बेलायत यात्रा र विश्वसाहित्य

dr. kusumakar neupani प्रा.डा.कुसुमाकर न्यौपाने
चैत्र ८, २०७६

१. युनाइटेड किङडम
युनाइटेड किङडमलाई संक्षेपमा यु.के. भनिन्छ । यस भित्र चारवटा राज्य पर्दछन् । जस्तै ः (१) इङल्यान्ड (बेलायत), (२) आयरल्यान्ड (३) स्कटल्यान्ड (४) वोएल्स । इङल्यान्डको राजधानी लन्डन हो । आयरल्यान्डको राजधानी बेलफास्ट हो । स्कटल्यान्डको राजधानी इडिनवर्ग हो भने वोएल्सको राजधानी कारडिफ हो । यी चारवटै राज्यमा आआप्mना सरकार छन् ।
विश्वप्रसिद्ध देश भनेर चिनिएको युनाइटेड किङडममा सम्वैधानिक राजतन्त्र छ । ई.सं.१९५२ देखि यहाँ एलिजाबेथ दोस्रोले राजतन्त्र सम्हालिरहेकी छन् । यिनले निकै लामो अवधि राज्यप्रमुख भएर संसारमै नयाँ कीर्तिमान कायम गरेकी छन् । यिनी आलंकारिक (सेरोमोनियल) रानीका रुपमा छन् । यस देशको सम्पूर्ण सम्वैधानिक अधिकार जनताबाट चुनिएर आएका प्रधानमन्त्रीमा हुन्छ ।

युनाइटेड किंगडमको राजनीति, शिक्षा, स्वास्थ्य, अर्थ, यातायात, पर्यटनलगायत विकासका पाटाहरू संसारमै उदाहरणीय रहेका छन् । त्यसैले संसारका मानिसहरू यस देशको अवलोकन भ्रमण गर्न रुचाउँछन् ।

ई.सं. १९७३ बाट युरोपियन युनियनको सदस्य बनेर समग्र युरोपियन युनियनभित्र समेटिएको यु.के.ले आप्mनो देशका जनताको जनमत संग्रह गरेर त्यही जनमतका आधारमा ई.सं.२०२० जनवरीबाट उक्त युनियनको सदस्यता त्याग्यो । युनाइटेड किंगडमको राजनीति, शिक्षा, स्वास्थ्य, अर्थ, यातायात, पर्यटनलगायत विकासका पाटाहरू संसारमै उदाहरणीय रहेका छन् । त्यसैले संसारका मानिसहरू यस देशको अवलोकन भ्रमण गर्न रुचाउँछन् । मैले पनि अहिले युनाइटेड किङडमलाई बेलायत यात्रा र विश्वसाहित्य शीर्षक दिएर गरेको यात्राको यहाँ अनुभव प्रस्तुत गर्दैछु ।

२. पोखराबाट काठमाडौँ
२०१९ अक्टोबर २० तारिक (२०७६ कार्तिक ३ गते)का दिन पोखराबाट काठमाडौँ जानपूर्व पोखरास्थित आप्mनै घरमा तिहारको शुभकामना आदानप्रदान गर्ने भनेर आप्mना टोलका घरमूलीहरूलाई बोलाएँ । प्रमुख अतिथिका रूपमा प्रदेश सांसद माननीय विन्दुकुमार थापालाई निम्त्याएँ । उहाँले सहर्ष स्वीकार गरेर आइदिनुभयो । यस्तै पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोलालगायतका धेरै व्यक्तित्वहरुको जमघट भयो । त्यसपछि मेरै घरको आँगनमा बसेर शुभकामना आदानप्रदान ग¥यौँ । यसै क्रममा आजैका दिन दिउँसो म र मेरी श्रीमती पेमकुमारी न्यौपाने बेलायत जानेछौं भनेपछि उपस्थित सबैले हामी दुईको यात्रा मङ्गलमय बनोस् भनी शुभकामना प्रकट गर्नुभयो ।
हर्षले गद्गद् हँुदै हामीले विनयभाव प्रकट ग¥यौं । उपस्थित सबैले दिएको आसिक ग्रहण पछि तत्काल जलपान गर्दै एकले अर्कालाई तिहार मङ्गलमय बनोस् भनी भगवानसँग प्रार्थना ग¥यौं । यति कर्म सकेपछि म, मेरी श्रीमती र छोरा नारायणले आमन्त्रित सबैलाई सविनय धन्यवाद ज्ञापन गर्दै बिदा ग¥यौं । त्यसपछि भोजन गरेर हामी आप्mना सामान गाडीमा राख्यौं । सिनेमा नायक तारा गुरुङलगायतका व्यक्तिहरूले शुभकामनास्वरुप माला लगाएर बिदा गर्नु भयो । हामी हर्षले पुलकित हुँदै काठमाडौंतिर प्रस्थान गरयौं ।

३ काठमाडौंबाट दोहा हुँदै कारडिफ
२१ तारिक (कार्तिक ४ गते)का दिन साँझ ६ बजे हामी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँमा पुग्यौँ । विमानस्थल भित्रका सम्पूर्ण प्रक्रिया सम्पन्न गरेर रातिको आठ बजे ६५१ नम्बरको कतार इयरको जहाजभित्र प्रवेश ग¥यौँ । रमाउँदै फोटा खिच्यौं । बाटो नपाएकाले समयमा नउडेको यो जहाज रातिको ९ः३० बजे हनहनाउँदै उड्यो । जमिनतिरको झिलिमिली देखेर श्रीमती दङ्ग परिन् ।
काठमाडौंबाट अँध्यारो समयमा उडेका हामी जमिनतिरको भूभागको गतिलो आस्वादन नगरीकन रातिको १२ बजे दोहा पुग्यौं । द्रुत गतिमा विकास गरेको कतार देशले दोहा विमानस्थललाई जगमग जगमग बनाएको देख्दा अनुकरण गर्ने इच्छा जाग्यो । जहाजबाट उत्रनासाथ यु.के. को कारडिफ जाने यात्रीलाई दोहा विमानस्थलका कर्मचारीले सम्बन्धित गेटतिर जान निर्देशन गरे । त्यसको पालना गर्दै हामीले आप्mनो हिँडाइको गतिलाई अझ तीव्र बनायौं । सम्बन्धित स्थलमा पुगेपछि प्रस्थान स्थलका सुरक्षाकर्मीले जाँचबुझ गरे । त्यसपछि त्यहाँका झिलिमिली र सुगन्धयुक्त त्यो विशाल स्थलको आस्वादन गर्दै कारडिफ जानका निम्ति उभिएको विमानतिर गयौं । ३२३ नम्बरको विशाल आकारको कतार एयरको विमानभित्र छिरेपछि त्यहाँका कर्मचारीको सुमधुर व्यवहारले हामीलाई प्रसन्नताको मोहनीवर्षा गराएका थिए । हामी दुबैजना आआप्mना स्थान(सिट)मा गएर बस्यौं ।
हामी बसेको कतार एयरको त्यो जहाज रातिको ठीक १ः१५ बजे गुनगुनाउँदै उड्यो । उड्दै गरेको जहाज जति माथितिर गयो त्यति जमिनतिरको दृश्य नियाल्दै मेरी श्रीमती पेमा रमाएको देखें अनि जिन्दगी भनेको यस्तैयस्तै त हो नि भनेर म पनि भावुक भएँ । यो यात्रामा कुनै बेला निदायौं अनि कुनै बेला दुखसुखका कुरा ग¥यौं । रातिको यात्रा न आकाशतिर देख्न पायौं न जमिनतिरको प्राकृतिक सौन्दर्यको पूर्ण स्वाद लिन पायौं । यसरी यात्रा गराउँदै उडेको जहाज अक्टोबर २२ तारिक (कार्तिक ५ गते)का दिन बिहान ठिक ६ः४० बजे कारडिफ विमानस्थलमा थचक्क बस्यो ।

कार्यक्रममा समावेश भएका विश्वका उक्त विभिन्न देशका भाषाका साहित्य यस प्रकारका थिए ः (१) पोर्चुगिज साहित्य, (२)पोलिस साहित्य, (३)काजख साहित्य, (४)कोरियन साहित्य, (५)पन्जाबी साहित्य, (६)थाई साहित्य, (७)आइसल्यान्डिक साहित्य, (८)इङ्लिस साहित्य, (९)भियतनामिज साहित्य, (१०)चाइनिज साहित्य, (११)तुर्किस साहित्य, (१२)धिवेही साहित्य, (१३)जुलु साहित्य, (१४)सिन्हाली साहित्य, (१५)लाओ साहित्य, (१६)मेसाडोनियन साहित्य, (१७)जापानिज साहित्य, (१८)ताजिक साहित्य, (१९)हङ्गेरियन साहित्य,(२०)इस्टोनियन साहित्य, (२१)सिस्वाती साहित्य, (२२)परिसियन(फारसी) साहित्य, (२३)फ्रेन्च साहित्य (२४) नेपाली साहित्य ।

हामी बाहिर आयौँ । बाहिर आउनासाथ एकजना भाइले मलाई नमस्ते सर भन्नुभयो । उहाँले मलाई चिन्नुहुँदो रहेछ । यु.के.मा बसोवास गरेका बागलुङका कँडेल थरका ती भाइसँगै हामी कारडिफ विमानस्थलबाट बाहिर निस्कियौं । कँडेलजीले सँगै कफी खाने प्रस्ताव राख्नुभयो । जाडोले सिउसिउ बनाएका बेला कँडेलजीले सँगै कफी खान राखेको प्रस्ताव हामी दुबैले सहर्ष स्विका¥यौं । त्यसपछि जाडोका कारण खुला ठाउँमा बस्न नसकेर हामी कफी खान रेस्टुरेन्ट भित्र छि¥यो ।
कफी खाएर बिदा भएपछि टेक्सी भाडामा लियौं । वृद्ध उमेरका टेक्सी ड्रइबरले हाम्रा सामान टेक्सीभित्र राखे । ती ड्राइबरको जाँगर देखेर हामी दुबैजना दङ्ग प¥यौं । हामी दुबैजना टेक्सीमा बस्यौं । उनीले आधा घन्टा टेक्सीमा हुइँकाए । त्यसपछि हामीलाई हामी बस्ने होटेलको द्वारमा लगेर छाडिदिए । भोलि त म विश्वसाहित्यसम्बन्धी प्राज्ञिक कार्यमा सहभागी हुने अनि श्रीमती पेमा छोरा गणेशसित कारडिफ शहर घुम्ने योजना बनाएर खानपिन गरी हामी सुत्यौं ।

४ विश्वसाहित्यबारे प्राज्ञिक कार्य
२३ तारिखका दिन जर्मनीबाट आउने छोरो गणेशको प्रतीक्षामा मेरी श्रीमती पेमा होटेलमै बसिन् भने म विश्वसाहित्यसम्बन्धी प्राज्ञिक कार्यमा सहभागी हुन कार्यक्रमस्थलतिर गएँ । कार्यक्रमस्थलमा पोर्चुगल, पोल्यान्ड, काजकिस्थान, कोरिया, पन्जाब राज्य, थाइल्यान्ड, आइसल्यान्ड, भियतनाम, अमेरिका, चिन, टर्की, मालदिप्स, दक्षिण अफ्रिका, श्रीलंका, लाओस, मेसाडोनिया, जापान, ताजकिस्थान, हङ्गेरी, इस्टोनिया, कङ्गो, इरान, फ्रान्सका साहित्यविज्ञहरूसित भेटघाट गरें । केही छिनमै हामी कार्यक्रममा सहभागी भयौं । कार्यक्रममा समावेश भएका विश्वका उक्त विभिन्न देशका भाषाका साहित्य यस प्रकारका थिए ः (१) पोर्चुगिज साहित्य, (२)पोलिस साहित्य, (३)काजख साहित्य, (४)कोरियन साहित्य, (५)पन्जाबी साहित्य, (६)थाई साहित्य, (७)आइसल्यान्डिक साहित्य, (८)इङ्लिस साहित्य, (९)भियतनामिज साहित्य, (१०)चाइनिज साहित्य, (११)तुर्किस साहित्य, (१२)धिवेही साहित्य, (१३)जुलु साहित्य, (१४)सिन्हाली साहित्य, (१५)लाओ साहित्य, (१६)मेसाडोनियन साहित्य, (१७)जापानिज साहित्य, (१८)ताजिक साहित्य, (१९)हङ्गेरियन साहित्य,(२०)इस्टोनियन साहित्य, (२१)सिस्वाती साहित्य, (२२)परिसियन(फारसी) साहित्य, (२३)फ्रेन्च साहित्य (२४) नेपाली साहित्य ।
कार्यक्रम स्थलमा हामी गयौं अनि तोकिएका ठाउँमा बस्यौं । उक्त कार्यक्रममा उद्घाटन, प्रमुख अतिथि, विशिष्ट अतिथि, आसनग्रहण, ब्याजवितरण, टिका, माला, शुभकामना मन्तव्य, समापन जस्ता औपचारिक गतिविधि केही पनि भएनन् । वातावरण शान्त थियो । आयोजकहरु पनि आएर आआप्mना ठाउँमा बसे । परिचयबाट कार्यक्रम सुरु गरे । अङ्ग्रेजी भाषा र आआप्mनो भाषामा परिचय दियौं । त्यसपछि आआप्mनो देशका उक्त विभिन्न भाषाका उपन्यास, कथा, कविता, नाटक, निबन्धका बारेमा क्रमशः सोदाहरण चर्चा ग¥यौं । चर्चा गर्दा ती विधा भित्रका अनुच्छेदहरू उदाहरणका रुपमा प्रस्तुत गर्दै यी यी कारणले यो कृतिभित्रको यो अनुच्छेद साहित्य बनेको छ भनेर स्पष्ट पा¥यौं ।
यसरी तीन दिनसम्म उक्त विभिन्न भाषाका साहित्यका विज्ञहरूले आआप्mना भाषाका साहित्यका बारेमा विचार प्रस्तुत गर्नुभयो । तेस्रो दिन अन्तिम पेपरको चर्चा पछि कार्यक्रम स्वतः समापन भयो । फेरिफेरि पनि भेटौंला, यात्रा मंगलमय बनोस्् भनेर सबै बिदाबादी भयौं । यो नौलो र विषयकेन्द्रित अन्तरक्रिया अनुकरणीय भएको महसुस गरी म साथीहरूका साथ होटेलतिर आएँ ।
५ कारडिफबाट रेडिङ
विश्वसाहित्यसम्बन्धी कार्यक्रम हिजो सकिएको हुनाले आज २६ तारिकका दिन बिहान कारडिफबाट रेडिङ जाने तयारी गरें । छोरो गणेशले आप्mनो कार होटेलको अगाडि ल्यायो । मेरी श्रीमती र मैले आआप्mना झोला लिएर होटेलको गेटमा आयौं । त्यसपछि आआप्mना झोला तथा बाकस गाडीभित्र राख्यौं । छोरा गणेशले कार चलाउँदै अनि हामीलाई विभिन्न ठाउँको वर्णन गर्दै लण्डनतर्फको यात्रा अगाडि बढायो । साँझपख हामी रेडिङ आई भानिज प्रकाशका घरमा बास बस्न पुग्यौं । २६ तारिकदेखि ३० तारिकसम्म भान्जा प्रकाशका घरमा बसेर दिउसो विभिन्न ठाउँको भ्रमण ग¥यौं । यस अवधिमा हामीले स्टोनहेज, बाथ, रेडिङ, लन्डन आइ, बकिङ्गम प्यालेस, संसदभवन, ओएस्टमिनिस्टर, लन्डब्रिज, ग्रीनफर्ड, हिथ्रोलगायतका ठाउँहरु घुम्यौं । एक दिन साँझको समय डा.रुपक श्रेष्ठकै घरमा डा.रुपक र उहाँको परिवार तथा छोराबुहारी एवम् दाइसित बितायौं ।

६ हिथ्रोबाट दोहा हुँदै काठमाडौं
३१ अक्टोबरका दिन बिहान भानिज प्रकाश, भान्जी निसु र नातिनीसँग बिदा हुने बेलामा बिदा हुन पर्यो भनेर मन अमिलो भएको थियो । त्यसलाई सहँदै हामी कारमा चढेर हिथ्रो एयरपोर्टतिर आयौं । एयरपोर्टको गेटमा गुरुगम्भीर देखिने डा.रुपक श्रेष्ठ बिदाइका हात हल्लाउन आउपुग्नुभयो । त्यहाँ छोरो गणेश र डा.रुपकसँग बिदा हुँदा मन भक्कानिए जस्तो भएको थियो । बिदाइका हात हल्लाउँदै भित्र छिर्दा दुबैजनाको मुखतिर हेर्न सकिनँ । श्रीमतीले पनि छोरासितको बिदाइ गह्रुंगो मानेको देखें । त्यसले त मेरा आँखामा आँसु टलपल बनाइदियो ।
त्यसपछि हिँड्दै जहाजभित्र छिर्ने गेटतिर जाँदा टाढा एकजना अग्लो व्यक्ति नेपाली टोपी लगाएर एउटी महिलाका साथ हिँड्दै आएको देखें । हिथ्रो एयरपोर्टमा पनि टोपी ढल्काउँदै हिँडेको मान्छे को रहेछ भनेर चिनजान गर्न रोकिएँ । नजिकै आइपुगेपछि चिने ती व्यक्ति मेरै छिमेकी विश्वमोहन अधिकारी र उहाँको श्रीमती हुनुहुँदो रहेछ । त्यसपछि बिदाइका असहज स्थिति बिर्सेर हामी अधिकारी पतिपत्नीसित कुराकानीमा झुम्मियौं । उहाँहरू अमेरिका घुमेर नेपाल जानका निम्ति त्यहाँ आइपुग्नुभएको रहेछ ।
उहाँहरूसित पनि बिदाबादी भएर हामी दुबैजना दोहासम्म जाने जहाजतर्फ लाग्यौं । ८ नम्बरको कतार एयरको विमानमा चढेर आआप्mना स्थानमा गएर बस्यौं । मिठो वातावरणमा संगीतको धुन आइरहेको थियो । यस्तैमा दिउसोको ३ः५ बजे हामी चढेको जहाज हनहनाउँदै उड्यो । माथिबाट मेरा आफन्तलाई हेर्न मन लागिराख्यो । जहाज धेरै माथि पुगेर तेर्र्सियो । यसरी उड्दै उड्दै हामी रातिको एक बजे दोहा उत्र्यौं । राति नै ६५२ नम्बरको कतार एयरको विमान चढेर ३ः५ बजे काठमाडौतिर प्रस्थान गरयौं । दोहादेखि काठमाडौंसम्मको यात्रा निदाएर सकियो । भोलिपल्ट अर्थात् नोबेम्बर १ तारिक (कार्तिक १५ गते) बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा उत्रियौं । त्यहाँबाट सरासर पोखरा आउने जहाजमा चढेर उसै दिन पोखरा आइपुग्यौं ।
मैले पटकपटक बेलायत भ्रमण गरेको छु । अहिलेको यात्रामा श्रीमती र जर्मनी बसेको छोराको सहभागिता रह्यो । विदेशमा स्वदेशको र विदेशको मायाममता साटासाट भयो । यसका साथै २४वटा भाषाका साहित्यको प्राज्ञिक छलफल निकै ज्ञानबद्र्धक भयो । त्यसैले यी दुबै अवसर मेरो जिन्दगीका लागि अविस्मरणीय बन्न पुगेका छन् ।

हाम्रो सुझाव