गत वैशाख १२ गते गएको भूकम्प विनाशकारी संकटपूर्ण रहेको छ। सो भूकम्पद्वारा काठमाडौं उपत्यका केही फिट दक्षिणतर्फ सरेको र एक मिटर माथि उठेको कुरा प्रकाशमा आएको छ। यो भूकम्पले जमिन र जलमा व्यापक परिवर्तन पारेको छ। विनासकारी भूकम्पद्वारा १४ जिल्लालाई बढी प्रभाव पारेको छ तापनि देशव्यापीरूपमा यसले असर पारेको छ। ६ रेक्टर माथिका ४ वटा, ४ रेक्टर स्केलमाथि ३०० र ४ रेक्टर स्केलभन्दा कमका २००० भन्दा बढी पराकम्प गइसकेका छन्। भूकम्पको भय र त्रास मानिसको मनबाट लुप्त भएको छैन। भूकम्पको त्रासबाट राजनीतिक मतमतान्तर, जातीय विभेद, भाषाभाषी, धर्म र संस्कृतिक पहिचानमा हुने गरेको विभेदहरू विलुप्त भएका छन्। चुच्चे, थेप्चे, मधेसी, दलित, मुसलिमका बीचमा गुट फूटको राजनीति गर्नेहरूको फूटपरस्त चिन्तन ओझेलमा परेको छ। धनी, गरिब, करोडपति, रोडपतिहरू सबै पालमा बसेका छन् एकै ठाउँमा एकै किसिमको खाना खाएका छन्। भूकम्प, बाढी, पहिरो, भूस्खलनबाट नेपालीहरू त्रसित भयभीत छन्।
नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणबाट विश्वमा ११ आंै स्थानमा पर्दछ। नेपालको भूवनौट नै यस्तो छ। विगत लामो समयदेखि नेपालमा महाविनाशकारी भूकम्पको आशंका गरिँदै आइएको थियो तर भूकम्प प्रतिरोधात्मक कुनै पनि कार्यक्रम विगतमा बनाइएन। यसै कारणले महाभूकम्प र पराकम्पबाट हामीले ठूलो मानवीय र आर्थिक क्षति व्यहोर्र्नुपरेको छ।
महाभूकम्प र त्यसपछि आएका हजारौं पराकम्पका कारणले करिब नौ हज्जार व्यक्ति मारिइसकेका छन्। कयौं घाइते र बेपत्ता छन्। लाखौं घर ध्वस्त भएका छन्। भूकम्पको जोखिमबाट मुक्ति पाउनका निमित्त सर्वप्रथम उद्धारको काम भएकै छ। सेना, सशस्त्र, प्रहरी सुरक्षा निकायबाट बढी प्रभावित जिल्लाको तदारुकताका साथ उद्धारका कार्य गरिएको छ। सयौं व्यक्ति खण्डहरबाट जीवितै उद्धार गरिएको छ। विदेशी राष्ट्रबाट आएका व्यक्तिहरूले जीवितै उद्धार गर्ने कार्यमा महत्त्वपूर्ण योगदान गरेका छन्। ठूला-ठूला १२।१३ तले घर तथा भवनहरू भूकम्पबाट भत्किएका अथवा चिरिएकाले पन्छाउन अथवा भत्काउन सुरक्षा निकायलाई आवश्यक मेशिन तथा उपकरण उपलब्ध नहुँदा, बिपद व्यवस्थापन कार्य ढिलो भएको छ। हाम्रो देशमा विपद व्यवस्थापन गर्न तालिम प्राप्त व्यक्तिहरू नभएको हुँदा व्यवस्थापन गर्न ढिलो भएको छ।
विदेशहरूबाट राहत वितरण, उद्धारका लागि आएका विदेशीलाई ८/१० दिन पछि आफ्नो देशमा र्फकन सरकारी निकायले आह्वान गरेको थियो तर केही व्यक्तिहरू आफ्नो देशमा फके पनि भारत, चीन, अमेरिका, क्यानाडा, यु.ए.इ., यक्रेन, इजरायल, पाकिस्तान आदि देशका उद्धारकर्ताले एक महिनामा दश हजार उडान गरेका छन्। अझै नेपालमा कार्यरत छन् र उद्धारको कार्य र राहत वितरण गर्ने कार्यमा सहयोग गरिरहेका छन्। विपद व्यवस्थापनको कार्यलाई यथासक्य चाँडो पूर्णता दिनका निमित्त ठूला विकसित मुलुकहरूका सरकारसँग आवशयक इक्यूपमेण्ट र विशेषज्ञहरू पठाइदिन हार्दिक अनुरोध गर्नुपर्दछ। विश्वका धेरै देशबाट आर्थिक सहयोग राहतका सामान आएका छन्। यो महत्त्वपूर्ण कुरा हो। भारत र चीन मिली संयुक्तरूपमा आवश्यक सहयोग गर्ने कुरा व्यक्त गरेका छन्। यहाँ राहत बाँड्ने कुरामा झगडा गर्ने प्रवृत्ति देखिएको छ यो गलत कुरा हो। विदेशवाट आएको र देश भित्रका विभिन्न सङ्घसंस्थाबाट प्राप्त राहत सरकारी निकायले सबै पीडितलाई समानुपातिक रूपमा पाउने गरी व्यवस्थित गर्नुपर्दछ।
राहत वितरण तथा उद्धार कार्य जारी छ। राजनीतिक पार्टीरूले आफ्ना कार्यकर्तालाई अति भूकम्प प्रभावित १४ जिल्लामा पठाएका छन् र उनीहरू जिल्ला जिल्लामा गएर उद्धार, राहत वितरण, पुनस्र्थापना र पुनर्निर्माण गर्ने कार्य गर्न थालेका छन् यो प्रशंसनीय कुरा हो। सरकारद्वारा गाउँमा अस्थायी सचिव नियुक्ति गरेर गाउँगाउँमा पठाउन लागेको कुरा पनि राम्रै मान्नुपर्दछ। अब पुनर्निर्माण कार्यलाई तदारुकतासाथ अगाडि बढाउनुपर्दछ। वैशाख १२ गते भन्दा अघिको अवस्थामा पुग्नु नै पुनस्र्थापना गर्नु हो। अब पुनस्र्थापनाले मात्र पुग्दैन। विनासपछि अत्याधुनिक विकास गर्नुपर्दछ। ९० सालको भूकम्पपछि जुद्ध शमशेरले नयाँ निर्माण गर्न सघाएका थिए। भारतको गुजरात राज्यमा ठूलो भूकम्पका कारणले राज्य विनास भएपछि ठूलो आर्थिक विकास र राज्यको पुनर्निर्माण गरी आधुनिक गुजरात राज्यको निर्माण गरिएको छ। गुजरातलाई आर्थिक सम्पन्नतातर्फ अगाडि बढाइएको छ। नेपालको तहसनहस भएको ग्रामीण क्षेत्रमा भूमि उपयोगको नीति बनाएर घर बनाउने खेतीपाती गर्ने खरवारी, वन क्षेत्र छुट्याएर आधुनिक वस्ती विकास र घर निर्माण कार्यलाई अघि बढाउनुपर्दछ। प्रकृतिबाट उत्पन्न प्रकोपसँग मानिसले आत्मसात गरेर प्रकोप नियन्त्रण गर्ने उपाय अवलम्वन गर्नुपर्दछ। प्रकृतिसँग वैरभाव गर्नुहुँदैन।
पुनर्निर्माणको प्रश्नको सर्न्दर्भमा गरिबीलाई जरैदेखि समाप्त पार्न रोजगारीमूलक उद्योग, धन्दा खोल्नुपर्दछ। विपत व्यवस्थापन गरेपछि विकासको कार्यलाई सक्रियतासाथ अघि बढाउनुपर्दछ। पुनर्निर्माणको योजना बनाउँदा सहर र गाउँ दुवैथरिलाई मध्यनजर गरेर बनाउनुपर्दछ। विपद व्यवस्थापन गर्ने समयमा स्थानीय निकाय भएको भए सम्पूर्ण कुराको व्यवस्थापन गर्न सजिलो हुन्थ्यो। हाल राजनीतिक संयन्त्र बनाएर क्षणिक रूपमा कार्य सञ्चालन गर्न सजिलो भए तापनि लामो समय चल्दैन। यथाशीघ्र स्थानीय निकायको चुनाव गराउन उचित हुन्छ। विकट क्षेत्रका भूकम्प पीडित जनताले राहत नपाएको र कुनै उद्धारको काम नभएको गुनासो गरिरहेका छन्। सरकारले तुरुन्त समुचित व्यवस्था गर्न आवश्यक छ। म्याग्दी जिल्ला राम्चे गा.वि.स. वैसरीका २७ घर ध्वस्त भएका छन् सो ठाउँका जनता घरवारविहीन भएका छन्। उनीहरूलाई सुरक्षित जग्गामा वसोवासको व्यवस्था गरिदिनुपर्दछ जीविकोपार्जनको दीर्घकालीन व्यवस्था गरिनुपर्दछ। जमिन बलियो भएको र घर बनाउन एउटै चट्टाने ढु·ा भेटेपछि मात्र जग राख्ने हुँदा अहिलेसम्म पनौतीमा भूकम्पले नोक्सान गर्न सकेको छैन। काठमाडांैको तलपटि्ट कालो, कमजोर, ढु·ा नभएको माटो हुँदा त्यस्तो ठाउँमा धेरै घर नोक्सान भएका छन्। भूगर्भविद्द्वारा माटो परीक्षण गरी भवन ऐन र भवनसंहिता अनुसार घर बनाउन दिइनुपर्दछ। भूकम्पको विपत्तिलाई कसैले रोक्न सक्तैन। यो विपत्तिलाई सामना गर्न विगतदेखि नै सतर्कतासाथ काम गर्नुपर्दथ्यो। सम्बन्धित निकायहरूले यस विषयमा ध्यान नदिएकोले ठूलो धनजनको क्षति हुन गएको हो।
विश्वको सवभन्दा बढी भूकम्प जाने मुलुक जापान हो र त्यहाँ भूकम्प प्रतिरोधक घर बनाइने हुँदा धन जनको क्षति कम हुन्छ। जापानिजहरूले जस्तै भूकम्प प्रतिरोधक योजना हामीले पनि सिक्नु, अपनाउनुपर्दछ। विपदलाई पुनर्निर्माणमा बदलेर देशलाई आधुनिक विकसित राष्ट्रको रूपमा अगाडि बढाउनुपर्दछ। अग्रगामी नीति निर्माण गरेर युवाहरूलाई प्रोत्साहित गरेर आम जनताको जीवनस्तर माथि उठाउन प्रयत्नशील हुनुपर्दछ। वहिर्गमन भइरहेको देशको जनशक्तिलाई देशभित्रै झिकाई रोजगारी उपलब्ध गराई दु्रततर देश विकास कार्यमा संलग्न गराउनुपर्दछ।
(लेखक वरिष्ठ अधिवक्ता हुन्। सं.)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०