प्राकृतिक खेती, अबको कृषि क्रान्ति

dbbishwakarma डी.बी. विश्वकर्मा
जेठ २, २०७७

विश्वको इतिहासमा मानिसले करिब ५ सय वर्ष यता पैसाले बाँचिन्छ भन्ने भ्रम पालेको देखिन्छ । करिब ४० वर्षदेखि कृषि क्रान्तिको नाउँमा कृषि उत्पादनलाई विशाक्त बनाउँदै आएको छ ।

मानिसको लागि स्वस्थ्य भएर जिउनलाई स्वच्छ भोजन पहिलो शर्त हो । हावा, पानी, जमिन, जंगल र जैविक विविधता जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । हावा र पानीविना जीवनको परिकल्पना गर्न सकिदँैन । यही जमिनमा भोजनको उत्पादन हुन्छ । जंगलले शुद्ध हावाको उत्पादन गर्दछ । यि सवै कुराहरुलाई समग्रमा पर्यावरण भनिन्छ । यी सबैलाई सन्तुलनमा राख्नु आवश्यक छ ।

विश्वको इतिहासमा मानिसले करिब ५ सय वर्ष यता पैसाले बाँचिन्छ भन्ने भ्रम पालेको देखिन्छ । करिब ४० वर्षदेखि कृषि क्रान्तिको नाउँमा कृषि उत्पादनलाई विशाक्त बनाउँदै आएको छ । आधुनिक कृषिको नाउँमा प्राकृतिक कृषिलाई लत्याएको छ । प्रविधिको विकास र प्रयोगको बहानामा प्राकृतिक कृषि समाप्त गरिदैँछ ।

२१ औं शताव्दीको सबैभन्दा ठूलो व्यापार खाद्य पदार्थको हुने गरेको छ । कृषि उत्पादनलाई व्यापार र नाफाको कोणबाट कसरी प्रचुर उत्पादन गर्ने ? भन्ने धुनमा परम्परागत कृषि प्रणालीलाई विस्थापित गरिएको छ । जहाँ, अन्तर्राष्ट्रिय कर्पोरेट कम्पनीहरुबाट उत्पादित प्रविधिले राज गरेको छ । हाइब्रिड विउ विजन, युरीया मल, केमिकलयुक्त विषादीजन्य पदार्थको उत्पादन र वितरण भइरहेको छ । यसलाई घरको गमलादेखि खेतबारीसम्म प्रयोग गर्न बाध्य पारिएको छ ।
आजको मानिसले कृषि उत्पादन र वितरण प्रणालीको सिष्टमलाई बुझ्न सकेको छैन । परम्परागत कृषि प्रणालीमा निर्भर बन्न सकिंदैँन भन्ने बुझाई छ । किसानले आफ्नो श्रम, पसिनाको उचित मूल्य पाउन सकेका छैनन् । तिनका उत्पादन दलाल र विचौलियाको माध्यमबाट कर्पोरेट मालिकहरुको कव्जामा पुग्ने गर्दछ । समान वितरणको अभाव छ । जसको कारण गरीव जनताहरु अनिकालको भोकमरीमा पर्ने गर्दछन् ।

‘कृषि व्यापार होइन, जीवन रेखा हो’ मावन जीवनलाई बचाउने आधार हो । जीवन अमूल्य छ भन्ने कुरा बुझ्नु जरुरी छ । करिव ४ हजार वर्षदेखिको हलो र प्राकृतिक खेती प्रणाली लोप भएको छ । गएको १ सय वर्षदेखि मानिसले कृत्तिम मेसिन र मलबाट कृषि उत्पादन गर्न लागिपरेको छ । कृषि बालीमा वंश परिवर्तन (जीएम)को प्रविधिको प्रयोग गरिएको छ । यस्तै, अवस्था रहेमा अबको २० वर्षमा मानिसहरु बिहेनै नगरी मर्नुपर्ने कृषि वैज्ञानिकहरुको विश्लेषण छ ।

नेपालमा कृषिको अवस्था

सन १९५० देखि नेपालमा विषादीको प्रयोग हुन थालेको देखिन्छ । तथ्यांकले देखाएअनृुसार तराईमा ३२ प्रतिशत, पहाडमा ९ प्रतिशत र उच्चपहाडी क्षेत्रमा ७ प्रतिशत विषादीको प्रयोग भएको देखिन्छ । नेपालमा ६३ प्रतिशत मानिस कृषिमा निर्भर छन् । देशको ८० प्रतिशत उद्योगधन्दा कृषिमा आधारित छन् । अझैसम्म सरकारले ४ प्रतिशत भन्दा बढी बजेट कृषिमा लगानी गरेको देखिदैँन ।

‘जहाँ समस्या, त्यहाँ उपाय’ अर्थात ‘जहाँ प्रश्न, त्यहाँ उत्तर’ भनेभैंm नेपालमा प्राकृतिक कृषि संभव छ । राज्यले उचित वातावरणको व्यवस्था मिलाउनु आवश्यक छ । अनुभवी र विषय विज्ञहरुलाई स्थान दिनुपर्दछ ।

नेपाललाई कृषि प्रधान देश घोषणा कितावमा मात्र सीमित राखिएको छ । कृषिसम्वन्धी प्रभावकारी नीति कार्यक्रम बन्न सकेको छैन । सरकारले नीति, कार्यदिशा, अवसर, चुनौतीको पहिचान गरी प्राकृतिक कृषि प्रविधिलाई व्यवहारमा लागु गर्न सकेको छैन । सरकार १० वर्षमा अर्गानिक राज्य बनाउने संकल्पमै सीमित छ । अहिलेसम्म नेपाल कुनैपनि उत्पादनमा आत्मनिर्भर बन्न सकेको अवस्था छैन ।

राज्यले सामान्य किसान मजदुरलाई उपेक्षा र अवहेलना गर्ने प्रवृत्तिको कारण आज उनीहरुको विदेश पलायन हुने क्रम बढ्दो छ । शिक्षित, पौरखी युवा वर्गका लागि स्वदेशमा श्रम पसिनाको सदुपयोग गर्ने वातावरण बनेको छैन । आफ्नो भविष्य सुनिश्चित छ भन्ने कुराको उनीहरुले महशुस गर्न सकेका छैनन् । देश प्रादेशिक संरचनामा गएपछि कर्णाली प्रदेशले भने पूर्ण अर्गानिक कृषि प्रदेश घोषणा गर्दै नीति समेत पारित गरेको छ । जहाँ, प्रकृति–मानव केन्द्रीत जनअभियान नेपालसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ ।

प्राकृतिक खेती, अबको कृषि क्रान्ति

कृषिलाई नाफा कमाउने र भाडा असुल्ने माध्यम बनाइएको छ । युरीया र विषादी प्रयोगको मात्रा जवर्जस्त बढाइएको छ । यसरी, खेती गर्दा प्रशस्त उत्पादन र मुनाफा हुने कुरा प्रशिक्षित गराइएको छ । जसको कारण किसानले प्राकृतिक कृषिलाई बिर्सिएको छ । जसले गर्दा किसानको जमिन उज्जड र रुखो बनेको छ । माटोको उर्वरा शक्ति क्षीण बनी खेती हुन छाडेको छ । विषादी प्रयोगबाट आज समग्र मानव स्वास्थ्यमा मात्र होइन अन्य प्राणी र पर्यावरणमा समेत असर पारेको छ ।

आज हामीले खाने खानाको स्वाद हराएको छ । त्यस्तो खानाले मानिसहरुमा विभिन्न खाले रोगहरु सुगर, प्रेसर, युरीक–एसिड, ग्याष्ट्रिक, अल्सर, क्यान्सर, उच्च रक्तचाप, मुटुलगायत ठूला रोगहरुका सिकार बनिरहेका छन् । मानिसको प्रजनन क्षमतामा ह्रास, वाँझोपनामा बृद्धि र बालबालिकामा अस्वाभाविक शारीरिक वृद्धि जस्ता समस्या देखिन थालेका छन् ।

अबको सोंच प्राकृतिक खेती

अर्गानिक कृषि भन्नु नै प्राकृतिक खेती हो । यसलाई जैविक खेती पनि भनिन्छ । यस किसिमको खेती गर्ने पद्धति र उत्पादन पर्यावरणमैत्री हुन्छ । मानिसको स्वास्थ्यमा कुनैपनि हानी गर्दैन । यस्तो उत्पादन स्वादिलो र पोषिलो हुन्छ । मानिसले ‘धन पैसा मात्र विनिमयको माध्यम हो, स्वस्थ्य जीवन नै पुँजी हो’ भन्ने कुरा बुझ्नुपर्दछ ।

‘जहाँ समस्या, त्यहाँ उपाय’ अर्थात ‘जहाँ प्रश्न, त्यहाँ उत्तर’ भनेभैंm नेपालमा प्राकृतिक कृषि संभव छ । राज्यले उचित वातावरणको व्यवस्था मिलाउनु आवश्यक छ । अनुभवी र विषय विज्ञहरुलाई स्थान दिनुपर्दछ । नकि, राजनीतिक आस्था, नातावाद, कृपावादको आधारमा भर्तिकेन्द्र बनाइनु हुँदैन । गल्तीलाई सुधार्दै विवेकले काम गर्नुपर्दछ । यसको लागि इच्छाशक्ति हुनुपर्दछ । वन, जंगलविना यो खेती संभव हुँदैन । तर, नेपालको ४० प्रतिशत क्षेत्रफल जंगलले ढाकेको छ । यहाँ पहाडी र समथर भू–बनोट छ । प्राकृतिक खेतीको लागि भौगोलिक हिसावले पनि उपयुक्त छ ।

प्राकृतिक कृषिको लागि सरकारले गर्नुपर्ने कुराहरु:

  • प्राकृतिक कृषिको लागि सम्भावना, अध्ययन, चुनौती, समाधानको उपायको खोजी ।
  • प्राकृतिक कृषि क्षेत्रलाई सम्मानीत पेशा बनाउने नीति कार्यक्रम ल्याउने ।
  • जैविक मल र विषादीको प्रयोगशाला पूर्वाधार तथा निर्माण ।
  • आवश्यक कृषि सामाग्रीहरु (जैविक मल, जैविक किटनाषक औषधी ) उत्पादन गर्ने ।
  • प्रांगारिक मलको लागि पशुपालनलाई प्रोत्साहन गर्ने (एउटा काठे गाइको गोवर र गहुँतबाट ५ विगाह भन्दा बढी जमिनमा खेती गर्न पुग्ने मल र जैविक विषादी तयार गर्न सकिन्छ )
  • व्यावसायिक कृषकहरुलाई कामको आाधारमा प्रोत्साहन गर्ने ।
  • कृषिमा विचौलियालाई रोक्ने ।
    विद्यालयदेखि विश्वविद्यालयसम्मका शिक्षामा अर्गानिक कृषिलाई जोड्नुपर्ने र कृषि विज्ञको उत्पादन गर्नुपर्ने ।
  • गरिवी निवारणका कार्यक्रमहरु संचालन गर्ने ।
  • किसानहरुका लागि हातेमालोको अवधारणा सहित स्थानीय निकायहरुको सिफारिसमा ऋण अनुदान उपलव्ध गराउने ।
  • किसानहरुको ज्ञानको स्तरलाई उकास्ने कार्यक्रम संचालन गर्ने ।
  • नमूना कृषि फार्महरुको स्थापना गर्ने ।
  • जैविक वनस्पतीको विकास गर्ने ।
  • अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण तथा बजारीकरण गर्ने ।

अवको विकल्प भनेकै प्राकृतिक खेती हो । सरकारले यो क्षेत्रमा नीति र कार्ययोजना बनाउनु पर्दछ । हाम्रो प्रकृति–मानव केन्द्रीत जनअभियान नेपालका अभियानकर्ताहरुमा प्राकृतिक खेती कसरी गर्ने भन्ने विज्ञता हासिल गरेका कृषि विज्ञहरु छन् । यदि, आवश्यक परेको खण्डमा सरकारसँग सहकार्य गर्न तयार छ । प्रकृति–मानव केन्द्रीत जनअभियान नेपाल सधैं प्रकृति र जैव–जीवनको पक्षमा रहेको छ ।

हाम्रो सुझाव