बोलबमको महत्व एवं विशेषताहरु, बोलबम कहाँ र को बाट कसरी शुरुभयो ?

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७०

पौराणिक पृष्ठभूमिः

हिन्दू धर्मका विभिन्न धार्मिक पुराण -ग्रन्थ) हरूमा उल्लेख भए अनुसार सत्ययुगमा देवताहरू र दानवहरूको बीचमा घनघोर युद्ध भयो। युद्ध लड्दालड्दै देवताहरू र दानवहरू थकित भए। दुबैतर्फ ठूलो हानी नोक्सानी भयो। अन्त्यमा परमात्मा बिष्णु भगवानले युद्ध स्थगित गर्न दुबैको बीचमा सहमति र समझदारीको एउटा जुक्ति निकाल्नु भयो। त्यो हो देवता र दानवका बीचमा समुद्र मन्थन गर्न लगाउने।

अतः देवताहरू र दानवहरू समुद्र मन्थन गर्न शुरु गरे। मन्दराचलको मदानी र सर्पको नेती बनाइयो। समुद्र मन्थन गर्दा कामधेनु गाई निस्किइन्, धन्वन्तरी देव, पि+mज, अमृत, विश्वरुपा सुन्दरी (मोहिनी) आदि निस्कँदै गए। यही क्रममा हलाहल कालकुट विष निस्क्यो। जब हलाहल कालकुट विष निस्क्यो त्यसपछि देवताहरू र दानवहरू भय, त्रास र डरले आतंकित भएर कोलाहल गर्न थाले। त्राहीमाम त्राहीमाम भने, त्यही हलाहल कालकुट विष स्र्वर्ग, आकाश र पृथ्वीमा फैलियो भने देवताहरू, दानवहरू, स्थलचर, जलचर, वनस्पति आदि सम्पूर्ण संसार नै ध्वस्त खरानीमा परिणत हुने देवताहरूले लक्षण र सड्ढेत देखे। अब यस्तै अवस्था रही रहेमा कोही पनि बच्न सक्दैनन् भन्ने लाग्यो। यस्तै अवस्थामा देवताहरूले आपसमा छलफल एवं परामर्श गर्न थाले। यो विषलाई यसै खुला छाडिदिने हो भने हामीहरू सबै भष्म भएर खरानी हुनेछौं। यसको नियन्त्रणको लागि हामीहरूले केही जुक्ति, बुद्धि, ज्ञान र चेतनाको उपाय निकाल्नै पर्दछ भनी तर्क वितर्क गर्न थाले। बिष्णु भगवान ब्रम्हाजीको शरणमा गए। त्यहाँबाट पनि केही उपाय भएन। त्यसपछि सबैले एउटा महत्वपूर्ण जुक्ति, र बुद्धि निकाले, त्यो हलाहल कालकुट विषलाई सबै प्राणीहरूका रक्षक उनै परमात्मा प्रभु साक्षात शिव भगवानले आफ्नै शरीरमा लीन गराएर सबै प्राणीहरूको रक्षा गर्न सक्ने शक्ति छ, त्यसकारण उहाँकै शरणमा जाउँ भनी निर्णय गरे।

त्यसपछि सबै देवताहरू र दानवहरू शरणगत त्राहीमाम प्रभु त्राहीमाम प्रभु भन्दै कैलाशतर्फ प्रस्थान गरे र भगवान शिवको पाउमा सबै घोप्टो परेर रुन कराउने थाले। बोलबम भन्दै शिवको शरणमा परे। यस्तो भयभित कोलाहलको दृश्य देखेरे के विघ्न बाधा पर्‍यो भनी भगवान शिवजीले बन्द आँखा खोली सोध्नु भयो। देवताहरूले बम भोलानाथ भन्दै माथिको सबै विवरण प्रभु समक्ष बिन्ती चढाएर शरणगत भए।

यसको प्रतिउत्तरमा देवादिदेव बम भोला प्रभु परमात्मा शिव बाबाले भन्नुभयो- “यदि यो संसारको देवता दानव एवं सम्पूर्ण प्राणीहरूको कल्याण र रक्षा हुन्छ भने म यो हलाहल कालकुट विष सेवन गरेर पचाइदिन्छु”। त्यही अनुरुप यो ब्रम्हाण्डका मालिक एवं संरक्षणकर्ता बम भोलानाथ शिवले त्यो हलाहल कालकुट विषलाई पिउनु भयो र यो ब्रम्हाण्ड ध्वस्त हुनबाट बचाउनु भयो र सबैको रक्षा र कल्याण गर्नुभयो। अनि यो पृथ्वी तल भरी शान्ति छायो तर जब त्यो कालकुट विष भगवान शिवले पिउनु भयो अनि त्यो विष वहाँको घाँटीमा अड्कियो त्यसपछि परमात्मा शिवलाई औडाहा हुन थाल्यो, पोल्न थाल्यो, पीडा र कष्ट हुन थाल्यो। उहाँको घाँटी नीलो भयो। त्यसपछि शिवजीको अर्को नाम नीलकण्ठ बन्न गयो।

यसरी शिवबाबा परमात्माको सम्पूर्ण शरीरका प्रत्येक अ· र प्रत्य·मा त्यो हलाहल कालकुट विषको कठोर असरले जलन, औडाहा, पीडाले छट्पर्टाई ज्यादै नै कठोर दुःख, कष्ट र समस्याको भुमरीमा परी शितलता, ठण्डा र शान्ति खोज्दै भौंतारिन थाल्नुभयो। कहिँ पानीको कुण्ड, दहहरू आदिमा डुबुल्की मार्नुभयो भने कतै पवित्र नदी समुद्रमा हामफाल्नु भयो। कहिँ पनि शितलता र शान्ति पाउन सक्नु भएन र कहिँ शिव लि·को रुपमा देखिन थाल्नु भयो भने कहिं शिव मूर्तिको रुपमा देखापर्न थाल्नुभयो।

भगवान शिवको यस्तो पीडा एवं दुःखदायक अवस्था देखेर सबै देवताहरू, दानवहरू, मानवहरू र सम्पूर्ण प्राणीहरू भय, डर र त्रासले याकुल-ब्याकुल र चिन्तित हुन थाले। अब भगवान शिवलाई कसरी शितलता, ठण्डा र शान्ति हुन्छ भनी सोच विचार गर्न थाले।

अन्तिममा सबै देवता, दानव, मानवहरूले शिवलि·मा बोलबम बोलबम भन्दै शिवजीको आराधना, पुकारा, जय, ध्यान अनुष्ठान गरेर शुद्वजल, गाईको दूध, पञ्चामृत आदि शिवलि·मा चढाएपछि शिवजीलाई शितलता, ठण्डा आनन्द र शान्ति मिलेछ र ज्यादै आनन्दित र खुशी हुनुभएछ। त्यसपछि सबै देवताहरू र मानवहरू पनि हर्ष र खुशीले विभोर भइ बोलबम बोलबम भन्दै शिवलि·मा जल चढाउँदै हिँड्न थालेछन्। यसरी ब्र≈माण्डभरीका देवता र मानवहरूलाई सुख र शान्ति मिलेछ। यसरी नै बोलबमको परम्परा र प्रथा चलिआएको रहेछ।

१) यसरी शिव भगवानको आराधाना गरेपछि सबैलाई शान्ति, सुख र सुविधा प्राप्त हुन्छ।

२) परमात्मा “शिवलिङ्गमा” जल चढाएपछि शिवजीलाई शितलता र शान्त हुन्छ।

३) श्रावण महिनाका प्रत्येक सोमबार शिवलि·मा जल चढाएमा मानव जातिमा ठूलो कल्याण र भलाई हुन्छ। निश्चय नै कल्याण हुनेछ। हे त्रैलोक्यनाथ ∕

हे ∕ त्रैलोक्यनाथ त्रिशूलधारी निलकण्ठ तपाईंको मस्तकमा चन्द्रमा र कानमा नागमणीको कुण्डल शोभायमान छ, जसमा गंगा बगिरहन्छिन्, गलामा मुण्डमाला, शरीरमा भष्म लेपन छ। बस्त्र बाघको छाला तपाईको शोभा देखेर नाग साथै मुनिजनहरू पनि मोहित छन्। माता मेनकाकी पुत्री पार्वती साथ छन्। तपाईको हातमा त्रिशूल छ जसबाट शत्रुहरूको संहार गर्नुभयो। जालन्धर नामक भयड्ढर राक्षसको संहार गर्नुभयो। यसरी तपाईको जगतमा यश फैलिएको छ। त्रिपुरासुर नामको राक्षससँग युद्ध गरेर आफ्ना सबै देवतालाई कृपा गर्नुभयो। राजा भागिरथको तपस्यापछि तपाईले आफ्नो जटामा बास गरेकी गंगालाई जानको लागि आज्ञा दिनुभयो। भागिरथको प्रतीज्ञा तपाईकै कारण पूरा भयो। जसलाई भगिरथी गंगा भनेर जान्दछौं। योगी, मुनिजन, नारदमुनि, देवी सरस्वती पनि तपाईंको ध्यान र नमन गर्दछन्। “फ् नमःशिवाय” यो पञ्चाक्षर मन्त्रको जप गरेर पनि ब्र≈मा आदि देवता तपाईको महिमा प्राप्त गर्न सक्दैनन्। यस्ता सवर्श्वर शंकरको हामी श्रद्धापूर्वक नमन गरौं। विश्वका आदि जगत उत्पत्तिका बीज र समस्त भयहरूलाई नाश गर्ने पाँचमुख र तीन नेत्र भएका प्रभु महेश्वरलाई हामी सदा नै भावयुक्त भएर तपाईको आव्हान गर्दछौं। जो शान्ति आकाशमा छ, अन्तरिक्षमा छ, पृथ्वीमा छ, जलमा छ, औषधिमा छ, वनस्पतिमा छ, विश्व देवमा छ, शब्दब्र≈मामा छ तथा सबैमा जो शान्ति छ सबै हामीमा प्राप्त होस्।

अन्तमा यस भवसागरबाट पार हुन कुन चाँही मार्ग उत्तम रहेछ त भन्ने विषयमा श्रद्धालु भक्तजनहरूलाई स्पष्ट पार्ने प्रयत्न गरिनेछ।

शिव सर्न्दर्भमा योगको महत्त्वः

कोही भन्छन् कर्मयोग, कोही ज्ञानयोग, कोही भक्तियोग तर यी मध्ये कुन श्रेष्ठ छ त जस्तै कर्मयोग, ज्ञानयोग, भक्तियोग यी तिनै मार्गहरू वास्तवमा एक अर्काका परिपूरक छन् अथवा एक अकोर्सँग सम्बन्ध राख्दछन्। जीवनको पहिलो शुरुवात कर्मबाट हुन्छ। कर्म नगरी ज्ञान प्राप्त हुन सक्दैन। ज्ञान नभएसम्म भक्तिपूर्ण हुन सक्दैन तसर्थ यि तिनवटा योग मिलेर नै पूर्ण योग बन्दछ। गुरु भक्ति आफूमा ज्ञान र कर्ममा कुशलता हुनु नै वास्तवमा परिपूर्ण योग हो। त्यही व्यक्ति भागवत स्वरुप बन्दछ।

आदरणीय यस बोल बम कार्यक्रममा उपस्थित श्रद्धालु भक्तजनहरू, यो संसारमा सबै व्यक्ति एउटै प्रकारका हुँदैनन् आफ्नो स्वभाव र संस्कार अनुसार आ-आफ्नो बाटो रोज्ने गर्दछन्। त्यही अनुसार उनीहरूले मार्गर्दर्शन प्राप्त गर्दछन् किनभने सबैको चेतनाको स्तर र स्वभाव, संस्कार एउटै नहुन सक्दछ। कसैलाई हठयोग त, कसैलाई राजयोग त, कसैलाई भक्तियोग त, कसैलाई कर्मयोगबाट भगवानको दर्शन मिल्दछ। ती सबै आ-आफ्ना ठाउँमा उत्तम छन्। आ-आफ्नो चेतनाको स्तरअनुसार उनीहरूले बाटो रोज्दछन्। त्यसमा कसैले बलपूर्वक हस्तक्षेप नगरून्। समग्रमा हेर्दा यी सबै एक अर्कामा अन्योन्याश्रीत सम्बन्ध राख्दछन्। जस्तै हठयोग बिना राजयोगमा पुग्न सकिंदैन। शुरु-शुरुमा व्यक्तिलाई आफ्ना कुलत र कुसंस्कारलाई फाल्न हठपूर्वक अभ्यास उपासना गर्नुपर्ने हुन्छ र अभ्यास भै सकेपछि फेरि त्यो सहज बन्न पुग्दछ। त्यही नै राज योग हो। धारण, ध्यान, समाधि यी तीनवटाको संगम नै राजयोग हो। आदरणीय श्रद्धालु भक्तजनहरू ज्ञानका अधिकारी पनि तीन प्रकारका हुन्छन् जस्तै उत्तम, मध्यम र कनिष्ट।

ज्ञान प्राप्तिमा शिव परमात्माः

१      उत्तम : गुरुहरूका वाणी वा वेद उपदेशहरूबाट धर्मशास्त्रको अध्ययनबाट प्रत्यक्ष ज्ञान हुन सक्दछ। यो हो ज्ञान योग।

२      मध्यम : गुरुको सेवा भक्ति उपासना आदिबाट हुने ज्ञान भक्तियोग हो।

३      कनिष्ट : कर्म गर्दागर्दै ज्ञानको अनुभुति हुनु कर्मयोग हो।

ज्ञान प्राप्तिको लागि हामीले यी तीनवटा नै साधन मुख्य मान्नु पर्ने हुन्छ।

अब हामीलाई ज्ञान कसरी प्राप्त हुन्छ त भन्ने विषयमा हामी श्रोता बर्गलाई छोट्करीमा स्पष्ट पार्न चाहन्छौं। जसमाः

१      ज्ञानकाण्ड : गुरुवाणी, वेद उपदेश ज्ञानयोगबाट

२      उपासनाकाण्ड : ध्यानको अभ्यासबाट भक्तियोग

३      कर्मकाण्ड : कर्म गर्दा गर्दै आचरण शुद्धि, मनशुद्धि, विचारभाव शुद्धि त्यसपछि आत्मदर्शन र ज्ञानको अनुभूति मिल्दछ।

कर्म योगबाट उक्त वाणीका साथै आज यस बोलबम कार्यक्रममा उपस्थित सन्त महन्त गुरुवरज्यूहरू तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा पर्न गएको असुविधाको लागि क्षमा माग्दै यस कार्यक्रमलाई सहयोग पुर्याउनु हुने कार्य समितिका सदस्य एवं सम्पूर्ण भक्तजनहरूलाई आभार प्रकट गर्दै शब्द विश्राम लिने अनुमति माग्दछु।

धन्यवाद

बोलवम आध्यात्मिक जागरण कार्यक्रममा किन सहभागी हुने –

१.     प्रत्येक मानवले आफ्नो मनमस्तिष्कलाई शान्त बनाईर्र् इश्वर समक्ष पुग्नको लागि।

२.     हाम्रो मनमा भएका कुविचार, कुभावनाहरूलाई हृदयबाट नै हटाउनको लागि।

३.     बोलबम आध्यात्मिक जागरणमा लागेपछि हाम्रो हृदयमा काम, क्रोध, लोभ, मोह, मदमार्त्र्सय आदिलाई हटाउन सकिने भएको कारणले।

४.     बोलबम आध्यात्मिक जागरणमा सहभागी भएपछि नैतिक एवं चरित्रवान, अनुशासित, कर्तव्य परायण बन्नमा शक्ति र ज्ञान प्राप्त हुन्छ।

५.     बोलबम आध्यात्मिक जागरणमा सहभागी भएपछि इश्वरीय र मानवीय आत्मा भएको आदर्श पुरुष बन्नमा सहयोग पुग्दछ।

६.     बोलबम आध्यात्मिक जागरणमा लागेपछि परोपकार एवं सामाजिक सेवा गर्नमा आफ्नो ज्ञान र चेतनामा ठूलो विकास हुन्छ।

७.     बोलबम आध्यात्मिक जागरणमा सहभागी भएपछि आफ्ना पितृगणहरूको उद्धार र बैकुण्ठ धाम पुžयाउन सकिन्छ।

८.     बोलबम आध्यात्मिक जागरणमा सहभागी भएपछि मन सधैं शान्त र आनन्दित हुन्छ र यो लोक र परलोकमा सुख सुविधा मिल्दछ।

९.     बोलबम आध्यात्मिक जागरणमा सहभागी हुनेलाई आफ्नो जीवनमा पर्न आएका दुःख, आपत्ति, चिन्ता र समस्याबाट मुक्ति हुने शक्ति पाइन्छ।

१०.    बोलबम आध्यात्मिक जागरणमा सहभागी हुने मानवहरूलाईर्र् इश्वरीय शक्ति र ज्ञान प्राप्त हुनेछ।

११.    जसको मन चञ्चल, अस्थिर, अधैर्य, स्वार्थी, क्रोधी, घमण्डी आदि छ भने बोलबम आध्यात्मिक जागरणमा सहभागी भएपछि सबै हटेर जानेछन्।

१२.    बोलबम आध्यात्मिक जागरणमा सहभागी हुनु भनेको उनै परमपिता परमात्मा शिवको शरणमा पर्नु हो। उहाँको शरणमा परेपछि प्रत्येक मानवको मन, वचन र कर्मलाई पवित्र र शुद्ध बनाइदिनुहुन्छ।

१३.    जब हामीहरू बोलबम आध्यात्मिक जागरणमा सहभागी हुन्छौं त्यसबाट अनुशासनले हामीलाई आध्यात्मिक जगतमा प्रवेश गर्न सामर्थवान बनाउँछ र त्यहाँ दैवी प्रेम र कृपाको नियम चल्दछ।

१४    प्रेम, मैत्री, सहानुभूति र करुणा यी दैवी गुणहरू हुन्। यिनलाई आफ्नो हृदयमा जति बढी सञ्चय गर्न सक्दछौँ त्यति नै संयम बन्नका लागि आफ्नो आत्मा वा मन र शरीर दुबैमाथि नियन्त्रण गर्न सक्यो भने त्योर्र् इश्वर समक्ष पुग्न सक्दछ।

१५.    बोलबमको नाराले मुक्ति पाउँछ साराले।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width