नेपालभरिका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा १०का विद्यार्थी भाइबहिनीहरूलाई आफूले जानेका, बुझेका तथा भोगेका विभिन्न जानकारीहरु पत्रात्मक रूपमा भए पनि सूचित गराउँन आउँदै गरेको प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउनका लागि यो सानो पत्र लेखेको छु। केही हदसम्म भए पनि यसले सहयोग पुर्याउनेछ भन्ने मैले अपेक्षा लिएको छु।
प्यारा विद्यार्थी भाइबहिनीहरू, आफूले जीवनमा पढेका, जानेका र अनुभव गरेका विभिन्न विषयको लेखाजोखा गर्ने प्रणालीलाई परीक्षा भनिन्छ। परीक्षाका विभिन्न प्रकारमध्ये प्रवेशिका परीक्षा निर्णाात्मक परीक्षा हो। विशेषतः लेखाइ सीपको माध्यमबाट निर्णा गर्नु पर्ने भएकाले यो परीक्षाले एउटै मात्र निर्णा गर्छ त्यो हो-‘हामी कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरू कक्षा ११ मा जान योग्य भयौँ वा भएनौं, हामीसँग माध्यमिक तहसम्मको न्यूनतम या उच्चतम ज्ञान के कति प्राप्त भयो -’ यही कुरालाई लिखित रूपमा प्रकट गराउने माध्यम हो प्रवेशिका परीक्षा। हो, हामीले १० वर्षसम्म विद्यालय भित्र वा बाहिर औपचारिक वा अनौपचारिक रूपमा रही विभिन्न विषयको ज्ञान आर्जन गर्यौँ। शिक्षकहरूले दिएका, सिकाएका विभिन्न विषयवस्तुलाई आफ्नो क्षमता र खुबीले भ्याएसम्म अध्ययन गर्यौँ। तिनै सिकेका कुरालाई लिखित रूपमा उतारेर प्रत्येक प्रश्नले खोजेको र मागेको उत्तर, सफा, शुद्ध, स्पष्ट एवम् मौलिक ढङ्गले दिन सक्ने विद्यार्थी नै प्रैवेशिका परीक्षाको उत्कृष्ट परीक्षार्थी ठहरिन्छ।
प्राचीन कालदेखि नै विभिन्न ऋषिमुनिहरूले आफ्ना शिष्यहरूलाई विभिन्न प्रकारका परीक्षा लिएर शिक्षामा पारङ्गत गराउँदै आएको पाइन्छ। ज्ञानको क्षीतिजलाई फराकिलो बनाउँदै आएका विषयगत तथ्यहरू हामीले पढ्दै र सुन्दै आएका पनि छौँ। परीक्षा भनेपछि फेल वा पासमध्ये आफ्नो क्षमता अनुसार एक त निश्चित नै हुन्छ। के होला? कस्तो होला ? कस्ता प्रश्नहरू आउलान् ? फलानो विषयमा आफ्नो कति अङ्क आउला- समग्र प्रतिशत कति हासिल गर्न सकूँला? उत्तरपुस्तिकाहरू के-कसरी परीक्षण होलान् ? आदि धेरै जिज्ञासा परीक्षार्थीको मनमा उब्जिनु स्वभाविकै हो। किनकि हामी मानव जातिको जिज्ञासु स्वभावले नै २१ औँ शताब्दीमा प्रवेश गरेको कुरालाई कसैले नकार्न सक्दैन। तर विद्यार्थीले लेखेका कुराको सही मूल्याङ्कन हुनुपर्छ। जुन विषय प्रत्येक वर्ष उत्तर पुस्तिका परीक्षणका समयमा उठ्ने गरेको छ।
भाइ-बहिनीहरू, विद्यालयीय जीवनमा हामीले धेरै परीक्षा दिएका छौँ। हामीले राम्रो एवम् मेहनेत गरी अध्ययन गर्दाको समयमा अवश्य पनि हाम्रो नतिजा राम्रो भएको छ भने अध्ययनको गहिराइमा पुग्न नसकेको समयमा परीक्षामा अवश्य नै सोचे जस्तो अङ्क आउन सकेको छैन। सबैले बुझने, आकर्षक सिर्जनशील, तथ्यगत, साँचो एवम् सत्य प्रश्नका उत्तरलाई जसले पनि सही र सत्य नै मूल्याङ्कन गर्छ। त्यस कारण पहिलो प्राथमिता परीक्षामा खँदिलो विषयवस्तुसहितको लेखनशैली र ढाँचालाई दिनु पर्छ।
परीक्षा आउन अब धेरै दिन बाँकी छैन। त्यसैले यो समयलाई विशेष ख्याल गरी राम्रो चाँजोपाँजो मिलाउँदै नजानेका विषयवस्तु साथीभाइसँग कक्षागत रूपमा छलफल गर्ने, कक्षागत रूपमा पनि समस्याको समाधान ननिस्के शिक्षकको सहयोग माग्ने, सधैँ हँसिलो, खुसिलो, बन्दै सबै साथीभाइसँग मित्रवत व्यवहार गर्ने, केही समय पढ्ने, केही समय खेल्ने, केही समय पुनताजगीका लागि मनोरञ्जन गर्ने गर्नु उचित हुन्छ। यसो गर्दा अध्ययन गरेका विषयवस्तु स्मरण गर्न सजिलो हुन्छ। अध्ययनलाई बोझको रूपमा लिने, तयारी राम्रो नपुगेका कारण हतास मनस्थिति बनाउने, आत्तिने, डराउने, गर्दा परीक्षा बिग्रिन सक्छ। त्यसकारण आफूले जानेको विषयवस्तुमा गौरव गर्न सक्नुपर्छ। परीक्षाको अवधिमा शिक्षक, विद्यालय एवम् अभिभावकको दबाबमा परी रातभरि पढ्ने गर्नु हुँदैन। यसले उल्टै परीक्षाको समयमा बिरामी भइ सबै परीक्षा बिग्रिने सम्भावना हुन्छ। स्वास्थ्य नै राम्रो भएन भने कुनै पनि काम राम्ररी गर्न सकिन्न। त्यसकारण भाइ बहिनीहरू, परीक्षाको अवधिमा मात्र नभई जीवनभरि नै स्वास्थ्यलाई विशेष ख्याल गर्दै अगाडि बढ्नु पर्छ।
प्रवेशिका परीक्षा कहिलेबाट सुरु हुँदैछ ? कुन दिन कुन विषयको परीक्षा छ ? त्यसको विषयगत तालिका आफू सुत्ने कोठामा स्पष्ट देखिने गरी टाँस्नुपर्छ। परीक्षाको अघिल्लो दिन आफूले परीक्षा दिने स्थान -परीक्षा केन्द्र) थाहा पाउनु पर्छ। आफू बस्ने स्थान र परीक्षा केन्द्रको दूरीलाई मध्यनजर गरी कति समयमा परीक्षा केन्द्रमा पुग्ने हो सोको यकीन गर्दै समय मिलान गर्नु पर्छ। परीक्षा अवधिका प्रत्येक दिन आफ्नो प्रवेश पत्र सुरक्षितरुपमा साथमा लिएर जानु पर्छ। उत्तर पुस्तिकामा कुनै दिन पनि पटक्कै नभुली आफ्नो सिम्बोल नं. दिइएका विभिन्न निर्देशनहरू गल्ती नगरी सफा र शुद्ध रूपमा लेख्नु पर्छ। प्रश्नका उत्तर लेख्न सुरु गरेपछि प्रत्येक प्रश्नको अङ्कभार, समयावधि जस्ता विषयलाई विशेष ख्याल गर्दै समस्या समाधान गर्नु पर्छ। आफूलाई परीक्षा अवधिमा कुनै समस्या परेको छ, कहीँ कतैबाट आफूलाई बाधा-अवरोध सिर्जना भएको छ भने तुरुन्तै निरीक्षकलाई जानकारी गराइ हाल्नु पर्छ। परीक्षाका लागि चाहिने आवश्यक सामग्रीहरू ज्यादै जतन साथ राख्नु पर्छ। परीक्षा अवधिमा जोखिमपूर्ण हात-हतियार र सवारी साधन चलाउने गर्नु हुँदैन।
अतः प्रवेशिका परीक्षामा सम्मिलित सम्पूर्ण भाइ-बहिनीहरूलाई सबैले आ-आफ्नो ठाउँबाट गर्नु पर्ने सहयोग गर्नु पर्छ। यो फलामे ढोका होइन, सुन्दर ढोका हो। यसपश्चात जीवनका अन्य कयौं सुन्दर बाटाहरू भेटिन्छन्।
(लेखक शिक्षक स्पाइरल ग्यालेक्सी उच्च मावि, पोखराका शिक्षक हुन्।)
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
कार्तिक २४, २०८१‘पूर्णपाठ आएपछि आँफै अदालत हाजिर हुन्छु’
कार्तिक २४, २०८१पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए
कार्तिक २३, २०८१पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक र चार्टर्ड उडानमै सीमित
कार्तिक २३, २०८१सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरामा अवतरण
कार्तिक २२, २०८१