नेपालको राजधानी काठमाडौँको पनि अत्यन्तै चल्तीको ठाउँ नयाँ सडक वि.सं. १९९० को भूकम्पको उपज हो। भूकम्प, नाम सुन्दै आङ जिरि· हुने वस्तु पनि कहिले काहीँ सकारात्मक परिणाम लिएर आउँछ, बाध्यात्मक रूपमै किन नहोस्। यद्यपि भूकम्प विनाशकारी त हुन्छ नै। यसले थुप्रै संरचना नष्ट्र गर्छ। धनजनको विनाश गर्छ। यो एक प्रकारको प्राकृतिक प्रकोप हो। मानव सभ्यतालाई यसले बेलाबखत थरहरी बनाउँछ। अनेक उन्नति र प्रगति गरेको मानव जातीले यो विनाशकारी वस्तुलाई अझै जित्न सकेको छैन। फेरि पनि संरचनाहरूको क्षति भइसकेपछि मानिसले नयाँ सिर्जना गर्ने सन्दर्भमा अरु नयाँ चिजको विकास गर्छ जुन पुरानो भन्दा गुणात्मक हुन्छ।
भू अर्थात् पृथ्वी कम्पन हुनु या हल्लिनु नै भूकम्प हो। हाम्रो पृथ्वीको आन्तरिक भागमा :बलतभि भन्ने तह छ जुन पग्लिएको अवस्थामा छ। विभिन्न प्रक्रियामा त्यहाँ उत्पन्न हुने हलचलले भूकम्पको सिर्जना गर्दछ। भित्री भाग जहाँ भूकम्प उत्पत्ति हुन्छ, त्यसलाई भनिन्छ र त्यसको ठीक माथि पृथ्वीको सतहमा जहाँबाट भूकम्प प्रसार हुन्छ, त्यसलाई भ्उष्अभलतचभ भनिन्छ। भूकम्प पोखरीको छालसरह प्रसारित हुन्छ यसको शक्तिलाई रेक्टर स्केलमा नापिन्छ। दायाँ-बायाँ हल्लिने र तलमाथि हल्लिने गरी भूकम्प दुर्इ प्रकारका हुन्छन्।
पृथ्वीको बीचको तह :बलतभि माथि विभिन्न एबितभ हरू तैरिएर रहेका हुन्छन्। जसलाई त्भअतयलष्अ एबितभ भनिन्छ। यिनै त्भअतयलष्अ एबितभ हरू चलायमान हुँदा कहिलेकाहीँ आउने गडबडीले सामान्यतया भूकम्प सिर्जना गर्दछ। पृथ्वीभित्र रहेको तातो लेदो वस्तु जबर्जस्ती बाहिर आउन खोज्दा हुने ज्वालामुखी विस्फोटले पनि पृथ्वीलाई कम्पन गराउँदछ। यिनै दुर्इ कारण भूकम्प जाने प्रमुख कारण हुन्। सागर, महासागरहरूमा आउने छालहरूले जोडसँग हल्लाउँदा पनि भूकम्प जाने गर्दछ। कहिलेकाहीँ ठूला ठूला रूख र चट्टानहरू माथिबाट खस्दा पनि भूकम्पको महसुस हुन्छ। विज्ञानको विकाससँगै विभिन्न निर्माण प्रक्रियामा गरिने बम विस्फोटन र आणविक परीक्षण ताका हुने विस्फोटनहरूले पनि भूकम्प जान सक्छ।
पृथ्वीमा खासगरी हाम्रो हिमालय, युरोपको आल्पस, उत्तर र दक्षिण अमेरिकाका रकी र एण्डीज पर्वत शृङ्खलाहरू र प्रशान्त महासागरका तटीय क्षेत्रहरू भूकम्प गइरहने प्रमुख क्षेत्र हुन्। संसारको गहिरो प्रशान्त महासागरको तटीय क्षेत्र पानीले काटेर कमजोर धरातल भएको ठाउँ हो, जहाँ :बgmब को गतिविधि बढी सक्रिय र ज्वालामुखीको प्रवल सम्भावना रहन्छ। त्यसैगरी हिमालय, आल्पस, रक्की र एण्डिज पर्वत शृङ्खलाहरू त्भअतयलष्अ एबितभ हरूको ‘बगति बाट बनेका क्षेत्र हुन्, त्यहाँ पनि भूकम्पको सम्भावना रहन्छ।
भूकम्प एक प्राकृतिक प्रक्रिया हो। यसको कम्पनले मानव निर्मित संरचनाहरू हल्लाउने, भत्काउने र ध्वस्त बनाउने गर्दछ। यी ढलेका संरचनामा थिचिएर वा किचिएर मानिस र अन्य प्राणी मर्ने र घाइते हुने हुन्छन्। जति बाक्लो वस्ती र मानवीय क्रियाकलाप भयो उति नै बढी धनजनको क्षति हुने सम्भावना रहन्छ। संरचनाहरू भत्किँदा बिजुली सर्ट भई आगलागी भएर पनि क्षति हुन्छ भने अकोर्तिर बिजुली, पानी, टेलिफोन, रेडियो, टेलिभिजन आदिको कटौतीले जनजीवनलाई थप कष्टकर र भयावह बनाउँछ। हस्पिटल, पसललगायतका अत्यावश्यक वस्तुका ठाउँको नोक्सानीले मानिसलाई थप पीडित बनाउन सक्छ। भूकम्पपछि फैलिने रोग र महामारी पनि पीडाको अर्को कारण बन्न सक्दछ। हाम्रो जस्तो अव्यवस्थित र बाक्लो वस्ती भएको ठाउँमा क्षतिको सम्भावना अझ बढी हुन्छ।
भूकम्प आफैले मानिस मार्ने वा घाइते बनाउने होइन, बरु मानिसले बनाएका संरचना भत्किएर र भूकम्पको कारण मानिस आत्तिएर क्षति थपिने गर्दछ। यो एक प्राकृतिक वस्तु भएकाले यसको पूर्वानुमान गर्न सकिँदैन। तसर्थ अग्रीम सावधानी अपनाएर भूकम्पको क्षति न्यून गर्न सकिन्छ।
घर बनाउँदा भूकम्पप्रतिरोधी बनाउनुपर्दछ। भूकम्प गइसकेपछि आत्तिएर जथाभावी दौडने र भाग्ने गर्नुहुँदैन। टेबुलमुनि सुरक्षित रहने प्रयास गर्नुपर्दछ।
भूकम्पको धक्का पूर्णरूपले थामिएपछि बल्ल घर बाहिर निस्कनुपर्छ। गह्रौँ चिजहरूलाई अग्लो ठाउँमा राख्नुहुँदैन। भूकम्प रोकिइसकेपछि पनि पुनः भूकम्प जान सक्ने सम्भावनालाई ख्याल गर्नुपर्छ। दैनिक अत्यावश्यक सामग्रीहरू रहेको ‘झटपट झोला’ तयारी अवस्थामा राख्नुपर्छ।
सहयोगका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई खबर गर्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१