सबै मानिसलाई आफ्नो जीवन प्यारो हुन्छ। स्वतन्त्रता र निर्भयपूर्वक जीवन जीउने इच्छा चाहना हुन्छ। त्यस्तै इच्छा र चाहना संसारका सबै प्राणिलाई पनि हुन्छ। तर हामी चेतनशील मानव आफ्नो खुशीका लागि धर्मका नाममा होस् वा विभिन्न बहाना बनाएर नै किन नहोस् ती अवोध प्राणीको हत्या गरिरहेका छौं। कसैको प्राणहरण होइन, प्राणरक्षकको जिम्मेवारी मानिसजस्तो सर्वश्रेष्ठ र चेतनशील प्राणीको काँधमा रहेको छ। वैदिक धर्म र दर्शनको उद्देश्य पनि यो नै हो। तर आज हामी चेतनशील प्राणीले नै हत्यालाई आफ्नो धर्म र संस्कृति मान्दै आएका छौ। मांसहारलाई धर्मसँग जोड्नु र हत्याको सम्बन्धलाई संस्कृतिसं’ग जोड्नु अत्यन्तै गलत कार्य हो। कुनै पनि मठ, मन्दिर, देउराली तथा थानहरुमा पशुवली दिने प्रथालाई अन्त्य गर्नु पर्छ।
हामीमध्ये धेरैले सुनेका हौला, एकजना ब्रिटिश पर्यटकलाई एक प्रख्यात सन्तसँग भेट गर्ने तीव्र इच्छा हुन्छ। र, सन्तलाई भेट्न वनारस आश्रममा पुग्छन्। जब उनी सन्तको आश्रममा पुग्छन्, तब सन्तले भोजन गरिरहेको बेला सन्तसँगसँगै एउटा कुकुरले पनि थालीको अर्को छेउबाट भोजन गरिरहेको दृष्य देख्छन्। तब पर्यटक साह्रै अचम्मित कदै सन्तसँग सोध्छन्(‘तपाई कस्तो खालको सन्त हो, कुकुरले भोजन गरिरहेको देख्दादेख्दै एउटै थालीमा खाना खाने, के तपाईलाई धीन लाग्दैन ? तब सन्तले उत्तर दिएछन्-‘तपाई कुकुर र सन्तले भोजन गरिरहेको देख्नुभयो, म दुर्इ जीवात्माले भोजन गरिरहेको महसूस गरिरहेको छु। एक जीवात्माको बाहिरी आवरण म आफै हो भने अर्को आत्माको बाहिरी आवरण कुकुर हो। बाहृय दृष्टिकोणले हामीबीच भिन्नता होला तर आन्तरिक दृष्टिले कुनै भिन्नता छैन। यस्तो धर्म र दर्शनका कुरा भुलेर हामी आज धर्मका नाममा भन्दै मठ मन्दिरहरुमा पशुलाई भिन्न देखेर पशुवली दिइरहेका छौ। आफ्नो ज्रि्रोको खातिर ती अवोध प्राणीको हत्या गरिरहेका छौ। यो कत्तिको सान्दर्भिक छ, हामीले सोच्नुपर्ने बेला आएको छ।
डार्विनको विकासवाद सिद्धान्तले पनि अमिवाबाट विकशित हुँदैहुँदै मान्छे पशु, वानर, चिम्पाञ्जी हुँदै मानिसको रुपमा विकशित भएको कुरा पुष्टि गर्छ भने वेदले पनि संसारको सृष्टिको कुरा गर्दा संचर प्रतिसंचरको दृष्टिकोणबाट मानिस परम्शक्ताबाट त्रिकोणात्मकरुपमा गुणादित हुँदै तमोगुण सबैभन्दा जडका रुपमा श्रृष्टि हुन्छ। प्रतिसंचारको दृष्टिमा जडताबाट परमात्मातिर अमिर भाव हुँदा लेउ वा कसबाट जीवको सुरुवात गर्दै चौरासी लाख योनी पार गर्दै मानिसको योनीमा आई पुग्छ। अब यी दुवै विज्ञान र धर्मको दृष्टिकोणले पशुहरु भनेका विकासोन्मुख मानवकै रुपमा चिनिन्छन्। एक मानवले अर्को मानवको हत्या गरेर भोजन गर्ने कुरा कति सार्न्दभिकता मान्न सकिन्छ आफैसँग प्रश्न सोधौ।
वैज्ञानिक र धार्मिक दृष्टिकोणबाट मात्र होइन, हामी शारीरिक दृष्टिकोणबाट पनि मांशहारी नभई शाकाहारी प्राणी हौ। हाम्रो शारीरिक संरचना तथा बनावट मांशहारी नभई शाकाहारी छ। मांशहारी जनावरका नङ्ग्रायुक्त पञ्जाहरु हुन्छन् तर हामी मानवका सग्ला र मिलेका हुन्छन्। मांशहारी जनावरको छालामा रोमकुम हुँदैनन्। त्यसैले उनीहरु ज्रि्रोले शरीरलाई शितलता दिने र हावा लिने गर्छ तर हाम्रा शरीरमा रौंहरु हुन्छन्। मांसहारी जनावरका दाँत कोप्रो परेको, दाह्रा चिथोर्ने खालका हुन्छन् तर मानिसका सादा दाँत हुन्छन्। शाकाहारीका विकसित र्याल ग्रन्थी हुन्छन् भने मांशहारीका अविकसित हुनका साथै र्याल ग्रन्थीले अम्ल दिन्छन्। शाकाहारीका र्याल ग्रन्थीबाट अल्कालाइट रस प्रवाहित हुन्छ। मांशहारी जनावरको आन्द्रो उसको शरीरको तीन गुणा लामो हुन्छ भने मानिसको आन्द्रो शरीरको लम्बाइको १२ गुना बढी लामो हुन्छ। त्यसकारण मानिसले माशंहार भोजन गर्नु नै संरचनागत दृष्टिकोणले पनि गलत छ।
महान् वैज्ञानिक आइन्स्टाइनले पनि सुरुमा मासु खान्थे तर एकदिन जब उनी बाटोमा हिँड्दै आफ्नो ल्यावतर्फ जान्छन् तब वधशालामा गोरु काटिरहेको देख्छन्। काट्ने बेलामा गोरुबाट नकारात्मक उर्जा उत्पन्न भैरहेको देख्छन् र त्यो उर्जाका कारण उक्त मासुमा विष उत्पन्न भएको थाहा पाउँछन्। जुन मासु खानाले मानिसलाई रोगले प्रभाव पार्न सक्छ उक्त कुरा थाहा पाएपछि उनी मासु खान छोड्छन्।
हुन त हामीमध्ये कति मानिसहरुलाई मासु सेवन गर्दा आलु खाएजस्तो पनी महसूस हुन सक्छ। तर जीवन सबैलाई प्यारो हुन्छ। हामीलाई एउटा काँडाले घोच्दा पीडाको महसूस हुन्छ। आफन्तको एक थोपा रगत देख्दा हृदयमा छुट्टै खालको कम्पन उत्पन्न हुन्छ तर अवोध पशुहरुको जीवनलीला नै समाप्त पार्दाखेरि कहाँ जान्छ हाम्रो समवेदना।
फरक यत्तिमात्र हो, तपाईले जसलाई आफ्नो सोच्नुहुन्छ साँच्चै भन्नुपर्दा ती पनि यथार्थमा कहाँ तपाईका हुन् र ती पनि त तपाईका शरीरका सम्बन्धमात्र त हुन्। जसलाई आफ्नो सोच्नु भए, ती पनि त कहाँ तपाईका पराय हुन् र यो विराट श्रृष्टिको एक अंश नै त हुन् नि। हुन त संसारमा यस्ता तानाशाह पनि जन्मिए, जसले हजारौ मानिसको हत्या गर्नु किंचित पनि सोचेनन् तर आफैले पालेको सुगा मार्दा वेदनाको सागरमा डुबेर मर्न पनि पछि परेनन्।
यसले के कुरालाई झल्काउँछ भने को आफ्नो को पराय त्यो त सिर्फ भावनाको नातामात्र त हो रहेछ। एकपल्ट सोच्ने हो कि हाम्रै देशमा चलेको चलन घरमा पालेको बस्तु मर्दा क्रियासम्म बस्ने चलन थियो। आफैले पालेको पशु बरु बेचिदिन्थे तर आफैले हत्या गरेर खादँनथे किन यसो गरियो त यी सबै प्रेमको कारण हो। तपाईलाई थाहै हुनुपर्ने कुरा हो, मानिस यो संसारको निरपेक्ष प्राणी होइन सापेक्ष प्राणी हो। उसको सापेक्षता बनस्पतीसँग, पशुसँग चराचुरुङ्गीसँग पर्यावरणका अन्य आयामसँग जोडिएको हुन्छ। त्यसकारण प्राणीको हत्या गर्न रोक्नुपर्ने आजको आवश्यकता हो।
हुन त जुन बुद्धले अहिंसाका कुरा गरे तीनै बौद्धमार्गीहरु पनि मांसभंसीका रुपमा चिनिन्छन्। तिब्वतका पहाडमा पशुलाई भीरबाट खसाल्न बाध्यात्मक परिस्थिति खडा गरेर मरेको पशुको मासु खान्छन्। गौतम बुद्ध सबैभन्दा पहिला बलि प्रथाको विरुद्धमा आवाज उठाउने महापुरुष हुन्। उनले बलि दिन लागेको स्थानमा गएर आफ्नो गर्धन थापेर उसको आत्मा र मेरो आत्मा एउटै हो यदि बलि नै चढाउने हो भने मेरो चढाउ भनेर पाठोलाई बलि चढाउनबाट रोकेको कथा पनि हामी सुन्न पाउँछौ। बुद्धले बलि वा हिंसा नै धर्मको बाटो होइन भनेका छन् तर बलि प्रथाले प्रशय पाइरहँदा हामी किन बौद्धमार्गीहरु त्यसको विरुद्धमा जति आवाज उठाउनु पथ्यो त्यति आवाज उठाउन नसक्नु दुःखको कुरा हो।
समाजमा विद्यमान पशुबलि प्रथा न त धार्मिक दृष्टिकोणले, न त सामाजिक दृष्टिकोणले, न त अधिकारमुखी दृष्टिकोणले नै वाञ्छनीय नभएका कारण सम्पूर्ण एकजुट भएर आज बलि प्रथाको अन्त्य गर्नुपर्ने बेला आएको छ।
बलि भन्ने शव्दको अर्थ अपभंरस र दुरुपयोग गरिएको पाइन्छ। बलि भन्ने शव्दको अर्थ कर हो। आफूले आर्जन गरेको धनको केही अंश वा केही प्रतिशत राज्य वा समाजलाई नै फर्काउनु बलि वा करको रुपमा बुझिन्छ। हिजो धनसम्पत्ति भनेको गाईबस्तु, भेडाबाख्रा, घरखेत हुन्थ्यो। त्यसैले करका रुपमा बस्तुलाई समेत दिने गरिन्थ्यो तर आज हामी घुसका रुपमा भगवानलाई चढाइरहेका छौ। एउटा गलत काम गर्न उक्साएर उक्त गलत काम गरेवापत् केही भेटि दिने वाचा गरेजस्तै हामीले पनि इश्वरसँग आफ्नो अभिष्ठ पूरा गर्न केही भेटि दिने वाचा गर्दछौ। अनि हामी र भष्ट्रचारीबीच के नै भिन्नता भयो र ? तपाईले चढाएको दुर्इ रुपैयाँ दानको सत्ता तपाईलाई लाखौको सम्पत्ति दिने भगवान् त्यति गरिब र त्यत्ति अबुझ छन् र ? कस्तो खालको सौदावाजी गरिरहेका छौ हामी ?
बलिको अर्को अर्थ हुन्छ, आफूलाई प्यारो लाग्ने चीज वा बस्तु कसैलाई दिनु। जस्तै चलनचल्तीको हिसाबमा बलिदान पनि भन्ने गरिन्छ। यदि कही कतै शास्त्र वा सिद्धान्तले कसैको प्राणको बलि दिने वा हत्या गर्ने कुरा उल्लेखित गरेको छ भने पनि त्यसलाई नै शास्वत सत्य मान्नु पर्ने कुनै जरुरी छैन। हामी २१ औं शताब्दीका मानिसले कुनै भाषा नीति वा साहित्य वा रचना गरिएका कुनै पनि कुराहरु शास्वत हुन सक्दैनन् र त्यसलाई अन्धविश्वास वा नबुझिकन वा बिनाअनुभूति मान्न बाध्य छैन।
चेतना हिजोभन्दा आज विकसित छ। हिजोको अविकसित चेतनाले जे कुरा दिएर गयो ती सबै कुरा मान्नुपर्छ भन्ने छैन। संस्कार संस्कृतिहरु मानिसलाई जीवन सहज र सरल जीउनका लागि निर्माण गरिएका कुरा हुन्। मानिसका खुशी र सुखसँग सर्वकुराको तादाम्यता हुन्छ। जुन संस्कार संस्कृति आजको समाजलाई खुशी र सुख दिन सक्दैन, त्यसका निम्ति हामीले मरिहत्य गर्नु छैन। त्यसकारण जे चीज राम्रा र वैज्ञानिक छन् तीनलाई ग्रहण गरौं। जे चीज हाम्रा हितका विपरीत छन्, त्यसलाई छोड्नु नै बुद्धिमता हुन्छ। त्यहीं नै हो आइन्स्टाइनको सापेक्षवाद भनेको पनि। जुनकुरा पनि समय, काल र परिस्थितिअनुरुप फरक हुन्छ। कोही मानिस एकदिन भरी आफ्नो प्रियजनसँग बिताउँदा समय बितेको पत्तै पाउँदैन। तर एकघण्टा किन नहोस्, आफूले मन नपराएको मान्छेसँग समय बिताउनु पर्दा बडो कठिन महसूस गर्छ। यहाँनेर हामीले जुन संस्कार संस्कृति हाम्रा लागि प्रियजनस्वरुप छन्, त्यो संस्कार संस्कृति अंगिकार गर्नु र जुन अप्रियतमस्वरुप छन् त्यसलाई छाडिदिनु नै उचित हुन्छ।
मानिसले देवी देउतालाई चराचरजगत्को श्रृष्टिकर्ता वा जगत् माता पिता भन्ने र अकोर्तिर श्रृष्टिकर्ताद्वारा नै श्रृष्टि गरिएका निरीह सन्तानहरुलाई देवीको अगाडि काटेर देवीलाई चढाउने ? यो दृष्यले मानिसभित्रको दानवतालाई प्रशय दिएको छ। बलि विशेषत देवीहरुलाई दिने गरिन्छ। देवीलाई माताका रुपमा मान्छौ हामी। अनि माताहरुले रगतको भोग खान्छन् भनेर उनीहरुलाई रगत चढाउने त्यो महिलाप्रति सोचिएको वा राखिएको कुदृष्टिकोणमात्र हो। महिलालाई ह्रिंसकको प्रतिकका रुपमा लामो कालखण्डदेखि परिचित गराइरहेको हेर्दा किन यसको प्रतिरोध हुन सकेको छैन ? जसले श्रृष्टिमा प्राणको जन्म दिन्छ, त्यसैलाई प्राण हत्याराको प्रतिकको रुपमा चित्रित गरिरहँदा किन हामी सभ्य र महिला अधिकारकर्मी भनेर मानिने र चिनिन रुचाउने ? महिलाहरुले प्रतिकार एवं प्रतिरोध गर्न सकेका छैनौ।
भनिन्छ, शिवजीलाई संहारका देवता हुन् यस्ता संहारका देवताका अगाडि पनि पशुबलि वा मांशभक्षण स्वीकार्य छैन। न विष्णु, न ब्रहृमा, न त इन्द्रलगायतका कुनै पुरुषदेवहरुलाई नै छ। उनीहरुलाई पशु वली चढाइँदैन भने देवीहरुलाई मात्र किन चढाइन्छ ? यो प्रश्नको उत्तर सबै महिला अधिकारकर्मीहरुले खोज्नु र सोच्नुपर्ने बेला आएको छ।
त्यस्तै, पशु अधिकारको दृष्टिले पनि पशुलाई खुल्ला वा सार्वजनिक स्थानमा बध गर्न पाइँदैन। एक पशुको बध गरेको अर्को पशुले देख्न हुँदैन। कुनै पनि पशुको स्वास्थ परीक्षणबिना बध गर्न पाइँदैन। महिला वा ब्याउने अवस्थाको दूध दिदै गर्दाको अवस्थाको, बालक पशुको बध गर्न पाइँदैन। कुनै पनि पशुले अवोध कष्ट पाउने गरी बध गर्न वा बधशालामा ल्याउने लैजाने गर्नसमेत गर्न पाइँदैन।
कही कतै हामी बल्रि्रथालाई तन्त्रले बचाइरहेको छ भन्छौ। तर त्यो अविद्यातन्त्र हो। विद्यातन्त्रमा हिंसाको कुरा गरिदैन। अविद्यातन्त्रमा भने कही कतै हिंसाको कुरा गरिएको पाइन्छ। त्यो पनि तन्त्र साधकहरुले जे चीजको बलि दिने हो, त्यो चिजलाई साधना सिद्धिअनुरुप उसको मनबाट पार गराएरमात्र बलि दिने गरिन्छ। जस्तो पशुको बलि दिदा पशुलाई त्यस्तो तनमय बनाइन्छ कि उसको शरीर उसले पहिला नै छोडेको हुन्छ। आत्माले छोडेको शरीरलाई मात्र छेदन गरिन्छ। बलि कस्तोभन्दा तन्त्रविद्याद्वारा पार गराइसकेपछि मात्र चेतन अवस्थामा दिइन्छ। जुन पशुको बलि दिइन्छ, त्यो पशुलाई थाहा हुँदैन। पुनर्जीवन पशु योनीभन्दा विकशित योनीमा हुन्छ। त्यसैले पशुलाई मुक्तिको कुरा गरिएको हो।
वास्तवमा कामरुपी बोको र क्रोधरुपी राँगोसहितका पशुभावलाई ज्ञानरुपी खड्गले काटेर बलि दिनु भन्ने शास्त्रोक्तीलाई अपव्याख्या गरेर हामीले गलत संस्कतिको विकास गरेका हौं। काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता पशुभावको बलि चढाउनु पर्ने ठाउँमा हामी काम, क्रोध, लोभ, मोह, मद र मार्त्र्सयको प्रतिकका रुपमा रहेका पशुहरुलाई बलि चढाइरहेका छौ। यो हाम्रो धर्म नभएर अधर्म र अहिंसाको बाटो हो, यसलाई आजैबाट त्यागौ।
मठ, मन्दिर र देवालय सबै विचार बोक्ने मानिसहरुको पवित्र साझा आस्थाको थलो भएकोले त्यहाँको पवित्रता, सुन्दरता र शान्तिलाई धमिल्याउने पशुबलि प्रथालाई कुनै पनि धर्म र सम्प्रदायले आत्मसाथ गरेको देखिँदैन। आत्मसाथ त हाम्रो कुविचारले मात्र गरेको हो। यस्ता कुविचार र कुप्रथाबिरुद्ध अब हामी सबै एकजुट भएर लाग्नुपर्ने बेला भएको छ। नत्र पछिल्लो पुस्ताले कुप्रथा र कुसंस्कृतिलाई सुसंस्कृति मान्न सक्छन्। त्यसका लागि राज्यले पनि यस्ता खालका कुप्रथाहरुलाई कुनै पनि अवस्थामा संरक्षण गर्न वा बढावा दिनु हुँदैन।
मन, वचन र कर्मले अरुलाई दुःख नदिनुलाई अहिंसा भनिन्छ। कुनै पनि धर्मले प्राण हिंसालाई धर्म ठान्नै सक्दैन। धर्मका अगुवाहरुले प्राणीको हिंसा रोक्नका लागि आफ्ना आवाज बुलन्द पार्नुपर्छ। त्यस्तै आध्यात्मिक व्यक्तिदेखि लिएर अधिकारकर्मीहरु, महिलाअधिकारकर्मीहरु र सामाजिक अगुवाहरु तथा सम्पूर्ण चेतनशील मानव समुदायहरु सबै एकजुट भएर पोखरामा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको बलि प्रथाबिरुद्धको अभियानमा जुटौं। अनि पोखरालाई पहिलो बलि प्रथामुक्त नगरका रुपमा घोषणा गरौ। त्यसपछि जिल्ला, अञ्चल र देश अनि विश्वलाई नै कुप्रथा मुक्त बनाउन पहल गरौं। नत्र हामीहरु कुसंस्कारलाई सुसंस्कार मान्दै पछिल्ला पुस्तालाई हस्तान्तरण गर्न बाध्य हुनेछौ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
बाहिरियो नेपालबाट मनसुन
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१