बुद्धको जीवनसँग सतत् एवं अभिन्न तवरमा वृक्षको सम्वन्ध रहेको छ। शाक्यमुनि बुद्धकी माता महामायाले प्रसूती हुनु आफ्नो माईती घर देवदह जाने इच्छँ गरिन्। भनिन्छ, कपिलवस्तुका शाक्य महिलाहरु गर्भवती भएपछि वच्चा जन्माउने वेलामा माईत गई, माईतीमा नै प्रसूती हुने चलन थियो। सम्भवतः रानी महामाया पनि यही कुल प्रचलन पालन गर्न माईत जाँदै थिईन होला। गर्भवती रानी पाल्किमा वोकिएर दरवारिया सुसारेका साथ तिलौराकोट स्थित आफ्नो दरवारवाट देवदह जाँदै गर्दा वाटोमा पर्ने लुम्विनीको रमणीय शालोद्यानले उनलाई आकर्षण गर्छ। वैशाख महिनाको गर्मी, त्यो पनि कपिलवस्तु क्षेत्र वढी नै गर्मी हुने मध्य नै पर्छ, रानीलाई वृक्षको छहारीमा आराम गर्न पनि मन लागे होला। पाल्किवाट ओर्ले पछि एउटा सुन्दर शालवृक्षले आकषिर्त भईन् र त्यसको हा“गा समात्न तन्किदा नै रानीलाई प्रसवपीडा भयो। बुद्ध साहित्यमा यो पनि उल्लेख भएको पाइन्छ कि शालवृक्षको त्यो हा“गा आफै महामायाले समात्न सकुन भनेर झुकेको थियो। जे भए पनि शालको हाँगा समातेर नै वोधिसत्वलाई जन्म दिएकी हुन् रानीले राजकुमार सिर्द्धार्थ गौतमको रुपमा। शाक्यमुनि बुद्धको आजभन्दा २५५८ वर्ष अगाडि शालवनको वीचमा शालवृक्षको सहायता र छाहारीमुनी जन्म भएको हो।
अर्को रोचक प्रसंग छ , वृक्ष र बुद्धको सम्वन्धमा। कपिलवस्तुवासीको मुख्य जीवन-आधार त्यसवेला पनि कृषि नै थियो। समयमै वर्षा होस् भन्ने कामना गर्दै त्यहा वसन्तोत्सव मनाईन्थ्यो। र, यो उत्सवमा राजाले पनि हलो जोत्ने परम्परा थियो। बुद्ध जन्मेको वर्ष पनि अली पछि यो महोत्सव मनाएका छन्- कपिलवस्तुवासीले। राजा शुध्दोधन पनि बडो उत्साहका साथ सरिक भए उत्वसवमा। राजाले हलो जोतेको हेर्न त सवै सहभागी भएका थिए। बालक सिर्द्धार्थलाई लिएर उनका सुसारे-धाईआमा पनि गएकी थिईन। बालकलाई एउटा जामुन वृक्षको छहारीमा सुताएर उत्सव हेर्न गएकी यी महिला धेरै समय मेला-महोत्सवको रमणीयतामा अल्मलिएर बालकलाई एकलै सुताएको कुरा समेत भुलिछन्। पछि, सम्झेर पुग्दा आकासका सूर्यदेव धेरै टाढा अर्थात यो जामुनमा छाया नपर्ने दिशातिर गएको भएता पनि जामुन रुखको छायाले बालक सिर्द्धार्थलाई यथावत शीतल दिइरहेको र यही शीतल छहारीमा बालक शिद्वदार्थ प्रफूल्ल भई हात-खुट्टा चलाएर खेलि रहेका। यो घटना पनि बोघिसत्वको वृक्ष्ँसंगको सततसंवन्धकै एक दृष्टान्त हो।
बुद्धको महापरिनिर्वाणको मुख्य कुरा उल्लेख योग्य छ यो प्रसंगमा। बुद्धको जीवनकालमा उनी विचरण गरेको सवै जसो देशका राजा-राजकुमारहरु बुद्धको उपदेशवाट लाभान्वित भएका छन्। बुद्धका अनन्य भक्त पनि रहेका छन् केही राजाहरु। विम्विसार,प्रसेनजीत समेतका राजाहरु र त्यस वेलाका धनाढ्य सेठहरुले आलिशान महल, विहारहरु र सुन्दर वगैचा उद्यानहरु भिक्ष्ँसंघलाई दान पनि गरेका हुन्। महापरिनिर्वाण पूर्व अम्रपाली (त्यसवेलाकी धनाढ्य नगर वधु) ले वैशालीको वैभवशाली आम्रवनसमेत दान गरेकी थिइन् बुद्धलाई। यत्रो श्रद्धा युक्त महामना भगवान बुद्धले आफ्नो परिनिर्वाण स्थल कुशीनगरको शालवन चयन गर्नु पनि वढो अर्थपूर्ण छ, विवेचना युक्त छ। जव बुद्धले आफ्नो परिनिर्माण नजिकिदै गएको महसुस गरे अझ यसो भन्नु उपयुक्त होला-जब बुद्धलाई देह त्यागको इच्छा र आवश्यकता महसुस भयो आफ्ना प्रियशिष्य आयुष्मान आनन्दसँग वैशालीको यात्रा गरे। यो बुद्धको अन्तिम वैशाली यात्रा थियो। वैशाली छाड्नु अघि वैशालीप्रति बुद्धले प्र्रकट गरेको कृतज्ञताका वचन पनि हृदय छुनेखालका छन्। बुद्धको अभिवादनशील स्वभावको उच्चतमरुप प्रकट भएको छ यहा“। त्यसपछि, तथागत बुद्ध र आनन्द अन्यकेही भिक्षुसँगै वैशालीबाट पावा भन्ने ठाउँमा आई चुन्द नाम गरेको घनाढ्य चमारको आँपको बगैँचामा बसे। यी चुन्द भगवान् बुद्धका उपदेशवाट अनुप्राणित भई सकेका व्यक्ति थिए र धेरै ठूला भवन र वगैँचा बुद्धसंघलाई दान पनि गरेका थिए। यिनले बुद्ध भगवान छेउ गई भिक्षुसंघ सहित भगवानलाई विहानको भोजनको लागि प्रार्थना गरेका थिए र भगवानबाट स्वीकृत भएपछि तयारी पनि गरे। भोजनमा बोसो भएको सु“गुरको मासु पनि एउटा परिकार समावेश थियो। बुद्धले भोजन गर्दा सु“गुरको मासुको परिकार आफूले केहीखाई अरु खाल्टोमा गाडिदिन भनेकोले बुद्धले बाहेक अरुले यो खाएनन् बुद्धले खान दिएनन्। यो मासु अखाद्य गुणको भन्ने बुझेकोले अरु भिक्षुलाई रोगबाट बचाउन नै बुद्धले यसो गरेका थिए। चुन्दको आतिथ्यको भोजनले बुद्धलाई रोग उठाउने निमित्त कारण बन्यो। यहा“बाट कुशीनगर पुगेपछि दुर्इवटा विशाल शालवृक्षको बीचमा बुद्धलाई सुत्ने ठाउँ बनाए आनन्दले बुद्धकै व्यक्त इच्छा बमोजिम। र, यही वनमा बुद्धले आफ्नो देह त्यागको इच्छा प्रकट गरे। यो सुनेर भिक्षु आयुष्मान आनन्दले आपत्ति प्रकट गरेका छन् यस्तो कुशीनगरको क्षुद्रशालवनमा परिनिर्वाण नगर्नुहोस् भनेर। तर, बुद्धले आनन्दलाई संझाए यो शालवन क्षुद्रहोइन भनेर। अन्ततः शालवृक्षको वीचमा तथागत बुद्धको परिनिर्वाण मञ्च बनाइयो। यहा“ नै अर्थात् शालवृक्षको छहारीमा नै चार प्रकारहरुका समाधि ध्यान चक्र पूरा गरेर बुद्ध भगवानले देह त्याग गरे, महापरिनिर्वाण सम्पन्न भयो। बुद्ध साहित्यमा लेखिएको छ, जन्मदा पनि र परिनिर्वाण हुँदा पनि शालवृक्ष फूल्ने मौसम होर्इन तथापी वृक्षमा सुन्दर फूलहरु खेलिरहेका थिए। बुद्धका शरीरमा फूल वर्षा भइरहेको थियो। फूल वर्षा शुभकुराको प्रतीक मानिन्छ। बुद्धको जन्म, ज्ञानप्राप्ति र परिनिर्वाण पनि सुखद हो शुभ हो भन्ने कुरा आफ्नो भोजनको कारण बुद्धको मृत्यु हुन लागेकोमा चिन्तित चुन्दलाई सम्झाउँदा भगवानबाट व्यक्त भएका कुरा हृदयग्राही छन्। तर यहा“ चर्चा गर्ने प्रसंग रहेन। जे भएपनि, एउटा के सत्य हो भने, वृक्षले भगवान बुद्धलाई सतत् सेवा गरेको छ र वृक्षप्रति भगवान बुद्धको सदा अनुग्रह रहेको पनि छ।
बुद्ध उपदेशको एक संगालो र बुद्ध साहित्यमा एक आधिकारिक ग्रन्थ हो- धम्मपद। यो ग्रन्थ विभिन्न भिक्षु शिष्यहरुलाई विभिन्न विषय प्रसंगमा भगवानवाट उपदिष्ट गरिएका कुराको अभिलेख पनि हो। यसमा वृक्षसम्वन्धमा बुद्धले भनेका छन्-
अभिवादन सीलिस्स निच्चं पद्धाप चायिनो।
चत्वारो धम्पा वडढन्ती आयुवण्णो सुखं वलं।।
यो त्यसवेला प्रचलित लोकले प्रयोग गर्ने पाली भाषामा भनिएको छ। बुद्धका सवै जसो उपदेश यही लोक भाषामा छन्। उक्त बुद्ध वचनको अर्थ हो-जसले सँधै विनम्र व्यवहार गर्छ र वृक्षको सेवा गर्छ उसका चारवटा धर्म (चारकुरा) वृद्धि हुन्छन् आयु, वर्णय सुख र वल। यहा“ प्रयोग गरिएको ‘अभिवादनशील’ को तार्त्पर्य कसैको पनि सहयोग प्रति कृतज्ञ रहनु पर्छ भन्ने पनि हो। बुद्ध कति अभिवादनशील रहे आफन्ो जीवनकालमा भन्ने कुराका पनि धेरै रोचक प्रसंगहरु छन्। यो छुट्टै अध्ययन र चर्चाको विषय हो। जहा“सम्म वृक्षको प्रश्न छ-रुख जीवन, आनन्द गतिशीलता, ताजगी र विकासको प्रतीक हो। यसरी बुद्ध आफै वृक्षको सहयोगप्रति अभिवादनशील भएका छन्। आजको विश्व जुन प्रदूषण र पर्यावरणीय असन्तुलनको चपेटामा परेको छ, बुद्धका यी वाणी अझ वढि महत्वपूर्ण र सार्थक छन्।
अव हामी जाऔं बुद्ध र बोधीवृक्षको सहसम्वन्धको विषयमा ?
वोधिसत्व सिर्द्धार्थ गौतमले ज्ञान प्राप्तिको अर्थात सम्यकसम्बुद्धत्व लाभ गर्ने दृढ निश्चयका साथ रातको समयमा दरवारत्याग गरेका हुन। सिर्द्धार्थको यस गृहत्यागलाई ‘महाअभिनिश्क्रमण’ भनिन्छ बुद्ध साहित्यमा प्रयुक्त धेरै शव्दहरु आमप्रचलनका छैनन्। त्यसैले यस लेखमा धेरै ठाउँमा प्रयोग भएको ‘वोधिसत्व’ शव्द पनि सवैले नवुझ्ने हुन सक्छ। वोधिसत्व भनेको शील, प्रज्ञा, उपकार, पराक्रम समेतका दश पारमिता गुणयुक्त व्यक्ति हो र आफ्ना पूर्व दशजन्म वोधिसत्व जीवन वाँचेको व्यक्तिले मात्रै बुद्धत्व उपलव्ध गर्न सक्छ। त्यसैले सिर्द्धार्थको वोधिसत्वको रुपमा यो अन्तिम जन्म हो। र, उनी सवै सुख सयल त्याग गरेर ज्ञानको खोजीमा जंगलतिर, दरवारवाट ‘महादरवार’ वन तिर हिडे। २९ वर्षे राजकुमार श्रीमती, नवजात छोरा र सम्पूर्ण ऐर्श्वर्य त्यागेर हिड्यो? आफ्नै तरवारले केश मुण्डन गरेर, गेरुवस्त्र धारणा गरेर। धेरै अभ्यास गरे, ज्ञानको खोजीमा। छ वर्ष सम्म कठोर तप गरे। कहिले एकमुठी मात्रै खाए, कहिले एक दाना मात्रै खाए। यति पीडा दिए शरीरलाई कि पेट र पिठ्यु एउटै भयो। धेरै पटक मुर्छा भए, वेहोस भए तर ज्ञान मिलेन। एउटी युवतीले एक दिन खीर दान गरिन्। यिनलाई होर्इन, यिनी जुन वृक्ष्ँको तल वसेका थिए त्यसै वृक्षलाई। बुद्धको तपस्यास्थल थियो-नेरंजना नदीको तटको पीपलको वृक्षको छहारी। यही नेरंजन नदीको जलले मुख धोए र खिर खाए। अलि शरिरमा वल आएको महसुस भएको हुनु पर्दछ उनलाई। खिर खाएर तपस्याच्युत भयो सिर्द्धार्थ भनेर साथ दिँदै आएका पाँच जना साथी रिसाए, साथ छोडे। अब सिर्द्धार्थ ‘किर्ंकर्तव्यविमुढ’ पनि भए। वडो संकटको वेला छ उनलाई। पछाडी फर्केर हेरे ६ वर्षको आफ्नो प्रयास निर्रर्थक पाए। के गर्ने ? अव प्रयास गर्ने कि नगर्ने ? बढो अनिर्णय र अनिश्चित छ। उनले त अव जोखाना हेर्न थाले । खिर खाएको थाली फाले नदिमा ‘यो थाली नदीको प्रवाह सँगै तल बग्यो भने प्रयास छाड्छु होर्इन थाल नदीको मुहानतिर माथि बढ्यो भने फेरि प्रयास गर्छु। यस्तो थियो सिर्द्धार्थको अवस्था। आफ्नो भविष्यको निर्णय-थाल र नदीलाई सुम्पे। तर, बुद्धको प्रादुर्भाव यस संसारमा हुनु थियो। थाल नदी वेग सँग वगेन, माथि-माथि बढ्यो। श्रोततर्फ, मुहान तिर ब्लतष्-अगचचभलत भयो। सिर्द्धार्थले दृढ अठोट गरे- सम्यक-सम्वोधि प्राप्त नगरी छाड्दिन भनेर दृढ मन गरे। र, पुनः पीपल वृक्षको कै छहारीमा सिद्धासन कसेर ध्यान गर्न थाले। पुनः मारले (काम, तृष्णा र वासना) ले अन्तिम पटक सताउन थाल्यो। त्यसलाई पूर्णतः पराजित गरे। आखिर सारा क्लेशलाई ध्वंस गर्दै बुद्धत्व प्राप्त गरे सम्यक-सबुद्ध बने। चार आर्यसत्य, दुःख, दुःखको कारण, दुःख निवारणको उपाय र दुःख निवारण हुन सक्ने स्थिति प्राप्त गरे। यसरी बुद्धत्व उपलव्ध भएपछि बोधी प्राप्त गर्न सहयोग गरेको यो वृक्ष बोधी वृक्ष भयो। बोधीवृक्षको समिपमा नै उभिएर एक हप्तासम्म यसै वृक्षलाई हेरे बुद्धले। यसलाई बुद्ध साहित्यमा नेत्र पूजा भनिएको छ। र अर्को एक हप्ता यही बोधी वृक्षको परिक्रमा गरेर विताए। यसलाई चंक्रमण पूजा भनिएको छ। बुद्धले सोचे यस वृक्षको मुनी वसेर सम्यक-सबुद्धत्व प्राप्त गरे, यसको ऋणी छु भन्ने कुुरा। त्यसैले यो बुद्धको बोधीवृक्ष प्रतिको कृतज्ञता प्रकट हो, अभिवादनशीलता हो यो उनको।
बोधीवृक्षलाई हामी पीपल भन्छौं। यो वृक्षको अनौठो गुण वैज्ञानिकहरुले पत्ता लगाएका छन्। अरु सवै वृक्षले अक्सिजन लिन्छन् र कार्वनर्डाई अक्र्साईड छाड्छन्, रातको समयमा। बोधी वृक्ष मात्रै एउटा त्यस्तो वृक्ष हो जसले सँधै अक्सीजन मात्रै दिन्छ त्यो पनि उच्च मात्रामा र स्वच्छ तवरमा। बुद्ध जब सिर्द्धार्थ गौतम बालकको रुपमा वैशाख पूणिर्मा दिन जन्मे त्यसै दिन एउटा बोधीवृक्ष पनि उत्पन्न भएको थियो। यो संयोग पनि स्मरणीय छ। बोधी वृक्ष (पीपल) को सम्वन्धमा गीतामा पनि दुर्इ स्थान चर्चा गरिएको छ। श्री कृष्णले गीताको प्रन्द्रहवाँ अध्यायको शुरुमै यो संसार र वेदको सम्वन्धलाई माथि जरा तल हा“गा पात भएको अश्वत्थ -पीपलको रुख) भनेका छन्। र, अर्को दश वाँ अध्यायमा आफ्ना विभिन्न विभूती (रुप) मध्ये वृक्षहरुमा म अश्वत्थ -पीपल) हुँ भनेका छन्। उपनिषदमा पनि पीपलको चर्चा छ। कठोपनिषदमा। तर जति बुद्धले बोधीवृक्षको महिमा गरेका छन्, त्यस्तो अरु कतै पाइँदैन। अनुपम छ यो।
हामी नेपाली अहोभागी छौं(किनभने नेपालमा बुद्ध जन्मे। वृद्धले नै भनेका छन्-जुन कुल (देश) मा बुद्ध उत्पन्न हुन्छन् यो कुल (देश) ऐर्श्वर्यशाली हुन्छ सुखी हुन्छ। हामीले त्यो ऐर्श्वर्य पाएका छौं तर त्यसको भरपुर उपयोगको पराक्रम र प्रज्ञा हामीले देखाउन सकेका छैनौं। त्यसो भन्दैमा निराश हुने होर्इन। वृद्धजयन्तीको शुभ दिनलाई, यस पावन अवसरलाई हामीले प्रेरणाको रुपमा लिनु पर्छ। हामी आफै जाग्नु पर्छ। लुम्विनीलाई बोधी-उद्यान बनाउ, वृक्षको सेवा गरौं। हरियाली नेपाल, वैभवशाली नेपाल बनाउ। लुम्वनीलाई संरक्षण गरौं र विश्वका सामु नेपाल र नेपालीको गौरव वढाऊ।
सव्व मंगलम् भवतु
Related News
सम्बन्धित समाचार
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
रेमिटेन्स
सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०