शुक्ला साहित्य समितिले २०७१ कात्तिक महिनामा बाग्लुङ बजारमा आयोजना गरेको कविता वाचन कार्यक्रममा यस पङ्क्तिकारलाई भाग लिने मौका मिल्यो। उक्त कविता सम्मेलनमा वाचन गरिएका कविताको शीर्षक दिइएको थियो- “धान झुलेको छ”। सम्पूर्ण सहभागीहरूले उक्त शीर्षक अन्तर्गत नै कविता लेखी वाचन गरेका थिए।
उक्त कार्यक्रममा केवल हर्ष र विस्मयादि मनोवेगका कविताहरू मात्र प्रस्तुत भएनन्, ती रचनाहरूले व्यापक विषयवस्तु र मनोभावना समेट्न पुगे। अधिकांश कविताहरू आत्मानुभूतिको स्वाभाविक प्रस्फुटनलाई तिखार्दै स्वर, लय र तालका साथ व्यक्त भए। फलतः कुनै रहस्यवादी, केही आदर्शवादी र थोरै यथार्थवादी देखा परे। यस बाहेक केही कविहरू थोरै रोमान्सवादी भएर पनि प्रस्तुत भए। अतः टिएस इलियटको “निवैयक्तिकताको सिद्धान्त” जो कविता साहित्यमा स्थापित छ, एक पटक यहाँ पुष्टि हुन पुग्यो। “मस्ितष्कको बादलमा ठक्कर लगाएर ठाउँ ठाउँमा बिजुली चम्काउँदै भावुक कवि आकाशमा दगुर्छन्। त्यसैले मस्त भएर रगमगिन्छन्” भन्ने बदरीनाथको भनाइ यहाँ पनि अनुभव गरियो।
पोखराको अर्मला फाँटमा उर्वर खेतियोग्य जमिन फाटेर खाडल परेको यथार्थ चित्रण कवितामा मार्मिक ढङ्गले प्रस्तुत गर्दै “कतै धान झुलेको छ, बैगुनी मन त्यसै कतै डुलेको छ” भनियो। अनि देशको परिस्थितिलाई बुभेmर “देश आज किन कुन्नि के मा भुलेको छ” भन्दै आफ्ना अनुभुतिलाई कवितामा राम्रोसँग अभिव्यक्त गरिएको थियो। विरोध र सहमतिका संवेगहरूको तीव्रतम् क्रिया-प्रतिक्रिया स्वरूप निस्िकएका भावनाहरू र कविहरूको घुमाउरो छन्द कविता पनि निकै रोचक थिए।
वि.सं. २०४५ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर, कवि शिरोमणि लेखनाथ पौडेलको शतवाषिर्की समारोहलाई स्मरण गर्दै पोखरा बाटुलेचौरमा शुक्ला साहित्य समिति स्थापना भएको हो। आफ्ना बहुआयामिक गतिविधि र सक्रिय क्रियाकलापले यसले आफूलाई एक विशिष्ट संस्थाको रूपमा उभ्याएको छ। अहिले धेरैजसो सङ्घ-संस्थाहरू विभिन्न राजनीतिक समूहमा विभाजित भई छुट्टाछुट्टै पहिचान लिएर हिँडेका अवस्था छ। तर यस संस्था कुनै गुट उपगुटमा नरहेर अनि तिक्त राजनीतिमा नमुछिएर एउटा सशक्त सांस्कृतिक सामाजिक अभियन्ताको रूपमा आफूलाई उभ्याएको छ। अचम्मको चलन छ, आजकल विभिन्न गुट उपगुट, वाद-उपवाद आदि आदिका नामले व्यक्ति र संस्था चिनिन थालेका छन्। त्यति मात्र नभएर स्थानीयता, क्षेत्रीयता आदिका समर्थकहरू देखा परी टुक्रा-टुक्रामा पनि बाँडिएका पाइन्छन्। अझ देशका अधिकांश बुद्धिजीवी, प्राज्ञिक व्यक्तित्व पनि परजीवी भई राजनीतिक समूह र वर्ग भित्रका गुट-उपगुटमा विभाजित छन्। हुनतः यी बुद्धिजीवी र प्राज्ञिकहरू कुनै राजनीतिक सिद्धान्त वा वर्ग समुदायप्रति चुनावी झुकाव, समर्थन वा प्रतिवद्धता कदापि राख्नै हुँदैन भन्ने होइन। उनीहरू पनि परिस्थिति निर्मित परिधिभित्र नै अट्नु परेको छ। तापनि यस प्रकारको स्थितिले प्रकारान्तरमा अझ मौजुदा सामाजिक विषम अवस्थाका विभेदलाई ऊर्जा मिल्ने गर्दछ। हुनुपर्ने के हो भने, बुद्धिजीवी, प्राज्ञिकहरू सवप्रथम त विषयगत रूपले पार·त भएका कारण सामाजिक, सांस्कृतिक र समग्र समाज कल्याणका पक्षमा राष्ट्रिय र मानवीय संवेदनालाई छोएर स्वाभिमानका साथ निष्पक्ष रूपमा उभिनुपर्छ। जतिसुकै कटु भए पनि यथार्थलाई स्वीकार गर्नुपर्छ। राष्ट्रिय हितलाई सवोपरि राखेर कुनै पनि बाहृय शक्तिको हतियार नबनेर समग्र नेपालीको हितका खातिर अमूल्य योगदान दिनुपर्छ।
हामीले भोग्दै आएको अस्थिर राजनीति, निर्ण प्रक्रियामा हुने ढिलाइ, सत्ता स्वार्थको चरम दलीय अराजकता, छलछाम, सौदाबाजी र तिकडममा अल्भिmएर जनतालाई यथास्थितिमा राख्ने, वाक्क र अशान्त पार्ने जस्ता परिस्थिति पनि आजका तीतो यथार्थ हुन्। यसमा पनि यहाँका बुद्धिजीवीहरूको सोचले कुनै काम नगरेको देख्दा दुःख लाग्नु स्वाभाविकै हो। यहाँका व्यक्ति, सङ्घ-संस्थाहरू, राजनीतिक नेता आदिका द्वैध चरित्र, असङ्गतिहरू र विरोधाभासहरूको सामना गर्ने क्रममा बडो बुद्धिमानीपूर्वक आ-आफ्ना अनुकूलका क्रियाकलाप जनतामाझ लगेर हरेक बुद्धिजीवीले निरन्तर सक्रिय भूमिका खेल्नुपर्दछ। बुद्धिजीवी संलग्न संस्थाका सदस्यहरूबीच पनि एक आपसमा घनिष्ठता र लक्ष्यमा पुग्नको लागि तार्किक गति हुनुपर्दछ। यहाँ चाहिँ शुक्ला साहित्य समितिले सर्वथा भिन्दै महत्वपूर्ण भूमिका खेलेको देखा पर्यो। समितिको भूमिकाबारे नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त भन्छन्, “शुक्ला साहित्य समितिले निरन्तर रूपमा विविध सांस्कृतिक क्रियाकलाप गर्दै आएको छ। साथै राष्ट्रिय वाङ्मय क्षेत्रका प्रतिभाहरूलाई परिचित गराउन प्रोत्साहित गर्न यस समितिले सर्वाधिक महत्वपूर्ण भूमिका खेलेको छ” (सेतीको लहर, २०७१)। लामाचौरका प्रतिभाशाली साहित्यिक व्यक्ति सुरेन्द्रमानसिंह भण्डारीको भनाइअनुसार “स्थापनाकालदेखि आज पर्यन्त लोक सम्पदा संरक्षण सहित नवोदित प्रतिभालाई यथोचित अवसर प्रदान गरी साहित्यानुरागीमाझ निरन्तर सक्रिय भूमिका निर्वाह गर्न सफल यस संस्था मोफसलमा रहेर साहित्यिक जमघट गर्ने जीवन्त संस्था हो”(सेतीको लहर, २०७१)।
समितिका गतिविधिबारे प्रकाश पार्दै यस संस्थाका पूर्व अध्यक्ष नेत्रबहादुर बानियाँ भन्छन्, “शुक्ला साहित्य समितिले विभिन्न कार्यक्रमअन्तर्गत राष्ट्रिय पुरस्कार स्थापना, वाषिर्क रूपमा श्री कृष्ण भजन प्रतियोगिता, विद्यालय स्तरीय कविता प्रतियोगिता, लोकगीत प्रतियोगिता, द्वैमासिक साहित्यिक शृङ्खला अन्तर्गत कविता वाचनलाई निरन्तर सञ्चालन गर्दै आइरहेको छ” (सेतीको लहर, २०७१)।
बहु-आयामिक, साहित्यिक, सामाजिक, सांस्कृतिक विकास, विस्तारका गतिविधिमा पच्चीस वर्षदेखि निरन्तर लागिरहेको यो संस्थाको काम हामी सबैको लागि स्तुत्य विषय हो। बाग्लुङमा हालै सम्पन्न कविता वाचन कार्यक्रममा अको प्रमुख आकर्षणको प्रस्तुति थियो लोक भजन। शुक्ला साहित्य समितिको प्रत्येक कार्यक्रमका शृङ्खलाहरूमा लोक भजनको प्रस्तुति एउटा निजत्व मौलिक संस्कृतिको रूपमा विकसित भइसकेको रहेछ। लोक विधा अन्तर्गत पर्ने, अधिकांश ग्रामीण भेगका प्रचलित सवोर्च्चानन्द मनोहारी आकर्षणको रूपमा कर्णप्रय रहेको लोक भजनको संरक्षण र सर्म्वर्द्धनमा पनि यस समितिले महत्वपूर्ण पाइला चालेको छ। वास्तवमा देवी-देवताप्रति समर्पित बनी महिमा गाइने कोमल मनोभावनाका लयात्मक अभिव्यक्ति हुन् भजन। यी विशेषगरी जात्रा, मेला, पर्व तथा शुभ कार्यमा भगवान्को उपासना वा स्तुति गर्ने क्रममा गाउने गरिन्छ। यस समितिले आध्यात्मिक जागरणको माध्यमबाट प्रत्येक जनसमुदाय सचेत होऊन्, समाजमा शान्ति स्थापना होस्, भन्ने उद्देश्यसहित लोक भजनलाई अघि सारेको छ। हुन पनि यस सांस्कृतिक सम्पदा हाम्रा पूर्खाहरूले समय र समाज सापेक्ष आजेर छोडेका छन्। समाजको पहिचान झल्काउने ऐना बनेका यी संस्कृतिको जगेर्ना गर्ने प्रवृत्तिलाई अभियानकै रूप दिएर बचाउन जरूरी छ। यस्तै अभ्रि्राय त्यस समारोहमा उपस्थित बाग्लुङ निवासी प्राज्ञ प्रेम छोटाको पनि भएको पाइयो। उनले आफ्नो मन्तव्यको क्रममा लोक भजन र कविता वाचनलाई अझ व्यापकता प्रदान गर्नुपर्ने विचार व्यक्त गरेे। बाग्लुङकै स्थानीय समाजसेवी एवम् साहित्यिक व्यक्तित्व डा. दिलबहादुर थापाले शुक्ला साहित्य समितिले सिर्जनशील नेतृत्व प्रदान गर्दै जाओस् भन्ने शुभकामना दिएका थिए। बाग्लुङ क्याम्पसका पूर्व प्रमुख रामप्रसाद उपाध्यायका अनुसार उक्त कार्यक्रममा समसामयिक शीर्षकभित्र रहेर वाचन गरिएका केही कविताहरू चिन्तनको उचाइमा पुगेको हुनाले सुन्दर थिए।
यसरी हामी अनुभव गर्छौ, हामीसँग आफ्नै लोक संस्कृतिको सर्वव्यापकता, अनि आफ्नै सामाजिक, दार्शनिक, धार्मिक अवधारणाहरूले सुसज्जित एक सूत्रमा गाँसिएको सबल सक्षम समाज छ। आफ्नो लोक साहित्य र लोक संस्कृति जोगाउँदै तिनको समुचित समृद्धिमा कार्यरत विभिन्न सङ्घसंस्था र प्रतिभाहरूको प्रशंसनीय योगदानको मधुरम सुवासले सम्पूर्ण जगत पवित्र भएको छ। यसै गर्नु शुभ छ, यसैको निरन्तरता होस्।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०