मधुमेह : एक चिनारी

इन्दिरा पन्त
मंसिर १७, २०७६

मधुमेह भइसकेपछि नियमित र निश्चित समयमा निश्चित मात्रामा खानाखाने, कसरत, व्यायाम, औषधिको प्रयोग नियमित परीक्षण गरी स्वास्थ्यको स्थितिलाई नियमित बनाउन सकिन्छ।

१.परिचय

मधुमेह रोग भन्नाले मानिसको रगतमा चिनीको मात्रा आवश्यक भन्दा बढी भई पिसाबमा समेत देखा पर्नुलाई वुझिन्छ। हामीले खाएको खाना टुक्रिएर ग्लुकोजमा परिवर्तन भई हामीलाई काममा चाहिने ऊर्जा ग्लुकोजले प्रदान गर्दछ। ग्लुकोजलाई ऊर्जामा परिवर्तन गराउन इन्सुलिन नामक हमोर्नको आवश्यकता पर्दछ। इन्सुलिन हाम्रो पेट नजिक रहेको प्यान्क्रीयाज नामक ग्रन्थीबाट उत्पादन हुन्छ। इन्सुलिनले ग्लुकोजलाई शरीरका कोषिकाहरुमा प्रवेश गरेपछि ऊर्जा उत्पादन भई काम गर्न योग्य वनाउदछ।

मधुमेही रोगीहरुमा ग्लुकोज कोषिकाहरुमा पस्न पाउदैन र रगतमा नै रही रहन्छ। रगतमा नै रहेको ग्लुकोजले शरीरका विभिन्न अंगहरुमा नराम्रा असरहरु देखाउन थाल्दछ। लामो समयसम्म इन्सुलिनको उत्पादन कम भएमा वा इन्सुलिनले राम्रो कार्य गर्न नसकेमा रगतमा ग्लुकोजको मात्र उल्लेखित परिणाम भन्दा वढी भएमा त्यसलाई नै मधुमेह। चिनी रोग, डायबिटिज, मेल्साइटिस आदि भनिन्छ। खाली पेटमा रक्तपरीक्षण गर्दा एफ बी एस एण्ड ३ एमजी १ डी १ र खाना खाएको १–२ घण्टा पछि पोष्ट प्राण्डियल ग्लुकोज (पीपीजी) १८० एमजी १ डी १ भन्दा ए ९ एल ग्लुकोज को मात्रा रगतमा लगातार देखिएमा त्यसै अवस्थालाई मघुमेह भनिन्छ।

मधुमेह चिनी रोग– विकसित देश देखि विकासोन्मुख देशसम्मका सवै व्यक्तिमा देखापर्ने रोग हो। विश्वमा मधुमेही रोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइन्छ। सन २०१४ मा गरिएको एक सभेर्क्षणको तथ्याङ्क अनुसार र संसारमा मधुमेही रोगीको संख्या ३८ करोड ७० लाख रहेको अनुमान छ। यही गतिमा नै रोगीको संख्या बढ्दै जाने हो भने सन् २०३५ सम्म ५ करोड २० लाख पुग्ने अनुमान गरिएको छ। उमेरको हकमा ४०–५९ वर्ष उमेरका व्यक्तिहरुमा यो रोग बढी भएको पाइएको छ। नेपालको सन्दर्भमा करीव २० प्रतिशत व्यक्तिहरु मधुमेह रोगबाट पीडित रहेको पाइन्छ। यति ठूलो संख्यामा मधुमेह रोगबाट पीडितको संख्या बढ्दै गएमा यसबाट ज्यादै ठूलो प्रकारको स्वास्थ्य समस्या आउन सक्छ।

प्रकार :– मधुमेहलाई मुख्य दुई प्रकारमा विभाजन गरेको पाइन्छ

क) टाइप वान डायबिटिज –

शरीरले इन्सुलिनको उत्पादन गर्न सक्ने क्षमता गुमाइसकेपछि देखापर्ने यस प्रकारको मधुमेह रोग अचानक देखा पर्दछ। २० देखि ४० वर्ष उमेरसम्ममा सामान्य तौल भएका व्यक्तिमा देखापर्ने यो प्रकारको मधुमेहमा तुरुन्त उपचार गरी इन्सुलिन दिनुपर्ने हुन्छ।

ख) टाइप टू डायबिटिज

संसारमा धेरै व्यक्तिलाई हुने प्रकारको मुधुमेह टाइप टू डायबिटिज हो। यो प्रकारको मधुमेह वयस्क उमेरमा साधारणतया ४० वर्ष भन्दा वढी उमेरका व्यक्तिमा विस्तारै देखापर्दछ। यस प्रकारको मधुमेहमा शरीरमा रहेको प्यान्क्रीयाज भन्ने ग्रन्थीले कम मात्रामा इन्सुलिन उत्पादन गर्नु वा इन्सुलिनले शारीरमा प्रभावकारी ढंगले काम गर्न नसक्नु हो। यस प्रकारको मधुमेहलाई नियन्त्रण गर्न जीवन शैली, आहार, विहारमा परिवर्तन ल्याएर वा चिकित्सकको सल्लाह अनुसार औषधिमा चक्की खाएर गर्न सकिन्छ।

२. मधुमहेका मुख्य सम्भावनाहरु :

मधुमेहको मुख्य कारणः– खाद्य पदार्थहरुबाट प्राप्त ग्लुकोजको उपयोग गर्न इन्सुलिन हमोर्नको आवश्यकता पर्दछ। शरीरमा इन्सुलिन उत्पादन नहुनु, जे एफ इन्सुलिनले कार्य गर्न नसक्नु नै मधुमेहको मुख्य कारण हो। साथै अन्य संम्भावित कारणहरुमा अनुचित खानपान हुनु, निष्कृय जीवनशैली, वंशानुगत धेरै पटक गर्भ रहेमा, ४ केजी भन्दा बढी तौल भएको बच्चा वा जन्माउने आमामा, उच्च रक्तचाप भएको व्यक्तिमा, लगातार बढी तनावग्रस्त रहने व्यक्तिहरुमा, बढी मोटोपन भएका महिला वा पुरुषमा मधुमेह रोगको सम्भावना बढी देखिन्छ।

यस्ता चिन्ह र लक्षणहरु देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिई उपचारमा लागिहाल्नुपर्दछ।

३.मधुमेह रोगका तत्कालीन दीर्घकालीन असरहरु :

मधुमेह रोगका तत्कालीन असर दीर्घकालीन असरहरु
थकित महसुस भइरहने । आँखामा समस्या देखा पर्ने ।
धेरै पटक पिसाब हुने र पिसाब फेरेको ठाउमा कमिला लाग्ने मृगौलाको समस्या (डाइबिटिज नेफ्रोप्याथी)
(भोक बढी, लाग्ने वजन कम हुदै जाने । डाइबिटिज नेफ्रोप्याथी
गुप्ताङ्ग चिलाउने, हातगोडा झमझमाउने । उच्च रक्तचाप/हृदयाघात, मस्तिष्क आघात ।
घाउ खटिरा चाँडो सन्चो नहुने । स्मरण शक्तिमा ह्रास आउने समस्या ।
आँखा धमिलो देख्ने । छालाको समस्या ।
चिडचिडा पन बढ्नु आदि । हात खुट्टाका नसाहरु कुहिने समस्या ।

४) मधुमे रोगको रोकथाम उपचार :–

मधुमेह रोग लाग्न नदिनको लागि जीवन शैली सक्रिय बनाउने, नियमित शारीरिक व्यायाम गर्ने, अनावश्यक तनावमा नरहने, अनावश्यक रुपमा भएको मोटो पन घटाउने, खानपानमा सन्तुलित भोजन लिने गुलियो, चिल्लो पर्दाथहरुको प्रयोग बढीमात्रामा नगर्ने समय समयमा चिकित्सकसंग स्वास्थ्य परीक्षण गराउने वा शारीरमा केही समस्या देखिएमा तुरुन्त उपचार गर्ने गर्नुपर्दछ। यदि मधुमेह भइसकेको छ र मधुमेह का चिन्ह र लक्षण देखिई सकेका हुन् भने तुरुन्तै स्वास्थ्य परीक्षण गरी उपचार गराउनुपर्दछ। साथै मधुमेह भएका विरामीले निम्न ४ ओटा पक्षहरुमा विशेष ध्यान दिनु पर्दछ।

क) सन्तुलित भोजन :–

समय खाद्य पदार्थ मात्रा कैफियत
विहान ६:३०–७:३० कालोचिया १ कप चिनी नराखेको
पातलो दूध १ कप
गहुको रोटी २ ओटा
ताजा फलफूल १ ओटा
सुप १ ओटा
११:३०–१२:३०

विहानको खाना

गहुको रोटी ३–४ ओटा आलु नभएको
भात १ कचौरा सानो
सागसव्जी १ कचौरा
दाल १ कचौरा
तरकारी १ कचौरा
सलाद काक्र्रो, मूला, गाजर, साग, प्याज, बन्दा १ सानो प्लेट
४–५ वजे सम्म

(खाजा)

चिया १ कप दुइमा एक मात्र
पातलो दूध १ कप
अण्डा १ ओटा
मकै/चिउरा केही
गहुको रोटी २ ओटा

मधुमेह भएका व्यक्तिले विशेष अलग किसिमको खाना खानुपर्दछ भन्ने धारणा पाइन्छ। तर शरीरका लागि आवश्यक पर्ने तत्वहरु सन्तुलित मात्रामा मिलाएर खाइने खाना नै मधुमेह भएका व्यक्तिले खान हुन्छ। तर मधुमेह भएका व्यक्तिले खानाको मात्रा र खाना खाने समयमा भने विशेष ध्यान दिन अनिवार्य छ।

मधुमे रोगीले प्रयोग गर्न मिल्ने खाद्य तालिका :–

यो रोग भएको व्यक्तिले खान हुने वस्तुमा वोसो नभएको मासु, ताजा माछा, ताजा सागसब्जी, बन्दा काउली, काँक्रो, व्रोकाउली, गोलभेँडा, भन्टा, मूला, प्याज, मौसम अनुसारका फलफूल अमिलो अचार, दाल, सुप, चिनी नराखेको ताजा जुस, भेनेगर आदि पर्दछन। यो रोग भएका व्यक्तिले खानेकुरा छनोट गर्दा खानामा चिल्लो र नूनको मात्रा कम हुनु पर्दछ। तौल बढी भएमा खानाको मात्रा घटाउनु पर्दछ। दूध, दही उचित मात्रामा खानु पर्दछ।

तर मधुमेह भइसकेपछि मन लागेको खाद्य पर्दाथ मन लागेको समयमा खाने गर्नु हुदैन। नियमित रुपमा खानाको परिमाण र खाना खाने समयमा विशेष ध्यान दिनु अनिवार्य छ। दैनिक ३–४ घण्टाको फरकमा दिइएको ३–४ पटकसम्म माथि तालिका अनुसार खाना खाने गर्नुपर्दछ। साथै मौसम अनुसार दिनमा दुई देखि ३ लिटरसम्म पानी पिउनुपर्दछ।

मधुमेह भएका व्यक्तिले चिल्लो, वोसो भएका खानेकुराहरु, चिनी, जाम, मिठाई, चकलेट, शर्वत चिसो पेय पर्दाथहरु– कोकाकोला, फेन्टा, फु्रटी, मह, जाम, केक, हर्लिक्स, वर्नभिटा, भिया जस्ता खाद्य पर्दाथ देखि धुम्रपान/मद्यपान समेत गर्नु हुदैन।

) शारीरीक व्यायाम–

मधुमेह भएका व्यक्तिले नियमित सक्रिय रहने, हिँड्ने, साइकल चलाउने, पौडीखेल्ने, योग साधना जस्ता व्यायाम दैनिक आधा देखि १ घण्टा सम्म गर्नु पर्दछ। यस्ता गतिविधिले मुटु, फोक्सो, हड्डीलाई बलियो बनाउनको साथै इन्सुलिनको कार्य क्षमतामा सुधार ल्याउने रक्तचाप नियन्त्रणमा लाभप्रद असर देखाउँदछ।

) औषधिको प्रयोग :–

यस्ता प्रकारको विरामी व्यक्तिले खाना, शारीरिक व्यायममा साथै चिकित्सको परामर्श लिई औषधी खाने चक्की वा इन्सुलिन सुईको रुपमा नियमित रुपमा चिकित्सकको परामर्श अनुसार निश्चित समय मा निश्चित मात्रा प्रयोग गर्नु पर्दछ। जसले गर्दा रगतमा बढी हुदै गएको ग्लुकोज चिनी लाई नियन्त्रण गरी मुटु, मृगौला आंखा, नसा आदिमा पर्न सक्ने नोक्सान रोकी दीर्घजीवी बन्न सहयोग गर्दछ।

४) नियमित परीक्षण :–

मधुमेह भएका व्यक्तिले औषधी वा इन्सुलिनको प्रयोग गरिरहेको अवस्थामा सम्भव भएसम्म नियमित ग्लुकोजको परीक्षण गर्नु आवश्यक छ। ग्लुकोजको मात्रा घटेर शरीरमा बढ्ने मात्रै होइन कहिले काँही समस्या देखिन सक्दछ। हरेक तीन महिनामा ग्लुकोजको स्थिति शरीरमा कस्तो छइजीएल एचबी ए/सी जांच गर्ने, हरेक ६–६ महिनामा पिसाबमा प्रोटिनको मात्रा (माइक्रो एलब्युमिन) क्रिटिनीन र कोलेष्ट्रोलको जांच गर्ने र हरेक वर्ष मृगौला, आंखा, मुटुको जांच गराउनु पर्दछ।

५) मधुमेहका कारणवाट हुनसक्ने जटिल अवस्था त्यसलाई नियन्त्रण गर्ने उपायहरु :–

मधुमेहका कारण शरीरमा देखापर्ने मुख्य समस्याहरु रगतमा ग्लुकोजको मात्रा अचानक घट्नु (हाइपो ग्लीसेमिया) रगतमा ग्लुकोजको मात्रा ७० एमजी १ डी १ भन्दा कम भएमा शरीर थकित हुने, रिङगटा लाग्ने, मुटुको घड्कन बढ्ने, शरीर काम्ने, चिटपिट पसिना आउने, छटपटी हुने, वाकवाकी लाग्ने भएमा विरामी तुरुन्तै वेहोस भई मृत्यु समेत हुन सक्ने भएकाले लक्षण विचार गरी तुरुन्तै जुस, चकलेट ग्लुकोज पानी आदि खान दिनुपर्दछ। लक्षणमा सुधार नआएमा तुरुन्तै अस्पताल लैजानुपर्दछ। त्यसैले मधुमेही व्यक्तिले आफ्नो साथमा केही गुलियो चकलेट राख्नुको साथै म मधुमेही रोगी हु“ वेहोस अवस्थामा पाएमा तुरुन्तै अस्पताल पुर्याई दिनुहोला भनी नाम, ठेगना सम्र्पक नम्वर लेखेको कार्ड साथमा लिएर हिड्नुपर्दछ। त्यस्तै कहिले काही रगतमा चिनीको मात्रा २४० एमजी.डी.वन भन्दा बढी भएमा प्यास लाग्ने, पिसाब वढी लाग्ने हुँदै वेहोस हुने अवस्थामा पुग्न सक्ने भए तुरुन्तै अस्पताल पुर्याउनुपर्दछ। साथै मधुमेह भएका व्यक्तिका छालामा आएका घाउ खटीरा छिटै सन्चो नहुने, आंखा धमिलो देख्ने, मोति विन्दु, जलविन्दु हुने, मृगौलाका कार्य क्षमता कमी आउनुको साथै काम गर्न छोड्ने हुन्छ। त्यसैले समयमानै रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्नु पर्दछ। व्यक्तिगत सरसफाईमा विशेष ध्यान आवश्यक छ।

६) निष्कर्ष :

हाम्रो शरीरमा भएको प्यानक्रियाज ग्रन्थीले निस्कासन गर्ने इन्सुलिन नामक हमोर्नको कमी भएमा वा रगतमा चिनीको मात्र खाली पेटमा ७० देखि ३०० एमजी.डीवन र पीपीजी १८० एमजी.डी.वन भन्दा बढी भएमा यो रोग देखा पर्दछ स्वास्थ्य परीक्षणबाट रोग पहिचान गर्न सकिने भएकाले रोगका सामान्य लक्षण देखिनासाथ स्वास्थ्य जांच गराइहाल्नु पर्दछ। यसका मुख्य कारण अनुचित खानपान, वंशानुगत, शारीरिक श्रमको अभाव आदि पर्दछन्। मधुमेह भइसकेपछि नियमित र निश्चित समयमा निश्चित मात्रामा खानाखाने, कसरत, व्यायाम, औषधिको प्रयोग नियमित परीक्षण गरी स्वास्थ्यको स्थितिलाई नियमित बनाउन सकिन्छ। मधुमेह भइसकेपछि जीवनभर संचो नहुने हुँदा धैर्यताका साथ खानपान र उपचारमा नियमित भएमा दीर्धजीवी बन्न सकिन्छ। चिन्ता लिनु हुँदैन। आफ्नो रोगको बारेमा आफु, आफ्नो, परिवार र सकेसम्म समाजलाई सचेत बनाउन जरुरी छ। स्वास्थ्य संघ संस्थाहरुले यस रोग बारे जानकारी दिने रक्तपरीक्षण, स्वास्थ्य परीक्षण निशुल्क गर्ने, रेडियो पत्र पत्रिकाले पनि रोग वारे सूचना प्रवाह गरिएमा दिन प्रतिदिन बढ्दै गएको मधुमेह सम्बन्धी स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न गराउन र दीर्घजीवन बाँच्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width