बहुभाषा, बहुभेष, हाम्रो राष्ट्र, नेपाल देश

आदर्श समाज सम्वाददाता
पौष ३, २०७२

नेपालको संविधान-२०७२ ले नेपालको विविधतालाई समेटने मार्ग प्रशस्त गरेको छ। संविधानको प्रस्तावनामै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ। नेपालको भौगौलिक अवस्था र यसको विषेशता पनि फरक-फरक खालको छ। यही भौगोलिक विविधतामा रहेको नेपाल आज पर्यन्त एक अविभाज्य र्सार्वभौम राष्ट्रका रुपमा रहँदै आएको छ। नेपाल भौगोलिकरुपमा सानो भएता पनि यो विशिष्ट पहिचान भएको एक स्वाधीन राष्ट्र हो। त्यसो त यो देश भूपरिवेष्ठित, हिमाल, पहाड मधेस तराई भएको छ। यसका दुर्इ छिमेकी भारत र चीन छन्। नेपाल विविधतापूर्ण भौगोलिक विषेशता युक्त स्वतन्त्र, अटल एवं अखण्ड राष्ट्र हो।

वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालको जनसङ्ख्या दुर्इ करोड ६४ लाख ९४ हजार पाँच सय चार छ। यसमध्ये पुरुषको संख्या एक करोड २८ लाख ४९ हजार ४१ छ भने महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार चार सय ६३ छ। भौगोलिक अवस्थितिमा नेपाल २६ ड्रि्री २२ मिनेट उत्तरदेखि ३० ड्रि्री २७ मिनेट उत्तर अक्षांश र ८० ड्रि्री ४ मिनेट पूर्वदेखि ८८ ड्रि्री १२ मिनेट पूर्र्वी देशान्तरभित्र छ। त्यसैगरी, मकर रेखाभन्दा उत्तरतिरको समशीतोष्ण भूभागसम्म पूर्व पश्चिम करिव आठ सय ८५ किमी र उत्तर दक्षिण एक सय ९३ किमी क्षेत्रमा करिव एक लाख ४७ हजार एक सय ८१ वर्ग किमीमा नेपाल फैलिएको छ। नेपालले पृथ्वीको कूल भूमिको ०.०३ प्रतिशत र एसियाको कूल भूमिको ०.३ प्रतिशत भाग ओगटेको छ। भौगोलिक अवस्थाको आधारमा नेपाललाई सामान्यता तीन भाग हिमाल, पाहाड, तराई क्षेत्र -समतल भूमिमा बाँड्न सकिन्छ। धरातलीयरुपमा सबैभन्दा होचो भाग यस राष्ट्रमा समुद्र सतहबाट करिव ७० मिटरमा अवस्थित झापाको कचनाकलन हो। त्यसैगरी, नेपालको र संसारको सवोर्च्च स्थल समुद्र सतहबाट आठ हजार आठ सय ४८ मिटरको उचाइमा रहेको सगरमाथा यहीँ छ।

नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्ध्रि्रति आस्थावान् रही एकताको सूत्रमा आवद्ध नेपाली जनता अत्यन्त मिहनती, अनुशासित र उदार छन्। अतिथिलाई सत्कार गर्ने नेपाली जनताको संस्कृत्रि्रति स्वदेशीमात्र होइन यसबाट विदेशीसमेत प्रभावित रहेको पाउन सकिन्छ। नेपालका उपेक्षित, उत्पीडित र दलित वर्ग तथा तीनको उत्थानसम्बन्धी राज्यलेे व्यवस्था गरेको छ। नेपालको वर्गीय, जातीय, भाषिक, लै·कि, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्दै महिला, दलित, आदिवासी/जनजाति, मधेसी, उत्पीडित समुदाय र पिछडिएका समुदाय, क्षेत्रका समस्यालाई सम्बोधन गर्न संविधानले नै व्यवस्था गरेको छ। राज्यको समावेशी प्रणाली, वसोवास, रहनसहन र भेषभूषा नेपालको धरातलीय विविधता र हावापानीको विविधताबीच गहिरो र सीधा सम्बन्ध छ। धरातलीय विविधता र हावापानीको विविधताका कारण नै त्यहँा बस्ने मानिसको वसोवास, रहनसहन र भेषभूषामा पनि विविधता छ।

नेपालमा भौगोलिक, जातीय, भाषिक तथा साँस्कृतिक विविधता स्पष्ट देख्न पाइन्छ। यसर्थ, नेपाल बहुजातीय र बहुभाषिक देश हो। भाषिकरुपमा एक सय २३ र जातजातिको संख्या एक सय २५ थरीका मानिस यहाँ बस्छन्। यिनीहरूको मातृभाषा आ-आफ्नै छन्। यहाँ धेरै धर्म मान्ने मानिस बस्छन्। हिन्दू धर्म मान्ने मानिसहरू शिव, दुर्गा आदिको पूजा गर्छन्। इस्लाम धर्म मान्नेहरूलेर्र् इश्वरलाई अल्लाह भन्दछन्। इर्साई धर्म मान्नेहरू चर्चमा गएर क्राइस्टको प्रार्थना गर्दछन्। किराँत धर्म मान्नेहरू पारूहाङ र सुङनिमा -सुम्निमा)लाई मान्दछन्।

नेपाल संस्कृतिमा धनी राष्ट्रमा पर्दछ। बहुभाषी, बहुजाति र बहुधर्मका मानिसका आ-आफ्नै भेषभूषा र संस्कृति छन्। व्यक्तिबाट परिवार, परिवारबाट समाज अनि यही समाजबाट राष्ट्र बनेको हुन्छ। समाजभित्र विभिन्न धर्म, पेसा, जातजाति, संस्कृति, भाषाभाषी, भेषभुषा, खानपान, रहनसहन, चाड, उत्सव आदि भएका मानिस बसोबास गर्दछन्। यसैअनुरूप समाजमा विभिन्न गतिविधि हुने गर्दछन्। समाजमा हुने विभिन्न राजनीतिक, धार्मिक, आर्थिक, साँस्कृतिक गतिविधिदेखि लिएर ज्ञान-विज्ञान, साहित्य, कला, मनोरञ्जन आदि नेपालको सामाजिक जीवन तथा संस्कृति छ। यी सम्पूर्ण गतिविधि राष्ट्रलाई पहिचान गराउने तत्व पनि हुन्।

नेपालको सामाजिक जीवन तथा संस्कृति विविध प्रकृतिको छ। नेपाल भनेको बहुजाति, बहुभाषा-भाषी, बहुलिपि, बहुधर्म, बहुसंस्कृति र बहु भेष-भुषा भएको देश हो तर अर्ढाई सय वर्षदेखि नेपालमा “एक भाषा, एक भेष”को नारा अनुसार देशको दिशा उन्मुख भएको थियो। तर अहिले “बहुभाषा बहुभेष, हाम्रो राष्ट्र नेपाल देश” भन्दा सार्न्दभिक हुन आउँछ। चार जात छत्तीस वर्णो साझा फूलबारीको नारा दिइएको थियो यसको अब विविधिकरण भएको छ। अहिले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भएको छ।

नेपालको संस्कृति प्राचीन कालदेखि विभिन्न धर्म मान्ने मानिसको बसोबास गर्ने थलो हो। नेपालमा मुख्यतया सनातन धर्म र बौद्ध धर्मको बाहुल्य छ। यीबाहेक इस्लाम, इर्साई, किराँत, वहाव, शीखलगायत अन्य धर्मावलम्वी पनि छन्। सनातन धर्मअन्तर्गत शैव, वैष्णव, शाक्त, सौर्य आदि धर्म पर्दछन् भने बौद्ध धर्ममा हीनयान, महायान, वज्रयान, तन्त्र तथा मन्त्रयान, सहजयान तथा लामा वोन्पो आदि पर्दछन्। यी धर्महरू समयानुसार विभिन्न सम्प्रदाय तथा उप-सम्प्रदायमा परिमार्जित हुँदै गएको पाइन्छ। नेपाली समाजमा प्रकृति, पितृ तथा अदृश्य शक्तिको पूजा गर्ने प्रचलन पनि छ। पश्चिम नेपालमा मष्टो, पूर्र्वी पाहाडमा चण्डी देवी, तराईमा संसारीमाई, हिमाली क्षेत्रमा सनातन बौद्ध जनमानसको आस्था र विश्वास रहेको पाइन्छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसाँस्कृतिक विशिधतायुक्त देश हो। यहाँ साँस्कृतिक विविधताभित्र एकता पाइन्छ। यहाँका विविध सँस्कृतिबीच परापूर्वकालदेखि नै अपूर्व मेल रहिआएको छ। साँस्कृतिक बहुलवादको सिद्धान्तबाट प्रेरित संस्कृति भएकाले यहाँ साँस्कृतिक सम्बन्धको पनि आदानप्रदान भएको पाइन्छ। नेपाललाई साझा सँस्कृतिको विकास भएको मुलुक भनी सगौरव भन्न सकिन्छ। नेपाल भाषा, संस्कृति, धर्म र जातिको दृष्टिले धनी छ। अनेकता र विविधता नै यहाँको अनौठो र उल्लेखनीय पक्ष हो। नेपालमा अहिले यी सबै पक्षको आगामी पिँढीका लागि संरक्षण गर्नु जरुरी छ। त्यसैले अब आर्थिक, सामाजिक एवं सास्ंकृतिक विकासका कार्यलाई नयाँ आयामबाट अगाडि बढाइ राष्ट्रिय एकता, सद्भाव र समुन्नतिमा सबै लाग्नु जरुरी छ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width