बालबालिकाप्रति अभिभावकको भूमिका

drteknarayanpoudel डा. टेकनारायण पौडेल
चैत्र १८, २०७५

एउटा सफल अभिभावकको हैसियतले आफ्ना छोराछोरीका लागि पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावक नै हो।

बच्चा जन्मदा देखिनै उसलाई सिकाईने सबै खालका ज्ञानहरु बच्चाका लागि शिक्षा हुन्। बच्चाको सिकाइका लागि उसका अभिभावकहरु जब सहभागी हुन थाल्दछन तब बच्चाले ढुक्क सँग अध्ययन गर्न सक्छ अनि सिकाइ अझ राम्रो र प्रभावकारी हुन्छ। धेरै खोज अनुसन्धानले प्रमाणित गरिसकेको छ कि बच्चाको सफल सिकाइका लागि आमाबाबुको संलग्नता र उनीहरुसँग भएको शिक्षा र ज्ञानगुणका कुराहरु बच्चाका लागि फलदायी भएका छन्। आमाबाबु जति शिक्षित भएपनि बच्चाका लागि पर्याप्त समय र शैली उनीहरुका लागि उत्पादक हुनुपर्दछ वा प्रत्यक्ष बच्चासँगको संलग्नताले बच्चाको सिकाईमा सकारात्मक भूमिका निर्वाह गर्दछ। यहाँ बच्चालाई कसरी धेरै भन्दा धेरै तरीकाबाट सिकाइ कार्यमा अभिभावक सहयोगी हुनसक्दछन् भनेर केही तरीकाहरु प्रस्तुत गरिएको छ।

१. अभिभावकको शिक्षकसँग भेटघाट र सहकार्य

सफल सिकाईका लागि पहिलो शिक्षक शिक्षिका बाबुआमा र पहिलो पाठशाला घर भएतापनि बच्चाहरुको औपचारिक सिकाई शुरुवात विद्यालयबाट नै हुन्छ यसकारण बाबुनानीहरुका समग्रतालाई ख्याल गर्दै अभिभावक र शिक्षक बीचमा बच्चाको अध्ययनका लागि सहकार्य हुन जरुरी छ। यसमा केही महत्वपूर्ण तरीकाहरु :

अभिभावकले जब आफ्ना छोराछोरीको शैक्षिकसत्र शुरु हुन्छ तब जतिसक्दो चांडो आफ्ना छोराछोरीका शिक्षकलाई भेट्न जरुरी छ ताकि छोराछोरीको सिकाईमा अभिभावकले पनि सहकार्य गर्न खोजेको कुरा शिक्षकलाई थाहा होस्, बच्चाका समस्याहरुलाई समाधानका लागि शिक्षकसँग आफूपनि सहकार्य गर्न थालेको विषय वास्तवमा शिक्षकका लागि पनि ऊर्जा उत्पादन गर्ने माध्यम बन्न सक्छ। त्यस्तै बच्चाका सबै समस्याहरु सोझै विद्यालय, शिक्षक र अभिभावकलाई थाहा हुन्छ। कहिलेकाहीँ बच्चाका लागि केही महत्वपूर्ण सुझाव भएसम्म शिक्षकको सहज उपलब्धतालाई ख्याल राख्दै बच्चासँग कहिलेकाहीँ सँगै बसेर छलफल गर्ने वातवरण समेत सृजना गर्नु जरुरी हुन्छ।

२. नियमित शिक्षक– अभिभावक बैठकमा सहभागिता

हरेक विद्यालयले कम्तीमा एक शैक्षिक सत्रमा ३ ओटा संयुक्त बैठक गरेको हुन्छ, आफ्ना छोराछोरीको समुन्नत शैक्षिक भविष्यका लागि विद्यालयले नियमित रुपमा राख्ने त्यस्ता बैठकहरु, सभासम्मेलनहरुमा सहभागी हुँदा आफ्ना बाबुनानीहरुका साथै अन्य विद्यार्थीहरुका अभिभावकहरुसँग साक्षत्कार गर्ने मौका मिल्दछ, सिकाइका लागि नयाँ कुराहरु जानकारी हुनुका साथै विद्यालय र अभिभावक बीचमा राम्रो सम्बन्ध स्थापना हुन्छ कतिपय विद्यालयहरुमा नियमित रुपमा बैठकहरु भएको पाइँदैन भने कतिपय बैठक भएका वा बोलाइएका समयमा अभिभावकहरु उपस्थित नहुने गरेको पाईन्छ। नेपालको शिक्षाविकास अनि असल परिणामका लागि विद्यालयले नियमितरुपमा संयुक्त वैठकहरु हुनु जरुरी छ। संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा प्राय यस्ता खालका कार्यहरु कम भएको पाइन्छ। विद्यार्थीको क्षमता र सीपको पहिचान गराउने कार्य शिक्षक को हो त्यसको सही कार्यन्वयन गर्ने कार्यमा सहयोगी हुनु अभिभावकको दायित्व हो। जबसम्म अभिभावकले आफुले गरेको लगाानीको परिणामको खोजी गर्नुहुन्न तबसम्म शिक्षा र शिक्षण सफल अनि प्रभावकारी हुदैन।

३. बच्चाले कस्तो गरिरहेका छन् पत्ता लगाउनुहोस

तपाईले आफ्ना छोराछोरीले विद्यालयमा कस्तो गरिरहेका छन् भन्ने कुरा समयमा नै जानकारी लिनु जरुरी छ। अन्य बालबालिकाभन्दा तपाईका छोराछोरी किन र कुन कारणले सिक्न सकेनन् भन्ने कुराको जानकारी विद्यालय र शिक्षकबाट लिन सक्नुपर्दछ। आफ्ना छोराछोरीले विद्यालयमा के गरे भन्ने कुरा हरेक दिन उनीहरुबाटनै प्रत्यक्ष रुयमा सुन्ने बानी गर्नु र बच्चाका समस्या केही छन भने त्यसको उचित सम्बोधनका लागि कार्य गर्नु अभिभावकको दायित्व हो जसबाट सिकाई परिणाम अझ प्रभावकारी हुन्छ।

बालबालिकाका लागि कुनै विशेष पुरस्कार सेवा र आवश्यकता परेको खण्डमा बाबुआमाले सहयोगी भई कार्य सहज बनाउनु पर्दछ। बाबुनानीहरुलाई सिकाईका सन्दर्भमा समस्याहरु आउन सक्छन्। बाबुनानीहरुका कमजोरी र सबल पक्ष विद्यालयबाट थाहा पाउन जरुरी हुन्छ। साना – साना समस्याका कारण बालबालिकाले आफुलाई अन्य बच्चा भन्दा कमजोर अनुभूत गरेको हुन सक्छ यसकारण अभिभावकले त्यस्तो कुरालाई बेलैमा निराकरणका लागि तत्पर रहनु,सिकाईका क्रममा भाषिक समस्याहरु, उनीहरुका सामान्य आवश्यकताका शैक्षिक सामग्रीहरु आदिको बेलैमा समन्वय गरी विद्यालय शिक्षक सँग सहकार्य र सरसल्लाह बाट कार्य गर्न सकिन्छ।

कहिलेकाहीँ अभिभावकले आफ्ना छोराछोरीको दैनिक गृहकार्यहरुलाई अलि बढी र कडाईका साथ लिनु जरुरी छ यदि अभिभावकलाई शिक्षा महत्वपूर्ण वस्तु हो भन्ने लाग्दछ भने शिक्षा प्राप्तिको माार्गमा दैनिक गृहकार्य पनि महत्वपूर्ण हो भन्ने बुझने र त्यसको कार्यान्वयन गर्ने गर्नुपर्दछ। छोराछोरीका लागि दैनिक रुपमा बस्ने ठाँउ निश्चितता गराउने अध्ययन समय निश्चित गराउने, निश्चित समयमा उठाउने, सुताउने कार्य गर्न जरुरी छ।

अभिभावकले छोराछोरीहरुलाई दैनिक गृहकार्यका अतिरिक्त अन्य समसामायिक विषयहरुमा नियमित ज्ञान दिइराख्नुपर्दछ। कहिलेकाही अध्ययन गरिएका पाठहरुको घरमा परीक्षण गराउने र विद्यालयमा परीक्षाको लागि तयारी गराउनु पनि अभिभावको दायित्व हो। परीक्षालाई एउटा नियमित प्रकिक्रयाका रुपमा लिने र बालबालिकालाई पनि त्यही तरिकाले सिकाउनु पर्दछ।

बालबालिकाको सिकाईका लागि विद्यालयले केही अति आवश्यक वस्तुहरु माग गरेको हुनसक्छ त्यस्ता वस्तुहरु समयमा उपलब्ध गराउनु पर्दछ। साना कुराहरुका कारणले बच्चामा अन्य साथीको अगाडि मनोबवैज्ञानिक असर पर्न सक्ने कुरालाई अभिभावकले समयमा नै सोच्नु पर्दछ।

अभिभावकले आफ्ना छोराछोरीको सिकाईका लागि केही समस्याहरु हुनसक्छन त्यसको बारेमा विद्यालयमा शिक्षक तथा प्रधानाध्यापकसँग प्रश्न गर्नुपर्दछ। उनीहरुको मासिक प्रगति रिपोर्ट लिने, परीक्षाको नतिजाको समीक्षा गर्ने कार्य विद्यालय प्रशासनसँग गर्नु जरुरी छ।

अभिभावकका आफ्ना अधिकारहरु र कर्तव्यका बारेमा पनि सचेत हुनु पर्दछ। बालबालिकालाई उनीहरुको इच्छा विपरीत गरिएका वा आवश्यकता भन्दा बढी गरिएका कुनै कुराहरु बच्चा र अभिभावक दुबैका लागि प्रत्युत्पादक हुन सक्छन।

अभिभावकले जहिले पनि छोराछोरीको सिकाईका लागिसकारात्मक रुपमा प्रस्तुत हुनसक्नु पर्दछ। बच्चाले गरिरहेका सबै सकारात्मक प्रयासहरुको प्रशंसा गर्न चुक्नु हुदैन। कहिलेकाहीँ नराम्रो कार्य गरेको भए त्यस्ता कुरालाई पनि सकारात्मक तबरले बुझाउने कोशिश गर्दै अन्य समयमा त्यस्ता गल्ती नदोहोर्याउने गरी सिकाइ हुनुपर्दछ।

वर्तमान अवस्थामा बच्चाहरुले मोबाइल, टेलिभिजन जस्ता कुराहरुको अधिकतम प्रयोग गरेर समय बर्बाद गरिरहेका हुनसक्छन त्यस्ता विद्युतीय सामग्रीको प्रयोगका लागि कसरी काम गर्ने र कसरी प्रभावकारी सिकाई गराउने भन्ने कुरामा अभिभावक चनाखो हुनुपर्दछ। हरेक क्षण बाबुनानीलाई अध्ययन कार्यका निम्ति प्रेरित गराउनु पर्दछ, कहिलेकाहीँ समाजका सकारात्मक उदाहरणहरु प्रस्तुत गरेर उनीहरुलाई सकारात्मक ऊर्जा प्रदान गर्न सकिन्छ।

बालबालिकालाई विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला तथा अन्य रचनात्मक कृयाकलापहरुमा अधिकतम सहभागी गराउने कार्यमा अभिभावकले भूमिका खेल्न सक्नुपर्दछ। बढीभन्दा बढी समय बच्चाहरु सँग बसेर कुराकानी गर्ने,कथाहरु सुनाउन लगाउने धैर्यतापूर्वक सुन्नेगर्नु पर्दछ। आफ्ना छोराछोरीलाई जिम्मेवार नागरिक बन्न र आफ्ना साथीलाई सहयोग गर्न सिक्ने र सिकाउने, नैतिकवान, अनुशासित र सही संस्कार सिकाउनेकुराको शुरुआत घर अनि अभिभावकले नै हो यस तर्फ ध्यान दिए मात्र असल नागरिक, शिक्षित नागरिक बनाउन सकिन्छ।

अन्त्यमा अभिभावकले बच्चा ६ वर्ष हुँदासम्म असाध्यै माया ममता सहित संस्कार सिकाउन र ६ वर्ष देखि १५ वर्षसम्म कडा अनुशासन सहित असल संस्कार सहितको सिकाईमा सहयोग गर्ने १६ वर्षदेखि साथीको व्यवहार गर्दै उनीहरुका कार्यमा सहकार्य गर्नु नै असल अभिभावकको कर्तव्य र जिम्मेवारी हुनसक्छ त्यसबाट नै सही सिकाई हुनसक्छ।

(लेखक हिमालयन बोर्डिङ. स्कूलका प्रधानाध्यापक हुन्।सं.)

Related News

सम्बन्धित समाचार

    • उच्च आशा, कमजोर परिणाम

      ananda raj mulmi आनन्दराज मुल्मी फागुन १५, २०७७
      २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधान झण्डै ८ वर्ष समय २/२ वटा संविधान सभाको निर्वाचन अनि स्वभाविक…
    • ‘हिमालतिर’ विचरण गर्दा

      प्राडा नारायणप्रसाद खनाल प्राडा नारायणप्रसाद खनाल फागुन ८, २०७७
      फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…

    hero news full width