भ्यालेन्टाइन संस्कृति कि विकृति ?

आदर्श समाज सम्वाददाता
फागुन ३, २०६९

सबैभन्दा बढी दिवस मनाइने देशमध्ये नेपाल अग्रपंक्तिमा पर्ने गर्छ। नेपालीहरूले आफ्नो मौलिक संस्कृतिलाई भुल्दै गइरहेको छ भने पाश्चात्य संस्कृतिलाई दिन दुर्इगुणा रात चौगुणा अँगाल्दै गइरहेको छ। देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नेपालीहरूलाई दिवसको कुनै कमी छैन। लोकतन्त्र दिवस, गणतन्त्र दिवस, शहीद दिवस हुँदै अहिले फागुन २ अर्थात १४ फेबु्रअरी प्रणय दिवसलाई धुमधामको साथ मनाउने चलन पनि देशमा सुरु भएको छ।

प्रेमको आफ्नै परिभाषा छ। प्रेमको महत्त्व आफ्नो ठाउँमा छ। प्रेमलाई अहिले हल्का रूपमा लिने क्षणिक स्वार्थ पूर्ति गर्ने अनि छोड्ने अनि अर्को प्रेम गर्ने संस्कृतिको विकास पनि सँगसँगै बढ्दै गएको समयमा पादरी सेन्ट भ्यालेन्टाइनको शहादतसँग सम्बन्धित रहेको यस दिवसबारे जानेर बुझेर भन्दा पनि एउटा लहैलहैमा यसलाई मनाउन हाम्रा युवायुवतीहरू लागिपरेका छन्।

तत्कालीन रोमन सम्राट क्याउडियस द्वितीयले युवालाई प्रेम र विवाह गर्न बन्देज लगाएका थिए। भ्यालेन्टाइनले सम्राटको लगाएको प्रतिबन्धलाई अवश्य गरे। उनले प्रेम र विवाहका लागि युवायुवतीलाई प्रेरित गरे। उनले र्सार्वजनिक स्थलमा सामूहिक विवाह गराए। प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा उनलाई २७० फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो। प्रेमको लागि प्राण उर्त्र्सग गर्न उनै भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्षको १४ फेबु्रअरीलाई प्रेम दिवसको रूपमा मनाउन सुरुसँगै नेपालका प्रेम र प्रेमी अर्थात युवाहरू यसलाई विशेष पर्वको रूपमा मनाउन तल्लीन छन्।

आफूले मन पराएका युवाले युवतीलाई यसै पर्वको दिन पारेर रातो गुलावको फूल र उपहार दिने, प्रेम प्रस्ताव राख्ने चलन बढेर गएको छ। अहिले युवायुवतीबीच भ्यालेन्टाइनको नाममा प्रेम प्रस्ताव राख्ने र आफ्नो यौनवासना पूरा गर्ने अनि अर्को वर्षको भ्यालेन्टाइनमा अर्कै युवासंग प्रेम प्रस्ताव राख्ने प्रचलन पनि विकृतिको रूपमा बढेर गएको छ।

भ्यालेन्टाइन डे मनाउने प्रचलन पश्चिमा संस्कृति भए पनि नेपालमा यसको प्रभाव छोटो समयमा बढ्दै गयो। यसलाई काठमाडौं, पोखरा, धरान, बागलुङलगायतका ठाउँमा फरक फरक शैलीले बनाइने गरिन्छ। यो दिवसमा प्रेम र प्रेमी एक आपसमा प्रेम प्रस्तुत गर्न गुलाफको फूल अनिवार्य भए पनि बागलुङ जिल्लामा गुलाफको फूल नपाउने भएपछि स्टिक गुलाफको कृत्रिम फूलको गुच्छा र ग्रिटिङ कार्ड दिने चलन बढेको व्यापारीहरू बताउँछन्।

अहिले नेपालमा आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै जाने विदेशी अर्थात पाश्चात्य प्रभावलाई अँगाल्दै जाने प्रवृत्तिको विकास हुँदै जानु राम्रो होइन, महिला अधिकारकर्मी लक्ष्मी बास्कोटा बताउनुहुन्छ। अहिले दिवस मनाउने नाममा जे पनि मनाउने प्रचलन बढ्दै गएको नक्कल गर्ने प्रचलन बढ्दै गएको हुँदा यसले विकृति र विस·ति भित्र्याउन लागेको छ। प्रेम दिवस के को लागि मनाउने यसको प्रचलन कसरी सुरु भयो भन्ने कुरा नबुझी आजकलका युवाहरू यसको पछाडि लागि रहेको बास्कोटा बताउनुहुन्छ।

नेपालको आफ्नै मौलिक परम्परा र संस्कृतिलाई छोड्दै जाने, विदेशीको संस्कृति पनि बुझ्दै नबुझी अँगाल्दै जाने आफ्नो गुरु र बाबा आमालाई नमान्ने अरु विभिन्न दिवस मनाउँदै जाने प्रचलनको विकास भएको महिला अधिकारकर्मी मन केसी बताउनुहुन्छ।

विकासक्रमसँगै हामीले मनाउन खोजेको प्रेम दिवस किन के को लागि भन्ने बुझेर मनाउनुभन्दा पनि अनावश्यक रूपमा मनाउने फजूल खर्च गरेर समय बर्बाद गर्नु उचित हैन केसी बताउनुहुन्छ।

प्रेम दिवस मनाउनु नराम्रो होइन तर यसलाई एउटा पर्वको रूपमा मनाउन यसको मर्म बुझ्न जरूरी छ। प्रेमको परिभाषालाई विकृति र विस·तिको रूपमा विकास गर्दै लग्न हुँदैन प्रेम भनेको खाली युवा र युवतीहरूको बीचको सम्बन्धमात्रै प्रेम होइन प्रेमको परिभाषा व्यापक छ। त्यसलाई सही ढ·ले प्रेम दिवस मनाउनु राम्रो हुने धारणा बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बसन्तकुमार श्रेष्ठ बताउनुहुन्छ।

अहिले यसलाई एउटा उत्सवको रूपमा मनाउने, रमाइलो गर्ने प्रचलन बढेर गएको छ त्यसले गर्दा भ्यालेन्टाइन डे संस्कृतिभन्दा पनि विकृतिको रूपमा विकास हुँदै गएको छ। भ्यालेन्टाइनलाई सही ढङ्गले बुझ्न जरूरी रहेको संगीता शर्मा बताउँछिन्।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width