प्राज्ञिक युवालाई स्वदेशमै रोजगार सिर्जना गरौं

गजेन्द्रबहादुर पाँडे
वैशाख ३, २०७६

अहिले पढेलेखेका युवा रोजगारीको खोजीमा अमेरिका, बेलायत, जापान, कोरिया सहित खाडी मुलुकमा गइरहेका छन्। वषेर्नी नेपाली युवा झण्डै ५ लाख नेपाली युवा रोजगार खोज्न विदेश पलायन भईरहेका छन्। यहाँ त केवल बूढाबूढी, रोगी, महिला, अपाङग काम गर्न नसक्ने अपांगमात्र बसिरहेका छन्। रोगी काम गर्न नसक्ने अशक्त, बूबूढी, महिलाबाट देशले विकासमा के सहयोग गर्न सक्छन्?

साँच्चै भन्नुपर्दा, नेपाल अचेल वृद्धवृद्धाहरु राख्ने वृद्धाश्रमजस्तो भइरहेको छ। बडो सोचनीय कुरा भइरहेको छ। अहिले नेपालमा पढेलेखेका अर्थात् मेरिटलिष्टमा पर्न सफल तीव्र दिमाग भएका शिक्षित डाक्टर, इञ्जिनियर, एमएस्सी, बीएस्सी पढेका, विज्ञान टेक्निसियन पढेका कम्प्युटर, पाइलट पढेका, एमबीएस, एमडी डाक्टर पढेका, पढाइमा फष्ट डिभिजन ल्याएका नेपाली युवा शिक्षितहरु अष्ट्रेलिया, अमेरिका, बेलायतमा पढ्न जाने र पढाइ पूरा गरिसकेपछि उतै जागिर खाइ विवाह गरेर आफ्ना जहान परिवार, छोराछोरी सहित विदेशमै बस्ने प्रवृत्ति बढेको छ।

तिनीहरु काम गर्न सक्ने उमेर भइञ्जेल अमेरिका बेलायत, काठमाडौं लगायत शहरमा बस्ने, कहिलेकाहीँ मात्र वृद्ध आमाबाबु भेट्न एक दुई महिना बिदा लिएर घर नेपालमा आउने र बिदा सकिएपछि पुनः नोकरी गर्न विदेश अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान फकेर्र जाने। काम गर्न सक्ने शिक्षित युवा जनशक्ति शारीरिक शक्ति बलियो हुँदा विदेशमा नोकरी गर्ने, काम गर्न नसक्ने, अपांग, वृद्ध भएपछि बूढेसकालको जीवन बिताउन मात्र नेपाल फिर्ता भई बस्ने आजकालका शिक्षित युवा वर्गहरुको टे«ण्ड चलिरहेको छ।

काम गर्न नसक्ने वृद्धवृद्धा, महिला, अशक्त र रोगी जनसंख्या नेपालमा बस्ने तिनले के काम गर्न सक्छन्? त्यस्ता वृद्ध महिला पुरुषले देशमा केही काम गर्न सक्दैनन्। देश विकासमा पनि महत्वपूर्ण योगदान दिन सक्दैनन्। त्यस्ता वृद्धवृद्धा अपांगको संख्या देशमा धेरै भयो भने देशमा उद्योगको विकास हुन सक्दैन। उद्योगको विकास भएन भने देशको अर्थ व्यवस्था झन् खस्किदै जान्छ र देश भोलि गएर गरीब, कंकाल भएर झनै निर्धन राष्ट्र बन्दै जानेछ।

आज गरीब राष्ट्रका जनताहरु सकी नसकी घर खेत धितो राखेर आफ्ना छोराछोरीहरु विज्ञान प्रविधि, व्यवस्थापन आदि विषय पढिरहेका छन्। ती शिक्षित जनशक्तिलाई सरकारले रोजगारी दिन सक्दैन। पढाइ सकेपछि ती शिक्षित युवाले पढ्न र रोजगारका निम्ति अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानाडा जस्ता देशमा ती शिक्षित युवालाई तत् राजदूतावासमार्फत भीसा स्वीकृति सजिलै दिइन्छ। गरीब देशका ती योग्य र शिक्षित युवाहरुलाई रोजगारी दिई क्यनडा, अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका देशहरुमा सजिलै राम्रो सुविधा दिइ राखिएको छ।

आज दशौं हजार नेपाली नागरिक कोरियामा काम गर्न जाने भएका छन्। त्यसैगरी थुप्रै नेपाली युवाशक्तिहरु साउदी अरबमा गएका छन्। तिनीहरुले विदेशबाट काम गरी केही डलर आर्जन गरी घर पठाएर घर खर्च चलाएका छन्। हाललाई घरपरिवार पनि खुसी देखिन्छन्। सरकार पनि विदेशबाट ती युवाले काम गरि पठाएको रेमिट्यान्सबाट सरकारी खर्च चलेको छ। मन्त्री, सांसद सबैले तलबभत्ता खाएकै छन्। हाललाई खर्च चलेकै छ। तिनीहरु पनि खुसी देखिन्छन्। भोलि विदेशीले श्रमिक कामदार नेपालबाट नलैजान र विदेशमा काम गर्न गएका कामदारलाई स्वेदशमै फिर्ता पठाइदिए भने यो देशको हालत कस्तो खराब होला। विदेशबाट रेमिट्यान्स पनि नआउने विदेशमा गएका युवा पनि देशमा उद्योग, कलकारखाना पनि नभएकोले यहाँ काम नपाउने यहाँ भइरहेका युवा वर्ग पनि काम नपाई बेरोजगार संख्या बढ्ने हो भने यो देशमा आर्थिक संकट भई देशको अवस्था भयावह र कहालीलाग्दो हुनेछ।

देशमा कुनै संकट नआउँदै देशका नेता वर्गले देशमा नयाँ नयाँ उद्योग खोली यहाँका शिक्षित, अशिक्षित सबै युवा वर्गलाई स्वदेशमै बेरोजगार शिक्षित युवा वर्गलाई त्यही किसिमको काम दिने, अशिक्षित युवालाई उसको क्षमता, योग्यता अनुसार स्वदेशमै रोजगारी दिई काम गर्न सक्ने युवालाई स्वदेशमै रोजगार दिउँ अनि मात्र यो देश धनी राष्ट्रमा गनिनेछ। त्यसपछि सारा नेपालीहरु धनी बन्नेछन्। स्वदेशमै युवाले रोजगार पाए नेपाली युवा रोजगार खोज्न विदेश जाने छैनन्। देशमा युवालाई रोजगारी दिए विश्वमा श्रम निर्यात गर्ने राष्ट्रमा गनिने छैन। देशमा उद्योग धन्दा विकास गर्न देशमा उद्योग गर्न चाहनेलाई सरकारी सरल कर्जा दिने, सरकारी नियम कानून सरल बनाइदिने, उद्योग गर्न चाहनेलाई सरकारले प्रोत्साहन नदिई थुप्रै रोजगारका अवसर सिर्जना गरिदिनुपर्दछ।

पढे लेखेका शिक्षित युवा विदेश पलायन हुने, नेपालमा वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, केटाकेटी र अदक्ष व्यक्तिमात्र बस्ने हो भने के देशले आर्थिक विकास गर्न सक्छ? अवश्य सक्दैन। त्यसैले त्यस्ता प्राज्ञिक, शिक्षित जनशक्तिलाई उद्योग विकास गर्न र स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्न अबको संघीय, प्रदेश र स्थानीय सरकार लागिपर्नु पर्ने बेला आएको छ। पढाइ र सीप अनुसारको काम दिई सरकारले त्यस्ता जनशक्तिलाई स्वदेशमै अवसर दिलाई आकर्षित गर्नुपर्छ। अनिमात्र देशको समृद्धिले गति लिनेछ। आफ्नै देशमा शिक्षित युवालाई स्वदेशमै काम गरी शिक्षित युवा जनशक्ति स्वदेशमै बस्छन् र अनिमात्र देश समृद्धितर्फ अगाडि बढ्नेछ। त्यसतर्फ सरोकारवाला पक्षको ध्यान जानु जरुरी देखिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width