कृषिमा ताचैबाट सिक’ भन्ने नारा केवल नारा मात्र थियो। जब हुवाले १० वर्षे योजना घोषणा गरे, उनले यन्त्र, बिजुली, सिचाई र रासायनिक मलहरु प्रयोग गरेर अधिकतम उत्पादन गरिने बताए। लक्ष्यहरु निम्न थिए।

क) कृषि उत्पादन कुल ४-५ प्रतिशत वाषिर्क वृद्धि गरिने

ख) खाद्यान्न १९८५ सम्म ४०० मिलियन टन बढी गरिने

ग) मुख्य खेती उद्देश्यलाई यन्त्रीकरण ८५ प्रतिशत गरिने

घ) कृषिमा सिचाईको लागि पानीको कार्यलाई फैलाउने

ङ) देशभरी बेचिन १२ वटा खाद्या सामग्रीहरु छुट्टाउने

कृषिमा ‘उत्पादक समूह’ को न्यूनताको कारणले ‘उत्पादन ब्रि्रेड’ नामक ठूलो समूह खडा गरियो। अको सिद्धान्त ‘प्रत्येकलाई उसको काम गराई अनुसार’ ले कृषकलाई उत्तेजित र प्रशंसा दिइयो। ‘धेरै काम धेरै तलब, थोरै काम थोरै तलब’ भन्ने खास गरी ग्रामीण आर्थिक नीति थियो। थप घरायसी कामलाई साहस प्रदान गर्न ‘साइड लाइन उत्पादन’मा जोड दिइयो। ग्रामीण परिवारले जमिनलाई वितरण गर्न पाउँदैन थिए तर खेती गर्ने अधिकार थियो। तिनीहरुले जमिनलाई बेच्न, भाडामा दिन र साट्न पाउँदैन थिए। मात्र खेती गरी उत्पादन बढाउन पाउँथे। ुक्ष्मभ ष्लिभू उत्पादनले कुल उत्पादनको २५ प्रतिशत समेट्दथ्यो।

) विज्ञानमा आधुनिकीकरण :

विज्ञान र प्रविधिलाई मुख्य आधार मानियो। मार्च १९७८ मा उप-प्रधानमन्त्री फाङयीले विज्ञान र प्रविधिको विकासको लागि ड्राफ्ट तैयार पारे । -क) १९७० को विस्तृत वैज्ञानिक लेवल प्राप्त गर्ने -ख) ८००,००० जति पेशागत वैज्ञानिक अनुसन्धानकर्ताहरु बढाउने -ग) वैज्ञानिक र प्राविधिक अनुसन्धानमा राष्ट्रवादी व्यवस्था पूरा गर्ने -घ) वैज्ञानिक अनुसन्धानको लागि केन्द्रहरुको विकास गर्ने। अनुसन्धानको लागि २७ क्षेत्रमा १०८ वटा तत्वहरुलाई पहिचान गरियो। १९८५ सम्ममा चीन अन्य अधिक विकसित राष्ट्रहरुसँगको वैज्ञानिक-प्राविधिक तुलनामा १० वर्ष पछाडिसम्म पुग्ने आशा राखियो र यो शताब्दीको अन्त्यसम्म ती राष्ट्रहरुलाई भेटाइने भनियो।

) सैनिकमा आधुनिकीकरण :

चीन नियमित सैनिक संख्यामा विश्वमा अगाडि आउथ्यो र संख्या अन्दाजी ४,३२५,००० थियो । जलसेना र हवाईसेनामा अन्तर्राष्ट्रिय रुपमा तेस्रो स्थानमा पर्दथ्यो। तर रणकौशलीय क्षेत्र (आणविक बम र क्षेप्यास्त्र मिसाईल) मा चिनिया सेना पश्चिमाहरुको तुलनामा २०-३० वर्ष पछाडि पर्दथ्यो। सेनाहरुलाई उच्च तालिम, उच्च उत्प्रेरणा र राजनैतिक शिक्षा दिइएको थियो तर चिन्ता र दोषपूर्ण हतियारले सजिसजाउ थियो। चिनिया नेतारुले तत्कालिन अप्रचलित हातहतियारहरु ठूलो मात्रामा हुनुपर्नेमा जोड दिए। चिनको प्रतिरक्षा बजेटलाई गोप्य राखियो। आधुनिकीकरण गर्न सेनामा १९८५ सम्म ३०० बिलियन डलर लाग्ने भयो।

आधुनिकीकरणमा उच्च प्रमुखता कृषि हुनुपर्छ, यसलाई हल्का उद्योगले पछ्याउनुपर्छ जसले घरायसी आवश्यकता पूरा गर्दछ र विदेशी सतहीको लागि आम्दानी गर्छ र त्यसपछि ठूला उद्योगहरु हुनुपर्छ भनेर निर्णय गरियो। अकोपट्टी ठूलो रकममा आधारित आयोजनाहरुलाई कच्चा पदार्थ, क्षेत्र, यातायात, प्राविधिक क्षमता र विद्युतीय उपभोगको कमी भएकालाई ढिलो गर्ने वा विस्थापित गर्ने गरियो। जापानी आर्थिक अनुसन्धान केन्द्रको अध्यक्ष साबुरो ओकिता जसलाई जापानी अर्थतन्त्रको जादु भनिन्छलाई परामर्शको लागि चीनमा निमन्त्रणा गरियो। ४ प्रतिशत ब्याजमा ३.३ बिलियन डलरको धितो राखियो। सरकारी खर्च, प्रशासनिक अंग, कम्युन र सेनाको खर्चमा औकात अनुसार मात्र खर्च गर्ने भनियो तर व्यक्तिगत रुपमा भने धितो किन्न इच्छानुसार स्वतन्त्र थियो। चीनमा रहेका पश्चिमा वैज्ञानिकहरु र फर्केर आएका विद्यार्थीहरुले व्यापक राष्ट्रको लागि तालिम दिए।

यसरी हाम्रै छिमेकी राष्ट्र चीनले ८.२ रेक्टर स्केलको महाभूकम्प पछि ‘चार आधुनिकीकरण’ नामक नयाँ नीति लिई विकासको लागि जग स्थापना गर्न पुगे। उनीहरुले शोकलाई शक्तिमा परिणत गरे। आज चीन अमेरिकापछि विश्वमा नै दोस्रो महाशक्ति राष्ट्र बन्न पुगेको छ। हाम्रो नेपालमा २०७२ वैशाख १२ अनि वेशाख २९ गते गएको भूकम्पले जुन क्षति पुर्‍याएको छ। अब हामी नेपालीहरु र नेपाल सरकारले छिमेकी राष्ट्र चीनबाट नयाँ पाठ सिक्नै पर्दछ। नयाँ ढङ्गले सम्पूर्ण नेपाली एकताबद्ध भई विकास निर्माण कार्यमा आजबाट नै लागि परौं।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width