क. प्राकृतिक क्षय, साझा चिन्तन
ख. प्रकृति स्वयं विभिन्न तत्त्वबाट बनेको एक सार्वभौम शक्ति सम्पन्न संयुक्त स्वरूप हो। विभिन्न विरुवा, जीव, जन्तु तथा सम्पूर्ण सजीव प्राणीको लागि आवश्यक सम्पूर्ण तत्त्व प्रकृतिमा प्राप्त छ। मानवीय गतिविधिबिना नै ज·लमा विभिन्न जातका बोट विरुवा र प्राणीहरू स्वस्फूतरूपमा अस्तित्त्वमा छन्। जङ्गलमा विभिन्न किसिमका विरुवाका भागको जीवित तथा मृत अवस्थाका रूप स्वतः चक्रिय रूपमा आ-आफ्नो अस्तित्त्व बचाउन सक्षम छन्। रूखबाट झरेका विरुवाका पातहरूले माटोमा निर्माण गरेको ह्युमसले बोट विरुवाका लागि मित्रजीवहरूलाई आश्रय स्थान प्रदान गर्दछन् । आकाशबाट परेको पानी विरुवाले माटोमा लामो समय सम्मा सञ्चित गर्न सक्ने क्षमता भएकोले नै ज·लमा अतिरिक्त सिँचाईंको आवश्यकता नपरेको हो।
माटोमा निर्मित ह्युमसले विरुवाका लागि पौष्टिक तत्त्व प्रदान गर्दछ। प्राचीनकालदेखि नै मानव अस्तित्त्व केवल वनस्पति र अन्य प्राणीको सहयोगमा सम्भव हुँदै आएको छ। सङ्ख्यात्मक रूपमा पालिने घर पालुवा जनवार केवल मासु र दूधको लागि मात्र सीमित थिएनन्। घर पालुवा जनवारको गोठहरू एक स्थानबाट अको स्थानमा आफूसँगै लैजाने प्रक्रियाले कृषि भूमिलाई आवश्यक पर्ने पौष्टिक प्राङ्गारिक खाद्य तत्त्व आपूर्र्ति गर्दथे। विस्तारै गाई वस्तुको गोबर कृषि भूमिमा प्रयोग हुँदै आयो। गाई वस्तुको गोबरले प्राकृतिक रूपमा माटोलाई आवश्यक पर्ने मित्रजीवहरूको प्राण बचाउथे र कृषि भूमि मरुभूमि बन्नबाट बच्न सम्भव भएको थियो।
मानव समाज आदिम युगबाट जब विस्तारै पूँजीको युगतर्फ लाग्यो तव औद्योगिक क्रान्तिको ढोका ख्ाोल्यो। छिटो तथा सरल प्रविधिहरूको आविष्कार हुन थाल्यो। बढ्दो औद्योगिकरणले प्राकृतिक सन्तुलन मात्र बिगारेन यसले ठूलो सङ्ख्यामा रहेको कृषि जनशक्तिलाई कृषि क्षेत्रबाटै विस्थापित गर्यो। सहरीकरणको प्रादुर्भावले कृषियोग्य भूमिहरू ठूला, सहर, उद्योग तथा कलकारखानामा परिणत भए। यो एक ढ·ले विकासको सकरात्मक पक्ष थियो भने अशिक्षित र विपन्न मानव समूह मात्र कृषि क्षेत्रमा सीमित हुन पुग्नु नकारात्मक पक्ष रह्यो। उद्योगधन्दा तथा कलकारखानाबाटा सरल र सहज रूपमा रासयनिक मल कृषि यन्त्रहरू र विषादीहरू कृषकबीच आपूर्र्ति हुन थाले। कृषकहरू सरल प्रविधि तथा बढी फाइदाका लागि यी सामग्री प्रयोग गर्न थाले। सुरुमा यसले परिमाणात्मक रूपमा भएको उत्पादन वृद्धिले कृषकहरूलाई उत्साहित बनायो तर विस्तारै कृषि क्षेत्रमा ह्रासोन्मुख प्रतिफलको नियम लागू हुन थाल्यो। परिमाात्मक रूपमा अझै बढी फाइदा लिने आशामा कृषकहरूले अन्धाधुन्द रासायनिक मल तथा विषादीको प्रयोग गर्न थाले तर लगानीको अनुपातमा प्रतिफल घट्दै गयो।
निरन्तर रूपमा कृषि उपजलाई सन्तुलनमा राख्नका लागि कृषकले गरेका लगानी हिसाब गर्न छोडे र आम्दानीको मात्र पछि लाग्न थाल्ो। यसले रासायनिक उद्योग तथा विषादी उत्पादक कम्पनी सम्पन्न बन्दै गए। उनीहरूले यसबाट हुने मानवीय, प्राकृतिक, जैविक रूपमा पुग्ने हानी बारे सोच्न पनि आवश्यक ठानेनन्। अत्याधिक रूपमा प्रयोग गरिएको रासायनिक र विषादीले प्राकृतिक ह्युमस नष्ट हुँदै गयो। र मित्रजीवहरूको अस्तित्त्व सड्ढटमा पर्न थाल्यो। फलस्वरूप वातावरणीय विनाश, मौसम परिवर्तन तथा पृथ्वीको तापमान वृद्धि जस्ता मानवीय अस्तित्त्वलाई खतरा पुग्ने त्रासादीयुक्त खतराबाट आज विश्व र हामी नेपालीहरू पनि गुज्रिरहेका छौं।
ग. समाधान कसरी ?
घ.
हामीलाई थाहा छ। विरुवाले खाना प्रकाश संश्लेषण प्रक्रियाद्वारा पातमा बनाउँछ यसका लागि हावा पानी र सूर्यको प्रकाश आवश्यक पर्दछ। विरुवाले आफूलाई चाहिने ९७.५ प्रतिशत खाना यसको माध्यमद्वारा आपूर्र्ति गर्दछ। बाँकी २.५ प्रतिशत खाना जमिनबाट ह्युमसको माध्यमद्वारा पौष्टिक तत्त्वको रूपमा प्राप्त गर्दछ। विरुवालाई आवश्यक पर्ने नाईट्रोजन वातावरणमा नै पर्याप्त छ जुन अन्य तत्त्वभन्दा बढी अर्थात ७८ प्रतिशत छ। यसरी हेर्दा उत्पादनका लागि हालसम्म भएको मानवीय गतिविधि केवल गतिरोधको रूपमा सावित भएको छ। माथि नै भनिसकियो कि ह्युमसले मित्र जीवहरूलाई प्रदान गरेका आश्रय लाई रासायनिक मल र विषादीले नष्ट गर्दै लगेको छ। मित्र जीवहरू हाम्रा लागि यस्ता कामदार हुन् जो बिना तलब सुविधा हाम्रा लागि अहोरात्र खटिरहन्छन्। उनीहरूको सुरक्षा गर्ने दायित्व हामीले पूरा गर्ने हो भने मात्र पनि मानव अस्तित्त्वमाथि पर्दै गएको सड्ढट न्यून गर्दै लान सकिनेछ। असीमित रूपमा माटोमा रहेका मित्र जीवहरूको निरन्तर कार्यले विरुवालाई जरा विस्तारका लागि आवश्यक वातावरण बनाउछ। यहाँ सम्झनुपर्ने कुरा के छ भने माटोको कणबीचको भाग जसलाई वाफासा भनिन्छ, जुन हावाद्वारा भरिएको हुनुपर्दछ। यदि यो भाग टालिन पुग्यो भने माटोले सञ्चित गर्न सक्ने चिसोपना र विरुवाले जरा विस्तार गर्न सक्ने अवस्थामा पूर्णविराम लाग्नेछ।
ग. कार्यक्रमको औचित्य
गणतन्त्र नेपालको स्थापना सँगसँगै प्रस्फुटित आम नेपाली नागरिकको उत्साहलाई निरन्तरता दिन सकेमा मात्र शहीदहरूको सपना साकार भएको मान्न सकिनेछ। देशमा बढदो बेरोजगारी सङ्ख्या, दैनिक लाखौंको सङ्ख्यामा विदेशिने युवाहरूको लहर तथा खाद्यान्न र अन्य अत्यावश्यकीय वस्तुहरूको बढ्दो आयातले देशको भविष्य नै अन्धकारतर्फ धकेलिँदै छ। मुलुकको कुल जनसङ्ख्यामध्येको ९५ प्रतिशतमा रहेको कृषकहरूको सङ्ख्या घटेर हाल ६५.७० प्रतिशतमा र्झनु र खाद्य सड्ढटलाई न्यून गर्न ठूलो परिमाणमा खाद्यान्न आयात गर्न पर्नु अर्काे बिडम्बनाको विषय हो।
नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. अर्थात १,४७,१८,१०० हेक्टर रहेको छ। जसमध्ये हिमाली क्षेत्र ३५ प्रतिशत, पहाडी क्षेत्र ४२ प्रतिशत र तराई क्षेत्र २३ प्रतिशत छ। यसमध्ये ज·लले ढाकिएको जमिन २९ प्रतिशत, चरन तथा घाँसे मैदान १२ प्रतिशत, नदी खोला नाला ताल तलैयाले ढाकेको जमिन करिब २.६० प्रतिशत र अन्य १७.८० प्रतिशत रहेको छ र कृषियोग्य भूमि ४१,२१,००० हेक्टर अर्थात २८ प्रतिशत रहेको छ जसमध्ये अहिलेसम्म कृषियोग्य भूमिको करिब ७५ प्रतिशत अर्थात ३०,९१,००० हेक्टरमा मात्र खेती गरिएको छ। यसरी हेर्दा नदी कटानको क्षेत्र, बुट्टयानको क्षेत्र, चरन र घाँसे मैदानको क्षेत्र र पठार क्षेत्रलाई उकास र विकास गरी कृषियोग्य भूमिलाई ४९.०६ प्रतिशत पुर्याउन सकिन्छ।
कृषि उत्पादन गरिएको करिब ३१ लाख हेक्टरमध्ये करिब २३ लाख हेक्टर भूमिमा परम्परागत निर्वाहमुखि खेती पद्धति कायम छ। कुल कृषि भूमिमध्ये २९.७८ प्रतिशतमा सिँचार्इं सुविधा छ। २४.२९ प्रतिशत भूमिमा वर्षा याममा मात्र सिँचाईं गर्न सकिने अवस्था रहेको छ। बाँकी ४५.९३ प्रतिशत भूमिमा सिँचाईंको सुविधा पुगेको छैन। भरपर्दाे सिँचाईं हुन सक्ने क्षेत्रलाई छोड्दा ७०.२२ प्रतिशत भूमि अझै पनि आकासे पानीमा निर्भर छ। अहिले हामीलाई करिब ३ लाख २६ हजार मे.टन खाद्यान्नको अपुग रहेको छ। ९ :इब्ऋ, ब्नचष्-द्यगकष्लभकक उचomयतष्यल बलम कतबतष्कतष्अक मष्खष्कष्यल द्दण्ज्ञण् ०
घ. कृषि उत्पादनमा उल्लेखनीय वृद्धि, कसरी ?
निश्चय नै घर पालुवा वस्तुभाउ पाल्ने काम अत्यन्त व्यस्त र कठिन कार्य हो। किनकी यसले निरन्तर रेखदेख र सेवा चाहन्छ। उर्बरमाटो निर्माणका लागि गोबर अति आवश्यक छ। विरुवाहरूको लागि आवश्यक पर्ने पौष्टिक तत्त्व यसैबाट प्राप्त गर्न सक्छ। माटोमा रहने मित्र जीवहरूको लागि अत्यन्त मन पर्ने खाना गोबर नै हो। खुल्ला रूपमा फालिएको गोबरलाई चारपाँच दिन पछि हेर्दा त्यो खोक्रो भइसकेको हुन्छ। र त्यसलाई पल्टाएर हेर्दा तिनचारवटा प्वालहरू देख्न सकिन्छ। मित्र जीवहरूका लागि माटो अत्यन्त उपयुक्त बासस्थान हो यदि हामीले त्यो प्वाल भएको ठाउँमा खन्यौ भने पाँच मिटर गहिराईसम्म विभिन्न थरिका जीवहरू देख्न सकिन्छ। तिनीहरू गोवरको बास्नाका कारण जमिनमाथि आइपुग्छन् र बिष्टा गर्छन्। मित्र किराहरूको बिष्टा विरुवाहरूका लागि अत्यन्त पौष्टिक हुन्छन्।
वर्षायाममा परेको पानी पाँच मिटर गहिराईसम्म सञ्चित गरि राख्ने काम मित्र जीवहरूले गर्दछन्। जब मानिसले रासायनिक मल र विषादी प्रयोग गर्न थाले, यी मित्र जीवहरू आफ्नो अस्तृत्वको निम्ति धेरै गहिराईसम्म पुग्न थाले र गोवरको बास्नाको अभावमा ती जमिनमाथि आउन छाडे। जमिनमा रहेका ति छ्रि्रहरू विस्तारै टालिन पुगे र आकाशबाट परेको पानी प्लाष्टिकमा झैं बगेर गए। यसले माटो बन्जर बनाउँदै लग्यो। र सूर्यको किरणले माटोलाइ सुख्खा बनाउँदै लगे। अकोर्तर्फ बढ्दो जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यतत्त्वको आपूर्र्ति सड्ढटमा पर्दै जाँदा अन्य त्रासदीयुक्त विकल्पहरूको आविष्कार हुँदै गयो। औद्योगिकरणबाट बढ्दो धुवाँ धुलोले उत्पादन गरेको कार्वनले वातावरण ढाक्न थाल्यो। एकातर्फ जमिन वन्जर र कडा बन्दै जाँदा वनस्पतिहरू फस्टाउन सकेनन् भने अकोर्तर्फ विषादी र रासायनिक मलको अत्याधिक प्रयोग बढ्दै जाँदा वनस्पतिहरूले कार्वन खपत गर्न सक्ने क्षमता ह्रास हुँदै गयो यसरी दिन प्रति दिन मानव अस्तित्त्व सड्ढटमा पर्दै जाँदा पनि आज विश्व यसप्रति यथोचित संवेदनशील हुन सकेको छैन।
ङ.बहुप्राकृतिक कृषि
कृषि क्षेत्रमा अबलम्बन गरिएको वर्तमान रासायनिक खेती प्रणाली आज भन्दा करीब ४५ वर्षअघि हरित क्रान्तिको नाममा नेपाल प्रवेश गरेको हो। जसले सुरु-सुरुमा केही राहत दिन सफल भए पनि व्यवसायिक खेतीको रूपमा एकै प्रकारका बालीहरू लगाउने पद्धतिले उक्त बालीलाई अत्याधिक मन पराउने किराहरूको सामूहिक आक्रमणबाट बच्न ठूलो परिमाणमा विषादीको खपत पनि बढ्दै गयो। अकोर्तर्फ रासायनिक खेतीमा ह्रासोन्मुख प्रतिफलको नियम लागू हुने हुँदा कृषकको लागत खर्च वृद्धि भई अपेक्षित आम्दानी हुन नसकिरहेको र माटोको उर्वरा शक्ति क्षीण हुँदै जाँदा कृषि भूमि नै मरुभूमिमा परिणत हुने खतरा बढ्दै गइरहेको वर्तमान परिप्रेक्षमा नयाँ कृषि पद्धतिको खोजीको परिणाम स्वरूप बहुप्राकृतिक कृषि प्रणालीको प्रादुर्भाव भएको हो। यो जिरो बजेट प्राकृतिक खेतीको अवधारणामा आधारित रहेको छ। जिरो बजेट प्राकृतिक खेती भन्नाले मुख्य बालीमा लागेको सम्पूर्ण लागत खर्च सहायक बालीबाट भएको आम्दानीद्वारा मूख्य बाली र सहायक बाली दुवैको लागत खर्च शून्य बनाउनु हो। प्राकृतिक तरिकाले खाद्य तथा तरकारी बालीहरूको सन्तुलन हुनेगरी मिश्रति बालीको रूपमा जिरो बजेट प्राकृतिक खेतीको अवधारणा उपयोग गरी व्यवस्थापन गर्ने कृषि प्रणालीलाई बहुप्राकृतिक कृषि प्रणाली भनिन्छ। जिरो बजेट प्राकृतिक खेतीमा आधारित बहुप्राकृतिक कृषि प्रणालीको अभ्यास सिन्धुपालचोक जिल्लाको क्षेत्र नं. १ अन्तर्गतका १० गाविसमा विगत ३ वर्षदेखि अभ्यासमा रही आएको छ।
बहुप्राकृतिक कृषि प्रणालीका विशेषताहरू :
१.यस पद्धतिमा एकै प्लट तथा गरामा खाद्यबाली, गेडागुडी तथा हरियो तरकारी गरी १० किसिमका बाली व्यवस्थापन गर्न सकिने छ।
२.गाईको मल मुत्र र अन्य स्थानीय स्रोत साधनको उपयोग गरी बिजामृत, जीवामृत, मल्चिङ र वाफसा गरी ४ पद्धतिको अबलम्बन गरिने छ।
३.यस पद्धतिबाट वाषिर्क उत्पादनलाई रकममान्तर गर्दा तुलनात्मक रूपमा पहिलो वर्षबाटै १० गुना उत्पादन वृद्धि हुनेछ।
४.यस पद्धतिमा अरु पद्घतिको जस्तै नियमित सिँचाईंको आवश्यकता पर्दैन।
५.माटोमा रहेका सम्पूर्ण तत्त्वहरू विरुवाको शाखा जरामार्फत पातमा प्रकाश संश्लेषण प्रक्रियाका लागि आवश्यक पर्ने क्लोरोफिल निर्माणको लागि सहज आपूर्र्ति हुनेछ।
६.एकै प्लटमा १० किसिमका बाली व्यवस्थापन गरिने हुँदा विषादिको जरुरत अत्यन्त न्यून पर्ने छ।
७.माटोमा रहेका सम्पूर्ण तत्त्व विरुवाले लिनसक्ने पद्धति भएकोले पहिलो वर्षबाटै रसायनिक मल र विषादि पूर्णरूपमा हटाउन सकिनेछ।
८.यस पद्धतिमा पहिलो वर्ष लगाइएको बाली व्यवस्थापन गर्दा दोस्रो तेस्रो वर्षदेखि पुनः बाली लगाउने झन्झट पर्दैन।
९.यसमा नियमित गोडमेल र खनजोत कम आवश्यक पर्ने भएकोले श्रम लगानी न्यून हुनेछ।
१०.यस पद्धतिबाट उत्पादित वस्तुहरू पूर्णरूपमा जैविक ९इचनबलष्अ० हुनेछन्।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१