मनोद्वेग !

तारा पाखे
कार्तिक २५, २०७६

जीवनको सार्थकता !

मानवजीवनको सार्थकता, आध्यात्मिक महापुरुषहरूले “वसुधैव कुटुम्बकम्” “सर्वे भवन्तु सुखिनः” “आत्मनः प्रतिकूलानि परेषां न समाचरेत्’ जस्ता अमृतमय भावहरू लिएर “परोपकार पुण्याय पापाय परपीडनम्” का उच्च, उदात्तभावले जीवनको एक मात्रल क्ष्यलिएर सोही अनुरूप जीवनपद्धति बनाउनु भएको थियो।

सृष्टिको मणिमुकुट, मानवजीवन मोक्ष सोपान भनिन्छ, किनभने मान्छे नभै ज्ञान नहुने, ज्ञान नभै मोक्ष नहुने? सद्गुरु विना ज्ञान हुँदैन। सत्मार्ग चिन्तन विना सत्गुरु भेटिनु हुन्न? जीवनको उत्तरार्धसम्म एकोहोरो लोहियावादी चिन्तन “क्रोध र करुणा”लाई नै आदर्श मान्दै त्यसलाई पछ्याउँदै दुष्टभ्रष्टहरूप्रति हरेक प्रकारले प्रतिरोध, विरोध गर्दै दुःखी निर्धा निमुखा बन्धुहरूमा करुणा भावले धेरथोर प्रयत्न गरियो, यस पक्षमा गौरवै छ तर अध्यात्ममा धेरै नै पछि पर्दाको आन्तरिक पीडाले छट्पटाइ रहेको अवस्था छ।

“घण्टीका पनि वसे, चेत्कान पनि पसे” समय धेरै छैन। पारिवारिक मायामोह छँदैछ। आफ्नै सुखसुविधाका निमित्त समेत असुरक्षा र बूढेसकालमा परिवार छाड्दा संभावित दुःख, कष्ट, कठिनाइको विभीषिकाले त्रसित अवस्था छ तर सुखमरण र जीवनान्तर कमसेकम अहिलेकै जत्तिको जीवनको आकांक्षा पनि पूरा नहुने हो कि? भयभीत र त्रसित मानसिकताद्वारा निरुपाय बनी छट्पटी बढेको छ।

ईश्वर, परमेश्वर, परमात्मा र स्वर्ग, मोक्ष तथा नरकयातना तथा रोगभोक, शोक अशिक्षा, पराधनीता आदि उत्पीडनले तड्पिरहेका मानव समुदाय र प्राणी जगत्को समेत अवस्था निकै भयावह छ। हामी नेपालीहरूले परमपिता परमात्मा भगवानप्रति हार्दिक कृतज्ञता सभक्ति निवेदन गर्नै पर्दछ।

जीवनको अनुभवले वास्तवमा मानवजीवन दुःखमय नै रहेछ। सुख त आक्कल झुक्कल, झल्याकझुलुक मात्र अनुभव गरियो, अन्यथा एउटा न एउटा व्यावहारिक समस्या र चिन्ता छँदैछ। चिन्ता मुक्तिको उपाय सांसारिक मायामोह, मोहको बन्धनबाट मुक्तभएर अध्यात्मचिन्तन नै हो जो महर्षिहरूले जीवनदर्शन बनाउनुभयो तर त्यो बाटो नै लागिएन!

अहिंसाका प्रतिमूर्ति गान्धीजीले “कायरता र हिंसामध्ये छान्नै पर्दा म हिंसलाई जोड दिन्छु। ” भन्नुभएको छ त्यस्तै अहिंसाका उपासक महामहिम दलाई लामाले “शान्तिपूर्ण व्यवहार गर्नु राम्रो कुरा हो भने अन्यायका विरुद्ध लड्नु झन् राम्रो कुरा हो” भन्नुभएको छ। स्वयं भगवान् श्रीकृष्णले गीताज्ञान दिनुभएर अन्यायमा लागेका आफ्नै बाजे, गुरु र सम्बन्धीहरूलाई समेत मार्दा पाप नलाग्ने बरु अन्याय सहेर कर्तव्यच्यूत हुँदा नरक परिने शिक्षा दिनुभएको छ।

जीवनमा अपनाएको बाटो दुरुह र कण्टकाकीर्ण छ। स्वाभिमानीलाई घमण्डी भन्दछन्। अन्यायको विरोध गर्दा उद्दण्ड, उग्रवादी, पागल भन्दछन्। हिजो पनि अचेतनहरू “गीतापढ्ने बहुलाउँछ। ” भन्दथे, आजका कुशिक्षितहरू ठग्ठाग्, अन्याय, अत्याचार, अनैतिकताको पराकाष्ठामा पुगेर धन थुपार्ने द्रव्यपिशाचहरूकै चकचकी बकबकी छ। पुर्खाका अमर संस्कृति, स्वधर्मको कुरा गर्दा राँचीलाने कुरा भए।

यो आजको मात्रै कुरा होइन। अचेतन, मूर्ख, स्वार्थी, अपराधी र कायरहरू सत्य र न्यायका पक्षमा खडा हुने आँटअठोट गर्न नसक्ने लोइरे, लोतीरामेहरू जता मल्खू त्यतै ढल्कू, जता काफलपाके त्यतै चरी नाचे !“बोल्दा बकबके, घमण्डी ! नबोल्ने कायर, घोसे!”कुप्रीबूढीलाई बसी सुख न उठी सुख !

लुच्चो, छुच्चो भो भने सर्व उँचो
सच्चो चाँही हुन्छ त्यो हाय नीचो
मौकावादी बन्नु नै धर्म भो कि
के यो शंभो कालकै खेलहो कि? (पं. हरिनाथढुङ्गेल)
मूर्खाणाम् पण्डिता द्वेष्या – मूर्खहरू पण्डितहरूको निन्दा गर्दछन्

सृष्टिको आदिमकालदेखि सत्य र असत्यको देवासुरसंग्राम त चलेकै छ। आधुनिक कालमा पनि झन् मूर्खहरूको बिगबिगी छँदैछ। वी.पी. लाई फाँसीको माग गरेर चिच्याउने बदमासहरू नै स्वार्थवश अहिले प्रशंसामा देखिन्छन्। सुकरातलाई विष पियाएर मारे, देवदूत ईशामसीह शूलीमा झुण्ड्याएर किलो ठोकेर मारिनुभयो। गान्धीजी पनि गोली खाएर मर्नुभयो।

महात्मा गान्धीका पुल्पुलिएका चेला नेहरूले अहमदावाद जेलबाट लेखेको चिठीमा गान्धीजीलाई लेखेछन् – “यो सठिएको बूढो यसको दिमागै छैन र यसमा आत्मसम्मान पनि छैन। ” – आ.वृ. वी.पी. अर्का चेला सर्दार बल्लभ भाइपटेलले एकपटक भनेछन् – राज्यसत्तामेँ हस्तक्षेप करनेके बदले आपको हिमालयकी कन्दरामे जाके बैठना चाहिए। – गणेशमान सिंह। माओत्सेतुङले पनि त्यस्तै अपमान सहनु पर्यो। उहाँले रेडगार्डबाट बदला लिनु भयो तर राज्यले दुःख पायो। – गणेशमान सिंह

स्वयं गणेशमान, किसुनजी शैलजा जस्ता त्यागी, न्यायप्रेमीहरूको दुष्ट भ्रष्टहरू निन्दा गर्दछन्। अशक्तस्तत्पदगन्तुं ततो निन्दां प्रकूर्वते – विद्वान्, बुद्धिमानहरूको उचाइमा पुग्न नसकेका नालायकहरू निन्दा गर्दछन्। अजातशत्रु, देवदानव, मानवहरूमा कोही पनि छैनन्। गोली ठोकेर मारिएका गान्धीजीलाई मार्ने नाथुराम, गोपाल गोड्सेका विचार पढ्दा अपराधी नै पो रहेछन् कि? भन्ने लाग्दछ।

अजातशत्रु भनिएका महाराज युधिष्ठिरको राज्याधिकार नदिएर मार्न उनकै बाजे, गुरु र मामा, काका तथा दाजुभाइ, छोरा नाति, साथी (गीता, पृ. १, २६) सहित१८ अक्षौहिणी सेना समाप्त भएको छ। त्यस्तै प्रसङ्ग महाकवि मैथिलीशरण गुप्तको मीठो अभिव्यक्ति छ –

अधिकार खोके बैठ रहना यह महादुष्कर्म है
न्यायार्थ अपने बन्धुको भी दण्ड देना धर्म है – जयद्रथवध

प्रकृतिले नै विभिन्न जिम्मेवारी निर्वाह गरेकीछन्। प्राकृतिक क्षणिक विचलनले ठूला विपत्ति परे, पर्दै छन्। सचेत नागरिकका हैसियतले ‘अन्तरात्माको आवाजलाई उपेक्षा गरी डरत्रास, लोभ, मोहमा टाँगमुनि मुण्टो अड्याएर कायर, हुतिहारा बन्नु अपराधै हो। ’ भने अन्यायीहरूको साथी, सहयोगी बन्नुभन्दा ठूलो अपराध केही हुँदैन।

यस्तैलाई पुर्खाहरूले “बज्रस्वाँठ !” भनेका छन्। यस्ता पाषाण हृदयीहरू अपराधकर्ममा रमाउँछन्। सहृदयीहरूले दयाद्र्रता र सचेत, स्वाभिमानीहरू प्राणप्रणले प्रतिकारमा समर्पित हुन्छन्। नेताहरू सत्तामा पुगेपछि सत्ताको मदमा मात्तिन्छन्, मदमत्त हुन्छन् ! भएका छन् !

जुद्धशमशेरले गङ्गालाललाई “माफ माग्छ भने जन्मकैद” भनेपछि “कसैको बक्सिसमा पाएको जीवन चाहिँदैन !” भन्नु भएपछि “त्यसो भए ज्यान (मृत्युदण्ड) भने। गङ्गालालले हुँकारेर सहर्ष आत्मबलीदान अपनाउनु भयो। यो घमण्डहो र? यो त स्वाभिमान सिद्धान्तनिष्ठा हो नि? त्यसैले शहीदहरू पूज्य छन्।

अशिक्षित, ग्रामीण, अलि अश्लिलै भने पनि हुने एउटा लोकोक्ति छ –“काँतरकी आमा ब्याउँदै नब्या !” कायर, अत्याचारी, दुष्टहरू पृथ्वीका भार, कुलङ्गार आमालाई पीडा दिने अपराधी हुन्। यस छोटो प्रसङ्गमा पाखे जस्ता सामान्य जनले भावनामा वहेर गरेको गन्थन, गथासो कति प्रेरणाप्रद होला। तै पनि नागरिक दायित्व र आफ्नै आत्मशान्तिका निमित्त छोटकरीमा केही शास्त्र पुराणका र नीतिशास्त्र, महात्माहरूका प्रेरणाप्रद प्रसङ्गहरू निवेदन गरौँ। भागवत् प्रसङ्गबाट।

जब कंशले भगवान् श्रीकृष्ण र बलरामलाई हात्ती र पहलवानहरूद्वारा खेलखेलमै रङ्गभूमिमा मार्ने षड्यन्त्र गर्दछ, त्यो रमाइलो हेर्न पुगेका दर्शकहरूले आ–आफ्नो बुद्धिविचार, चिन्तन अनुसार भगवान कृष्णलाई अनुभव गर्दछन् –

देखे बज्रसमान मल्लहरूले, नरमा नरोत्तम थिए
देखी सुन्दर कामदेव सरिका नारीहरू लोभिए
प्यारा मित्र उनै ती गोपहरूका, दृष्टात्म राजा भने
ठान्थे शासक यी कठोर, कलिला वाला पिताका थिए
थिए काल समान कंश, र विराट् विद्वानहरूका पनि
मान्थे योगीहरू परात्पर परंब्रह्म स्वरुपि भनी
वृष्णिहेरु निमित्त रङ्ग भूमिमा थिए ठुला देवता
यस्तो भो बलरामले सहितभै श्रीकृष्ण पाल्नू हुँदा
(श्रीमद्भागवत – १०, अध्याय ४३। अनु. पाखे )

हामीले अनुशरण गर्ने त यस्तै आदर्श हो। नीतिले पनि भन्दछन् –

सिंह आगो र सर्पै भो कूलपुत्रहरू सदा
अपमान नगर्नु है हुन्छन् अत्यन्त तेजिला। १
धीतै छाडेर अधम धनै भनि हिरिक्क छ।
धन मान दुवै पाए आनन्दी हुन ध्यम
तर उत्तमका निम्ति मानै मानिन्छ उत्तम
स्वाभिमानी बनी बाँचौँ मयल् हो हातको धन। २
गुणीहरू नै पूज्य हुन्छन्, उमेर जाति, वर्ग, लिङ्गहोइन। ३
डरैलाग्दो भएर बाँच– वीपी। ४
अन्यायीहरूप्रति क्रोधित र अन्यायमा परेकाहरूप्रति करुणाभाव राख? – डा. राममनोहर लोहिया। ५
इह तुरगशतै प्रयान्तु मूढा
धन रहिवास्तु बुधाःप्रयान्तु पद्भ्याम्
गिरि शिर गतापि काक पङ्क्ति
पुलिन गतैर्न समत्वमेति हंसै। सु.र.मा.

सयौँ घोडे बग्गीमा सवारी चलाएतापनि मूर्खहरू, गरीब, पैदलयात्री, विद्वानहरूसँग, पर्वत शिखरका कागहरू बालुवामा हिँड्ने हाँसहरूसँग दाँजिन नसकेझैँ मूर्खहरू विद्वानहरूका दाँजोमा पुग्न शक्तैनन्। जसमा नैतिक बल छ, स्वाभिमान र आत्मसम्मान छ, त्यो सिंहझैँ गजेर्र अन्याय र विकृतिका विरुद्ध तिघ्रा ठोकेर, पाखुरा खैँचेर दहाड्दै उफ्रन्छ र भन्दछ –

म सिंह हूँ पौरखको म राजा
छ ऊर्दी मेरो सुन स्यालब्वाँसा
छी छी जडौरी र पुरा घिनाई
मेरै कमाई छ मिठो मलाई
नगर्नु वक्वक् नबुझी नजानी
स्वाधीन सत्कर्मी म स्वाभिमानी
कस्तूरिको मगमग बासना हूँ
र दुष्टका खाँतिर शासना हूँ
अन्यायमा गर्जंन हूँ दहाडी
हेरौँ ! खुबी मर्द हूँ को? अगाडि – सिं.ग. – पाखे

(१)
क्षुत्क्षामोऽपि जरा कृषोऽपि शिथिल प्रायोऽपिकष्टांदशा–
मापन्नोऽपि विपन्नदीधितिऽरपिप्राणेषु नश्यत्स्वपि
मत्तेमेन्द्र विभिन्न कुम्भकवल ग्रासैक बद्धस्पृह
किंजीर्णत् तृणमत्तिमान महता मग्रेसरः केशरी। । नी.श. २१

भोक, प्यास र बुढ्याईंले मरन्च्याँसे, शिथिल, कष्टपूर्ण, प्राणै जानलगेको दुरावस्थामा समेत, मदमत्तहात्तीको गण्डस्थलफोरेर, बोसो मिसिएको गास फक्याउने, स्वाभिमानी सिंहराज के सुकेको घाँस खान्छ र? अर्थात् किमार्थ खाँदैन ! यस्तो जीवन पो जीवन !

(३)
नत्वहं कामये राज्यं नसुखं नपुनर्भवम्
कामये दुःखतप्तानां प्राणीनामार्ति नाशनम्। । राजा रन्तीदेव
म राज्य सुख, स्वर्ग, मोक्ष पुनर्जन्महोइन कि दुःखतप्त प्राणीहरूको दुःखनिवारण गर्न चाहन्छु। श्री. मा.
अष्ठादश पुराणेषू व्यासस्य वचनं द्वयम्
परोपकार पुणयपापाय परपीडनम्

अठार पुराणहरूको सार भगवान व्यासदेवले दुई वचनमा व्यक्त गर्नुभएको छ कि परोपकारद्वारा पुण्य हुन्छ, अर्कालाई पीडा दिनु पाप हुन्छ।

मातृवत् परदारेषु, परद्रव्येषु लोष्ठवत्
आत्मवत् सर्वभूतेषू य पश्यतिसपश्यति

अरूका नारीहरूलाई आमासमान, अर्काका धनलाई झारपात बराबर र समस्त प्राणीहरूलाई आफैँ सम्झेर व्यवहार गर्नु नै (उत्तम हो) सही दृष्टिकोण हो।

सम्झाई बुझाईले छंकट्टै काम नगरेपछि”लातको भूत वातले मान्दैन !”भनेझैँ वातकै लात, लाठी बजारेर बंकनु, गर्जनु अर्घेल्याईं होर? किमार्थ होइन।

“जन्मे छोरा वीर सत्कर्मी जन्मून्, हिक्मतद्वारा जन्मदै भो नजन्मुन् नी” यस्तै यस्तै शिक्षा, प्रेरणा, वातावरण, प्रभावद्वारा गरिने गर्जन, तर्जन, दुत्कार फट्कार अन्यथा हुँदैन र गर्जन मन लाग्छ।
तिघ्राठोकि चुनौतिदिन्छु वमले हाने पनि मर्दिन
तोडीजालकुचालसिंह सरिभै कुलेर्र गर्जन्छु म। – पाखे
कस्लाई टोकोँ चिथरौँ कता म, लाठाबजारौँ कतिटाउकामा
यो लातको भूत त बात ले ता, मान्दैन सल्लाहविनम्र अर्ती
अन्यायीपथभ्रष्टदुष्टहरूकै साथी संगातीबनी
तिनकै खाइजुठो पुरा निरिह भै भिदैर्जडौरी पनी
बेहोसी अपराध मस्त, कतिझन् मुग्लानमाभासिए
स्वर्गै बन्निथियोछिटैमुलुक यो सत्धर्म थामीदिए
यस्तै चिन्तनले पिरिन्छ मन यो चिन्ता सधैँ भुट्भुटो
नेतानीचभएर निर्घिणाीअहो वर्वाद भो देश यो
यस्ता विकृतिकाविरुद्धलड्ने होलाघमण्डी र त्यो?
त्यस्ताधीर र वीर विज्ञजनको सम्मान गर्नु थियो

शठ, पटमूर्खहरूलाई शठताद्वारै भएपनि तह लगाउनु सत्कर्म हो। शठे शाठ्यं समा चरेत। सत्कर्मी भौतिक रूपले विपन्न, दुःखी देखिन्छ, आततायीकाप्रहार पर्दछन्। वास्तवमा कालान्तरसम्म यश, कीर्ति, सुख दिने त त्यही कष्टको कण्टकाकीर्ण बाटो हो। ” सपूत शायर र शेर आफैले बनाएको वाणमा हिँड्छन् अर्काले बनाएकोमा हिँड्दैनन्।

दुःखमा मात्र लाइन्छ वीरको वीरता कसी
बनेका होइनन् राम अयोध्यामै बसी बसी। – च. चा
निन्दै गर्छन् अबुझ तिनकै लागि गर्दा प्रयत्न
अन्यायीकै अघिपछि तिनै देखिँदा हुन्छु खिन्न
तै धैर्यै कन ली नभई विचलित् जोशले गर्छु धामा
चाँडै ब्युझेर लड्लान् दलबल मिली आफनो हक् लिनामा। अस्तु। ।

Related News

सम्बन्धित समाचार

hero news full width