भकारी, बुइँगल र चुलेसी स्मृतिमा प्रजातन्त्र

Avatar आरजू विष्ट सल्यानी
मंसिर १५, २०७६

इतिहास भनेको त इतिहास नै हो नि। जो पछिसम्म पनि जिवित भइरहनु पर्छ, बनाइरहनु पर्छ भन्ने मान्यता हो। त्यसैलाई पुर्नताजगी बनाउन, संघर्ष गर्दाको बखत लुकेको त्यही ठाउँको फोटो लिन म र तारानाथ रानाभाट जी दयाँशंकर पालिखेको घरमा आयौं। ”

मंसिरको हल्का चिसो, शुक्रवार बिहानै कांग्रेस नेता रामचन्द्र पौडेल पालिखेचोकमा भेटिए। “एउटा ऐतिहासिक घटनाक्रमलाई ताजा बनाउन मन लाग्यो र आएँ धेरै वर्ष पछि। त्यो बेला हामी लुकेको ठाउँ र भकारी हेर्न। ” उनले भने। उहिलेको त्यो समय कहाँ फकेर्र आउँछ र? त्यो समयमा गरेका कर्महरु, तिनीहरुको प्रतिफल अहिलेको पुस्ताले ग्रहण, उपभोग गरिरहेको छ। हो, भने जसरी, सोचे जसरी, आफुलाई सजिलो हुनेगरि नपाएको होला तर आम रुपमा अहिले हामीले संगै उपभोग गरिरहेको समय त्यो बेलामा हामीले, हामी भन्दा हाम्रा अग्रजले गरेको ऐतिहासिक कर्मको प्रतिफलले नै हो। ”

“त्यो बेलाको दुःख, कष्ट र साहसी सार्थक कर्मको बेलिविस्तार गर्दा धेरैलाई कथा जस्तो लाग्न पनि सक्छ। ए ! त्यस्तो भएको पनि थियो र? भन्ने पनि हुनसक्छन् तर सत्य हो। इतिहास भनेको त इतिहास नै हो नि। जो पछिसम्म पनि जिवित भइरहनु पर्छ, बनाइरहनु पर्छ भन्ने मान्यता हो। त्यसैलाई पुर्नताजगी बनाउन, संघर्ष गर्दाको बखत लुकेको त्यही ठाउँको फोटो लिन म र तारानाथ रानाभाट जी दयाँशंकर पालिखेको घरमा आयौं। ”

सुन बाबु, पुर्खाले हामीलाई जन्माईदिए, सिकाईदिए, बाटो देखाईदिए र हामीले पनि सकेको योगदान आउने पुस्ताका लागि गर्दै आयौं। ती दिनहरु यो स्मृतिपटलमा रहिरहेका छन्। “पोखरा त आउने जाने भईनै रहन्छ। कति आईयो गईयो लेखाजोखा छैन तर एक पटकको त्यो घटनाक्रमले बनाएको छ ताजा स्मरण, त्यसैलाई एक पटक सम्झेर अवलोकन गर्न मन लागेर आएँ। ”

“यता सुन, मलाई यो घर प्रजातन्त्रको घर जस्तो लाग्छ, प्रजातन्त्रघरको कारण नेपालमा प्रजातन्त्र ल्याउन अहम भूमिका निर्वाह गरेका घरहरुमा यो पनि एउटा हो। खै खै, अँ..हो..यही हो हामीलाई उत्तराकुमारी पालिखेले भकारीमा लुकाएर राखेको ठाउँ। यही त रहेछ भकारी, मान्द्रो, गुन्द्री। ” हैन त तारा जी? उही हो काठको भर्याङ, अध्याँरो पनि उतिबेलाकै जस्तो। ”

“हामी त्यो बेलामा यही त हो सबैभन्दा माथिको, यही बुईंगलमा लुकेका थियौं। लुकेर हामीले कुनै ठूलो अपराध, काम गरेका होईनौं तर गरेका हौं भने प्रजातन्त्रका लागि लुकेका थियौं। जो अहिले उपभोग गरिरहेका छौं। एउटा ऐतिहासिक घटनाक्रमलाई ताजा बनाउन धेरै वर्षपछि यो घरको बुईँगल, बुईंगलको भकारी हेर्ने मन लिएर आएको हुँ। ”

मलाई लागेको छ, यो नयाँ शुरुवात हो प्रजातन्त्रको लागि। जोखिम मोलेर हामीले आन्दोलन गरेका थियौं। तल ढोकामा उत्तराकुमारी पालिखे तरकारी काटे जस्तो गर्नुहुन्थ्यो, हातमा चुलेसी लिएर पहरा दिनुहुन्थ्यो हाम्रो। पंचायतको दबदबा भएको बेला जोखिम मोलेर साहित्य सम्मेलन गरियो । साहित्य सम्मेलनका प्रमुख अतिथि बालकृष्ण सम हुनुहुन्थ्यो। माधव घिमिरे पनि आउनु भएको थियो। किसुन जी पनि आउनु भएको थियो। इतिहासका ती काला दिनमा हामीलाई आश्रय दिने मान्छेहरु, प्रजातन्त्रका लागि लड्नेहरुलाई माया गर्ने र संरक्षण गनेर्हरु बिरलै थिए। ती मध्यमा यही घर हो प्रजातन्त्रका सेनानी दया शंकर पालिखेको। साहित्य सम्मेलनमा माधव घिमिरले भनेको कुरा पो याद आयो, :“२०२८ सालमा हो, साहित्य सम्मेलन गर्दा मण्डलेहरुले आक्रमण गरे, घिमिरेले भन्नुभएको थियो, :“बोल्न सक्नेले, भन्न सक्नेले, सुन्न पनि सक्नुपर्छ” भनेको याद आउँछ। अझै बिझिरहेको छ मनमा।

यो घरसंग मेरो अर्को पनि सन्दर्भ जोडिएको छ। मेरो जितको जुलुस यही बाटो भएर आएको बेलामा पालिखे परिवारले फूलमाला लगाई दिएको थियो। मैले पोखरा विन्दवासिनीमा सभापति चुनाव जितेको थिएँ २०१६ सालमा। दया शंकर, प्रदीप शंकर, उत्तरा कुमारीले माया गरेर माला, अविर लगाईदिएको घर यही त हो।

यसरी लडिएको हो प्रजातन्त्रका लागि। सबैजना लाग्नुपर्छ यसलाई जोगाउन, स्थायित्व प्रदान गर्न र कमजोर भएको पार्टीलाई बलियो बनाउन। पूर्व सभामुख तारानाथ रानाभाटसंग त उ बेलाका फोटोहरु भएको कुरा सुनियो। ढोका लगाएर तरकारी काट्ने चुलेसी लिएर उत्तराकुमारी पालिखेले हामीलाई बुँईगलमा लुकाएर तल ढोकामा उभिएर पहरा दिएर मण्डलेलाई पस्न दिनुभएको थिएन। धीर बहादुरको कल्पना सिनेमा हल थियो। पहिला सानो गल्ली थियो, बाँसको झ्याङ पनि थियो। हामीलाई लखेटदै त्यतैबाट आएका थिए मण्डलेहरु। २ सय जति मण्डलेहरु लखेट्दै आएर यही घरको अगाडि उभिएका थिए। एउटा कुरा भन्छु, “अहिले त त्यो बेलाका हामीलाई लखेट्नेहरु कति त पार्टीमै छन्, रानाभाटको सम्झना।

मुलुकको हालत राम्रो छैन। पार्टीमा सुधार चाहिन्छ। तीनतिर मुख फर्काएर हुँदैन। “सुधारका लागि प्रतिबद्धता चाहिन्छ”, यो कुरा गिरिजा बाबुले खुबै भन्नुहुन्थ्यो। म, रामचन्द्र, शैलजा र शेरबहादुर देउवालाई। प्रबिद्धता चाहिन्छ, लगाव चाहिन्छ तर सबैथोक भएर प्रतिबद्धता भएन भने काम पनि लाग्दैन” उहाँले भन्नुहुन्थ्यो। आजलाई यत्ति है।

“यो घर, बुईँगल र भकारी प्रजातान्त्रिक भकारी थियो। त्यो सुरक्षाको भकारीमा जहाँ हामी सुरक्षित रहन सकेका थियौं।” उत्तरा कुमारी पालिखेले चुलेसि लिएर तरकारी काट्ने बहानामा तल ढोकामा पहरा दिनुभएको थियो।”

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

नेपालको राजनीति र जनताको अवस्था

सार्कलाई पुनर्जीवन दिने चिन्ता

पर्यटकीय सम्पदा व्यवस्थापन एवं प्रवद्र्धन

हाम्रो परिचय क्षेत्र हिमवत्खण्ड नेपाल

जनता र नेता बीच अन्तर

प्रमुख समाचार

कावासोतीमा बस पल्टियो सेनाका १७ जना घाइते

थप प्रमुख समाचार

त्रिपिटक बाचन हुने

धनुषामा बम बिस्फोट ३ को मृत्यु ३ घाइते

सेल्फी किङ्ग पोष्टर र गीत सार्वजनिक