प्रतिभाशाली राजनीतिज्ञ मोदी भैयाबाट पाठ सिके हुन्छ

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७१

संसदीय व्यवस्था भएको प्रजातान्त्रिक गणतन्त्र भारत केही विषयमा संयूक्त राज्य अमेरिकासँग मिल्दो जुल्दो राजनीतिक परिपाटी भएको देश हो। गणतन्त्र भारतमा २ सदन छन्। तल्लो सदनलाई लोक सभा भनिन्छ। लोक सभामा ५४३ जनप्रतिनिधिहरूले प्रतिनिधित्व गर्दछन्। उपल्लो सदन जसलाई राज्य सभा भनिन्छ। जहाँ २५० जना विशिष्ट ख्याती प्राप्त व्यक्तिहरूबाट प्रतिनिधित्व गर्ने चलन छ। भारतमा प्रान्तीय सरकारको परिपाटीले गर्दा त्यहाँको विधान सभाद्वारा मुख्यमन्त्रीको नेतृत्वमा प्रँन्तीय सरकार गठन हुन्छ।

भारतमा राष्ट्रपति लोक सभा, राज्यसभा तथा विधान सभाका सदस्यहरू मध्येबाट निर्वाचित हुन्छन्। तर प्रधानमन्त्री भने जनताको प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने संवैधानिक प्रावधान छ। भारतका प्रधानमन्त्रीको पद अधिकार सम्पन्न गरिएको छ। राष्ट्रपति पद अर्थात राष्ट्राध्यक्ष अलंकारिक मात्र हो। लगभग ५ करोड जनसंख्या भएको भारतको गुजरात राज्य अरेवियन सामुद्रिक किनारसँग जोडिएको छ। नेपाल भन्दा ३३ प्रतिशतले ठूलो १ लाख ९५ हजार ९ सय ८४ वर्ग कि.मि. क्षेत्रफल भएको गुजरात राज्यको राजधानी महात्मा गान्धीको नामबाट नामाङकित गान्धीनगर हो। यहाँको प्रान्तीय भाषा गुजराती हो।

भारतका राष्ट्रपिता तथा अहिंसावादी नेता गान्धी गुजरातको अहमदावादमा जन्मेका हुन्। भारतको पञ्जाव राज्यको राजधानी चण्डीगढपछिको वास्तुविद्हरूद्वारा शहरी योजना  गरिएको दोश्रो शहर अहमदाबाद हो। अहमदावादमा महात्मागान्धीको बाल्यकाल वितेको थियो। गुजरात जैनहरूको मुख्य स्थल मानिन्छ। उनीहरूले बनाएका पालीटाना गिरनाका जैन मन्दिरहरू पर्यटकहरूको लागि विश्व प्रख्यात छन्। भारतका राज्यहरू मध्ये गुजरात धेरै सम्पन्न छ। त्यहाँका बासिन्दाहरू प्रभावशाली मेहनती भएकोले सम्पन्नताको शिखरमा छन्। उद्योगधन्दामा टेक्सटायल गुजरातको प्रमुख उद्योग मानिन्छ। भारतले विश्वलाई दिएको सूति धागोको योगदान सम्वन्धी प्रविधि गुजरात राज्यको देन हो। पर्यटकहरूलाई मनोरञ्जन दिने १४०० वर्ग कि.मि. को ससानगिर जंगलका एशियन बाघहरू ९ब्क्क्ष्ब्ल् ीक्ष्इल्क्० हुन। आज ती बाघहरू लोपोन्मुख अवस्थामा छन्। आफ्नो उत्कृष्ट सिपको आधारमा गुजरातीहरू अमेरिकाको न्यूयोर्क शहरमा १ लाखको संख्यामा वसोवास गर्दछन्। जुन ँपटेल’ भन्ने जातिबाट प्रख्यात छन्।

सन् १९५० को सेप्टेम्वर १७ तारिख अर्थात वि.सं. २००७ साल भाद्र १ गते विहिबारको दिन गुजरातको मेहसाना जिल्लाको वादनगर स्थित निम्नमध्यम वर्गिय सामान्य तेल व्यवसायी परिवारमा ६४ वर्ष पहिले नरेन्द्र दामोदरदास मोदीको जन्म भएको थियो। जीवनमा ठूलो दुःखकष्ट झेलेका मोदीका बाबु दामोदर दास मोदीको रेलवे स्टेशनको चीया पसलमा चीया वेच्दै बाबुलाई सघाउथे।  आफ्ना दाजु भाई मध्ये नरेन्द्रमोदी भिन्न स्वभावका थिए। १७ वर्षको उमेरमा घरबाट निस्केका मोदी भारतको  अलमोडा देखि चिनको तिब्बत क्षेत्र भित्र पर्ने मानसरोवर सम्म पैदल यात्रा गरेका थिए। किशोर अवस्थामा नै गुजरातको ठिटो पैदल यात्रामा लामो दुरी पार गर्ने आत्मबलका र दृढस्वभावका १८ वषिर्य मोदीले आफ्नो रीतिरिवाज अनुसार विवाह पनि गरे। तर लामो समयसम्म पत्नी जेशोदासँग बस्ने मौका पाएनन्। संर्घष्ा गर्दै गुजरात विश्व विद्यालयबाट मोदीले प्राईवेट परिक्षाबाट राजनीति शास्त्रमा एम.ए. पनि गरे।

सन् १९८० मा भारतीय जनता पार्टीगठन पूर्व समाज सेवाका लागि चर्चित मैसकेका थिए। मोदी भाजपामा प्रवेश गरेर विभिन्न समयमा विभिन्न पदमा रहेर कार्य सम्पादन गरिरहेको बेला सन् १९९९ मा पार्टीको जिम्मेवार पार्टीप्रवक्ता भएर ४० भन्दा वढी देशहरूको भ्रमण गरी अध्ययन पनि गरे। देशको विकास बिना जीवनस्तरको विकास हुदैन भन्ने विकसित देशकेा अवस्थालाई मनन् गर्दै गुजरातमा रातो दिन खटिए। नरेन्द्र मोदीको क्षमतालाई आंकलन गर्दै भारतका तत्कालीन शक्तिशाली नेता तथा प्रधानमन्त्री स्व. अटल विहारी वाजपेयी र लाल कृष्ण आडवाणीको सहयोग पाएर ४ पल्टसम्म अर्थात १३ वर्षसम्म गुजरात राज्यको मुख्य मन्त्री वने। पहिलो पल्ट नरेन्द्र मोदी मूख्यमन्त्री हुँदा गुजरात राज्यमा कूल २ हजार मेगाबाट विजुली उत्पादन हुन्थ्यो भने उनको १३ वषिर्य कार्यकालमा २४ हजार मेगावाट विजुली उत्पादन गरी छाडे। नेपाल जलश्रोतको दोश्रो धनी देशमा अहिलेसम्म २ हजार मेगावाट -एक मेगावाटमा १ हजार किलोबाट हुन्छ) विजुली उत्पादन हुदैन। जबकी ५ करोड जनसंख्या भएको भारतको गुजरात राज्यमा प्रत्येक घरमा विजुलीको प्रयोग भैसकेको छ। जुन भारतका नवनियूक्त प्रधानमन्त्रीको असाधारण प्रतिभाको फल हो। लगनशील, अध्ययनशील र संर्घष्ाशील विकासप्रेमी मोदीको जीवनबाट हाम्रा नेताहरूले पाठ सिके हुन्छ।

गुजरात राज्यका विकास निर्माणका अभियान्ता दृढ स्वभाव र प्रस्टवक्ता गुजरातको मात्र होर्इन समग्र भारतको विकास गर्न ९५ वषिर्य माता हिरा बेनलाई छाडेर विपन्न परिवारको मोदीलाई भारतीय मतदाताहरूले राजधानी दिल्ली पठाएका छन्। जसरी कुनै बेला गरिबपरिवारबाट स्व. लालवहादुर शास्त्रीलाई पठाएका थिए। मोदी आफू मूख्यमन्त्री हुँदा कुनैपनि परिवारका सदस्यहरूलाई सरकारी सहुलियत प्रयोग गराएनन्। यस्ता त्यागी, राष्ट्रको लागि ज्ञानी मोदी भैयालाई सर्वोच्च निकायमा पठाएर भारतको प्रजातान्त्रिक गणराज्यको शान र मान वढाउने भारतीय जनता महान हुन। अव मोदीको प्रभावशालीताका कारण भारतीय प्रायदिपमा कस्तो प्रभाव पर्ला भविष्यले निराकरण गर्नेछ।

(लेखकः सराङकोट गा.वि.सको निवर्तमान अध्यक्ष हुन। सं.)

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width