भगवान श्री सत्य सार्ई बाबा र अवतारका उद्देश्य

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७१

जब मनुष्य आफ्नो कर्तव्य भुल्दछ, तब मोक्षको उज्यालोबाट पनि बञ्चित हुन्छ। अनि मनुष्य जगतलाई पथ प्रदर्शन गर्न तथा चेतना दिनको लागि अवतारको जन्म हुने गर्दछ। जब जब असल व्यक्तिको मनमा सत्य जीवित रहन सम्भव छैन भन्ने भावना उत्पन्न हुन्छ, तब तब मानवको कल्याण गर्न, साहस र विश्वासलाई पुनर्जीवित गराउन उसलाई अध्यात्म पथमा लैजानका लागि अवतारको अवतरण हुन्छ।

भगवान श्री सत्य सार्ई बाबाको जन्म भारतको आन्ध्र प्रदेश अनन्तपुर जिल्लाको पुट्टवतीमा सन् १९२६ नोभेम्बर २३ मा बिहान ५ बजेर ६ मिनेटमा भएको हो। उहाँ आफ्नी माता इश्वराम्मा र पिता श्री पेद्यबेकंम्पाराजुको आठौँ सन्तानको रूपमा यस धर्तीमा प्रकट हुनु भएको थियो। माताले सत्य नारायणको प्रसाद खानु भएपछि जन्म भएकोले उहाँको जन्मको नाम सत्य नारायण राजु राखिएको थियो। सानै उमेरबाट आध्यात्मिक एवं चमत्कारी स्वभाव थियो उहाँको। १९४० मई २३ मा उहाँको पिताले तिमी को हौ भनेर प्रश्न गर्दा उहाँले भन्नुभयो, “म शिरडी सार्ई बाबाको अवतार हुँ, म सार्ई बाबा हुँ। म तिमीहरूको दुःख हटाउन यस संसारमा आएको हुँ।” फेरि सन् १९४० अक्टोबर २० तारिखमा गृहत्यागको घोषणा गर्दै भन्नुभयो, “म तिमीहरूको ‘सत्य’ -बचपनको नाम) होइन, म सार्ई बाबा हुँ। म मेरो परिवारबाट बिदा लिँदैछु। मेरो तिमीहरूसँग माया छुट्यो। म यस घरबाट आजैबाट गएँ। मलाई मेरा भक्तहरूले बोलाइरहेका छन्। जुन कार्यको निम्ति मेरो उदय भएको हो, त्यसको प्रारम्भ गर्नु छ।” उहाँले यस्तो सारगर्भित अभिव्यक्ति दिँदै गर्दा छिमेकहरूले उहाँको शिरको चारैतर्फ चम्किलो प्रकाशपुञ्ज देखेका थिए।

भगवान श्री साई बाबाले, “मानस भजरे गुरु चरणम् दुस्तर भवसागर तरणम्” मार्फत मानव कल्याणको लागि पहिलो आशिर्वचन प्रदान गर्नुभयो। “म सबैलाई वेदको सारज्ञानको बोध गराउन आएको हुँ। सबैमाथि बहुमूल्य उपहारको वषा गर्न र सनातन धर्मको रक्षण एवं पोषणको लागि आएको हुँ,” उहाँ भन्नुहुन्छ।

उहाँ भक्तजनलाई स्वतन्त्र भएर कसैको करकापमा नपरी आ(आफ्नो आस्थाको आराधना गर्ने सुझाव दिनुहुन्छ। भगवान साई बाबा कहिल्यै चाहनुहुन्न कि मानिसहरू जुन रूपमा इश्वरलाई भक्ति गर्दछन्, पूजा आराधना गर्दछन्, त्यसलाई त्याग गरेर पूजा उहाँको पूजा गरून्। यस सर्न्दर्भमा मानव जगतलाई साई बाबाको उद्गार यस्तो छ, “म त केवल धर्म स्थापनाको लागि आएको हुँ। त्रि्रो श्रद्धा, भक्ति पूजा आफ्नो भगवानलाई गर, आफ्नै गुरुलाई गर जसमा त्रि्रो विश्वास रहेको छ। म केवल साक्षी हुँ, त्रि्रो दृष्टिलाई सही दिशामा पुर्‍याउन म अवतरित भएको हुँ।”

भगवानका नाम अलग अलग हुन सक्छन्। उहाँहरू अवतार, युग तथा आवश्यकताअनुसार फरकफरक कार्य गर्नुहुन्छ। यसर्थ उपलब्धि पनि फरक फरक हुन सक्छ तर अवतारको शक्ति, महिमा तथा सन्देश एउटै हुन्छ त्यो हो ‘प्रेम’। यही धारणा भगवान साई बाबाको छ। उहाँ भन्नुहुन्छ, “अरूको धर्मलाई कहिल्यै घृणा नगर। धर्म केवल एउटै छ, त्यो हो ‘प्रेमको धर्म’। तसर्थ सर्वर्धर्मको सम्मान गर। म केवल श्रद्धालाई प्राथमिकता दिन्छु। मलाई पुष्प, माला वा नैवेद्यको आवश्यकता छैन। मलाई तिमी आफूभित्रको प्रेम र सद्गुण सर्मपण गर, जो पवित्र छ। तिमीद्वारा चढाइएको फल कुहिन्छन्। फूलका मालाहरू सुकेर जालान्। सिक्काहरू सीमापारिको देशमा मूल्यहीन बन्छन्। यी चिजहरू, मलाई अर्पण नगर। मलाई हृदयरूपी पुष्प, त्रि्रो आन्तरिक चैतन्य अर्पर्ण गर। मलाई सद्गुण, निष्ठा, अनुशासन तथा विनम्रता मन पर्छ। त्यही अर्पण गर।” यस्ता सुन्दर अभिव्यक्ति दिने भगवान साई बाबा आफैमा को हुनुहुन्छ भन्ने कौतुहल हामीमा जाग्नु स्वाभाविक हो। “म न मनुष्य हुँ, न त ब्रम्हा। न त क्षेत्रीय न त वैश्य अथवा शुद्र। म न त गृहस्थी छु, न त सन्यासी म केवल सत्यको गुरु हुँ,” आफ्नो परिचय उहाँ यसैगरी दिनुहुन्छ, “साई बाबाको अर्थ सर्वसाक्षी मातापिता हो किनभने ‘स’ को अर्थ सर्वसाक्षी, ‘आइ’ को अर्थ माता, ‘बाबा’ को अर्थ पिता। साई बाबा अर्थात् सर्वसाक्षी मातापिता। मेरो प्रेम मातापिताको जस्तो मात्र हुँदैन। मेरो प्रेम त्यस्तो मातापिताको प्रेम हो, जो प्रत्येक जीवको मन, वचन र कर्मको साक्षी हुन्छ।” उहाँ आफ्नो नामलाई अंग्रेजी सर्न्दर्भमा यसरी प्रस्ट्याउनुहुन्छ, “मेरो नाममा द्यब्द्यब् – म्यगदभि द्यब्,  छ र त्यसको मतलब म म्यगदभि न्चबमगबतभ हुँ, जसमा द्य. द्यभष्लन . सत्, ब्. ब्धबचभलभकक. चित्, द्य. द्यष्किक . आनन्द, ब् . ब्tmब . आत्मा। ‘यसर्थ म सद्-चित्-आनन्द हुँ।”

भगवान श्री सत्य सार्ई बाबाका अनुसार सत्य, धर्म, शान्ति र प्रेम मानव विकास तथा प्रगतिको लागि अति आवश्यक छन्। यी चारैको समन्वय भनेकै भगवानप्रति विशुद्ध प्रेम र भक्ति हो। यो प्रेम नै विशुद्ध आध्यात्मिक प्रेम हो। पवित्र प्रेम हो, शाश्वत प्रेम हो। यसैको सहाराले नै मानवले आफ्नो जीवनयात्रा पूरा गर्न सक्छ। उहाँ भन्नुहुन्छ, “तिमीभित्र भएका आशंकाहरूलाई पूर्णरूपले परित्याग गर। यदि त्रि्रो हृदयमा विश्वास, भक्ति र साहस छ भने म सदा त्रि्रो साथ छु।” त्यसैले त बाबाले आफ्ना भक्तहरूलाई बरोबर भन्नुहुन्छ, “पे्रम मेरो अस्त्र हो र तिमीहरू मेरा योद्धा। त्यसैले सबैलाई निःस्वार्थ प्रेम गर।”

सत्य र प्रेमबाट समस्त मानवमा आध्यात्मिक चेतना, धर्मको मार्ग तथा ब्रहृम मार्ग देखाउन आफू अवतरित भएको उहाँको भनाइ छ। त्यसैले उहाँ सबै प्राणीमा हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ। तसर्थ कसैलाई घृणा नगर्नु, कसैलाई मिथ्या दोषी नबनाउनु, निन्दा नगर्नु र सर्वत्र प्रेम गर्नु नै भगवान प्राप्तिको उपाय हो। भगवान श्री सत्य साई बाबा गुरु हुनुहुन्छ। अको रूपमा उहाँ युग गुरु, जगत गुरु, विश्व गुरु, ब्रहृम गुरु हुनुहुन्छ। यथार्थमा सत्यको गुरु हुनुहुन्छ। उहाँ अद्वितीय कवि पनि हुनुहुन्छ।

अन्त्यमा,

कस्तो अलौकिक छ त्रि्रो ज्योति

सत्यको दियो

मनको तेल

शान्तिका बातीहरू सँगालेको थिएँ

तिमीले प्रेमको शिखा प्रज्वलित गरिदियौ

हृदयभरिको शुभकामना त्रि्रो जन्मदिनको।

सार्ईर्राम ∕

(लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ एवं श्री सत्य सार्ई केन्द्र सिमलचौरका वरिष्ठ सल्लाहकार हुनुहुन्छ)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width