मन्त्री रवीन्द्रको श्रद्धाञ्जलीमा प्रधानमन्त्रीको अभिव्यक्ति

gehendramanudas डा. गेहेन्द्रमान उदास “पोखरेली”
फागुन २९, २०७५

स्वर्गीय मन्त्री रवीन्द्रको वाइडवडी विमान खरिद प्रकरणमा उनका कोही विरोधीहरुले रवीन्द्रलाई पनि आशङ्का गरी आलोचना गरे। तर उनी विल्कुल निदोर्ष छन्।

सांस्कृतिक, पर्यटन तथा उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ४९ वर्ष १० महिनाको अल्पायुमै, तेह्रथुमबाट पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा उहाँ समेत ७ जनाको बुधबार फागुन १५ गते ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परी अकल्पनीय दुःखद मृत्यु भएको थियो। ४९–५० वर्षको उमेर देश र समाजको लागि चाहे व्यक्तिका लागि होस्, चाहे परिवारको लागि होस्, चाहे समाज र देशको लागि होस् क्रियाशील, अनुभव–अनुभूति र वौद्धिक परिपक्वताको दृष्टिले त्यति कै महत्वपूर्ण र मूल्यवान उमेर हो। वृद्ध भएर वित्नु भनेको प्राकृतिक बाध्यताहो, अर्थात स्वाभाविक हो। उदाहरणको लागि उहाँको निधनको ५ दिन पछि वित्नु भएका नेकपाका होनहार नेता तथा पूर्व उपप्रधानमन्त्री अर्थमन्त्री भरतमोहन अधिकारी जसको अर्थमन्त्रीत्व समयमा वृद्धभत्ताको शुरुवात भएको थियो। परम्परावादी, यथास्थितिवादी प्रतिगामीहरुले “कम्युनिष्टहरुले बूढाबूढीहरुलाई काम गर्न नसक्ने भनेर मार्छन्’ भन्ने भ्रमपूर्ण हल्ला गरेका थिए, तिनीहरुलाई झूटो, बनाउँदै बूढाबूढीलाई भत्ता दिने अद्वितीय काम नेपालमा शुरु गरेका थिए। उहाँ ८३ वर्षको हुनुहुन्थ्यो। उहाँको देहावसान स्वाभाविक हो, प्राकृतिक हो। उहाँप्रति अगाध श्रद्धा प्रकट गर्दछु।

अतः उमेर पुगेर मर्नु भनेको खासै पीरमर्का पर्ने परिस्थिति होइन। तर दिवङ्गत रवीन्द्रको उमेर त्यस हिसाबले कलिलै उमेर हो। त्यो उमेर, माथि भनिएजस्तै महत्वपूर्ण र अमूल्य उमेर हो, शारीरिक रुपले पनि ढालजस्तो उमेर हो। त्यसैले उनको देहावसानमा उनी विकासप्रेमी युवा, कार्यकुशलतामा होनहार व्यक्ति, सिद्धान्तनिष्ठ, हँसमुख, मिलनसार, मृदुभाषी भनेर उनको जन्मस्थलका जनसमाज, कास्की जिल्लाका नागरिकहरु र राष्ट्रका व्यक्तित्वहरुले मात्र होइन, देशैले प्रशंसा गरेर श्रद्धाञ्जली दिए। श्रद्धाञ्जलीमा मेरो पनि सहभागी भएपनि म ग्रास रुट (साधारण नागरिक) स्तरको व्यक्ति भएकोले कसैले पनि वास्ता गरेनन्। महत्व र मूल्य मान्यता रहेन, जुन स्वाभाविक पनि हो। तर मलाई आत्मसन्तुष्टि भने भयो।

मेरो एउटा अविस्मरणीय घटना छ : पृथ्वीनारायण क्याम्पसमा इतिहास विषयको उपप्राध्यापक भएर प्राध्यापन गरेदेखि नै रवीन्द्र र उनका अनन्यतम भित्र धनराज आचार्यसँग मेरो राम्रै चिनाजानी थियो। एकपटक प्रगतिशील लेखक सङ्घको सानो कार्यक्रममा “प्रजातन्त्र” शब्द यथास्थितिवादी र प्रतिगमनकारीहरुको शब्द हो। डेमोक्रेसीको अर्थ प्रजातन्त्र नभएर कि जनतन्त्र कि लोकतन्त्र हुनुपर्छ। तर राजतन्त्र परिवर्तन भएर जनतान्त्रिक लोकतन्त्र भइसकेको अवस्थामा पनि नेताहरुले प्रजातन्त्र शब्द नै प्रयोग गर्दछन्। “प्रजातन्त्र” राजा र प्रजाको बीचको अन्योन्याश्रित अभिव्यक्ति शब्द हो। अतः लोकतन्त्रलाई प्रजातन्त्र भन्नु बडो खेदको कुरा हो” भन्दा रवीन्द्रले मलाई एप्रिसिट (सराहना) गरेर “सरलाई धन्यवाद छ” भनेका थिए। यो कुरा उनी सानै उमेरदेखि जिज्ञासु, तार्किक, चनाखो स्वभावका रहेका भनी अधिकारी (रवीन्द्र) लाई पढाएका शिक्षक रवीन्द्रनाथ अर्याल सम्झन्छन् (साभारः राष्ट्रिय दैनिक आदर्श समाज २०७५/११/१७, पोखरा) भनेको पढ्दा–सुन्दा, ‘हुने विरुवाको चिल्लोपात’ भन्ने उखान चरितार्थ भएको अनुभूति हुन्छ। उनी लोकप्रिय युवा नेता थिए भन्ने तथ्य श्रद्धाञ्जली दिनेहरुको भीड र उनीहरुको आँखामा छचल्किएको आँसुले मात्र होइन, २०६४ र २०७० सालको संविधानसभा तथा २०७४ को प्रतिनिधि सभामा लगातार ३ पटकसम्म सफलता हासिल गरेकोबाट प्रमाणित हुन्छ। (साभारः राष्ट्रिय दैनिक, आदर्शसमाज, २०७५/११/१८)। जे भए पनि उनको असामयिक निधनमा शोकसन्तप्त परिवार तथा उनीप्रति हार्दिक श्रद्धाञ्जली दिनेहरुप्रति हार्दिक समवेदना प्रकट गर्दै, उनको दिव·त जीवनको संस्मरणमा श्रद्धासुमन व्यक्त गरेर, उनको अमरत्वको कामना गर्दै उनको कार्यदक्षता, सक्रियता, मिलनशील स्वभाव, सिद्धान्त, व्यवहारप्रति हाम्रो समाज र राज्य चलाउनेहरुले प्रगतिको कोसेढुङ्गा स्थापित गर्दै लानेछ भन्ने आशा राख्दछु।

अब यो लेखको शीर्षकमाथि चर्चा गरौँ। काठमाडौंमा रवीन्द्रप्रति श्रद्धाञ्जली दिने क्रममा प्रधानमन्त्री के.पि. शर्मा ओलिले “स्वर्गीय मन्त्री रवीन्द्रको वाइडवडी विमान खरिद प्रकरणमा उनका कोही विरोधीहरुले रवीन्द्रलाई पनि आशड्ढा गरी आलोचना गरे। तर उनी विल्कुल निदोर्ष छन्।” (साभारः सिआइएन, साझाखबर काठमाडौं) भनी दिएको अभिव्यक्तिप्रति जनमानसले गुनासो र कुण्ठा व्यक्त गरेको सुनिन्छ। किनभने, “जता मल्को उतै ढल्को” भन्ने उखानलाई चरितार्थ गर्ने नेपाली समाजमा यसले ठूलो प्रभाव पार्छ। त्यसमाथि राजनीतिक भागवण्डामा परेर ओहदामा पुगेकाहरुलाई त निःसन्देह यस्तो अभिव्यक्तिले ठूलो प्रभाव पार्छ भने विरोधीहरुले विरोध गर्ने मौका पाउँछ। अरु स्वतन्त्र नागरिकहरुलाई पनि प्रभाव पार्छ। वाइडवडी जहाज खरिद प्रकरणबारे अख्तियारको छानविन सुरु हुँदैछ। यसबारे विस्तारमा बुझ्नको लागि २०७५ फागुन १४ गते मंगलबारको राष्ट्रिय दैनिक आदर्श समाज हेर्नुहोला।

रवीन्द्र निदोर्ष छन् भनी हामीले भनेमा हाम्रो हाइट (उचाइ) घट्ने–बढ्ने हुँदैन। तर प्रधानमन्त्रीको पदमा रहेर, सरकार चलाउने पार्टीको नेता (अध्यक्ष) भएर, त्यस्तो अभिव्यक्ति दिएकोमा, “जसले जित्यो उसैलाई भाले भनी” पूजापाठ गर्ने, परम्परावादी, सामन्ती समाजका मानिसहरु, रैतीबाट अहिले नागरिक भएपनि उनीहरुको अगाडि माननीय प्रधानमन्त्रीज्यूले उक्त अभिव्यक्ति “रवीन्द्र वाइडवडीको जहाजप्रकरणमा निदोर्ष छन्” भनेकोमा प्रधानमन्त्रीज्यूको हाइट बढ्यो होला भन्न सकिन्छ। तर जनमानसमा भने यसको सकारात्मक छाप परेको बुझिँदैन। त्यस सन्दर्भमा केही नबोलेको भए राम्रो हुन्थेन र ?

Comments on मन्त्री रवीन्द्रको श्रद्धाञ्जलीमा प्रधानमन्त्रीको अभिव्यक्ति

अन्य शिर्षकहरू

खेलिनु हुँदैन रगतको होली

एस.इ.इ परीक्षा र विद्यार्थीको तयारी

आज दिनरात बराबर

नागरिक अभिनन्दन

होली पर्व : थिति र वेथिति

प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

थप प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड