प्राकृतिक सुन्दरताले परिपूर्ण तीर्थस्थल स्र्वर्गद्वारी

आदर्श समाज सम्वाददाता
असाेज २७, २०७१

प्राकृतिक सुन्दरताले सजिएको देवभूमि तपोभूमि नेपाल आध्यात्मसाधकहरूको पुण्य भूमि हो। मुक्तिनाथ, दामोदर कुण्ड, गोसाईकुण्ड, चतराधाम, देवघाट, जनकपुर त्रिवेणीघाट, पशुपतिनाथ आदि तीर्थस्थलहरू देवी देवताहरूकै बासस्थान हुन्। ठूला ठूला ऋषिमहषिर्हरूले तपस्या गर्ने ठाउँ पनि नेपाल नै भएकोले यसलाई तपोभूमि पनि भनिन्छ। नेपालका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरू मध्य स्र्वर्गद्वारी एक महत्वपूर्ण स्थान हो। यो मध्य पश्चिमाञ्चल विकास क्षेत्रको रापती अञ्चल अन्तरगत प्यूठान जिल्लाको खाल भन्ने गा.वि.स. मा पर्दछ।

स्र्वर्ग भनेको सुरलोक, देवलोक, उत्कृष्ट प्रकारको सुख प्राप्त हुने ठाउँ भनिन्छ। यति मात्र हैन कुनै किसिमको दुख, अशान्ति, अभाव आदिले असर गर्न नसक्ने र मृत्यु पछि पुगिने भनी विश्वास गरिएको ठाउँलाई स्र्वर्ग भनिन्छ। द्वारी भनेको स्र्वर्गमा प्रवेश गर्ने सानु ढोका बुझिन्छ।

स्र्वर्ग र द्वारी दुवैको समासले स्र्वर्गद्वारी भनिएको हुनु पर्दछ। स्र्वर्गद्वारी महाभारत श्रृङ्खलाको रमणीय शिखर मध्यको यौटा सुन्दर शिखर स्र्वर्गद्वारी समुन्द्रको सतहबाट २०२१ मिटर उचाईमा रहेको प्राकृतिक सुन्दरताले परिपूर्ण तीर्थस्थल हो। उहीले सत्य युगमा प्रजापति ब्रम्हाले यसै ठाउँमा ठूलो यज्ञद्धारा शक्ति सञ्चय गरी सृष्टि गर्नु भएको हो भन्ने उल्लेख भएको पाईन्छ। त्यस्तै प्राचीन कालमा ऋषि महषिर्हरूले दिव्यताको खोज गरी सिद्धि प्राप्त गरेको क्ष्ँेत्र पनि स्र्वर्गद्वारी नै हो भन्ने बुझिएको छ। वेद व्यास जस्ता त्रिकालदर्शी महषिर्हरूले तपस्या र यज्ञयज्ञादी गर्ने स्थान पनि स्र्वर्गद्वारी नै मानिएको छ।  यसैले स्र्वर्गद्वारी प्राचीन समयदेखि नै तपस्या गर्ने, दिव्यताको खोजी गर्ने र यज्ञयज्ञादि गर्ने भूमिको रुपमा प्रख्यात थियो भन्ने कुरा प्रष्ट हुन आउँछ। महाभारतका नायक पा“च पाण्डवहरू यही स्थान (स्र्वर्गद्वारी) मा तपस्या गरी स्र्वर्गको बाटो लागेको जनश्रुति परापूर्व कालदेखि नै चलि आएको छ।

बाल तपसी महाप्रभुले आश्रम निर्माण गरी महायज्ञ आरम्भ गर्नु पूर्व स्र्वर्गद्वारी सामान्य गौचरणको रुपमा रहेको थियो। त्यस ठाउँमा स्थानीय गाउँलेहरू आफ्ना चौपायाहरू चराउन र घाँस दाउरा गर्न जाने गरेका थिए। त्यति वेलासम्म ती निदोर्ष स्थानीय मानिसहरूलाई त्यस ठाउँको आध्यात्मिक र धार्मिक महत्वको वारेमा केही पनि थाहा रहेनछ। बाल तपसी महाप्रभुले गाउँहरूलाई भन्नु भएछ। यो ठाउँ हाम्रो यज्ञ गर्ने ठाउँ हो तिमीहरूले यी गोठहरू अन्यत्रै लैजाउ भन्दा यो ठाउँ तपाईंको हो भन्ने के प्रमाण छ भनि प्रश्न गरेछन्। बालतपसीले भन्नु भएछ “यहां खनेर हेर” हाम्रा यज्ञका सामानहरू (भाँडाकुँडा) हवन कुण्डहरू देखिने छन्। तिनै हुन यो भूमि हाम्रो हो भन्ने प्रमाण। स्थानीयहरूले यज्ञ स्थान उत्खनन गरे, बाल तपसीले भनेका प्रमाण भेटिए र गाउँलेहरूले गोठ अन्यत्र सारेछन्।

त्यही पवित्र भूमिमा बालतपसी महाप्रभुले विश्वशान्ति एवं मानव मात्रको कल्याणको निस्वार्थ कामना राखि अखण्ड महायज्ञको प्रारम्भ गर्नु भयो। विक्रमसम्वत् २०५२ साल बैशाख पूणिर्माका दिन महाप्रभू सहित सिद्ध, सन्त, विद्वान, ब्राम्हणहरूको उपस्थितिमा भूसंस्कार सहित समिधा स्थापना गरी महा यज्ञको शुरुआत गरिएको  थियो। महायज्ञका लागि अग्नी कुण्डमा आवश्यक हुने आगो महाप्रभूको आज्ञानुसार ब्राम्हणहरूले मन्त्रोचारणद्धारा उत्पन्न गरेका थिए। त्यसै बेला उत्पन्न गरेको महायज्ञको आगो ऐलेसम्म लगातार बलिरहेको छ, निभेको छैन। यस महायज्ञको पूर्णहुती कलियुगको अन्त्यमा स्र्वर्गका देवताहरूका गुरु वृहस्पती आएर गर्ने हुन् भनी साधु सन्तहरूको विश्वास रहेको पाइन्छ। सन्तहरूलाई परी भाषाको घेरामा बाध्न त्यति सजिलो छैन। हामीले शाव्दिक अर्थमा साधुहरूको परिभाषा  गर्न खोजिनु अल्पबुद्धि हुनेछ। साधुहरू चरित्रवान त्यागी, नैतिकवान, सत्मागोपदेशक धमोपदेशक जस्ता विशेषताले सम्मानित हुन्छन्। सन्तहरू समाजका गहना भनिएका छन्। सन्तहरू कुनै एक विशेष समुदायको मात्र नभई जगतका सबै समुदायका प्राणिमात्राका हुन्छन्। यसैले नीतिज्ञहरूको भनाई छः-“बसुधैव कुटुम्बकम्”

स्र्वर्गद्वारी आश्रम वैदिक सनातन परम्परा अनुसार संचालित आश्रम हो। यो आश्रमले सवै धर्म मान्नेहरूलाई समान व्यवहार गर्दछ। कुनै पनि धर्मलाई निषेध गरेको छैन। स्र्वर्गद्वारी क्षेत्रमा नेपाली र भारतीय दुवैथरी गरी वर्षमा पचासौं हजार दर्शनार्थीहरू आई दर्शन गर्ने गर्दछन् भनी स्र्वर्गद्वारी दपणमा ‘सुधांशुु ले लेख्नु भएको छ।

स्र्वर्गद्वारी महाप्रभूकै समयमा कविशिरोमणि लेखनाथ पौडेल संसारिक पिडा र शोकबाट विरक्त भै आत्मशान्तिको खोजी गर्दै स्र्वर्गद्वारी पुग्नु भएछ। केहि वर्ष महाप्रभुको संगतमा रहँदा लेखनाथजीलाई सन्यासी हुने इच्छा भएछ र महाप्रभुसँग सन्यास दिक्षाको इच्छा प्रकट गर्नु भएछ। महाप्रभुले तिमी सन्यासी हुने हैन आफ्नै जन्म थलोमा फर्की नेपाली साहित्यको सेवामा लाग्नु त्रि्रो भविष्य उज्वल हुनेछ भन्नु भएछ। महापभुकै आशिर्वादले कविशिरोमणि लेखनाथ पौडेल नेपाली साहित्य आकाशमा उज्वल ताराको रुपमा देखिन पुगेका हुन् भन्ने कुरा “पुण्यभूमि स्र्वर्गद्वारी” भन्ने पत्रिकामा कविशिरोमणिलाई प्रभुको उपदेश भन्ने लेखमा उल्लेख भएको छ। कहिंकतै कसै कसैले तरुण तपसी काव्य स्र्वर्गद्वारी महा प्रभुको जीवनी चित्रण गरिएको हो भन्ने पनि पाइन्छ भने आश्रमको नजिकै रहेको ऐतिहासिक बाँझ वृक्षलाई तरुण तपसि बनाई काव्य सृजना गरेका हुन् भन्ने पनि छ। स्र्वर्गद्वारी महाप्रभु गुरुको पैलोरात यसै वृक्षमुनि वितेको थियो।

स्र्वर्गद्वारी धार्मिक क्ष्ँेत्रको चर्चा गर्दा यसका संस्थापक बालतपसी महाप्रभु स्वामी हंसानन्द गिरीको बारेमा आवश्यक ज्ञान हुनु उचित नै हुन्छ भन्ने मैले ठानेको छु। महाप्रभुको जन्म विक्रम सम्वत् १९१६ साल श्रावण शुक्ल एकादशिका दिन बावा अनिरुद्र गौतम र आमा श्वेतकुमारीको कोखबाट पवित्र स्थल रुमटीमा भएको थियो। महाप्रभुको न्वारनको नाम नारायण गौतम राखिएको थियो। उहाँ ५ बर्षको उमेरमा नै तपस्याको निमित्त घर छोड्नु भएको रहेछ। १२ वर्ष पछि आई हालको स्र्वर्गद्वारी आश्रमको स्थापना गर्नु भएछ। २८ वर्षको उमेरमा काशिबाट आएका सन्यासी स्वामी सचिदानन्द गिरीबाट सन्यासको दिक्षा ग्रहण गरि स्र्वर्गद्वारी महाप्रभु हंसानन्द गिरीको नामले प्रसिद्ध हुनु भएको रहेछ। १९९७ साल पश्चात्, यज्ञशालाका वैदिक ब्राम्हणहरू शिष्य, प्रशिष्य, भक्तजनहरू सवैलाई भेला गराई अव उपान्त यो यज्ञशाला यथावत रुपमा तपाईहरूले चलाउनु होला भनी जिम्मा लगाउनु भएछ र भन्नु भएछ। अव म बैकुण्ठ परमधाम जा“दैछु। यज्ञशाला राम्रोसंग चलाउनु होला। यस महायज्ञलाई अविच्छिन्न रुपले सञ्चालन गर्ने जिम्मा तपाईहरूको हो। यस यज्ञको पूर्णहुति कली युगको समाप्ति पछि देवगुरु वृहस्पतिले गर्नु हुनेछ। मोक्ष प्राप्तिको लागि महत्वपूर्ण माध्यम यहि नै हो। स्त्री, पुत्र, बन्धु, बान्धव, म मेरो धन सम्पत्ती यी सवै बन्धनका कारण हुन्। विजुलीको चमक, पानीको तर·, डोरीको सर्प, स्वपनाको हिराको हार, जस्तै झुठ्ठा र क्षणिक दृश्य हुन्। सत्य बस्तु भनेको एक मात्र सर्व व्यापक परमात्मा परमेश्वर हुनुहुन्छ। जो हाम्रै हृदयरुपी मन्दिर भित्र विराजमान हुनुहुन्छ। उहाँकै चिन्तन गर्नु भन्ने आशिरवचन दिंदै १९९७ साल मार्ग शिर्ष शुक्ल चौथिको दिन परमधाम हुनु भयो भनी स्र्वर्गद्वारी महाप्रभुको जीवन चरित्रमा स्वामी नित्यानन्द परहंसले लेख्नु भएको छ।

नेपालको पूर्वदेखि पश्चिम सम्म फैलिएको महाभारत नामको महत्वपूर्ण पहाडी श्रृङ्खलामा ठाउँ ठाउँमा रमणीय शिखरहरू छन्। त्यहाँबाट दक्षिण तिरको उर्वरा फ“ाट सुन्दर नदिनाला देख्न सकिन्छ भने उत्तर तर्फ मनोहर हिमश्रृङ्खला पहाडी भू-भाग छरिएर रहेका गाउँ बस्ती हरियाली बन जंगल देख्न सकिन्छ। त्यस्तै श्रृखलाहरू मध्येको यौटा सुन्दरशिखर हो स्र्वर्गद्वारी। यस शिखरको दक्षिण तर्फ दाङदेउखुरी भित्री मधेश छन् भने उत्तर तर्फ धौलागिरि आदि हिमशिखर पर्दछन्। यिनैको काखमा रहेको छ स्र्वर्गद्वारी आश्रम। यस भूमिमा वेदव्यास पाँचपाण्डव र स्र्वर्गद्वारी महाप्रभुले ठूला ठूला यज्ञ गर्नु भएको बुझिन्छ। यस भूमिमा निर्माण भएका संरचनाहरूमा यज्ञशाला, महाप्रभुको समाधिस्थल, गुरुकुल आश्रम गौशाला, शिवालय मन्दिर, तपस्थली बाँझवृक्ष विशाल अखण्ड अग्नि कुण्ड आदि छन्। धार्मिक हिसावले होस् वा दृश्यावलोकनको हिसावले होस् एक पटक स्र्वर्गद्वारी पुग्नै पर्ने रहेछ। अस्तु।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width