विकसित देशहरूमा बन्द, हड्ताल, चक्काजामजस्ता कार्यहरू गर्न सरकारले मनाही गरेको छ। तर कहिँ नभएको जात्रा हाँडीगाउँमा भनेझैं हाम्रो देशमा त प्रायःजसो एकथोक न एकथोक भइरहन्छ। कहिले बन्द, कहिले चक्काजाम त कहिले नारा जुलुसजस्तो क्रियाकलापहरू भइरहन्छन्। खाली नै हुँदैन। विकसित देशहरूमा गोष्ठी, सेमिनार हुन्छ तर यहाँ त्यसको अलावा यस्ता प्रवृत्तिका कार्यहरूको सट्टा विपरीत र नराम्रा, जनताहरूलाई मर्का पर्ने खालका क्रियाकलापहरू गरिन्छ। भर्खरैमात्र वीर अस्पतालमा कार्यरत डाक्टरहरूले विरामी परीक्षण गर्ने निहुँमा टुँडिखेलको खुलामञ्चमा जात्रा प्रस्तुत गरे। कतिपय जिल्लाबाट सामूहिकरूपमा राजीनामा समेत प्रस्तुत गरे। हो, त्यस्ता एक दुर्इ जिल्लाका डाक्टरहरूको राजीनामा स्वीकृत गरिदिएको भए त अरु-अरु नोकरीको मायाले आफ्नो-आफ्नो कामकाजमा र्फकन्थे होला ? हजारौं हजारौं डाक्टरहरू उत्पादन भएका छन् र कतिपय वेरोजगारसमेत छन्। यिनीहरूले समेत अवसर पाउने थिए।
कोही पनि सुरुको अवस्थामा सक्षम र खारिएको हुँदैन। सबै सिकारु नै हुन्छन्। भोलि भविष्यमा गएर तिनीहरू कुशल चिकित्सक बन्दछन्। आफ्ना आफ्ना माग प्रस्तुत गर्नेक्रममा अन्यायमा परेको भए सही तरिकाको बाटो अपनाएको भए न्याय निसाफ पाइन्छ। बन्द, हड्ताल, चक्काजाम, आमरण अनसनजस्ता बाटो अपनाएर कहिल्यै पनि सफल भइँदैन। यस्तो अशोभनीय कार्यले कतिलाई मर्का तथा बाधा पुर्याउँदछ त्यो तिनीहरूलाई के थाहा – बाटोमा सवारी गुडेको अवस्थामा कतैबाट कुखुराको चल्ला आएर झुक्किएर किच्चिएर मर्ला, अनि त्यहाँ बन्द र चक्काजाम हुन्छ। जावो त्यो कुखुराको चल्लालाई कति नै पैसा पर्ला र। त्यो पनि सवारी चालकलाई राम्रै मुखले भने पैसा तिरीहाल्छ नि। तर त्यही कारणबाट अरु अरु घटना घट्नेक्रम विकसित हुन्छ र त्यसैले उग्ररूप लिन्छ। सिकिस्त विरामी, सुत्केरी, बृद्ध, अपा·, असहायजस्ता सम्वेदनशील विरामीहरू लिएर हिडेको गाडीलाई बीच बाटोमा रोकिदिने, कथम्कदाचित केही घटना हुन गयो भने जवाफदेहीको ? जसको बाबु मर्यो उसको छोरो टुहुरो भने झैं मात्र हुने भयो होइन त ? राज्यले अथवा बन्द गर्ने पक्षले त्यसको जिम्मेवार बहन गर्नुपर्छ र क्षतिपूर्ति तिर्नु पर्दछ। को कुन जरुरी कामले यात्रा गरिरहेका हुन्छ, कहाँ पुग्ने लक्ष्य छ, उसँग पैसा छ वा छैन, तर त्यहीँ कति दिन थन्किएर बस्नुपर्ने बाध्यता आउँछ। अतः यी सबै कारणको अगाडि प्रत्यक्ष, अप्रत्यक्ष रूपमा कोही कसैको संरक्षण र आडमा यस्ता कार्यहरू गरिरहेको हुन्छ। तपाईहरूलाई समेत थाहा नै होला, सहयोग संरक्षण गर्ने व्यक्ति र पार्टीको नाऊ नलिउFm। भर्खरै मात्रकताकता सुनेको थिएँ वैद्य पक्षको आगामी २०७० चैत्रबाट भीषणरूपमा देशमा भुइँचालो जाने गरी अनिश्चितकालीन आन्दोलनको कार्यक्रम गर्दै हुनुहुन्छ रे। अब यस्तो कार्यक्रमले कसलाई मर्का पुर्याउँछ, त्यो पनि उहाँहरूलाई थाहा नै होला। उहाँहरूका माग जायज भए शान्तिपूर्णरूपमा प्रस्तुत हुन सक्नुपर्यो र सरकारबाट त्यसको समाधान अवश्यमेव हुन्छ। तर बल प्रयोग गरेर डर, धाक, धम्की, त्रास देखाएर न त कोही डराउनेवाला छ, न त आफू अन्यायमा परेको भए न्याय निसाफ नै उपलब्ध हुन्छ। त्यसो भए त यो राज्यमा जो बलिया छन्, शक्तिशाली तथा धनाड्य र बुद्धिजीवी छन् तिनीहरूको मात्र रजाइँ हुने भयो। सिधासाधा, गरिब दिनदुःखीहरू त जिउँदै मरेतुल्य भएर बस्नुपर्यो। जसले आफ्नो मागहरू प्राप्तिको लागि जोर जुलुम तरिकाले प्रस्तुत हुन्छ, अब आइन्दा यस्तो गैरजिम्मेवारीपन नदेखाइ सही र शान्तिपूर्ण तरिकाबाट प्रस्तुत भएको अवस्थामा सम्बन्धित निकायबाट जायज र अन्यायमा परेको व्यक्तिप्रति अवश्य इन्साफ मिल्छ।
यी जति गैरजिम्मेवारीपूर्ण तरिकाबाट प्रस्तुत हुनेहरू छन् यिनीहरूलाई ठेगानमा लगाउन चालु अधिवेशनबाट यस्ता क्रियाकलाप देखाउनेप्रति कडा कानुनको विधेयक पारित गरी कोही कसैले पनि बन्द, हड्ताल, चक्काजाम, नेपालबन्द, भोक हड्ताल, आमरण अनसन, जोरजुलुम, बल प्रयोग धर्ना जस्ताकार्य गरेमा संसदले कठघरामा उभ्याउन सक्ने कानुनको तर्जुमा गर्नु जरुरी छ। अन्यथा यो देशमा कहिल्यै पनि शान्तिसुरक्षा र अमनचयन कायम हुँदैन। देशको संविधान बनाउने क्रममा चालु अधिवेशनबाट उपरोक्त पंक्तिहरूमा लेखिएका कुराहरूको कारवाहीसम्बन्धी विधेयक ल्याउन अत्यन्त जरुरी देखिन्छ। त्यो सदनको चाहना र नियतिको कुरा हो। सानोलाई ऐन ठूलोलाई चयन भने त भन्नु केही छैन। अन्यथा आम नेपाली जनताहरूको चाहना र धोका पनि यही हो। बाँचिन्जेल शान्तिपूर्ण तरिकाले बाँच्न, हिडडुल गर्न पाइयोस्। अब अन्त्यमा, कोही कसैको झुक्किएर यस लेखप्रति आँखा पर्न गएमा सदनबाट संविधान जारी गर्ने क्रममाबन्द, हड्ताल इत्यादिसम्बन्धी विधेयक पनि बनि पारित होस् र नवनिर्वाचित सरकारले कर्डाईका साथ बन्द सदाको लागि बन्द गरी कानुनको बर्खिलाप गरेमाजो कोहीलाई पनि निर्भिक, निडर र निष्पक्षरूपमा कारबाही गरियोस्। यही मेरोसमेत शुभकामना छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०