मलाई यत्ति बुझ्न मन छ

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७९

-शान्ति केसी

तिहार पर्व हामी सबैको घरआँगनमा आइपुगेको छ । चारैतिर ढकमक्क फुलेका सयपत्री र मखमली साथै साझपखको झिलिमिली बत्तीको उज्यालो देख्न सकिन्छ । सरकारी कार्यालय, स्कुल कलेज बिदा भएका छन् । सबैको घरमा पक्कै पनि दिदीबहिनीले आफ्ना दाजुभाइहरुका लागि मीठामीठा परिकार पकाउँदै पनि हुनुहुन्छ होला ।

यता मेरी आमा, भाउजू र म पनि फिनी, अनारसा रोटी पकाउँदै थियौं । मेरो बुवा र दाइ झिलिमिली बत्ती कौसीमा राख्दै हुनुहुन्थ्यो । अचानक त्यो रात गेटमा आएर कसैले मेरो नाम लिएर बोलाइरहेको थियो । हामी भने भान्सामा ब्यस्त भएकाले सुनेनौं तर कौसीमा बत्ती राख्दै गर्नुभएको मेरो बुवा र दाइले सुन्नुभएछ । यो आवाज चिनेको जस्तो पनि लाग्छ नचिनेको जस्तो पनि लाग्छ भनेर दाइ तल आएर उसलाई म भएको ठाउँमा ल्याइदिनु भयो ।

एक्कासि मलाई अँगालोमा बाँधिन् र भनिन् सप्राइज ! म त विश्वास नै गर्न सकिनँ कि बेखबरमा नै २० वर्षपछि आएकी ऊ मेरी बच्चपनकी साथी डा. भूमिका ।

हामी सानो हुँदा भूमिकाको बाबा यताको स्कुलबाट सरुवा भएर चितवन जानुभएको । पछि भूमिकाको परिवार सबै चितवन नै बसाइँसराइ गरेर जानुभयो । सानोमा एउटै थालमा खाना खाने र अझ सुत्न पनि कहिले मेरोमा कहिले उसकोमा गरी बस्ने हामीलाई छुट्दा धेरै नरमाइलो लागेको थियो । तर सामाजिक संजाल चलाउन थालेपछि भने हामी सन् २००९ बाट भर्चुअल रूपमा भेट्न थालिसकेका थियौं ।

अब भने आमाले सबै जनालाई खाना खान बोलाउनु भयो । खाना खायौं । सधैंको जस्तो हामी सबैको कुरा हुन थाल्यो । अरु बेलामा हामी हाम्रो दिनभरको गतिविधि एकअर्कालाई सुनाउने गर्दथ्यौं भने आज अलि फरक कुरा चल्यो ।

मैले मेरी साथीलाई भने, ‘तिमी पनि घरमा दुई दाजु र दुई भाइकी एक्ली छोरी हौं । अनि फेरि बिहे गरेको पनि १८÷१९ महिना जति भयो । तिहार नजिकिदै गर्दा खास के विशेष कामले हिंडेकी हौं र साथी ?’

मेरी साथी आँखाभरी आशु बनाउँदै बेलिबिस्तार लगाइन्,

जब हामी यहाँबाट बसाइँसराइ गरेर गयौं, सुरुसुरुमा सबै ठिकठाक थियो । मेरो बाबाको पनि अवकाश हुने बेला भैसकेको थियो । दाजुहरु राम्रो पढ्नु भएको थियो । मलाई पनि दाजुहरुजस्तै मिहिनेती बन्नु थियो । २०६० सालमा बाबा रिटायर्ड हुनुभयो र त्यही वर्ष मेरो जेठो दाजुले नासमा नाम निकाल्नु भएको थियो । २०६३ माघमा मेरो जेठो दाजुको बिहे भयो । सुरुका एकदुई सातापछि त घर पहिलोको घर हुन सकेन ।

मेरो बाबाले र आमाले खोजेकी जेठीबुहारी लक्ष्मी भनेर त भित्रााउनु भयो तर बसेकी होइनन् उठेकी भित्राउनु भएछ । कहिले पनि ठूलो स्वरले नबोल्ने मेरो दाजु बाबाआमासँग ठूलो स्वर गर्न थाल्नु भयो । बाबाको पेन्सन त आउँथ्यो तर हामी तीन जनालाई पढ्न पुग्दैनथ्यो । आमाले आफै उब्जाउनु भएको दाल, चामल, तेल र गेडागुडी बेचेर घर खर्च चलाउनु हुन्थ्यो । मेरो सनो दाजु र मेरो पढाइमा धेरै खर्च हुन्थ्यो भाइहरु भने सामुदायिक विद्यालय पढ्ने भएर खर्च नै लाग्दैनथ्यो । उनीहरु कापी र कलम प्रशस्तै पुरस्कार जितेर ल्याउने गर्थे र हामीले पनि खासै किन्नु पर्दैनथ्यो । मेरो सानो दाजुले भने कोलोराडो विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्नुभयो ।

घरलाई मन्दिर बनाउने कि घाट त्यो नितान्त महिलाको हातमा हुने रहेछ । अहिले जस्तो पहिला यति धेरै स्वतन्त्रता कहाँ थियो र ? हामी छोरीले त पाइट टिसर्ट लगाउन पाइँदैनथ्यो भने एउटा बुहारी जो प्रोमोसन भएर सिधैं सुब्बिनी साब हुँदैमा अर्धनग्न पहिरनमा कसरी स्वीकार्नु ? त्यो जमानाका सासूससुराले । घरमा हामी हुर्कदै गरेका देवर नन्दकि अभिभावक जो हामीलाई मिठोमसिनो पकाएर खुवाउन त परै जावस उल्टै आफू रेस्टुरेन्टबाट खाएर आएर कोठाभित्र छिर्नेलाई टुलुटुलु हेरेर आफैं भान्सामा छिर्नु बाहेक अरु विकल्प पनि थिएन । उता सानो दाजु अमेरिका उडे लगत्तै फेरि घरमा ठूलो लडको मच्चियो कारण जेठो दाजु अलग बस्छु भनेर । मेरो सोझो बाबाले कति सम्झाउनु भयो बाबु तैले यस्तो नगर, भाइबहिनी पढ्दै छन् । आजसम्म हामीले सहेर बसेका छौं । तिमीहरूलाई खुसी मिल्छ भने अझै सहने छौं भन्दै दशऔंला जोडी बिन्ती गर्नु भयो तर दाजुले भने बुटवलमा डेरा लिएर आउनु भएको रहेछ । त्यही साझ दाजुले अंश चाहियो भन्दै ठुलो स्वर मा कराउन थाल्नु भयो । बाबाले केही नबोली एकछिनपछि लामो स्वास फेर्दै स्याब्बास बाबु । तलाई मैले दुख गरेको पढाएको तैले जागिर खाएको सायद यही दिनको लागि रहेछ भन्नुभयो । तलाई केके चाहिन्छ लिएर जानू तर म अहिले खेलवारि चाहिं दिन सक्दिन भन्नुभयो । भोलिपल्ट बिहानै ट्रकमा लोड भएको रहेछ म भाँडाकुडा, लत्ताकपडा र अन्नहरुले । मैले त्यति बेला इन्टर्न गर्न थालिसकेकी थिए । म घर आउँदा गैसक्नुभएको रहेछ । फोन गरे ब्यस्त भन्यो पटकपटक गरे दुबैको फोन ब्यस्त भन्यो । अलि दिनपछि थाहा पाए हामी सबैलाई सबै कुरामा ब्लक गर्नुभएको रहेछ । यता भाइहरु पनि पढाइमा अब्बल छन् । उनीहरुको दुबै जना कक्षा १२ को परीक्षा दिएर एबिबिएस तयारी गर्दै म भने हस्पिटलमा जागीर गर्न थालिसकेकी थिएँ । अब भने बाबालाई मैले कमाउन थाले पछि अलि सजिलो भएको छ । उता सानो दाजु पनि राम्रोसँग पढ्दै हुनुहुन्छ । समय बितेको पत्तै भएन । दाजु भाउजू घर छोडेर गएपछि दसैं आयो तर उहाँहरु आउनु भएन । तिहार आयो आउनुभएन । अरु भन्दा पनि बाबाआमालाई पटकपटक हृदयघात भएर कैयौं पटक हस्पिटल राख्दा समेत आउनु भएन । धेरै वर्ष बितिसके तर फर्किएर आउनु भएन ।

अहिलेसम्म नेपालमै भएर पनि दसैं र तिहारको टीका नलगाउनु भएको ११ वर्ष भैसक्यो ।

यता, कोरोना महामारी हल्ला चल्दा मेरो पनि बिहेको गाइँगुइँ कुरा हुन थालेको थियो । उता सानो दाजुले पनि ग्रिनकार्ड पाइसक्नुभएको थियो । भाइहरु बंगलादेश पढ्न गैसकेका थिए । मलाई बिहे शब्दसँग एक किसिमको फोबिया भएजस्तो भैसकेको थियो । तर बाबाआमाले धेरै सम्झाउनु भयो र भन्नुभयो, बिहे सामाजिक संस्कारहो यसलाई आफूले नै हो जस्तो बनायो, उस्तै बन्दै जान्छ ।

बिहेपछि जोडिने सम्बन्धमा सामाजिक र आत्मीयरूपमा संस्कारी भएर हरेक परिस्थितिमा सकारात्मक भएर सोच्यौ र आफूले गर्नुपर्ने कर्तव्य लाई अनुशासित ढंगले पूरा ग¥यौं भने तिम्रो घर मन्दिर हुनेछ छोरी’ भन्दै सम्झाउनुभयो ।

म पनि भरतपुरमै बाबाआमाले रोज्नु भएको केटासँग बिहे गर्ने निर्णय गरें । बिहेमा अमेरिकाबाट सानो दाजुसाथै भाइहरु पनि बंगलादेशबाट आए । तर तेत्रो बिन्ती बिसाउँदा पनि उहाँहरु आउनुभएन । हजुरहरुलाई विश्वास लाग्दैन होला, चाडपर्व र ठूलाठूला कार्य हुँदा घरमा नआउने तर बेलाबेलामा बाबासँग अंश माग्न आउने ।

म आज मेरो कर्म घरमा गएको पनि लगभग २ वर्ष हुन लाग्यो, मेरो कर्म घरमा पनि ५ जना छोराहरु, म चाहिं साइली बुहारी । तर आजसम्म कहिले सुन्नुपरेको छैन कि मेरो यो छोरा यस्तो यी बुहारी यस्ती भनेर । यता घरमा बाबाआमालाई सबै जनाले गर्नुभएको ब्यवहार देख्दा मलाई लाग्छ, भगवान् हाम्रो अघि हुनुहुन्छ र हामी मन्दिरमा छौैं ।

अहिलेसम्म नेपालमै भएर पनि दसैं र तिहारको टीका नलगाउनु भएको ११ वर्ष भैसक्यो ।

दसैंको टीका सकेर बाबाआमा अमेरिका जानुभयो । भाइहरुको बिदा भएन । अहिले उनीहरुको अन्तिम परिक्षा पनि आइरहेको छ । जेठो दाजुको कुनै आश छैन मलाई । त्यसैले हस्पिटलमा बिदा मिलाएर कर्मघरबाट पनि बिदा लिएर मेरो दिदीबहिनी भने पनि मिल्ने साथी भने पनि तिमी त छौं नि । जिन्दगीमा असल साथी जति ठूलो केही हँुदैन भनेर उता सबै मिलाएर तिमीलाई भेट्न आएको हेर साथी र मलाई बुझ्न मन छ, यता पहाडमा पनि छोरा जन्माउनकै लागि पटकपटक छोरीको गर्भपतन गरिन्छ कि गरिंदैन ? मलाई जान्न मन छ कि यता पनि बाबाले जोड्नु भएको पैत्रिक सम्पत्तिमा बाबाआमा हुँदाहुँदै अंशबन्डामा झै–झगडा गर्छन् कि गर्दैनन् ?

र, मलाई यो पनि बुझ्न मन छ, यता पनि छोराले बाबुआमा त्यागेर बाबुआमा बाचुन्जेल नबोल्ने । ब्लक गर्ने । बिरामी भएर उठ्न नसक्दा तातोपानी दिन त परै जाओस् कहिले मर्छन् र बाँकी सम्पत्ति हात पर्ला भन्दै कुर्ने अनि मरेपछि काजकिरिया र श्राद्धको नाटक गर्छन् कि गर्दैनन् ? भन्नु न मलाई भन्दै के थिइन् ।

यता, मेरो बुवाआमा, दाइ, भाउजू र मेरा आँखाबाट कति बेला आँशु झरेको रहेछ थाहा नै भएन ।

Related News

सम्बन्धित समाचार

  • इतिहासको पानाबाट योगमाया

    के.वी. मसाल मंसिर १२, २०७९
    नेपालको इतिहासमा समाज सुधारक, शान्ति र अहिंसाकी प्रतिमूर्ति योगसाधनामा संलग्न, निस्वार्थ, तपस्विनी अनुकरणीय महिला योगमाया हुन् । उनले ले सुशासन…
  • चुनाव : प्रक्षेपण र परिणाम

    मीना भण्डारी मंसिर ९, २०७९
    महासंग्रामको होहल्लाले यसपालिको चुनावमा ध्यान आकृष्ट भैरह्यो । ठूलै नेताद्वारा कौरव–पाण्डवको लडाइँ भनिंदा झनै चासो बढेको थियो । झण्डा भरिएका…
  • मर्दी पदयात्राका स्मृत तीन दिन

    दुर्गाप्रसाद आचार्य मंसिर ६, २०७९
    अन्नपूर्ण हिमशृंखलाको बीचमा उभिएर पोखरा नियालिरहेको हुन्छ माछापुच्छ्रे हिमालले । यो देख्दा लाग्यो, तालहरुको वाटिका सहर पोखराको लाइफ गार्ड हो…
  • सडकनाटक ‘नमाझिएको कसौडी’

    सुदीप घिमिरे मंसिर ३, २०७९
    ‘वन डढेको सबैले देख्छन्, मन डढेको किन कसैले देख्दैनन् ?’ सुदर्शनले रुँदै सुनीतालाई सोध्छन् । सुनीता उत्तर थियो, ‘परिस्थिति सजिलो…
  • केका लागि मतदान ?

     नगेन्द्रराज पौडेल मंसिर २, २०७९
    दोस्रो कार्यकालका लागि ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको बिहीबार रातिदेखि मौन अवधि सुरु भइसकेको छ…

hero news full width