नेपालको सहकारी अभियानमा भारतको ‘इण्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ’ क्ष्ँ’ऋइ को सहयोग विगत एक दशक अघिदेखि रहँदै आएको छ। नेपालको सहकारी अभियानको छाता स·ठन राष्ट्रिय सहकारी सङ्घ (ल्ऋँ ) को अनुरोधमा हरेक वर्ष ३५ देखि ४० जनासम्मको ५ समूहलाई सहकारीसम्बन्धी तालिम दिने गरेको छ। यसमा नेतृत्व विकास तालिमका लागि ३ वटा समूह रहने गरेको छ। पछिल्ला केही वर्षदेखि यी तीनमध्ये एउटा समूह महिलाको मात्र हुने गरेको छ। एउटा समूह किसानको मात्र र एउटा मेनेजरको मात्र हुने गरेको छ। किसानका लागि दिने तालिमलाई इलाहावादमा र अरु सबै हरियाणाको गुडगाउँस्थित क्ष्ँ’ऋइ को आफ्नै तालिम केन्द्रमा यस्तो तालिम उपलब्ध गराउने गरेको छ। यो तालिम एक हप्ता लामो हुने गर्छ। यसमा दुर्इ दिनको फिल्ड अवलोकन र ३ दिनको सैद्धान्तिक कक्षा हुने गर्छन्। सैद्धान्तिक कक्षाहरू विषयका ज्ञाताहरूबाट दिने गरिन्छ। यसमा क्ष्ँ’ऋइ को इतिहास र वर्तमान अवस्था, भारतिय सहकारीको अवस्था, सहकारीको सैद्धान्तिक र दार्शनिक पक्ष, विश्वमा सहकारीको अवस्था, नेतृत्व विकास, उद्यमशीलता आदिका बारेमा जानकारी गरिन्छ।
म पहिलोपटक सन् २००४ को डिसेम्बरमा यो कार्यक्रममा प्रशिक्षार्थिको रूपमा सहभागी भएको थिएँ। यो कार्यक्रममा सहभागी भए पछि नै मैले सहकारीको सम्भावनालाई आँकलन गर्न सकेको थिएँ। दोस्रोपटक म सन् २०११ को नोभेम्बरमा ४० जनाको समूह लिएर टोली नेताको रूपमा त्यहाँ पुगेको थिएँ। तेस्रो पटक सन् २०१४ को मार्च ११-१६ को कार्यक्रमका लागि ३५ जनाको टोली लिएर त्यहाँ पुगेँ।
टोलीमा १५ जिल्लाका सहभागी थियौं। यसमा ६ जना महिलाको सहभागिता थियो। यो टोलीमा मबाहेक नै ३५ जना हुनुपर्ने थियो तर सहभागीमध्येका सहारा बचत तथा ऋण सहकारी संस्था, चारपाने झापाका सञ्चालक हरि राजवंशी अन्तिम समयमा आएर संसद्को विशेष कामले जान सक्नुभएन।
बि.सं. २०७० साल फागुन २७ (११ मार्च) गते बिहान ३५ मध्येका २७ जना राष्ट्रिय सहकारी सङ्घको कार्यलय बिजुली बजारमा बिहान ९ बजे भेला भयौं। पहिलो परिचय त्यहीँ भयो। सहभागीले पालना गर्नुपर्ने नियमका बारेमा राष्ट्रिय उपाध्यक्ष विजयराज घिमिरेले जानकारी गराउनुभयो। राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले शुभकामना दिएर बिदाइ गर्नुभयो। मैले त्यहाँ सहभागी भएका मध्ये ३ जनालाई मात्रै चिनेको थिएँ। ८ जना साथी सुदूर पश्चिमका परेकाले उहाँहरूलाई काठमाडौं आउनभन्दा दिल्ली बसबाट जान नजिक पर्ने भएकाले उहाँहरू उतैबाट दिल्ली हुँदै हरियाणा जानुभएको थियो। हामी यहाँ बिदाइ कार्यक्रममा सहभागि भइरहँदा उहाँहरू दिल्ली पुगिसक्नु भएको थियो।
हामीमध्ये धेरै जनाले अन्तर्राष्ट्रिय उडान गरेको थिएन। केहीले त हवाई जहाज नै नचढेको पनि पाइयो। केही साथी भने धेरै देश घुमेको अनुभवी पनि हुनु हुँदोरहेछ। जे होस्, हामी १.५५ दिउँसोको प्लेन चढ्न ११ बजे नै नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौं। त्यहाँसम्म गलामा लगाएको खादाले मात्रै हामी एउटै टोलीका सदस्य हौं भन्ने थाहा हुन्थ्यो। किनकि चिनजान बाक्लिएको थिएन।
अन्तर्राष्ट्रिय विमानमा यात्रा गर्दा अपनाउनुपर्ने प्रक्रिया प्राय सबैतिर उस्तै-उस्तै हुने गर्छ। भारतीय विमान कम्पनी इण्डिगोबाट यात्रा गर्नुपर्ने थियो। केही दिन पहिले मात्रै यो कम्पनीको विमानको चक्कामा यही विमानस्थलमा आगलागी भएको थियो। यद्यपि यात्रुलाई कुनै नोक्सानी भएन। तर सबैका मनमा कताकता त्यसको प्रभाव परेको भान हुन्थ्यो।
अन्तर्राष्ट्रिय यात्रामा पहिले सुरक्षा जाँच पूरा गर्नु, त्यसपछि सम्बन्धित जहाजको काउण्टरमा पुगेर बोर्र्डिङ पास लिनु, अध्यागमनको जाँच पास गर्नु, अन्तिम सुरक्षा जाँच गराउनु सबैतिर अनिवार्य हुन्छ। यहाँ पनि त्यही भयो। सबैतिर लाइन फलो गर्नुपर्छ। पहिलोपटक यस्तो यात्रा गर्नेलाई रमाईलो सँगसँगै निकै झन्झट लाग्ने र अलमल हुनेखालको हुन्छ। भारतको यात्रा गर्दा पासपोर्ट अनिवार्य नभए पनि सरकारले जारी गरेको फोटोसहितको परिचयपत्र अनिवार्य हुन्छ। त्यसैले पासपोर्ट हुनेले पासपोर्ट बोक्ने र नहुनेले नागरिकता बोक्ने सूचना गरिएको थियो। केही अघिपछि गर्दै सबैले यो प्रक्रिया पूरा गरेर अन्तिम स्थानमा पुगेर विमानको प्रतीक्षा गर्न थाल्यौं। समयमै विमानमा चढ्ने सूचना आयो। हामी सबै विमानमा बस्यौं। दिल्लीमा पुगेर पुनः अध्यागमन जाँच पास गराएर समान लिने ठाउँमा भेला भएर पहिलो पटक गन्ती गर्यौं। सहीसलामत सबै २७ जना भेला भएपछि गेट बाहिर निस्कियौं। क्ष्ँ’ऋइ को तपmबाट हामीलाई लिन आएका मानिसको हातमा भएको प्लेकार्ड हेरेर हामी उनको पछि लाग्यौं। मैले चिनेकै पुरानो अनुहार त्यहाँ पाइयो। विमानस्थलको निःशुल्क बस चढेर नजिकैका बसस्ट्याण्डसम्म पुग्यौं। त्यहाँ क्ष्ँ’ऋइ को बस हामीलाई लिन आएको थियो। त्यसैमा चढेर तालिम केन्द्रमा पुग्यौं। दिल्ली विमानस्थल र त्यसको आसपासको क्षेत्रलाई हेर्दा त्यो भारत नै हो भनेर पत्याउन मुस्किल पर्ने गरि सिँगारिएको छ। भव्य इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र वरिपरिको सजावट, फूल बगैचा, तलैतला परेका सफा र चौडा सडक, सडकमा कुदेका कमिला सरीका चिटिक्क परेका कारको ताँती र टाढा-टाढासम्म देखिने हरियालीले युरोपको झझल्को दिन्छ। यो मनोरम दृश्य हेर्दै र कति साथीहरूले क्यामरामा वातावरणमा देखिने रमाइलोलाई कैद गर्दै रमाइलो यात्रापछि हरियाणाको गुडगाउँ पुगेका थियौं। विमानस्थलबाट करिब १५ किमी टाढाको स्थानमा।
पुगेको दिन ११ मार्च कुनै औपचारिक कार्यक्रम थिएन। यात्राको थकान र भोकले धेरैलाई सताएको कारण पुग्नासाथ कोठा लिएर आराम गर्ने र केही खानेकुराको खोजीमा लाग्यौं। क्ष्ँ’ऋइ को क्यान्टिनमा खाजाको व्यवस्था गरियो। एक अर्कामा राम्ररी परिचित हुन बाँकी नै थियो। त्यसैले साँझ ७ बजे सबैजना एउटा हलमा जम्मा भयौं। यो बेलासम्ममा पश्चिम नेपालबाट बसको यात्रा गरेर बिहानै त्यहाँ पुगेका ७ जना साथी पनि सहभागी भएका थिए।
चिन्न र चिनाउन सबैजना इच्छुक थियौं। हलमा गोलाकारमा बस्यौं र परिचयको सुरुवात भयो। परिचयको क्रममा आफ्नो नाम अरुले सम्झन सक्ने गरि प्रस्तुत गर्नुपर्ने र आफूभन्दा पहिले परिचय दिने सबैको नाम भन्नुपर्ने नियम बनायौं। सुरु गर्दा अलि असजिलो महसुस गरे पनि पछि रमाइलो मात्रै भएन सबैले सबैको नाम वा थर भन्न सक्ने अवस्था भयो। परिचय दिँदा अरुले आफ्नो नाम सम्झन सजिलो होस् भनेर कसैले नेताको नामसँग त कसैले भगवानको नामसँग जोडेर नाम बताउने गर्दा निकै रमाइलो र हाँसो छाएको थियो। यो परिचय कार्यक्रमले सबैलाई नाम वा थर काढेर चिन्न र चिनाउन सक्ने बनाएको थियो।
यसै कार्यक्रमबाट हामीले त्यहाँ रहँदा बस्दा पालन गर्नुपर्ने आचारसंहिताको निर्माण गर्यौं। हामी नेपालको प्रतिनिधित्व गरेर त्यहाँ गएका थियौं। देश भित्र विभिन्न थर, जात, पूर्व-पश्चिम, पहाड-तराई जहाँका जो भए पनि देशको सीमा काटेर बाहिर गएपछि नेपाली मात्र हुने गछौर्ं। त्यसैले त्यहाँ आफ्नोसँगै देशको इज्जत र मर्यादाको कुरा आउने गर्छ। त्यसमा पनि हामी सहकारी कर्मी र क्ष्ँ’ऋइ ले नेपाली टोलीलाई गरेको सम्मान र सहयोग एवं उनीहरूको व्यवहार अति राम्रो हुने भएकाले हामीले पनि त्यसै अनुसारको आचरण प्रस्तुत गर्नुपर्ने थियो नै। म टोली प्रमुख भएको र पहिलाको पनि अनुभव भएकाले त्यहाँको बारेमा जानकारी गराएर सबैको निर्णयमा यो आचारसंहिता निर्माण गरेका थियौं।
१२ मार्चका दिन बिहान ९ बजेबाट कार्यक्रम सुरु भएको थियो। त्यहाँको परम्परा अनुसार सहभागी रजिष्ट्रेशन, स्वागत कार्यक्रम र ग्रुप फोटो सेसन हुने गर्छ। ‘:म्क्ष् का प्रमुख पवन कुमार र प्रशाखसनिक प्रमुख के के निमोडिया हामीसँग हुनुहुन्थ्यो।
पहिलो दिनको क्लासमा पवन कुमारले क्ष्ँ’ऋइ को परिचय, डा. डि.एन. राम यादवले सहकारीको सिद्धान्त र यसको दार्शनिक पक्ष, डा. दमन प्रकाशले सहकारीको उद्गम, विकास र विश्वमा सहकारीको अवस्था एवं भारतमा यसको प्रभाव र डा. एल. के. पन्थले कृषि सहकारीमा व्यवसायिकता विषयमा जानकारी गराउने काम भयो। प्रशिक्षकहरू विषयका बारेमा राम्रो दख्खल राख्ने र प्रस्तुति कलासमेत भएकाले सबै क्लासमा सहभागी उत्साहित भएको पाइयो।
१३ मार्चका दिन कार्यक्रमको तालिका अनुसार रिवारी फिल्ड भिजिट थियो। यो भिजिटअन्तर्गत काकोडियामा भएको एउटा प्रारम्भिक कृषि सहकारी संस्था र रिवारीमा हरियाणाको सेण्ट्रल सहकारी बैड्ढको अवलोकन गर्ने अवसर प्राप्त भयो। दुवै स्थानमा हामीलाई भव्य स्वागत गरे र त्यहाको संस्थाले गरेको गतिविधिको बारेमा जानकारी गराइयो। नेपालको सहकारी संस्थाको तुलनामा यहाँको सहकारी संस्थामा सरकारको सहयोग र हस्तक्षेप दुवै धेरै नै भएको अनुभूति भयो। यसको परिणाम हेर्दा सदस्यले सहकारीलाई आफ्नो संस्था मान्ने, स्वामित्व लिने र उन्नति प्रगतिको लागि काम गर्नेभन्दा सरकारले दिने सुविधाको मुख ताक्ने गरेको हो कि जस्तो लाग्यो। यहाँ सहकारी सञ्चालक समिति भए पनि धेरै अधिकार कर्मचारीमा रहेको भान भयो। किनकि यहाँको सबै ‘डिलिङ’ कर्मचारीले मात्रै गरेका थिए। काकोडियामा भएको प्रारम्भिक सहकारी संस्थामा ३७०० बढी सदस्य भए पनि महिलाको सहभागिता १० प्रतिशत मात्र र समितिको खासै भूमिका नभएको अनुभूति सबैले गर्यौं। समितिमा रहेका दुर्इ जना महिलाले कसैसँग खुलेर कुरा गर्न चाहनुभएन।
हरियाणा सेण्ट्रल कोअपरेटिभ बैड्ढले प्रारम्भिक सहकारी संस्थालाई थोक कर्जा दिने गरेको रहेछ। यसका लागि उसलाई सरकारबाट र अन्य वित्तिय संस्थाबाट सस्तो व्याजदरमा पैसा प्राप्त हुने गदोर्रहेछ। यहाँको सहकारीले लगानी गर्ने ऋणको सीमा र व्याजदर सरकारले तोक्ने गरेको र बेलाबेलामा सरकारले किसानको ऋण मिनाहा गर्ने गरेकाले सहकारीले लगानी गरेको रकम उठाउन मुस्किल पर्ने गरेको रहेछ।
सहकारीको अवलोकनपछि यसै इलाकामा रहेको क्ष्ँ’ऋइ को किसान सेवा केन्द्रको अवलोकन गर्यौं। यो सेवा केन्द्रबाट किसानलाई आवश्यक पर्ने रसायनिक मल, किट नासक औषधि, सिजन अनुसारका बिउबिजन र किसानलाई आवश्यक परामर्श दिने गरेको रहेछ। यो निकै लाभकारी भएको बताएका थिए। यसपछि रिवारीमै रहेको रेल्वे म्युजियमको अवलोकनका लागि लगियो। यो म्युजियममा बेलायत सरकारले निर्माण गरेका धेरै पुराना रेलका इन्जिन चालु अवस्थामा राखिएको रहेछ। यी इन्जिन र केही डिब्बालाई लिएर भारतीय फिल्म बनेका रहेछन्। बेलायतीहरूले आफू सयर गर्ने गरेका विलासी र सुविधा सम्पन्न डिब्बाहरू पनि यहाँ राखिएको रहेछ। यो अवलोकन निकै रोमाञ्चक भएको थियो।
साँझमा भेला भएर केही रोचक टुक्का, गीत, मुक्तक, दोहोरी आदि सुनाउने काम भयो। यसमा सिन्धुपाल्चोककी शोभा उलकले एउटा साह्रै रमाइलो हुने गरि टुक्का-पिस) भन्नुभएको थियो। यसको सुरुवातको घटना हामी अवलोकन गर्न गएको स्थान र पात्र सहभागीमध्येबाटै सुरु गर्नुभएकोले पिस सुन्ने धेरैलाई यो सत्य घटना हो भन्ने लागेछ। धेरै पछिमात्र उहाँ आपैmले यो त सत्य होइन भनेपछि मात्रै वास्तविकता खुलेको थियो।
१४ मार्चका दिन २ वटा सैद्धान्तिक कक्षा भएका थिए। यसमा डा. गुलाव सीं आजादले सहकारीको मजबुतिका आधारका बारेमा बडो रोचक तरिकाले प्रस्तुत गर्नुभयो। यसले सबैको मन छोयो नै मलाई त यसले धेरै नै प्रभाव पार्यो। उहाँ क्लासमा प्रवेश गर्दा नै नेपाली ढाकाटोपी लाएर आउनुभयो। सहकारीको दिगो विकासका लागि नेतृत्वमा सहकारी ज्ञान हुन अति जरूरी छ। त्यसैगरी नियत, नैतिकता र आचरण सफा चाहिन्छ। इमान्दार, समझदार, चतुर, विवेकशील, दूरदर्शी, प्रेरक, इमानी, प्रतिबद्ध र त्यागी नेता भए मात्रै सहकारीले दिगो विकास गर्न सक्छ। सहकारी नेतामा व्यवसायिक दृष्टिकोण हुन जरूरी छ। सहकारी धेरै मानिसको व्यवसाय र स·ठन भएकाले सदस्यलाई साथ लिएर हिँड्न सक्नुपर्ने बताउनुभयो।
त्यसै दिनको अर्को कक्षामा क्ष्ँ’ऋइ को भगिनी संस्था क्ष्ँ’म्ऋ ले ग्रामीण क्षेत्रमा कसरी काम गरिरहेको छ भन्ने बारेमा डा. एच.सी. जेनाबाट जानकारी गराइयो। विशेष गरि सहकारीको सातौ सिद्धान्त अनुसार भारतीय ग्रामीण समुदायको विकासका लागि सरकार, एनजिओ, आइएनजिओ आदिसँग मिलेर उल्लेख्य काम गरेको बताइयो।
त्यसै दिन क्ष्ँ’ऋइ को कृषि म्युजियमको अवलोकन गराइयो। यो यसै भवनमा छ। यसका बारेमा मिस प्रियङ्काले प्रभावकारी रूपमा जानकारी गराउनुभयो। यो म्युजियममा माटोका बनावट, माटोका किसिम र अवस्था, बोटविरुवाको विकास कसरी हुन्छ ? के के आवश्यक पर्छ ? कहाँबाट प्राप्त हुन्छ ? विरुवाका मित्र जीव र शत्रु जीव आदिका बारेमा जानकारी गराइयो।
१५ मार्चका दिन दिल्लीको ‘साइडसिन’ र अवलोकन भ्रमण गराइएको थियो भने १६ मार्चका दिन हाम्रो फिर्ता हुने कार्यक्रम थियो र त्यसै अनुरूप फिर्ता भयौं।
यो भ्रमणबाट नेपालका फरक-फरक १५ जिल्लाका ३५ साथीसँगका अनुभवको आदान-प्रदान भयो। विशेष गरि साना किसान सहकारीका ६ जना व्यवस्थाक सहभागी थिए। त्यसमा ४ जना त महिला नै थिए। उनीहरूले कसरी काम गरिरहेका छन् र त्यसको प्रभाव के परेको छ भन्ने बारेमा जानकारी लिन पाइयो। धेरै साथीसँग सहकारी मित्रता गास्न पाइयो। समग्रमा भन्दा यो भ्रमण धेरै नै उत्साहवर्द्धक र उपलब्धिमूलक रहेको छ। यो उपलब्धिलाई नेपालको सहकारी अभियानमा व्यवहारमा प्रयोग गर्ने प्रतिबद्धता गर्दछु। भ्रमण दलका सबै साथीको उल्लेख्य सहयोग रहेको छ सबैलाई हार्दिक धन्यवाद दिन्छु। विशेष गरि दमन कटुवालजीलाई जसले यो लेख तयार पार्न प्रेरित गर्नुभयो।
(लेखक राष्ट्रिय सहकारी सङ्घका सञ्चालक हुन्।सं.)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०