२६/४/०७०
प्राकृतिक छटामा रहेको वनज·ल, पाखा पखेरा, तालतलैया हेरी रमाउन कसलाई मन लाग्दैन होला ? त्यसमा पनि बिहानै कुखुराको डाँकोमा ओच्छ्यान छोडेकै हुन्छ। यस्तै मन्दिरमा बजेको घन्टीका आवाजले ब्युँझाइसकेको हुन्छ। एक-दुर्इ जना मानिसहरू हिँडेको चाल पाएपछि हिँडुँहिँडुँ जस्तो भइ हाल्छ नि।
पाइला चाल्दै जाँदा कही गृहिणी आँगन बर्ढार्न लागेको पनि देखिन्छ। बाटोमा हिँड्दा फाट्टफुट्ट मानिसहरू भेटिए पनि आफ्नो आफ्नो सुरमा हुने गर्दछन्। यता केटाहरू अर्काको पेटीमा एउटा बोराका भरमा सुतिरहेको देख्दा मनमा खल्लोपना आउँछ उनीहरूको जिन्दगी देखेर।
आज के तिथि रहेछ महिलाहरू पिपलबोट भएको चौतारीमा एकाग्र भएर चोखो भइ चोखो मनले भगवान्को आरधाना गर्नु कर्म सिद्धिको मार्ग हो नि।
अझ वर्षायाममा झरीमा छाता ओढेर हिँड्नुमा मज्जा अर्कै छ। झम झम छातामा परेको पानीका थोपाहरूले स·ीतकोमा पाइलाहरू चालेजस्तो हुने र यस्तैमा कहिले काही पो डाँडा र पाखा नै कुहिरोले ढाकिदिएको हुन्छ। यस्तो कुहिरोभित्र आफू रहेको अवस्थामा कस्तो कस्तो रोमाञ्च भावनाले काल्पनिक संसारमा डुलेको भान हुने गर्दछ।
एक्लो, एकान्तपन हिँडाइमा पनि एक किसिमले मनमा कौतुहल आउँदो रहेछ। जीवनलाई स्वस्थ राख्न हरियाली वन पाखामा घुमफिर गरी दृश्यावलोकनले शरीरमा स्फूर्ति मनमा नयाँ नयाँ भावना ल्याउने रहेछ।केही पर पुगेपछि यस्तै बिहान घुम्न आउनेको पाइलाका चालहरू भेटिन थाल्छ। परिचित अनुहारसँग हाई, हेल्लो, जयराम जीकी आदि शब्दहरू आदान प्रदान हुन्छ। कोही अपरिचितहरूको पुल्लुक्क अनुहार हेरेको हुन्छु।
बाटामा भेटिएकामध्ये कोही घर घडेरी झयासमिसे कुरा सुन्दा दिक्क लाग्छ बिहान बिहान। यस्तो अशुभ, अशुभ व्यवहार वातावरणले त दिन भरी नै यस्तै यस्तै आइ परिरहने हुनाले। यस्तोमा कि अगाडि कि पछाडि पारेर हिँडिरहेको हुन्छ। अब उकालो लाग्नु पर्ने हुन्छ। विस्तार-विस्तार पाइला चाले पनि स्वासमा शरीरमा थकानको महसुस भइरहन्छ।
तर पनि चिसो चिसो हावामा हावाले मन्त्रमुग्ध पारिरहेको हुन्छ। यस्तै अरूमा पनि। यतिखेर सबैको मनमा आनन्दले उम· भइरहेको छ। लामो लामो स्वास प्रश्वासको अभ्यास गरी अगाडि बढिरहेको छ। वरपर पनि कोही योग गर्न पलेटी मारी बसिरहेका छन्। कोही शारीरिक व्यायाम गरिरहेका छन्। कोही ठूलो ठूलो आवाजमा एकोहोरो आवाज निकालिरहेका छन्। यतिखेर यहाँको वातावरण एकदम कस्तो कस्तो मनोरम देखिएको छ। सबैको मन परेको हुँदा होला दिउँसो बेलुका घुम्न आउने ठिटा ठिटीहरूले यस डाँडाको नाम लभ्ली हिल राखेका। बिहान घुम्न आउने हाम्रो लागि पनि प्यारो डाँडा हो नि। सहर बजार देखि यति नजिक भएर पनि होला। बिहान बेलुकी घुम्न आउनेको घुइँचो लाग्ने गरेको।
उत्सुकता साथ उक्लिरहेको पाइला भए पनि शरीरमा थकान महसुस भइरहेको छ। शरीरका लुगा पसिनै पसिना भइसकेको हुन्छ। यस्तै अरू पनि।डाँडाको थाप्लोमा फूर्ति नै अर्के भइसकेको छ। शहर बजारको होहल्ला, चाहिँदो नचाहिँदो क्रियाकलाप, प्रदूषण वातावरणबाट बचन स्वच्छ हावापानी, स्वस्थ वातावरणमा रमाउन पनि सबै दृष्टले लाभदायक नै लाग्छ। पोखरा उपत्यकाको चारैतिर जूनकिरीले छाप जस्तो रातका ताराहरू नै बास बसेजस्तो झिलीमिली बिजुली बत्ती बलिरहेको देख्दा मन त्यसै त्यसै मोहित भएको छन्। भावुक भइरहेको मन चारैतिरको दृश्यावलोकन गरी रहेको हुन्छ। यस्तै पूर्वतिर काहूँ डाँडामाथि उषाकालीनका अध्यारोलाई चिर्दै सूर्य उदाउन लागिरहेको छ। सप्त र·हरू देखि मन त्यसै त्यसै लहलहाउन थाल्छ। अझ सूर्यको किरण पहिलो झुम्का अन्नपूर्ण, माछापुच्छ्रेमाथि परेको दृश्यभ झन् रमाइलो लाग्न थाल्यो।
यस किसिमको दृश्यावलोकन सूर्योदय देख्न सक्ने स्थललाई काठमाडौंको गोदावरी पार्क, हेटौंडाको शहीद पार्कको रूप लिन सके पोखराका लागि अर्कै एउटा हेर्न लायक स्थल हुने थियो।
अरू विकासे बाटो हुँदै माथि उक्लनु पर्छ। रूखका पात लहराहरू लहराइएको देख्दा मन त्यसै त्यसे सलबलाउँछ। चराचुरुङ्गीहरूको चिरविर, कोइलीको मीठो आवाजले वातावरण नै स·ीतमय बनाएको हुन्छ। अगाडि बढिरहेका पाइलाहरू। जति अगाडि बढ्यो उति रमाइलो मनमोहक भएको अनुभव हुन थाल्छ। मेथलाङ र ग्यारजातिको बीचमा ठूला-ठूला विभिन्न आकारको चट्टान देख्दा रक्की गार्डेन देखेपछि भन्न मन लाग्छ। यहाँबाट पोखरा उपत्यका, फेवाताल र उत्तरतिरको हिमशिखर देख्न अवसर मिल्छ। यहाँ गाउँ साथ साथै दुर्इ वटा रिसोर्ट होटललाई व्यवस्थित रूपमा बनेको छ।
यसरी लभ्लीडाँडा बिहान बिहान घुम्नाले दिनभर स्फूर्ति हुने हुन्छ। आफ्नो शरीरलाई सन्तुलित व्यापाम हुने महसुस भइरहेको हुन्छ। र्फकंदै एउटा मित्रले सन्चै भनेको रहेछ, आफूले त अँ लभ्ली हिल घुमेर आएको भन्न पो पुगेछु।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
यसरी रित्तियो बक्राङ
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
मंसिर २२, २०८०पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०