२०६५ सालको साझा पुरस्कार प्राप्त नेपाली उपन्यास प्रेतकल्पलाई प्रसिद्ध साहित्यकार जगदीश घिमिरेले सय वर्ष अघिको नेपाली समाजको पीडा चिनाउने एक उत्कृष्ट प्रयत्न, उत्कृष्ट कृति र जीवन्त सिर्जना भनेर फुर्क्याएका थिए। प्रकाशकीयमा साझा प्रकाशनले नारायण ढकालको यो नवीनतम उपन्यास झण्डै सय वर्षभन्दा अघिको काठमाडौं उपत्यकाको समाज र नेपाली राजनीतिको सजीव प्रस्तुति हो भनेको छ। साझा प्रकाशनका अनुसार तत्कालीन न्यायव्यवस्था, शासकीय मानसिकता अनि त्यसभित्र छटपटाइरहेको मानवीय मूल्य र संवेदनाको सूक्ष्म तथा यथार्थ अभिव्यक्ति हो प्रेतकल्प। श्यामलको ‘देश दृश्य’ शीर्षकको यो कवितांशलाई उपन्यास उठान गर्नुपूर्व मोटा अक्षरमा स्थान दिइएको छ :
शोकसन्तप्त पर्वत
भागिरहेका नदीहरू
र निरन्तर लुकिरहेको सूर्य ..
गलत हिसाब पढाइरहेको मास्टर
र चुप लागेको हावापानी
यस नक्सामा
यस भूगोलमा
र यस संस्कृतिमा
सधैं सपना देखिरहन्छ विक्षिप्त किसान
सधैं व्याख्यान दिइरहन्छ पागल दार्शनिक
र सधैं सुनिरहन्छ अवाक् श्रोता
अर्थात् जनता।
सनातन आर्य समाजमा देखिने जातभात र लैंगिक भेदभावको प्रसंगमा वेदलाई आधार मान्दै यस पुस्तकमा भनिएको छ : ‘वेदले समत्वभावलाई जोड दिएको छ। पुराणवादीले यो भावनालाई भ्रष्टीकरण गरेका छन् … वेदमा नारीलाई गौरवपूर्ण स्थान छ।’ हिन्दु धर्म तथा सम्प्रदायमा सुधारको आन्दोलनका रुपमा जन्मिएको आर्य समाजका संस्थापक दयानन्द सरस्वतीको बारेमा बेलाबेलामा चर्चा गरिएको छ। सरस्वती सन् १८७६ ताका स्वराज्यको नारा लिएर अघि आएका थिए। मूर्र्तिपूजाको विरोध गर्ने उनलाई भारतीय राष्ट्रपति एस् राधाकृष्ण तथा श्री अरोविन्दो समेतले आधुनिक भारतका निर्माता भनेका छन्। उनको पुस्तक ‘सत्यार्थ प्रकाश’ ले भारतीय स्वतन्त्रता आन्दोलनमा उल्लेख्य योगदान गरेको ठानिन्छ। त्यसो त, दयानन्द किशोरावस्थादेखि नै एक सन्यासी थिए र पछि गएर महषि बने। स्वामी दयानन्दको भनाइ छ – “ब्रहृमचयेण कन्या युवानं विन्दते पतिम्। अर्थात् कन्याले पनि ब्रहृमचर्य पालन गर्दै अध्ययन गर्नुपर्छ र युवा भएपछि योग्य पति प्राप्त गर्नुपर्छ।”
दयानन्द सरस्वतीको सत्यार्थ प्रकाश चौध भागमा रचिएको छ। यसका अघिल्ला दश विभागलाई पूर्वार्द्ध र पछिल्ला चार विभागलाई उत्तरार्द्ध भनिएको छ। पहिलो भागमा इश्वरका ओम्कार आदि नामहरूको व्याख्या छ। दोस्रोमा सन्तानहरूको शिक्षा, तेस्रोमा ब्रहृमचर्य, पठनपाठन व्यवस्था, सत्य र असत्य, ग्रन्थहरूको नाम र पढ्ने पढाउने रीति, चौंथोमा विवाह र सन्यास आश्रमको कुरा छ। त्यसरी नै राजधर्म, वेद र इश्वरको विषय, जगत्को उत्पत्ति, प्रलय, विद्या, अविद्या, बन्धन र मोक्षको व्याख्या, आचार अनाचारबारे छैटौं अध्यायदेखि दशौंसम्म समेटिएका छन्। बाँकी चार अध्यायमा आर्यावर्तीय मतमतान्तरको खण्डन, चार्वाक, बौद्ध र जैन मतको विषय, इसाई र मुस्िलम धर्मको विश्लेषण छ।
नारायण ढकालले लेखेका छन् – ‘युगप्रवर्तक स्वामी सरस्वतीको अनुहार हाम्रा प्राचीन ऋषिमुनिहरूको जस्तो लट्टे कपाल भएको र लामो दाह्री पालेको .. होइन। उनी साधुसन्तजस्ता पटक्कै थिएनन्। उनको अनुहार, उनको टाउकोमा गुथिएको पगरी र शरीरको वेशभूषा हेर्दा लाग्थ्यो उनी कुनै सैनिक सङ्गठनका प्रधान सेनापति हुन्।’
प्रेतकल्पमा विधवा विवाहको प्रसङ्ग पनि उल्लेखनीय छ। ‘मृते भर्तरि साध्वी स्त्री ब्रहृमचये व्यवस्थिता। स्र्वर्गं गच्छत्यपुत्रा˜पि यथा ते ब्रहृमचारिणः।।’ अर्थात् राम्रा आचरण भएकी आइमाईले जोसँग विवाह भएको छ त्यही लोग्नेसँग जीवन छउन्जेल रहनुपर्छ। लोग्ने मरेपछि पनि नराम्रो काम गर्न हुँदैन। यस्तो आचरणमा बस्ने आइमाई मरेपछि पनि स्र्वर्गमा बास पाउँछे। यसैगरी, ‘पाणीग्राहस्य साध्वी स्त्री जीवितो या मृतस्य वा। पति लोकमर्भिप्सन्ति नाचरेत किञ्चिदप्रियम्।।’ भन्ने मनुस्मृतिको यो निर्देशन तथा गरुडपुराणको प्रेतकल्प खण्डले त विधवा आइमाईका निम्ति कठोर फलामे अनुशासनको पिँजडा निर्माण गरेको छ।
पृथ्वीभरमा सबै प्राणी समान छन्। उनीहरूको आत्मामा उही एउटै सर्वशक्तिमान्र् इश्वर बसेका छन् अर्थात्र् इशावाश्यमिदं सर्वम्। तसर्थ सबै प्राणीलाई प्रेमको आँखाले हेर भन्ने सन्देशले उपन्यासको महत्ता अझ बढाएको छ भने राजनीतिका धुर्त खेलाडीहरूका घिनलाग्दा कर्तुतहरूको वर्णन अहिले पनि सान्दर्भिक छ। जस्तै, पद र प्रतिष्ठाका लोभीपापीहरू कतिसम्म नीच काम गर्छन् अनि आफ्नो नामको झ्याली पिट्दै वा पिटाउँदै हिँडून् भन्ने कुरा कथित आशुकविले रचेका यी श्लोकहरूमा झल्किन्छन् :
सुनसुन भाइ हो म केर्इ भन्छु।
सिर्तिन माराज चन्द्रको सवाई कहन्छु।।
चन्द्र हाम्रा वीर राजा सारै देशभक्त।
झेल हाले देशद्रोही र अराष्ट्रिय तत्व।।
कविता सुनाएकै भरमा राजा महेन्द्रले कसैलाई कर्नेलसम्म बनाइदिएको प्रसङ्ग वर्णन गर्दै हुकुम प्रमाङ्गी प्रचलनको कुरा गरेका बखत लाग्छ, आजकल पनि त नेताहरूका चाकडी गर्नेहरूले आशिर्वाद सहित गतिलो ठाउँमा पदासिन हुने मौका पाइराखेकै छन् नि। असल विचार कार्यान्वयन गर्न पनि असल राजनीतिको आवश्यकता पर्छ भन्ने सन्देश पनि यहाँ पाइन्छ। आर्यसमाजीहरू केही सतही र हल्का कुरा लिएर अघि बढ्दै गर्दा त्यसको परिणामस्वरुप उनीहरू चाँडै नै समाजबाट अप्रासा·कि हुने ठहर छ यहाँ।
सत्यमेव जयते नानृतं सत्येन पन्था विततो देवयानः अर्थात सदा सत्यको जित र असत्यको हार हुन्छ। साथै सत्यद्वारा नै विद्वानहरूको मार्ग विस्तृत हुन्छ। यस्तै दृढ निश्चयको अवलम्बन गरेर पुरुष कहिल्यै परोपकारदेखि उदासिन भई सत्य अर्थको प्रकाश र्छनबाट पछि हट्दैनन्। यदत्तग्रे विषमिव परिणामे˜मृतोपमम् अर्थात विद्या र धर्म प्राप्तिका कार्य आरम्भमा विषतुल्य र पछि अमृतसमान हुन्छन्। यस्ता महान् उद्गारहरूको गतिलो संग्रहको रुपमा नारायण ढकालको प्रेतकल्प सजिएको छ।
उपन्यासको दुःखपुर अरू कुनै नभएर हामीले बाँचिरहेको नेपाल र नेपाली परिवेश हो भन्न सकिन्छ। समयक्रममा अनुहार र नामहरू फेरबदल भएका होलान्, सारवस्तु त उस्तै छ। उपन्यासको अन्त्यमा लेखकले पाठकलाई गम्भीर बनाएर छाडिदिएका छन्। कुनै घटनाले यहाँको संवेदनालाई सम्बोधन गर्न सकेन र त्रासद कथाको अन्त्य भएन भनेर। अहिलेसम्म पनि त्यहाँ (यहाँ) को दुःख जस्ताको तस्तै छ, बरु अझ बल्झेको छ। दुःख नवीकरण भएको भनेर अति व्यङ्ग्यात्मक अन्तिम प्रश्नका साथ २२३ पृष्ठको पुस्तक टुङ्िगन्छ। इतिहास समयको मूर्खतापूर्ण व्याख्या मात्रै हो त ? गोलमाल र अस्तव्यस्तताको टुङ्गो लाग्ने सूत्र कता हरायो – सोधखोज र रचनात्मक प्रस्तुति मान्नै पर्छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०