बुढेसकालीन यात्रा : रहरको खहरेमा बयली खेल्दै

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७१

वि. सं. २०२२ मै ‘पेटको राँको’ कविता सङ्ग्रह प्रकाशन गरेका पीताम्बर नेपाली त्यस पछिको चार दशकभन्दा बढी समय साहित्यिक सिर्जनशीलताबाट विमुख रहन पुगे। फाट्टफुट्ट केही रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित गरे पनि उनले २०२२ सालपछि २०६४ सालसम्ममा आफ्नो पुस्तकाकारको कुनै पनि कृति प्रकाशन गरेनन्। यद्यपि यस बिचमा उनले विभिन्न साहित्यिक, सामाजिक र शैक्षिक सङ्घ संस्थाहरुमा क्रियाशील रहेर आफ्नो बलबुताले भ्याएसम्म सामाजिक सेवा गरे र केही साहित्यिक तथा अन्य पत्रपत्रिकाको सम्पादन पनि गरे। स्याङ्जाली सर्म्पर्क सदन, पोखराको मुखपत्र ‘आँधीको सुसेली’ का विभिन्न अङ्कहरुको सम्पादनमा यिनको अग्रणी भूमिका रहँदै आएको छ। यो क्रम उनको अन्य किसिमका पत्रपत्रिकामा समेत अहिलेसम्म पनि जारी छ। स्याङ्जाका पुरानो पुस्ताका विशिष्ट तथा अग्रज साहित्यकारहरु महेश्वर शर्मा, भेषजराज शर्मा, केदार शर्माहरुकै सहयात्री पीताम्बर शर्मा जो थरले तिमिल्सिना भए पनि त्यस ठाउँमा नेपाली लेख्दै आएका छन्। साहित्यिक यात्रामा लगभग छ दसक बिताउँदै गरेका शर्मा लामो न्रि्रापछि ब्युँझेर पुनः यति बेला आफ्नै सिर्जनात्मक लेखनमा क्रियाशील हुन पुगेका छन्। २०२२ सालको ‘पेटको राँको’ पछि उनको उनको अको काव्यकृति ‘सिमानाको गीत’ जुन २०६५ सालमा प्रकाशित भएको छ। ‘उखरमाउलो’ निबन्ध सङ्ग्रह- २०६९ र ‘मेटिँदै गएका पाइलाहरु’ संस्मरण सङ्ग्रह उनको पछिल्लो चरणमा प्रकाशित कृतिहरु हुन्। २०७१ सालमा प्रकाशित उनको नवीनतम कृति हो? ‘रहरको खहरेमा बयली खेल्दै’। यो नियात्राकार नेपालीको थाइल्यान्ड र बेलायतको यात्रासँग सम्बन्धित नियात्राहरुको सङ्कलन हो। यसमा जम्मा २७ वटा संस्मरणात्मक निबन्धहरु सङ्कलित छन्।

नियात्राकारकै गन्थन अनुसार थाइल्यान्ड र बेलायतको भ्रमणका क्रममा गरिएका टुक्राटाक्री यात्राहरुको विवरण यस ‘रहरको खहरेमा बयली खेल्दै’ कृतिमा प्रस्तुत गरिएको छ। नियात्राकारले आफ्नो प्राध्यापन पेसाबाट अवकाश प्राप्त गरेपछि यो यात्रा गरेका छन्। यसभन्दा पहिले उनी नेपाल र भारतका केही ठाउँमा पुगेका पनि थिए तर जेट विमान चढेर यी मुलुकभन्दा बाहिर पुगेको यो यात्रा उनको जीवनको उत्तरार्धको अर्थात् बुढेसकालको यात्रा हो। एउटा प्रौढ व्यक्तिले भोगेको पूवार्धको जीवनानुभूतिलाई साङ्केतिक रुपमा प्रस्तुत गरिएको यस पुस्तकमा विवरणमूलक लेखहरुको सङ्कलन छ।

पुस्तकको सुरुमा २०६९ सालको असोजमा गरिएको थाइल्यान्ड यात्राका ६वटा लेखहरु छन्। थाइल्यान्ड पनि नेपाल जस्तै एउटा पर्यटकीय मुलुक हो। राजधानी बैङ्ककका विभिन्न दर्शनीय स्थलहरुको परिचय यसमा गराइएको छ। जुन जुन ठाउँमा  पुगेका छन् ती ती ठाउँका ऐतिहासिक सर्न्दर्भहरु खोतल्दै लेखक केही अनुभूतिका साथ बढी वर्णय तथा विवरणमा केन्द्रित छन्। नियात्राकारद्वारा थाइल्यान्डमा बुद्धको दर्शन गर्दै सफारी पार्क र फी फी टापुको कोरोला किनारको मनमोहक दृश्यलाई शब्द चित्रका माध्यमबाट मात्र होइन, दृश्य चित्रका माध्यमबाट पनि प्रस्तुत गरिएको छ। एकादुर्इ बाहेक प्राय सबै लेखहरुमा तस्विर राखिएको छ। कुनै लेखमा एउटा र कुनै लेखमा आवश्यकताअनुसार एकभन्दा बढी तस्विरहरु छन्। तस्विरमा सम्बन्धित ठाउँका दृश्यहरु प्रस्ट आएका छन्। तस्विरहरुको संयोजनका कारण लेखहरु प्रामाणिक तथा विश्वसनीय बनेका छन्।

पुस्तकमा सङ्कलित पछिल्ला एक्काइसवटा लेखहरु बेलायत यात्रासँग सम्बन्धित छन्। नियात्राकार नेपालीले स्याङ्जाका विभिन्न गाउँ तथा पोखरामा समेत विविध प्रकृतिका शैक्षिक संस्थाहरुको स्थापना गरेकाले र प्राध्यापन पेसाबाट निवृत्त भएकाले बेलायतका विभिन्न शिक्षण संस्थाहरुको अवलोकनमा पनि चासो देखाएका छन्। उनी नातिनीले पढ्दै गरेको सानो विद्यालयदेखि रेडिङ विश्वविद्यालय हुँदै  विश्वविख्यात अक्सफोर्ड युनिभर्सिटीसम्म पुगेका छन्। महान् वैज्ञानिक चार्ल्स डार्विनले पढेको एडिनबरा विश्वविद्यालयका कोठा कोठा चहारेका छन्। अक्सफोर्डका विभागीय सङ्ग्रहालयहरु, प्रयोगशालाहरु, छात्रावासहरु आदि सबैको अध्ययन अवलोकन गर्न बिर्सेका छैनन्। अक्सफोर्ड युनिभर्सिटीको पुस्तकालयमा पसेर होस् वा विभिन्न विभागहरुमा पुगेर होस् उनले त्यहाँका ज्ञान दिने संस्थाहरुको गहिराइ मापन गर्ने चेष्टा गरेका छन्।

ग्रान्टन, कुइन्स फेरी, एडिन्बरा क्यासल, थेम्स नदी, लन्डन ब्रिज, लन्डनस्थित बेलायतको पार्लियामेन्ट हाउस, नेपालको दुतावास, त्यहाँका ग्रामीण भेगमा अवस्थित कृषि र्फम, पशुहरुको र्फम, उद्योग कलकाखाना, मठमन्दिर, चर्चलगायत दर्शनीय प्राय सबै ठाउँमा नियात्राकार पुगेका छन्। बेलायतीहरुको सांस्कृतिक परम्परा, वृद्धवृद्धाहरुको दुरावस्था, बेलायती महिलाहरुको लोग्ने साटफेर गर्ने प्रवृत्ति, बेलायतमा रहेका नेपालीहरुको अवस्था, त्यहाँका नेपालीहरु बिचको जातीय सद्भाव, बेलायतमा नेपालीहरुले मनाउने दसैँजस्ता थुप्रै कुराको चर्चा यस पुस्तकमा छ।

छ वर्षकी नातिनी प्रियाले पढालेखा आफ्ना ७५ वर्षका हजुरबा अर्थात् नियात्राकारलाई सिकाएको सभ्यताको पाठ निकै मर्मस्पर्शी छ। त्यहाँ रहँदाबस्दा केही समय हजुरबाले नातिनीलाई स्कुल पुर्‍याउने काम गरेका छन्। हजुरबा बुढेसकालमा पाइला चालिरहेका छन्। नेपालमै रहँदा पनि उनलाई स्याँ स्याँ हुन्थ्यो। अहिले त झन बेलायत पुगेको अवस्था, हावापानी फेरिएको छ। नियात्राकार बुढाका लागि मौसम प्रतिकूल अवस्थाको छ। खोकी लाग्छ। खोक्छन्। कहिलेकाहीँ बाटाकै छेउतिर थुक्छन् पनि। नातिनी रिसाउँछे र हप्काउँछे हजुरबालाई। यति ठुलो भएर पनि रुमालले मुख नछोपी हाच्छ्युँ गरेकामा गाली गर्छे। वातारण प्रदूषित गराउन हुँदैन भन्दै ‘सरी’ भन्न लगाउँछे। सडकमा हिँड्दा खोकी लागेमा टिस्यू पेपरमा खोकेर पेपर डस्टबिनमा हाल्नुपर्छ भन्छे। यसो नगरेमा बाटामा हिँड्ने अरु मानिसलाई रोग सर्छ भनेर हजुरबालाई सम्झाउँछे। ढ्याँउ गरेर बुढाले डकार्दा पनि रुमाल अथवा टिस्यू पेपरले मुख नछोपेकामा नातिनीले निकै उपदेश दिन्छे। यहाँनेर वषौर्ंसम्म सभ्यता र सुसंस्कार सिकाउनेजस्तो गरिमामय पेसा अँगालेर निवृत्त नियात्राकार हामी अधिकांश नेपालीहरुको असभ्य तथा फोहोर गर्ने प्रवृत्त्रि्रति चिन्तित छन्।

नियात्रामा अनुभूतिको भन्दा विवरणको मात्रा बढी छ। यो स्थान विशेषका वर्णयमा बढी केन्द्रित छ। लेखकले बेलायत बसाइको तिन महिने अवधिमा अधिकांश दिनहरु त्यहाँका विभिन्न स्थानमा घुमेरै बिताएका छन्। पुस्तक पढ्दा थाइल्यान्ड र बेलायतमा हेर्न तथा घुम्न लायक प्राय सबै ठाउँको जानकारी पाइन्छ। थाइल्यान्ड र बेलायत भ्रमण गर्न चाहनेहरुका लागि यो पुस्तक पथप्रदर्शक बन्न सक्छ, यसले पर्यटकहरुलाई सम्बन्धित क्षेत्रको जानकारी दिलाउँदै गाइडको काम गर्न सक्छ। डिमाइ साइजमा १३२ पृष्ठ ओगटेको यस पुस्तकको मूल्य रू. २००/- राखिएको छ। श्रीमती राज्यलक्ष्मी  र विष्णुमती शर्माद्वारा प्रकाशित बुढेसकालीन यात्राहरुको यो सङ्कलन पठनीय छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width