प्रणय दिवसको शुरुआत

yuwaklamichane युवक लामिछाने
फागुन २, २०७५

फ्रेबुअरी १४ अहिले केही वर्ष यता प्रणयदिवसका रुपमा मनाउन थालिएकोछ । मायाका बारेमा बहस नचल्ने कुरै भएन । मानसिक रोगका लागि प्रेम भन्दा ठूलो उपचार औषधि विज्ञानमा छैन । प्रेम, माया र स्नेह जस्तो सुकै जटिल रोगको पनि उपचार हो । प्रेमरुपी क्याप्सुलले घातक रोगलाई पनि निको पार्न सक्छ । लेख, रचना र साहित्यमा सबैभन्दा बढी प्रयोग गरी लेखिएको विषय प्रेम हो । कथा ,उपन्यास,गजल र मुक्तक किन नहोउन् मुख्य विषयवस्तु प्रेम नै हुन आउँछ । भनिन्छ मायालाई धन–सम्पत्ति, जात–धर्म र वर्गले फरक पादैर्न । प्रेम भनेको दुई आत्मको मिलनहो । दुई आत्मको मिलनको आर्कषणलाई रोक्ने तागत कसैसँग हुँदैन ।

त्यसैले प्रेम यस्तो आगो हो न सल्काएर सल्कन्छ न निभाएर निभ्छ । त्यसकारण  मायाको संसारमा प्रणयदिवसको सुरुवात हुनु कुनै नौलो कुरा होइन । प्रणयदिवस कहिले देखि सुरु भयो कसरी सुरुवात भयो भन्ने विषयमा धेरै चर्चा चलेका छन् । एउटा अरव वस्तीको कथा लैला र मज्नुको प्रेम कहानी र सैनिकले गरेको विद्रोहका कथाहरु हामीले पढेकाछौं । लैलाले मज्नुलाई पाउन नसकेपछि प्राणत्याग र मज्नुको लैलाप्रतिको सर्मपण जुन दिन १४ फेबुअरी थियो । जुन दिनसम्म लैला र मज्नुलाई एक हुनबाट बञ्चित गर्ने समाज र प्रेममा ईष्र्या गर्ने मानिसहरु एउटै चिहानमा पुर्न बाध्य थिए । त्यही दिनको सम्झनामा झाँगिदै गएको प्रेम दिवस आज यसबाट नेपाली समाज र युवायुवती पनि अछुतो रहन सकेनन् ।

प्रेम सस्तिएको छ  तर प्रेममा दिइने उपहार महङगिएको छ । माया त साच्चि नै आफैँ हुन्छ । प्रेम स्वतः हुने कुरा हो । प्रेम गर्न हामी स्वतन्त्र छौं  । हिजो प्रेम गर्न स्वतन्त्र थियो ? आज प्रेमको अर्थ के  हो ? सवैले प्रेमको अर्थ बुझेका छन् ?यद्यपि यी सवै प्रश्नको उत्तर एउटै वाक्यमा आउन नसके पनि लैजा र मज्नु , रोमियो र जुलिएट देखि राधा कृष्ण आदि पात्रहरुमा पनि कहिले मिलन  भएको थियो र ? । हामीले मनाउने भ्यालेन्टेइनडेको पनि विछोडकै इतिहास छ । वियोगान्त कथाबाट शुरुवात भएको प्रणय दिवस राधा कृष्णको काहानीले अझ मलजल गरेको छ । एक दिन श्री कृष्णले बाँसुरी बजाउँदै गाई चराउँदै गरेका बेला बाँसुरीको धुँनमा मोहित हुँदै कृष्ण भएको ठाउँमा राधा पुगेर प्रश्न गर्छिन् मेरो आत्मा, परमात्मा हजुर । तर म हजुरको कहाँ कहाँ छु ? श्री कृष्णले राधालाई  भन्नु भयो तिमी मेरो तनमा छौ , मनमा छौ , मतिष्कमा छौ र मुटुमा पनि । सारा धडकनमा तिमी छौ । राधाले फेरि प्रश्न गरिन् ए मेरो हजुर त्यसो भए म हजुरको कहाँ छैन ? प्रतिउत्तरमा श्री कृष्ण भन्नुहुन्छ राधा तिमी मेरो ठाउँमा भएर पनि मेरो भाग्यमा छैनौ । राधाचुप रहिन् तर कृष्णलाई प्रेम गर्न भने छोडिनन् ।

प्रेमको जगतमा श्रीकृष्ण र राधा जहाँ जहाँ गए जता–जता गए एक अर्कालाई मनमै सजाएर रहे । प्रेममा बुझ्नै पर्ने कुरा के छ भने एक अर्काको कमजोरीलाई अपनाउन आवश्यक छ । प्रेममा म भन्ने कुरा हुदैन हामी भन्ने शब्दबाट प्रेमको शुरुवात भएको हो । प्रेम बुझेर गरिने कुरा होइन प्रेम जाँचेर जाँचिने वस्तु पनि होइन मिलनमा मात्र प्रेम सम्झनेहरुले प्रेमको अर्थ बुझेका हुँदैनन् । प्रेममा ठूलो उपलब्धि हुन्छ भनेर गरिने प्रेमको मूल्य नै हुदैन । प्रेमको गन्तव्य सोचेर गरिने प्रेमको अर्थ हुँदैन । मानिसका लागि प्रेम एक जैविक, मनोविज्ञान तथा सामाजिक आवश्यकता हो । प्रणयदिवस एक  अर्काको मायाको आवश्यकता पूर्तिको एक अवसर पनि हो ।

गजवको कुरा के छ भने,  अहिले सकक्ली भन्दा पनि नक्कली प्रेमको अनेक रुप देखिन थालिएको छ । प्रेममा प्राप्तिभन्दा पनि समर्पण ठूलो कुरा हुन्छ । तसर्थ प्रेममा व्यक्तिको मित्रता, सहानुभूति तथा सहयोग देखाउनु र गर्नु प्रेमको रुप हो प्रेम वहस गर्ने विषय नभई यो महसुस गर्ने चेतना हो । प्रेम एक जनाको मनबाट निस्किएर अर्को व्यक्तिकोमा प्रस्ताव बनेर पुग्दछ तव प्रेम व्यक्तिगत रहन्न प्रेम त अझै झाँगिएर अगाडि बढ्छ । प्रेम कसैप्रतिको सकारात्मक भावना को तहमा पुग्दछ भने त्यो दुई आत्माको मिलन मात्र बन्दैन दुई परिवार, दुई समाज र दुई संस्कार वीचको विषय बन्न पुग्दछ ।

१८ औंशाताब्दीको अन्ततिर भएको फ्रान्सेली राज्यक्रान्तिको उपलब्धि भनेकै निश्चित समय काम गर्नु, आराम गर्नु र मनोरञ्जन गर्नु थियो । त्यही मनोरञ्जनको रोमान्टिक लभ यसैको उपज हो । यो स्वतःपाइएको अवस्था होइन लभका विद्वान भनिने स्टोनका भनाइबाट के पुष्टिहुन्छ भने १८ औं शताब्दी भन्दा पहिला रोमान्टिक लभको शुरुवात भएकै थिएन । अर्का लेखक सोर्टरका अनुसार भावनात्मक सम्बन्ध र रोमान्टिक लभको जरा भनेको पूँजीवादी क्रान्तिको परिणामहो ।

तसर्थ पोखरा, काठमाण्डौं, धरानजस्ता थुप्रै नेपालका शहरमा प्रणयदिवसको दिनलाई (१४ फेबुअरी) मध्यनजर गरेर करोडौंको गुलाव अनि कार्डहरु बिक्रीहुने गरेको हामीले सञ्चार माध्यममै पढेका छौं । आज किन प्रेमउपहारमा परिणत हुँदैछ । मैले प्रेम गरेको बदलामा प्रेम नै चाहिन्छ भन्ने नियतले प्रेम कम र प्रेमको मोलमोलाई बढी हुने गरेको छ । आफुले माया गरेको मान्छे सँग मायको अपेक्षा राख्नु कदापि अनर्थ होइन तर मैले तिमीलाई माया गरे तिमीले पनि माया गर्नु पर्छ भनेर कोही माथि हक जमाउनु र जर्वजस्ती गर्न छुट भने कसैलाई छैन । कतिपय यस्ता हठले अपराध जन्माएको छ । प्रेमको नकारात्मकता प्रवाह भएको छ । आफुले मन पराएको मान्छेलाई म प्रेम गर्छु भन्ने स्वतन्त्रता छ हिक्मत पनि हुनु पर्छ नत्र प्रेमको अंकुर कसरी पलाउँछ ? तर प्रेम गर्छु भन्नेले म प्रेम गर्दिन भन्ने उत्तर पनि सुन्न र मनन गर्न सक्ने क्षमता र साहस आवश्यक पर्दछ । यद्यपि एउटा प्रेमीले यस्तो उद्गार व्यक्त गर्दछः

“ यो प्रणय दिवस मनाइरहेको सन्दर्भमा जति नजिक छँदा तिमीले दिएको चोट र पीडाले मन दुःखित थियो । टाढा हुँदा ती यादहरुले बेशी सताउँदो रहेछ । भनिन्छ चोखो माया मदैर्न र भुल्न पनि सकिँदैन । जति मैले तिमीलाई माया गर्थे त्यति नै माया अहिले पनि गर्छु र पछि पनि गर्ने छु ।”

Related News

सम्बन्धित समाचार

    • उच्च आशा, कमजोर परिणाम

      ananda raj mulmi आनन्दराज मुल्मी फागुन १५, २०७७
      २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधान झण्डै ८ वर्ष समय २/२ वटा संविधान सभाको निर्वाचन अनि स्वभाविक…
    • ‘हिमालतिर’ विचरण गर्दा

      प्राडा नारायणप्रसाद खनाल प्राडा नारायणप्रसाद खनाल फागुन ८, २०७७
      फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…

    hero news full width