भुमरीमा नेपाली राष्ट्रवाद

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७२

संविधान घोषणा पछी खास गरी पहाडी समुदायमा खुसीयाली छायो। तर मधेशमा त्यसको विपरीत आन्दोलन भयो। संविधान घोषणपश्चात सरकार परिवर्तन हुने निश्चित थियो। सरकार परिवर्तन हुनै लाग्दा तय भएको प्रधानमन्त्री चुनावमा काग्रेश सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली मैदानमा थिए। अनपेक्षीत सुशील कोइरालाको प्रधानमन्त्रीको उमेदवारी सँगसँगै भारतको अघोषित नाकावन्दी अनि तराईको जनजीवनले पुरै नेपालको जनजीवन अस्तव्यस्त भयो। प्रधानमन्त्रीको चुनाव लगतै देशको राजनीतिक तथा आम जनतामा राष्ट्रवाद र राष्ट्रियताको तर·ले हलचल ल्यायो। सुशील कोइरालालाई यही तर·को कम्पनले अराष्ट्रवादी तत्वको बिल्ला भिरायो भने प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रवादी नेता । विगतका योगदान र कामको मुल्याङकन गरी यसरी रातारात कोही राष्ट्रवादी त कोही विदेशी एजेन्ट बन्न पुगे। यद्यपी राष्ट्रवादको तर·ले ल्याएको कम्पनको पराकम्पन अझै बाँकी छ। हाम्रो देशमा राष्ट्रवादलाई भारतसँगको सम्बन्ध र उसले गरेको व्यवहारलार्ई हेरी व्याख्या गरिन्छ। भारतसँग सुरुङयुद्ध गर्ने, साइकल चढ्ने, छिमेकीलाई विस्तारवादी साम्राज्यवादी भनी गाली गर्ने त हाम्रो राष्ट्रवादको विशेषता नै हो। वास्तवमा राष्ट्रवाद एउटा देशप्रेमी भावना मात्र होइन यो समाजलाई राजनीतिक, आर्थिक, सामाजिक रूपले दिशानिर्देश गर्ने समाजवाद, पँुजीवाद, मार्क्सवाद जस्तै एउटा राजनीतिक दर्शन हो। हाम्रो देशमा राष्ट्रवाद आफ्नो कुटनीतिक असक्षमता ढाकछोप गर्न तथा असफल नेतृत्वको ढाकछोप गर्न सरकारले जनतामाझ फैलाएको भ्रम बनेको छ। अहिले एउटा देशभित्र पहाडी र मधेशी गरी दुुर्इ वटा राष्ट्रियता देखा परेको छ। त्यसैले देशभित्र घन्किरहेको उग्रराष्ट्रवादले हामीलाई विभाजन तर्फ पनि लैजान सक्दछ। सार्वभौम, स्वाधीन राष्ट्र नेपालभित्र बसोबास गर्ने हिमाली, पहाडी, मधेशी सबैको राष्ट्रियता नेपाली हो।

प्रसिद्ध दार्शनिक लर्ड व्राइसले राष्ट्र र राष्ट्रियता शब्दको भिन्नता प्रस्ट्याएका छन्। उनका अनुसार राष्ट्रियता भाषा, साहित्य, विचार, रीतिरिवाज परम्परा आदि बन्धनहरूमा बाँधिएको हुन्छ। यसले आफूलाई यस्तै प्रकारको अर्को जनसमूह भन्दा भिन्न प्रकारको जनसमूह भन्ने अनुभव गर्दछ। राष्ट्र राजनीतिक रूपबाट संगठित भएको राष्ट्रियता हो, जो स्वतन्त्र हुन्छ तथा स्वतन्त्र हुने इच्छा प्रकट गर्दछ। राष्ट्रवाद राष्ट्रप्रतिको प्रेम तथा निष्ठा हो। यसले समग्र राष्ट्रिय भावनलाई अभिव्यक्त गर्दछ। साथसाथै संगठित एकीकृत तथा भावनात्मक शक्ति प्रदान गरी एउटै शुुत्रमा आवद्ध गर्दछ। त्यसैले राष्ट्रवाद कुनै राष्ट्रको भावनात्मक सम्बन्धको सँगठीत अभिव्यक्ति हो। र यो विचारहरूको संगठित रूप हो। यो एक प्रकारको सामूहिक भावना भएकाले विभिन्न प्रकारको एकता र समानता यसका आधार हुन्। यसको सम्बन्ध राजनीतिक शक्तिको प्राप्ति र त्यसको विकाससँग रहन्छ। राष्ट्रवादका विभिन्न रूपहरूको प्रयोगले विश्वको इतिहासमा राष्ट्रलाई विखण्डन गर्ने काम र एकीकृत गर्ने दुवै काम गरेका छन्। युरोपमा भएको राष्ट्रवादले पुनर्जागरणले गर्दा उन्नाइसौं सताब्दीको मध्यतिर राष्टवादको समर्थन गर्दै जनताले प्रतिक्रियावादीहरू विरुद्ध क्रान्ति गरे। यसै समय जर्मनी र इटाली एकीकरण भयो र राष्ट्रिय राज्यका रूपमा स्थापित भए। बढी उदारवादी राष्ट्रवादका कारण राष्ट्र विखण्डन हुनेसम्मको नियती राज्यले भोग्नुुपर्ने हुन्छ। गान्धीको उदारवादी राष्ट्रवादले भारतबाट पाकिस्तान र बंगलादेश विखण्डन भई नया“ राज्य बन्यो तर यस्तो राष्ट्रवादले एउटा देशका नागरिक र अर्का देशका नागरिक बीच भने सुमधुर सम्बन्ध र व्यवहार राख्दछ।

देशमा अहिले नाकाबन्दीको कारणले राष्ट्रियताको मुद्दा बुलन्द भएको छ। विभिन्न कालखण्डमा नेपालको राजनीतिलाई राष्ट्रियता र राष्ट्रवादले तर·ीत बनाएको छ। खासगरी नेपाली राष्ट्रियता भन्ने बित्तिकै भारतसँग हुने उतारचढावलाई हेरेर तुुलना गरेर विश्लेषण गर्ने गरिन्छ। नेपालको भुराजनीतिक अवस्थिति र चारैतिर विश्व शक्तिमा उदीयमान दुुर्इ छिमेकी चीन र भारतको बीचमा रहेको भुूपरिवेष्ठित देश नेपालले अब उन्नाइसौ शताब्दी अगाडी युरोपमा प्रचलित उग्र राष्ट्रवादको प्रयोग गर्न सक्दैन। विभिन्न कालखण्डमा राजनीतिक एजेन्डाको भर्‍याङ चढी नेपाली राजनीतिको मूलधारमा स्थापित भएको दलहरूले आफ्नै खालको राष्ट्रवाद र राष्ट्रियताको परिभाषाले सम्रग नेपाली समाजलाई अन्यौल बनाएको छ। जब भारतसँग नेपाली नेतृत्वको राजनीतिक संवैधानिक, वैचारिक र व्यापारिक मतभेद उत्पन्न हुन्छ। अनि नेपाली समाजमा राष्ट्रवादको नारा तरङ्गित हुन्छ। समय क्रम सँगै यो बिलाएर जाने प्रवृत्ति बनेको छ। एउटा सामुद्रिक टापु जस्तो गरेर न नेपालले आफ्नो विदेश नीति तय गर्न सक्छ न छिमेकीसँगको सम्बन्ध पुनरावलोकन गर्न सक्छ। राजनीतिक, सामरिक, आर्थिक सबै हिसाबले विश्वको मञ्चमा उदाउँदै गरेका दुुर्इ छिमेकी भारत र चीनको बीचमा रहेको भुूपरिवेष्ठित देशले सुमधुर र सन्तुलित सम्बन्ध राखी अगाडि बढ्नुुको विकल्प छैन। एउटा छिमेकीको विकल्पमा अकोर्लाई प्रयोग गर्ने रणनीतिले नेपालले फाइदा लिन सक्दैन। छिमेकीको चासोलाई राष्ट्रिय हितको ख्याल गरी सम्बोधन गरी सुमुधुर सम्बन्ध स्थपना गर्नु नै अहिलेको विश्वव्यापीकरणको समयमा उच्चतम प्रयोग भइरहेको राष्ट्रवाद हो। साइकल चढ्ने, सुरुङ युद्ध लड्ने दक्षिण छिमेकीसँग टाढिँदा उत्तरतिर लम्पसार पर्ने कुनै राष्ट्रवाद र राष्ट्रियता होइन यो त अराजक उग्र राष्ट्रवादबाट ग्रसित मानसिकता नै हो। राष्ट्रवादले व्यक्तिलाई राष्ट्रप्रति निष्ठावान बनाउन तथा भावनात्मक रूपमा सबैलाई एकीकृत गराउन प्रयास गर्दछ। राष्ट्रमा अनेक जातजाति, धर्म, संस्कृति र भिन्न राजनीतिक आस्था राखेका मानिसहरू हुन्छन्। अहिले देशमा भएको मधेश आन्दोलनले एउटै देश नेपालभित्र दुइवटा मधेशी र पहाडी राष्ट्रवाद देखिएको छ। अनेकतामा एकता र विविधता रहेको हाम्रो देश नेपाल अहिले विभाजित भएको छ। त्यसैले राष्ट्रवादको उचित तथा व्यवहारिक प्रयोग भनेको आफ्नो देशको उन्नति प्रगति र गौरवको लागी त्याग र बलिदानको भावना जगाउने र देश प्रेमको भावना विकसित गर्नका लागि हो। भारत बाट रु १०४।- प्रतिलिटर ल्याएर प्रयोग गर्न सकिने पेट्रोललाई चिनबाट रु १८०।- प्रतिलिटरमा प्रयोग गर्दैमा राष्ट्रवादी भइँदैन। दक्षिण छिमेकीको हस्तक्षेपकारी नीतिले सँधै हेपिएको अनुभूति गरेको नेपाली समाजमा राष्ट्रवादका उग्र तथा आक्रामक भारत विरोधी नाराले जनताबीच लोकप्रिय बन्ने तर राजनीतिक मुलधारमा स्थापित भइसकेपछि पद प्राप्तिको लागि राष्ट्रियता र स्वाभिमानको ख्याल नगरी जतासुकै साँठगाँठ र सम्झौता गर्ने नेपाली राजनीतिक दलको विशेषता हुन्। त्यसैले हाम्रो समाजमा राष्ट्रवाद अझ उग्र बनेको छ र राष्ट्रियता विभाजन भएको छ।

हाम्रो देश नेपाललाई कुनै महासागरको टापु जस्तो गरी हेर्न मिल्दैन। त्यसैले विदेश नीति तय गर्दा होस् या उखान टुुक्कामा राष्ट्रवादको नारा लगाउँदै गर्दा हामीले आफ्नो भुू-राजनीतिक अवस्थतिको विशेष ख्याल गनै पर्दछ। र छिमेकीका स्वार्थ के के हुन् भनेर स्पष्ट ठम्याउन पनि सक्नुुपर्दछ। चीनको स्वार्थ खासगरी नेपालमा तिब्बतीलाई लिएर नेपालमा चीन विरोधी गतिविधि नहोस् र युरोपेली तथा अमेरिकाको गतिविधि नेपालमा नबढोस् भन्ने हो, तर भारतको स्वार्थ भने प्रवल र प्रमुख छन्। नेपाल भारत खुल्ला सिमाना भएकाले आतंकवादसँग जोडिएको सुरक्षा चुनौती तथा सिंचाई र जलविद्युतमा भारतको ठूलो स्वार्थ रहेको विभिन्न घटनाक्रममले प्रष्ट्याइदिएको छ। त्यसको लागि नेपालको दक्षिण तराई भू-भागमा उसको बढी चासो हुन सक्दछ र उसले त्यहाँको प्रान्तीय सरकारलाई नियन्त्रण सञ्चालन गरी आफ्नो स्वार्थ पुरा गराउने अभ्रि्राय राखेको हुन सक्छ। छिमेकीहरूको जायज चासोलाई सम्बोधन गर्न व्यवस्थित कुटनीति अङ्गिकार गर्नुपर्दछ। त्यसैले छिमेकीसँगको समस्यालाई उच्च कुटनीतिक पहलबाट हल गर्नुको साटो सरकार सञ्चालन गर्ने प्रतिनिधि नै जनतासँग विलाप गर्दै उग्र राष्ट्रवादको नारा लगाउँदै हिँड्नुले नेपाली राष्ट्रवाद अन्यौलको भुमरीमा परेको छ। वैदेशिक नीतिमा राष्ट्रिय साझा धारणा विकसित गरी छिमेकीसँगको सम्बन्धलाई परिभाषित गरी राजनीतिक र कुटनीतिक तवरबाट समस्या हल गनर्र् नै आजको आवश्यकता हो ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width