बालकथाः देशको माया

dineshbasnet दिनेश बस्नेत
माघ ११, २०७६

पिकनिकमा नरमाउने को होला ? सबैको मुहार चम्किलो थियो । पूर्णिमा र कोपिला खेलिरहेका थिए । ललिता, शिवजी र गोविन्द पुलाउ पकाउँदै थिए । कोही तरकारी काट्दै थिए । कोही नाचिरहेका थिए । कोही पाउरोटीमा जाम दलेर चियासँग खाँदै थिए । वातावरण सुन्दर थियो । वरिपरि हरियाली थियो । छहरा छङ्छङाईरहेको थियो । खोला बगिरहेको थियो । बीचमा हरियो चौर थियो । जुन पिकनिकको मुख्य थलो थियो ।
टोलीमा १२ जना थिए । पूर्णिमा, कोपिला, रोचक, गोविन्द, ईश्वर, ललिता, सुनयना, विपिन, कृपा, दीपा र शिवजी । सबै मिलेर तिहारमा देउसी–भैली खेलेका थिए । त्यसबाट जम्मा भएको पैसाले पिकनिक आयोजना गरेका थिए । साथीहरु एकै ठाउँमा जम्मा भएर नाचगान गर्दा, पकाएर खाँदा, खुशी लाग्नु स्वाभाविक थियो ।
तर रोचक बेखुसी थियो । ऊ खोलाछेउमा साना ढुंगा खोलामा फाल्दै बसिरहेको थियो । किन त्यसो गरेको स्वयं उसलाई थाहा थिएन । उसको मनमा निराशा र असन्तुष्टि थियो । कारण बाबा बेल्जियममा हुनुहुन्थ्यो । धेरै वर्ष बसेकाले ग्रिनकार्ड पाउनुभएको थियो । सधैँका लागि विदेश बस्न चाहनुहुन्थ्यो । कागजपत्र मिलाएर रोचकलाई लिन १ महिनापछि आउँदै हुनुहुन्थ्यो । त्यसैले ऊ विदेश जाने निश्चित थियो ।
रोचकको मनमा देशको माया औधि थियो । गाउँघरको माया थियो । साथीहरुको आत्मीयता र सम्झना थियो । तापनि विदेश नजाने निर्णय उसको बसमा थिएन । न ऊ बुबालाई सम्झाउन सक्थ्यो । विदेश जानुपर्ने क्षण सम्झेर तड्पिरहेको थियो । मानौँ ऊ खोलाको माछा हो र अहिले पानीबाहिर पाखामा छट्पटाइरहेछ । खोला किनारामा एक्लै बसेको रोचकको कसैलाई वास्ता थिएन् । सबै आफ्नै धुनमा थिए । गोविन्दको आखाँ त्यता पुग्यो । नजिकै गएर भन्यो, ‘ओई रोचक तँ के गरेर बसेको ? यही वर्ष त हो हामीसित रमाइलो, मज्जा गर्ने, अनि विदेश गइहाल्छस् । आइज नाचौँ ।’
रोचकले गोविन्दको मुहारमा पुलुक्क हे¥यो । गहभरि आँसु छचल्काएर खसाल्यो । गोविन्द अलमलियो । साथीहरुसँग हाँसेको, खेलको, हिँडेको, डुलेको, पढेको देउसी भैलोमा रमाएको सबै क्षण सम्झेर रोचकका आँखा आँसुले भरिए । स्वर्ग जस्तो वातावरण र रमाइला आफन्त छाड्ने दिन नजिकिइरहेको थियो । गोविन्दले विदेश जाने कुरा कोट्याएकाले उसले मन थाम्न सकेन । अनायास आँसु बगे ।
गोविन्दले भन्यो –‘के भयो, किन आँसु झारेको ?’कि सन्चो भएन ? ‘होइन, त्यत्तिकै,’ रोचकले गालासम्म बगेको आँसु पुछ्दै भन्यो । ‘त्यत्तिकै कहीँ आँसु खस्छ ? भन के भयो ?’ गोविन्दले भन्यो ।रोचक केही बोलेन । साथीको कुरा सुनेर उल्टै उसको मन झन भक्कानियो । आँखाबाट फेरि आँसु बग्न थाले । ‘भन के पीर प¥यो ? म तेरो साथी,’ गोविन्दले भन्यो, ‘म कुनै सल्लाह दिन सक्छु कि∕’
‘मलाई विदेश जान कत्ति मन छैन,’ रोचकले भन्यो, ‘जन्मभूमि र आफन्त सबैबाट अलग्गिएर संसारको अर्कै कुनै कुनामा गएर जीवन कैद गर्नु मलाई नर्क हो जस्तै लाग्दै छ ।’ गोविन्दले प्याच्च भन्यो – ‘विदेश जान पाउनु त भाग्य हो ।’ रोचकले भन्यो – ‘तैले अर्कै हिसावले बुझिस् । तँलाई के थाहा, आफु जन्मेहुर्केको र रमाएको मातृभूमि छोड्नुपर्दाको पीडा ?’ गोविन्द भन्यो, ‘नेपाल जस्तो देश छाड्नु प¥यो भनेर चिन्ता गर्छन् ? प्रदूषण, बेरोजगारी, महङ्गी समस्यै समस्या ∕’
‘नेपालजस्तो सुन्दर र रमाइलो देश कतै छैन होला,’ रोचकले भन्यो, ‘अमेरिका बसेको हिमेश अस्ति अनलाइनमा आएको थियो । उसले भन्दै थियो, विदेशमा बस्दा सधैँ टुहुरो अनुभव हुन्छ रे । मेसिनजस्तो जीवन रे ∕ केही तलमाथि पर्दा मायाले सुम्सुम्याउने कोही हुन्न रे ∕ मातृभूमिको सम्झनाले छट्टपट्टी भइरहन्छ रे ।’
गोविन्दलाई पनि मनमा चसक्क भयो । केही छिन् दुवै बोलेनन् । गोविन्दलाई रोचकको कुरा शतप्रतिशत जायज लाग्यो । उसको पीडा मर्मस्पर्शी लाग्यो तर उसले विदेश नजाने सल्लाह दिन सक्दैनथ्यो । रोचक भर्खर १४ वर्षको । बाबुकै भरमा बाँच्नुपर्ने । गोविन्दले सुम्झायो, ‘विदेशमा पढ्न् अनि नेपालै आउनु नि । विदेशमै बस्नु पो नराम्रो त । पढाइ सकेर फर्कदा भइहाल्छ नि । साथीहरुसँग नेट र फोनमा भेट भइहाल्छ ।’ केहीबेर सोचेर रोचकले सुस्केरा हाल्यो, ‘त्यसै गर्नुपर्ला । पढाइ सकेर नेपालै फर्कन्छु र देशको सेवा गर्छु ।’
गोविन्दले अरु साथीहरु भएको ठाउँमा जान आग्रह ग¥यो । रोचक गोविन्दको हात समाएर बिस्तारै उठ्यो । दुवैजना पिकनिक स्थलमा गए । गोविन्दले रोचकलाई नाच्न जिद्धि ग¥यो । मन नलागी नलागी रोचक नाच्यो । दीपाले ‘क्लिक्क’ फोटो खिची । सबैले पुलाउ, मासु, तरकारी र अचार मिठो मानी मानी खाए । आफूले खाएको भाँडा आफैँले माझे । अनि सबै एकै ठाउँमा बसे । सबै जना सन्तुष्ट थिए, रमाएका थिए । तर रोचकको मनमा केही निराशा थियो । अरु जसरी ऊ छ्याङ्ग खुशी हुन सकेन ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

नुवाकोट उपमहानगर भए वेस होला कि ?

समृद्ध नेपाल सुखी नेपालीः एक विश्लेषण

ओज हराएको सरकार र नूर गिरेको प्रतिपक्षी

समान व्यवहार

प्रमुख समाचार

सकियो नेकपा बैठक, गुटबन्दी अन्त्य गर्ने साझा संकल्प

थप प्रमुख समाचार