बुर्द्धधर्मको श्रीवृद्धिमा तीन जरूरी एजेण्डा

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७०

बुद्ध भगवानको जन्म नेपालमा हुनु हामी सबै नेपालीको लागि अहोभाग्यको कुरो हो। यत्रो विशालतम् गुणगौरव भएको महामानवको जन्मको गौरव संसारका विरलै देशले प्राप्त गर्दछन्।

वैशाख पूणिर्मालाई हामी बुद्ध पूणिर्मा भन्दछौं। बुद्धको जन्म, बोधि प्राप्ति र महापरिनिर्वाणका तीन संयोग परेको यस दिनलाई आम नेपाली र विशेषतः बुर्द्धधर्मका अनुयायीहरूले परमश्रद्धाका साथ प्रत्येक वर्ष मनाई आएका पनि छौं। मुलुकमा प्रजातन्त्रको पुनस्र्थापना र संविधानतः धर्म निरपेक्षता घोषणा भएपछिका वर्षमा मनाईने बुद्ध -जयन्ती पनि उक्त अवस्थापूर्वका वर्षहरूमा मनाएझैं विल्कुलै औपचारिकताको निर्वाह गर्ने, पारम्परिक र कर्मकाण्डी रह“दै आएको छ। अतः यस दिनको अहम् एवं पवित्र महत्त्वलाई हृदयगम गर्दै आमनेपाली र विशेषतः बुर्द्धधर्मका उपासक, अनुयायीसमक्ष यस सर्न्दर्भमा केही सान्दर्भिक महत्त्वका विषयमा ध्यानाकर्षण गर्ने धृष्टता गरेको  छु।

१)     बुद्धधर्माबलम्बीको सङ्ख्यात्मक ह्रास। गत २०६८ सालमा राष्ट्रिय जनगणनाको तथ्याड्ढ प्रकाशित भएपछि बुर्द्धधर्मका अनुयायीमा एक किसिमको खैलाबैला नै मच्चियो, खेद प्रस्ताव पारित भए, तथ्याड्ढको विरोधमा वक्तव्यबाजी पनि दुर्इ/चार दिन भए। यसको कारण के थियो भने नेपाल सरकारको तथ्याड्ढ विभागले प्रकाशित गरेको जनगणना,२०६८ (सन् २०११) मा अरु कुराका अतिरिक्त जनसङ्ख्याको धार्मिक बनोटको तथ्याड्ढ पनि प्रस्तुत गरेको र प्रकाशित तथ्याड्ढले नेपालमा प्रचलित हिन्दू, इस्लाम र इसाई धर्माबलम्बीको सङ्ख्या बढेको तर बौद्धधर्माबलम्बीको जनसङ्ख्या घटेको देखिएको छ। प्रत्येक दश वर्षमा लिइने यस राष्ट्रिय जनगणनाको तथ्याड्ढमा बुद्ध भगवानले जन्म लिएको यस देशमा हजारौंको सङ्ख्यामा बौर्द्धधर्म अनुयायी घटेको (तथ्याड्ढ अनुसार ४६४२१ सङ्ख्या घटेको) देखिनु निश्चय नै दुखद् कुरा हो। र, यो विषय बौर्द्धधर्म मान्ने केही भिक्षु भिक्षुणी वा उपाशकहरूको मात्र सरोकारको कुरा नभएर आम सचेत नेपाली नागरिकको मुटु छुने कुरा हो। तर सोच्नुपर्ने के छ भने राष्ट्रलाई नीति योजना आदि बनाउँदा आवश्यक पर्ने ‘राष्ट्रिय तथ्याड्ढ’ सड्ढलन गरी अद्यावधिक गराइराख्ने प्रयोजनले जनताले तिरेको कर र जनताका नाउँमा प्राप्त हुने सहयोगको धनराशि लगानी भएको निकायले प्रकाशित गरेको तथ्याड्ढलाई ‘प्रायोजित रूपमा बौद्धधर्माबलम्बीको सङ्ख्या घटाइएको मिथ्याड्ढ’ भनी विरोध गरेर बैठक भेलामा खेद व्यक्त गर्दैमा वा विरोधको वक्तव्य दिँदैमा हाम्रो दायित्व पुरा गरेको र्ठहर्छ, यस सर्न्दर्भमा – बुद्ध जन्मेको देशमा बुर्द्धधर्म स्वतः बढ्छ भनेर आत्मरतिमा रमाइरहेर यस सर्न्दर्भमा सबै कुरा हाम्रो पूरा हुने हो र ? फेरि, राष्ट्रिय तथ्याड्ढमा यसरी बौद्धधर्माबलम्बीको सङ्ख्या घटेको देखिनुका कारण के हुन् भनेर सत्य तथ्य यकिन गर्न कुनै विज्ञसमूह गठन गरेर स्थलगत वास्तविक सत्य तथ्य बुझेर कारण यकिन गरेका छौ ? त्यही जनगणनामा प्रकाशित इसाई धर्मालबम्बीको सङ्ख्या गत दश वर्षमा साढे तीन प्रतिशतले (३७५६९९ सङ्ख्या) वृद्धि भएको देखिएको छ। वौद्धिष्ट घट्नु र क्रिश्चियन वृद्धि हुनुको बीच के सम्बन्ध छ – धर्म निरपेक्षताको आडमा हु“दै गरेको पश्चिमा साम्राज्यवादी शाक्त्तिको धार्मिक एवं सांस्कृतिक अतिक्रमणको प्रभाव त छैन यसमा – बौद्धपूणिर्माको यस पावन दिनले यी कुरामा हामीले विचार गर्ने मात्र होइन उक्त प्रश्नहरूको समाधानमा क्रियाशील रहन सक्यौ भने मात्र हाम्रो विरोध सार्थक हुनेछ।

बुद्धभगवानले आफ्नो महापरीनिर्वाणको पूर्वसन्ध्यामा दिएको यो हृदयग्राही उपदेश- ‘बिनाप्रमाद प्रयत्नशील होऊ’ सम्झनुपर्छ। प्रमाद भनेको वेहोश हुनु हो, मुर्छामा रहनु हो, अप्रमादी बन्नु होशमा आउनु हो, सचेत रहनु हो, उद्योगी सृजनशील र सतत क्रियाशील रहनु हो। यता हाम्रो ध्यान पुग्नु परम आवश्यक छ।

२)     बुद्धको जन्मथललोको विकास। शाक्यमुनी बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भन्ने कुरा अकाट्यरूपमा प्रमाणित र स्थापित कुरा हो। विश्वप्रतिष्ठित पुरातत्त्वविद्का अन्वेषण, सम्राट अशोकले ठड्याएको स्तम्भ र स्मारक वस्तु आदिले पनि यो तथ्य जीवित रूपमा बताएको छ। भारतकै प्रथम प्रधानमन्त्री नेहरूले आफ्नो प्रशिद्ध ऐतिहासिक ग्रन्थ डिस्कभरी अफ इण्डियामा समेत बुद्ध नेपालमा जन्मेका भनी लेखका छन्। बुझेसम्म नेहरूको यो किताब अक्सफोर्ड युनिभर्सिटीलगायत पश्चिमा केही अन्य देशका सुविख्यात विश्वविद्यालयका पूर्र्वीय संस्कृति र इतिहाससम्बन्धी पाठ्यक्रममा पर्छ। संयुक्त राष्ट्रसङ्घजस्तो आधिकारिक विश्व संस्थाले पनि बुद्धको जन्मथलो ‘नेपाल’ हो, लुम्बिनीमा बुद्धको जन्म भएको हो भन्ने मानी आएको छ। अतः भारतका वर्तमान शासकवर्गको निर्देशनमा त्यहा“का केही व्यक्तिले बुद्धको जन्म ‘भारतमा’ भएको हो भनी लेख्दैमा वा कुप्रचार गर्दैमा भारतमा बुद्ध जन्मेको ठहर्ने पनि होइन। कौवाले त्रि्रो कान लगिदियो भनेर कोही करायो भने कौवा समात्न दगुर्नु भन्दा हामीले आफ्नो कान छाम्नु नै बुद्धिमानी हुनेछ। अतः यी भारतीय दुरासययुक्त झुठा प्रचारबाट आक्रोशमा आउनुभन्दा भगवानको जन्मथलो लुम्बिनीको विकास र यसको धार्मिक महत्त्वका सम्बन्धमा समग्र अन्तर्राष्ट्रिय जगतमा व्यापक प्रचार गर्न सकेमा बुद्ध भगवान, बुर्द्धधर्म र हाम्रो राष्ट्रिय हितमा ठूलो काम गरेको ठहर्ने छ। बुद्ध भगवान आफैले चार ठाउँको महत्त्व बताएको कुरा यस प्रस·मा परस्मरणीय छ। तथागत उत्पन्न भएको लुस्बिनी, सम्यक सम्बोधी प्राप्त भएको वोधगया, प्रथम धर्मचक्र प्रवर्तन गरेको सारनाथ र परिनिर्वाण प्राप्त गर्ने कुसिनार।

यी चारस्थानमा पनि तथागत जन्म भएको लुम्बिनीको महत्त्व सर्वेपरी छ। संयुक्त राष्ट्र सङ्घका तत्कालीन महासचिव उत्थान्त भगवानको जन्मस्थल दर्शन गर्न लुम्वनीमा आएपछि लुम्विनीको विकासले गुणात्मक फड्को मार्ने अवसर पाएको हो। बुद्धधर्माबलम्बीको बाहुल्यता रहेको देश कोरियाका नागरिक संयुक्त राष्ट्रसङ्घका वर्तमान महासचिव वान की मुनको लुम्बिनी आउने कुरा प्रायः निश्चित भएकोमा बुर्द्धधर्म बढ्न नदिने, लुम्बिनीको विकास हुन नदिने राष्ट्रिय अन्तर्राष्ट्रिय तत्वले उनको भ्रमण रोक्न ठूलो षड्यन्त्र गर्‍यो। त्यसमा बुझी नबुझी केही भिक्षुहरूको पनि संलग्नता देखियो। काठमाडौंमा मुनको भ्रमण विरुद्ध भिक्षुको भेषमा जुलुस प्रदर्शन गर्न आउने धेरै जसो प्रदर्शनकारी यसै प्रयोजनका लागि भारतबाट आएका (पठाइएका) रहेछन् भन्ने कुरा पछि खुल्न आएको हो। विरोधको मुख्य विषय, यसमा पुष्पकमल दाहालको भूमिकालाई लिएर गरिएको थियो। मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई ‘हत्यरा’ स“ग मुन एउटै मञ्चमा बस्नु हुँदैन भनेर वखेडा झिकेर निहूँ खोजियो र अन्ततः मुनको भ्रमण रद्द भयो। महासचिव मुनको भ्रमण हुन सकेको भए शाक्य मुनी बुद्धको जन्मथलोको विश्वभर थप प्रचार हुने थियो र यसको विकाससम्बन्धी गुरुयोजनको कार्यान्वयनले थप गति लिने थियो। यसमा हामी नेपाली हार्‍यौं र नेपालमा बुर्द्धधर्मको उन्नयन रोक्न चाहने षड्यन्त्रकारी सफल भए। अब, यसरी आउने अवसर हामीले गुम्न दिनु ह“ुदैन। लुम्बिनीको विकासलाई गति दिनैपर्दछ।

३)     बुद्धका शिक्षाको प्रचार-प्रसार। यो अत्यन्त महत्त्वको विषय छ- नेपालका सर्न्दर्भमा। नेपालका गाउँ-गाउँमा जनस्तरमा बुद्धका उपदेश (शिक्षा) का सम्बन्धमा कुनै प्रचार प्रसार छैन। बुद्धलेझैं सरल तवरमा जीवन र जगतका गम्भीर कुराहरू अहिलेसम्म कसैले व्यक्त गर्न सकेको छैन। यति सरल छन् बुद्धका उपदेश। जस्तै चार आर्य सत्यको कुरा हेरौं। बुद्ध भन्छन्- ‘जीवनमा दुःख छ, दुःखको कारण छ, दुःख निवारण गर्न सम्भव छ, र दुःख निवारणको उपया छ।’कसको जीवनमा छैन दुःख ! राजादेखि रड्ढसम्म, संसारको सबैभन्दा धनाढ्य देखि गरिबसम्म सबै दुखी छन्। बुद्धले यो ध्रुवसत्य कुरा मात्र गरेनन् अपितु दुःखबाट छुटकरा पाउने उपाय पनि मानवमात्रालाई सुझाएर गएका छन्। अहिले मानिसको जल्दो-बल्दो समस्याको समाधानको संवोधन, त्यो पनि अत्यन्त सरल र सहज रूपमा प्रत्येक व्यक्ति आफैले गर्न सक्ने दर्शन बुद्धले बाहेक अरु कसले दिन सकेको छ – जाति, लि· र वर्णो भेद अन्त्य गर्ने उद्घोष बुद्धबाहेक कसले गर्न सक्यो-त्यस कालमा – कसैले सकेको होइन। करुणा, माया, एकता, सरलता, सहिष्णुता, शान्ति र सुशासनका सम्बन्धमा लोकले बुझ्ने गरी बुद्धले त्यसबेला व्यक्त गरेको कुरा अहिले पनि विश्वकै वर्तमान समस्या समाधानका लागि मार्गर्दर्शक हुनुपर्ने आवश्यकता छ। सम्यक विचार, सम्यक आजीविका समेतका सम्यक (सन्तुलित) विचार र व्यवहार आममानिसबीच पुर्‍याउन सकेमा मात्रै बुर्द्धधमाबलम्बीको सङ्ख्या वृद्धि हुने मात्र होइन लोक कल्याण र विश्वकल्याणका लागि ठूलो काम गरेको र्ठहर्नेछ। बुर्द्धधर्मको त्रि-वन्दना-बुद्धम् शरणम गच्छामि, धम्मं शरणं गच्छामि, सङ्घं शरणं गच्छामि प्रति हामीले ओठे भक्ति देखाएर मात्र हु“दैन। सहर, टोल र गाउँगाउँमा बुद्ध सङ्घ गठन हुनुपर्छ, गठन गरिनुपर्छ। व्यवस्थित बौद्धशिक्षा दिन सक्नुपर्छ। भिक्षुहरू घर-घर पुग्नुपर्छ, ताकि बुद्ध आफैले भन्नुभएको-’भिक्षुकः नैवभिक्षन्ति वोधयन्ति गृहे-गृहे’ -भिक्षुहरू घर- घर भिक्षा लिन होइन, घर घरलाई जगाउन (अप्रमादी) बनाउन जाने हो) भन्ने कुरा चरितार्थ हुन सकोस्।

बुद्ध पूणिर्माको पावन दिनले हामीलाई अप्रमादी हुने प्रेरणा दिनु पर्छ ! हामीमा थप जागरण आउनै पर्छ ! बुर्द्धधर्मको श्रीवृद्धि हुनैपर्छ !

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width