मलालाको नारी शिक्षा प्रेम र नारी दिवसको सान्दर्भिकता

आदर्श समाज सम्वाददाता
फागुन २५, २०६९

विगतका वर्षजस्तै यस वर्ष पनि मार्च ८ को अवसर पारेर अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ।विश्वका अधिकांश देशलगायत नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउँदै आएको यो दिवस औपचारिकतामा मात्र सिमित नराखी सम्पूर्ण महिलाहरूलाई सक्रिय बनाउँदै महिला सशक्तीकरणलाई मूर्त रूप दिँदै, महिलाका हक अधिकार, महिला अस्तित्वको सम्मान, समान अवसर, समान पहुँच, महिला हिंसा जस्ता कुरामा आवाज उठाउने कुरामा कुनै शड्ढा छैन।यसैमा यो दिवसलाई मनाउनुको सान्दर्भिकता र्ठहर्छ।महिला जागरणको यस दिनको शुभ अवसरमा विश्वका विभिन्न देशले यस दिनमा महिलालाई बिदा दिने परिपाटी रहिआएको छ।यसै दिन धेरै सचेत महिलाले महिला जागरण र सशक्तीकरणका विभिन्न कार्यक्रम आयोजना गरेर यस दिनलाई एउटा उत्सवको रूपमा मनाइरहेका छन्।

यसै सर्न्दर्भमा महिलाका हक अधिकारका ताजा प्रस·लाई लिन मन लाग्यो।भर्खरै मात्र छापामा आएको १४ वर्षकी मलालाले ‘छोरीले शिक्षा पाउनुपर्छ’ भनेर गरेको योगदानको र उनकै योगदानलाई कदर गरेर न २०१२ को नोवेल शान्ति पुरस्कार पाउने व्यक्तिहरूको मनोनयनमा पर्ने अझसम्मकै कम उमेरकी व्यक्तिको प्रस·।मलालाले दक्षिण एसियाका मुस्लिम राष्ट्रहरूमा महिला शिक्षाको क्षेत्रमा जुन योगदान गरिन् उनको त्यो साहसी कदमलाई देखेर मलाई के लाग्यो भने अधिकार कसैले दिने कुरा होइन यो त खोसेर लिनुपर्ने रहेछ।जब २००७ मा तालिवानीहरूले स्वायत्तप्रान्तमा कब्जा जमाए त्यसपछि तालिवानीहरूले छोरीहरूका लागि स्कुल समेत बन्द गराएका थिए।यस्तो लै·कि भेदभाव जन्य व्यवहार भएपछि शिक्षाको अवसरबाट त्यहाँका छोरीहरू वञ्चित हुनुपर्ने स्थिति आयो।यो कुरा मलालाले अब हाम्रो अधिकार माथि हनन भएको हो भन्ने कुरा बुझिन्।त्यही कुरालाई मलालाले बीबीसीको ब्लगमा लेख्न थालिन्।उनको त्यो शिक्षाप्रतिको क्रान्तिकारी विचार, शिक्षाप्रतिको चेतनाको जुन सोच उनमा बढ्दै गएको थियो, त्यति ध्यान विश्वको पनि त्यतैतिर खिचिन थाल्यो।अफगानिस्तानमा तालिवानीहरूले छोरीलाई स्कुल जान र सार्वजनिक ठाउँमा जान लगाएको प्रतिबन्धप्रतिको विरोध बीबीसीमार्फत गर्न थालिन्।बालबालिका तथा महिला अधिकारका लागि उनले उठाएका आवाजहरूले विस्तारै प्रभाव पार्न थालेपछि छोरीहरू पनि स्कुल जान थाले।तर मलालाको त्यो शिक्षाप्रतिको क्रान्तिकारी अभियान मानव अधिकारका पक्षमा हिँडिरहेकी उनी आफैको त्यो कलिलो उमेरको साहस देखेर तालिवानीहरूले मलालालाई मार्न समेत लागिपरे र ९ अक्टोवर सन् २०१२ मा स्कुलबाट घर र्फकंदै गर्दा बसभित्र पसेर मलालाको टाउकोमा गोली हाने।भाग्यवस् मलाला तालिवानीहरूको त्यो हत्या गर्न दुराशययुक्त योजनामा घाइते मात्र भइन्।घाइते भएकी मलाला हाल बेलायतमा उपचार गरी घर फर्किएकी छन्।मलाला तालिवानीहरूको लागि त विरोध गरेकोमा गल्ती देखिएलिन् तर समग्र रूपमा आफू र आफूजस्तै थुप्रै छोरीहरूलाई स्कुल जानबाट जुन प्रतिबन्ध तालिवानीहरूले लगाएका थिए त्यो प्रतिबन्ध तोड्नु नै उनको मुख्य उद्देश्यले मूर्त रूप धारण गर्दै थियो।मलाला जस्ती एउटा साहसी नारी हुन्।उनको त्यो साहसिक कदमलाई हामीले सकारात्मक तरिकाले हेरेर छोरीको लागि शिक्षा एउटा अधिकार हो भन्ने कुरा फैलाउनु छ।मलालाको सङ्र्घर्ष र अभियानले पाकिस्तानी मात्र नभई विश्वका छोरीहरू शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस भन्ने कुराको उद्घाटन गरिसकेको छ। एक्काइसौं शताब्दीको यो दोस्रो दशकमा आइपुग्दा पनि हामी महिलाहरू पछि पर्ने मुख्य कारण त शिक्षा चतेनाको अभावले नै होला।समग्र नेपाली महिलाहरूको अवस्थालाई हेर्दा अहिले विभिन्नखाले घरेलु हिंसा, बलत्कार, बेचबिखन, बोक्सी, छाउपडीजस्ता अमानवीय आपराधिक क्रियाकलापको सिकार हुनुपरेको छ।छापामा हेर्दा केही दिन मात्र अगाडि विदेशमा बसेर आएकी भोजपुरकी महिलाको अवस्थालाई हेरौं कतिसम्म भने म कसको नाममा विदेश जाँदैछु भन्ने समेत उनलाई थाहा नभइ अर्कोको नाममा विदेश बसी र्फकने क्रममा अर्कैको नाममा विदेश गएको भनी उनलाई जुन सरकारको जागिरे खाएको व्यक्तिले पक्राउ गरेपछि तिनै मान्छे नै आज त्यही आर्थिक प्रलोभनमा परी उनको विदेशमा बसी कुन दुखेसो गरी कमाएको पैसा सहित उनीहरू आफैले लिए, मिलाई दिन्छौं भने तर बिडम्बना उनको सुरक्षा त कता हो कता उल्टै सुरक्षा निकायको व्यक्तिबाट बलात्कृत हुनुपर्ने ! के ति महिला आफ्नो नाम समेत प्रष्ट नभई विदेशमा बसेर आउँदा अर्कोको देशमा जे सुकै भए पनि आफ्नो मातृभूमिमा टेक्न पाउँदाको खुसी यसरी हरण हुने हो त ! कमसेकम स्वदेशमा त सुखको अनुभूति हुनु पाओस् न ! तर सो कुरा सरकारी निकायमा बसेका निकम्मा, भ्रष्ट, कामचोर, गैरजिम्मेवार, स्वार्थी, स्त्रीलम्पट, लुब्ध कर्मचारीका कारण खोसिन पुग्यो।अनियमित रूपमा अर्काले पसिना बगाएर विदशेबाट कमाई ल्याएको पैसा गोजीमा थन्क्याउन र उनको अनिच्छा हुँदाहुँदै यौन प्यास मेट्नुमा नै छ राष्ट्रसेवक भनाउँदा सरकारी कर्मचारी नामका सर्वकलड्ढति व्यक्तिहरूको।के महिला हुनु पुरुषको यौनेच्छा पूर्र्ति गर्ने र मनोरञ्जनको साधन बनिदिने साधन मात्र हुनु हो ? पैसा लुटिनु र अस्मिता लुटिनुमा दलालको फन्दामा परेर विदेशीएर घर फिरेकी युवतीलाई कस्तो पीडाबोध भयो होला भनेर यो सरकार र यसका लज्जाबोध नभएका यौनपिपासु र धनमोही कर्मचारीलाई के होला खै ! तर उनलाई त्यो पीडा कति भयो होला सोचेर ल्याउँदा भयावह अवस्था छ।भोजपुरकी ति सीता राई नामकी युवती आफ्नो देशमा नै असुरक्षित भएको अवस्थामा देख्दा लाग्छ महिलाको चेतनामा कमी नै भएको अवस्था भएन र ? यस्तो अवस्थामा कसरी चेतना, समानतामुलक, समावेशी शिक्षित र स्वस्थ समाज बन्न सक्ला ? नेपालले पनि नारी दिवस, महिला सुरक्षा र हक अधिकारका लागि अनेकौं अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरेको छ।तर ति कागजमै मात्र सिमित भएर व्यवहारमा कार्यान्वयन भएको अवस्था छैन भनेर अहिल्यै भन्नैपर्ने हुन्छ।

नेपालमा महिलामाथि हुने ज्यादती सरकारले रोक्न सकेको छैन।दिनानुदिन रोजगार दिलाइदिन्छु भन्दै लगेर महिलाको घरपरिवार बिग्रेको अवस्था छ।उल्टै रोजगार त कता हो कता महिला आफ्नो घरपरिवार बालबच्चा समेत चिन्न नसक्ने गरी सिकिस्त भएर आउँदाको त्यो पिडा उसको परिवारलाई मात्र थाहा हन्छ।यसरी हामीले बुझ्नुपर्ने कुरा के छ भने चर्का चर्का नाराले मात्र महिला हिंसा रोकिने होइन।राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरूद्वारा नजानेका, थाहा नभएका कुराहरूमा जानकारी गराउन भन्दा पनि सोझा सोझा महिलामाथि गरिने क्रियाकलापले गर्दा सिङ्गो देशको अवस्था नै धमिल्याउने कार्य भइरहेको छ।खाली घरयासी काममा मात्र सीमित भएका महिलाहरूलाई यो बदलिंदो परिवेशसँग समायोजन हुन नसक्नु नै शिक्षा र चेतनाको अभाव भएकोले हो।महिलाविरूद्ध हने जुन भेदभावजन्य व्यवहार छन्, तिनको अन्त्य गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूमा हस्ताक्षर एवं प्रतिबद्धता जनाएको त छ तर लै·कि भेद उन्मूलन गर्न महिला महासन्धि एक महत्त्वपूर्ण सन्धि थियो।यसै महासन्धिले महिलाहरूलाई महिला भएकै कारणले सामाजिक, शैक्षिक, राजनीतिक, आर्थिक, धार्मिक क्रियाकलाप र स्वास्थ्य क्षेत्रमा जुन भेदभाव देखिएको छ, यो भेदभावजन्य व्यवहारलाई हटाउन राज्यपक्षबाट जुन प्रयास भइरहेको त छ तर समग्र रूपमा नेपालमा महिलाहरूको अवस्था दयनीय नै देखिन्छ।फितलो राजनीति र सङ्क्रमणकाल भन्दै जसले जे गल्ती गरे पनि राजनीतिले संरक्षण दिई गल्ती गर्ने व्यक्ति  पनि जोगिएको छ।महिलाले आफ्नो हक अधिकार सुनिश्ति गर्नेका लागि सधैँ ऐक्यबद्धता जनाउनुपर्दछ।हरेक  महिलाले पाकिस्तानकी मलालाको सङ्र्घर्ष र साहसी कदमबाट ‘अधिकार त मागेर हैन खोसेर लिन सक्नुपर्दोहेछ’ भन्ने

कुरा मनन गर्नु परेको छ।जसरी घरमा एउटी आमाको कति जिम्मेवारी हुन्छ, त्यसैगरी राष्ट्र निर्माणका लागि पनि हामी सम्पूर्ण महिलाहरूले राष्ट्रलाई विकास र सर्म्बद्धनका लागि महत्त्वपूर्ण योगदान गर्न सिकौं, नारी दिवसमार्फत सम्पूर्ण महिलाहरूको शिक्षा र चेतनाको प्रभाव संसारैभरि फैलाई महिलामाथि हुने गरेका हत्या हिंसाको अन्त्य गरौं।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width