बी.पी. तथा पुष्पलाल स्मृति

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७२

नेपालको राजनीति इतिहासमा युगीन महत्त्वको योगदान पुर्‍याएका व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला र पुष्पलालको संयोग नै मान्नुपर्दछ साउन ६ र ७ गते। क्रमशः ६ गते कोइरालाको र ७ गते पुष्पलालको स्मृति दिवस पर्दछ। संयोग भनौ मुलुकको राणा शाही विरुद्धको आन्दोलनको सुरुवातसँगै नेपालका दुर्इ राजनीतिक संस्थाहरू क्रमशः नेपाली काङ्ग्रेस (२००३ साल), नेपाल कम्युनिष्ट पार्टी(२००६ साल) मा स्थापना गरेर जीवन पर्यन्त नेतृत्व दिँदै आएका भिन्न दर्शनबाट प्रेरित दुर्इ शिखर व्यक्तित्व एवं विचारक नेपाली राजनीतिका युग पुरुषको रूपमा स्थापित भइसकेका छन्। विश्वेश्वरप्रसाद कोइरालाको सतवाषिर्की सम्पन्न भइसकेको छ। सङ्घीय लोकतान्त्रिण गणतन्त्र नेपालको नयाँ संविधान जनताका प्रतिनिधि संविधानसभाद्वारा जारी हुने अन्तिम चरणमा पुग्न लागेको छ। जसले गर्दा उहाँहरूले परिकल्पना गरेको नेपाली समाजको समग्र रूपान्तरणका लागि भएका युगान्तकारी संघर्षहरूले मूत रूप प्राप्त गर्दैछ। मुलुकको राजनीतिसँग विश्वेश्वरप्रसाद कोइराला र पुष्पलालको नाम अभिन्न रूपमा जोडिएर आएको छ। उनीहरू मुलुकका धरोहर मानिन्छन्। २०३५ साउन ७ गते पुष्पलालको र २०३९ साउन ६ गते विश्वेश्वर प्रसाद कोइरालाको निधन भएको हो। संयोगले यी दुर्इ शिखर पुरुषको स्मृति दिवस यसरी लगातार पर्न गएको छ। नेपालको प्रजातान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलका छुट्टाछुट्टै महान व्यक्तित्व समकालीन राजनीतिका एक अर्काका सहयोगी र परस्पर आलोचक पनि थिए। हुनत नेपालमा कम्युनिष्ट र काङ्ग्रेसका बीच बेलावखत परस्पर शत्रुता पनि नभएको होइन तापनि मुलुकको राणा शाही विरुद्धको आन्दोलनदेखि २०१७ सालको प्रजातन्त्रको अपहरण अथवा २०४६ सालको जनआन्दोलन र २०५९ असोज १८ र २०६१ माघ १९ को कदमले नेपालका कम्युनिष्ट र काङ्ग्रेस अर्थात लोकतन्त्र पक्षधर शक्तिहरूलाई एउटै मोर्चामा उभ्याएको इतिहास हाम्रासामु र्छल· छन्। एउटै मोर्चामा उभिएर मात्र आन्दोलनले सफलता प्राप्त गर्ने गरेको इतिहासको विराशत हामीसित छ। २०६२ मङ्सिर ७ गते मुलुकमा तत्कालीन शाही शासनका विरुद्ध व्रि्रोही शक्ति नेकपा माओवादी र संसद्वादी दलहरूबीच बाह्र बुँदे समझदारीले मुलुकमा ऐतिहासिक फड्को मार्न मात्र सफलता दिएन युगान्तकारी परिवर्तन तर्फको संघर्ष सम्भव भएको हो। जनआन्दोलन २ को सफलतापछि विस्तृत शान्तिसम्झौता सम्पन्न भएको थियो। त्यसलाई प्राप्त गर्न पटक-पटक दलहरूबीच समजझदारी र सहमति हुँदै आए पनि बीच बीचमा उल्झन र अप्ठ्याराहरू सृजना हुँदै गएका कारण मुलुक लामो समयदेखि सङ्क्रमणकालीन अवस्थाबाट गुज्रि्रदै आएको छ। यस्तो अवस्थामा २०७२ वैशाख १२ र २९ गतेका विनाशकारी महाभूकम्पले दलहरूबीच फेरि पनि उन्नत खालको समझदारी कायम गरेर गन्तव्य सुनिश्चित गर्न पर्ने समयले निर्दिष्ट गरेका कारण २०७२ जेष्ठ २५ गते १६ बुँदे समझदारीमा प्रमुख दलहरूले हस्ताक्षर गरेर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान निर्माणको अन्तिम चरणतर्फ पुग्नै लागेका छन्। यसमा थप संयोग बीपी र पुष्पलालको स्मृति दिवसकै सप्ताहमा नयाँ संविधानको संविधानसभाबाट पारित मस्यौदालाई अन्तिम रूप दिन जनताको अभिमत लिएर संविधानसभातर्फ फिर्ता हुने क्रममा पुगेको छ। आशा र विश्वास गरौं अबको केही समयमा मुलुकले नयाँ संविधान प्राप्त गरेर सम्वृद्ध नेपाल निर्माणतर्फ ढोका खोलिने सम्भावना अगाडि आएको छ। यो युगान्तकारी अवस्थामा अगाडि बढ्न मुलुकका दुर्इ शक्ति नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीको योगदानलाई उच्च मूल्याड्ढन गरिरहँदा बीपि र पुष्पलालको योगदान स्मरणमा आइरहने छ।

यतिबेला सबै नेपालीले आशा र विश्वासका साथ संविधानसभा भवनतर्फ आफ्नो ध्यान केन्द्रित गराइरहेका छन्। यद्यपि यसलाई विथोल्न र समयमा संविधान जारी हुन नदिन पुनरुत्थानवादी शक्तिहरू अँध्यारो कुनाबाट आफ्ना कुचेष्टाहरू फैलाउन उद्यत भइरहेका छन्। यसलाई चिर्न र दलहरू बीचको एकतालाई मजबुद पार्न फेरि पनि बीपी र पुष्पलालको प्रेरणा लिनैपर्दछ। त्यो सीमाभित्र संविधान लेखन कार्यलाई पूरा गर्न तय गरिएका समय सीमाभित्र केही दायित्वहरू पूरा गर्नुपर्ने हुन्छ नै। यस अगाडि संविधान लेखनसम्बन्धी कार्यतालिका पटक-पटक संशोधन भएको छ कार्यान्वयन हुन नसकेका विगतलाई स्मरण गर्दै अगाडि बढेको खण्डमा नेपाली जनताहरू हाम्रो र राम्रो संविधान प्राप्त गर्न सहज हुने छ। तर पनि समयमा संविधान जारी हुन्छ कि हुँदैन द्विविधा र आशंकाहरू मौलाउन सक्छन्। त्यसैले वाम र प्रजातान्त्रिक शक्तिहरूको सार्थक एकताको आवश्यकता अहिले पनि त्यतिकै खड्किएको मात्र होइन साँचो अर्थमा शहीदको वलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न यी दुर्इ शक्तिको एकताबद्ध भूमिका नै प्रवल सावित हुनेछ। साउन ६ र ७ गते मनाइने बी.पी. तथा पुष्पलाल स्मृति दिवस मुलुकको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र नेपालका विविध भाषा, क्षेत्र, जातजाति, उपेक्षित उत्पीडित महिला समुदायलगायत सबैको समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान निर्माण गरेर सम्वृद्ध नेपाल निर्माण गर्ने दायित्व बोकेका प्रमुख दलहरू, बामपन्थी र प्रजातान्त्रिक पार्टीरू, नेपाली काङ्ग्रेस, राष्ट्रिय सहमतिमा जुटिरहेका बेला विनाशकारी भूकम्पले पारेको आहत र क्षतिलाई एकै साथ पुनर्निर्माणको अभिभारा समेत पूरा गर्न मुलुक अगाडि बढ्नुपरेको छ। विनाशकारी भूकम्पपछिको दलहरूबीचको एकतालाई संविधान जारी भइसकेपछि पनि विशेषखाले राष्ट्रिय नेताहरूमा साझा सहमतिका साथ सँगसँगै अगाडि बढ्न सकेमा मुलुकले छोटो समयमा नै ऐतिहासिक फड्को मार्न सक्ने सम्भावनालाई नजिक ल्याउने छ। २०६२/०६३ को आन्दोलनका महान उपलब्धिहरू अब फेरि बेवारिसे अवस्थामा पर्ने हो कि भन्ने आशंकाहरू जगाउने वातावरण नबनोस्। श्रद्धेय नेताहरूको परिकल्पना र गन्तव्यले सही रूपमा मार्ग प्रशस्त गर्न राष्ट्रिय राजनीतिक शक्तिहरू एउटै साझा सहमतिमा अगाडि बढ्नुपर्दछ। अन्यथा नेताहरूको परिकल्पना सफल हुनेछैन। लोकतन्त्रको संस्थागत विकास र परस्पर सहयात्राको निश्चित विन्दुसम्मको लागि संकल्प गर्दै अघि बढ्न मुलुकको राजनीतिक परिघटनाले निर्देशित गर्ने गरेको छ। बीपी र पुष्पलालद्वारा प्रतिपादित सिद्धान्त र भावना एवं मर्मलाई दलहरूको एकताबद्ध भूमिकाको नीति वर्तमानमा अझ प्रभावकारी र सान्दर्भिक देखिन्छ।

लामो समयदेखि मुलुक राजनीतिक सङ्क्रमणकालमा छ। झण्डै ७ दशक लामो राजनीतिक यात्राका सहयात्री राजनीतिक दलहरूमा नेपाल कम्युनिष्ट पार्टीर नेपाली काङ्ग्रेसका आ-आफ्नै खालका विशिष्ट इतिहास निर्माण भइसकेको छ। यो इतिहास निर्माणको क्रममा मुलुकको कम्युनिष्ट आन्दोलन र काङ्ग्रेसभित्रको बेलावखतमा नीति निर्माणको सर्न्दर्भमा हुने गरेका कमी कमजोरीलाई मूल्याड्ढन गर्दै असल पक्षको अनुकरणका साथ शिखर पुरुषहरूको चिन्तन एवं त्याग र संघर्षलाई उच्च मूल्याड्ढनका साथ आ-आफ्ना सैद्धान्तिक दृष्टिकोणको आधारमा प्रतिबद्धता जाहेर गरौं। जनताको इतिहास निर्माण गर्ने सुनौला युगतर्फ मुलुकलाई अगाडि बढाउन र मुलुकबाट सबै प्रकारका सामन्ती शोषण र अवशेषलाई समुल नष्ट पार्न प्रतिबद्धता व्यक्त गर्न महापुरुषको स्मृति दिवसले प्रेरित गरेको छ। शब्द श्रद्धाञ्जली।

(लेखक भञ्ज्याङ राष्ट्रिय दैनिकका सम्पादक हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width