मानव जीवन एक अनुपम अवसर हो। जब साँच्चै नै यसलाई बुझ्ने प्रयत्न गरिन्छ। मानव सभ्यताको उषा कालदेखि नै मूलतः पूर्वीय सभ्यताको हरेक ग्रन्थमा आफ्नै ढंगले यसको अर्थ एवं महत्त्वलाई सर्वत्र चर्चा गरिएको छ। हाम्रा आस्थाका इश्वरीय स्वरुप हुन वा ग्रन्थका सवै कुनै न कुनै रूपमा योगसँग जोडिएका छन्। यसकै पृष्ठभूमिमा शक्ति र अनेकन स्वरुपको सृष्टि एवं परिचर्चा भएको कुरा हाम्रा वैदिक ग्रन्थहरूमा पाइन्छ। विगत होस वा वर्तमान मानव सभ्यता एवं स्वास्थ्य योगसँग जोडिएको छ।
वर्तमान समयमा योग मानव स्वास्थ्य रक्षाको सवोर्त्तम विकल्पको रूपमा विकसित हुँदै गएको देखिन्छ। त्यसैले पूर्वीय दर्शनमा प्रतिपादित योगविद्या आज पश्चिमी संसारमा पनि द्रुततर गतिमा विकसित भएको पाइन्छ। यसर्थ जून २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइएको छ। संयुक्त राष्ट्र सङ्घले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सक्रियतामा यस दिवसलाई विश्व स्तरमा मनाउने परिपाटी प्रारम्भ भएकोछ। नेपालको पनि राष्ट्रिय स्तरमा सक्रियता र सहभागिता रहेको छ। योग ध्यानलाई सभा समारोहका माध्यमले सञ्चालन गरी परस्परमा साँस्कृतिक आदन प्रदानका विविध कार्यक्रम सचालन गरी यो दिवस मनाइएको छ। विश्वमा सद्भाव र शान्ती स्थापनाका निम्ति यस कदमले निश्चय नै महत्त्वपूर्ण भूमिका खेल्नेछ।
विश्व स्वास्थ्य सङ्गठनले आजको जटिल परिस्थितिमा मानिस हर तरहले मानसिक एवं शारीरिकरूपमा स्वस्थ र सशक्त रहन स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने मान्यतालाई अघि सार्दै योगलाई यसको एक भरपदो आधार स्तम्भको रूपमा लिएको छ। हरेक दिन कम्तीमा आधा घण्टा प्रातः भ्रमण एवं सन्तुलित व्यायामलाई जीवन पद्धतिको रूपमा विकसित गर्न विश्वव्यापीरूपमा आव्हान गरिएको छ। यसलाई सार्थक रूप दिन अवस्य नै महत्त्वपूर्ण भूमिका खेल्नेछ।
स्वास्थ्य रक्षाको निम्ति नियमित सन्तुलित एवं वैज्ञानिक व्यायमको अनिवार्य आवश्यकता छ। त्यो पनि शारीरिक र मानसिक दुवै रूपमा सम्पादन गर्नु औचित्यपूर्ण देखिन्छ। जसको सवोर्त्तम विकल्प योग नै हो। यो विज्ञको सर्म्पर्क र निगरानीमा समुचित तवरले आवश्यकताअनुरुप यसलाई अपनाउनु आवश्यक छ। जसलाई मूतरूप दिन व्यक्ति, समाज, राष्ट्र एवं विश्वमै योगको भूमिकालाई योगलाई नकार्न सकिँदैन। यसको उचित प्रचार प्रयोग र नियमितताको पनि उत्तिकै अनिवार्य आवश्यकता अपरिहार्य रहेको छ। अतः यस विशेष अवसरमा हामी सबै योग गरौं। यस सुअवसरबाट योग गरौं स्वस्थ र सुखी रहौं।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०