नेपाली साहित्यको जग बसाउने अर्थात् प्राथमिक कालका विशिष्ट प्रतिभा भानुभक्त आचार्यको जन्म वि.सं.१८७१ असार २९ गते आइतबारका दिन गण्डकी अञ्चल तनहुँ जिल्लाको रमाइलो गाउँ चुँदी रम्घामा भएको हो। कवि भानुभक्तले प्राथमिककालीन भक्ति साहित्यमा रामभक्ति धारामा ठूलो योगदान दिएका छन्। संस्कृत अध्यात्म रामायणबाट नेपालीमा अनुवादित उनको रामायण यस धाराको महत्त्वपूर्ण कृति हो। बाजे श्रीकृष्ण आचार्यका प्रभावमा साधारण शिक्षा हासिल गरेका कवि भानुभक्तलाई नेपाली वाल्मीकि पनि भनिन्छ।
अनुवादित भए पनि उनको रामायणमा काव्यमा हुनु पर्ने तीन गुणहरू जस्तै लालित्य, सरलता तथा विचारको मिठास पाइन्छ। साथै, उनका कवितामा वेदान्ती आध्यात्मिक चेतना, नैतिक र औपदेशिक स्वर तथा सामाजिक हस्यव्यङ्ग्य चेत पनि पाइन्छन्। तसर्थ हामी उनलाई नेपाली भाषाका आदिकवि अर्थात् प्रथम कविका रूपमा स्वीकार्दछौं। रामायणबाहेक उनका रामगीता, भक्तमाला, वधूशिक्षा र प्रश्नोत्तरी कृतिहरू पनि छन्। उनले अनुवाद गरेको ‘रामायण’ महाकाव्यमा उल्लिखित कर्तव्य परायण राम, पति परायणा सीता, भातृत्व प्रेमी लक्ष्मणजस्ता पात्रहरूले नेपाली समाजलाई पितृ भक्ति, पति भक्ति र भातृ भक्तिको आदर्श पाठ सिकाएको पाइन्छ। त्यस्तै, अको कृति ‘वधूशिक्षा’ले नारीमा हुनुप र्ने आदर्शलाई उच्च मूल्याड्ढन गर्दै उनीहरु घरका लक्षिन भएकाले उत्ताउलो नबनी सुवासिलो भई समाजमा नारीहरूले गौरवमय इतिहास जोगाइराख्नु पर्छ भन्ने भावना व्यक्त गरेका छन्। यसलाई आधुनिक चस्माले भन्दा तत्कालीन अवस्थालाई समीक्षा गर्नुपर्दछ किनभने त्यतिखेर बढी हाँस्दा नारी जातिलाई उत्ताउलो मानिन्थ्यो र आज पनि हाम्रो समाजमा हाँस्नुलाई राम्रो मान्न सकिन्छ तर उत्ताउलिएर हाँस्नुलाई राम्रो मानिँदैन।
उनले आफ्नो ‘प्रश्नोत्तरी’ नामक कृतिमार्फत् हामीलाई हाम्रो जीवनको हितको लागि अत्यन्तै मीठा र गुलिया सन्देश प्रवाह गरेका छन्। त्यसैगरी, उनीद्वारा लिखित ‘भक्तमाला’ र ‘रामगीता’ कृतिले हामीलाई हामीभित्र भएको स्वार्थी भावलाई हटाएर वैराग्य भाव उत्पन्न गराउँदै शान्तिका लागि नैतिक र आध्यात्मिक चेतनाको चिराग बाल्दछन्। निचोडमा भन्दा भानुभक्त आचार्यका उपर्युक्त कृतिहरूले हामीलाई आध्यात्मिक, जातीय, राष्ट्रिय एवं भावनात्मक परिपोषसमेत प्रदान गर्दछन्। साथै उनका अन्य फुटकर रचना पनि ज्यादै महत्त्वपूर्ण मानिन्छन्। यी फुटकर कविताले उनलाई आँशुकवि र हाँस्यव्यङ्ग्य कविका रूपमा पनि प्रतिष्ठित गरेको पाइन्छ।
जसरी पृथ्वीनारायण शाहले टुक्रिएको नेपाललाई एकीकरण गरेर विशाल राष्ट्र बनाए त्यसरी नै कवि भानुभक्तले छरिएर रहेको नेपाली भाषालाई एकीकरण गरे। साहित्यका माध्यमबाट लोकहित गर्दै सहज रूपमा समाज सुधारको सुरिलो स्वर सुसेल्दै आफ्ना भावना पस्किएका छन्। यसरी नेपाली भाषा साहित्यलाई साहित्यका माध्यमबाट समस्त जनताको हृदयलाई स्र्पर्श गरेका भानुभक्त आचार्यको देहान्त वि.सं.१९२५ मा भएको हो। उनी यस संसारमा नभए पनि नेपाली भाषाप्रति अगाध माया अपूर्व सेवा गरेबापत नेपाली साहित्य संसारले उनलाई कहिल्यै विसर्ने छैन। किनभने आधुनिक नेपाली भाषाको जति विकास भएको भए पनि सुरुमा नेपाली असर चिनाउने र नेपाली भाषाको बाणीमा पहिलो प्राण भर्ने गुरु भानुभक्त आचार्यको ऋणबाट नेपाल र नेपाली कहिल्यै मुक्त हुन सक्दैन।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०