प्रजातन्त्र दिवस

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७०

हाम्रो देश नेपालमा प्रजातन्त्र दिवस भन्ने शाब्दिक सर्न्दर्भले वि.सं. २००७ साल फाल्गुण ७ गतेलाई स्मरण गराउँछ। यसको पछाडि एउटा शताब्दीभन्दा लामो ऐतिहासिक श्रृङ्खला गाँसिएको छ। वास्तवमा प्रजातन्त्र भनेको शासनको त्यो प्रकार हो जस्मा राज्यको शासकीय शक्ति कुनै विशेष वर्ग वा व्यक्तिमा निहित नभै समाजका सम्पृण सदस्यहरूमा रहने प्रक्रिया हो। यो शब्द सुन्दैमा प्रिय लाग्छ। विश्वमा बदनामी अनेकौं क्रुर शासकहरूले पनि आफूले लादेको शासन व्यवस्थालाई प्रजातान्त्रिक व्यवस्था भन्न रुचाउँछन्। नाजी जर्मनीका हिटरले आफ्नो शासन व्यवस्थालाई अत्यन्त लोकतान्त्रिक (प्रजातान्त्रिक) भन्ने गर्थे। यस्तै, नेपालमा पनि १०४ वर्षको लामो अवधि राणाहरूको जहानीय शासनको चंगुलमा पर्‍यो। देशको ढुकुटी लुटियो। अवसरहरू बन्द भए, राणा परिवार मोजमस्तीमा भुले, देश र जनताको भलाईको लागि कसैले चिन्ता गरेन। राणाहरूले नाटक खेले, सर्वसाधारण जनताले दृश्य हेरे। यही जहानीय शासन तोडी जनतामा शक्ति हस्तान्तरण भएको दिन हो २००७ साल फाल्गुण ७ गते। तदोपरान्त फाल्गुण ७ गतेलाई प्रजातन्त्र दिवसको रुपमा मनाउँदै आएका छौं।

राणाहरूलाई किन अवसर हात पर्‍यो ?

राजा राजेन्द्र विक्रम शाहको लोलेपोते बानी थियो। उनी अत्यन्तै अदूरदर्शी र अस्थिर चरित्रका कमजोर स्वभावका थिए। उनकी कान्छी महारानी लक्ष्मीदेवी साह्रै महत्वकांक्षी थिइन्। गद्दीको हकदार युवराज सुरेन्द्रलाई पन्छाएर आफ्नो छोरा रणेन्द्रविक्रम शाहलाई राजा बनाउने प्रयासमा महारानी लक्ष्मी देवीले अनेकन षड्यन्त्र गर्दथिन्। यिनले राजा राजेन्द्रलाई क्वाप्पै खान खोज्थिन्। आफ्नो स्वार्थ पूरा गर्न भारदारहरूलाई कुमार्गमा परिचालन गर्थिन्। यसैको फलस्वरुप ऐतिहासिक कलङ्क बोकेको कोत पर्व र भण्डारखाल पर्व घट्न गयो। अवसरको पर्खाइमा बसेका चतुर खेलाडी ज·बहादुरको हातमा शक्ति सञ्चय भयो। पछि राजगुरु गजराजको नेतृत्वमा भेला भएका भारदार र प्रतिष्ठित नागरिकहरूको प्रतिनिधि मण्डलको सिफारिस अनुसार कास्की र लमजुङको महाराज भए। यसको अलावा प्राण-दण्ड माफी, कर्मचारीको चयन, परराष्ट्र सम्बन्ध, सजाय, नियम कानुन संसोधन तथा निर्माण आदि गर्ने अधिकार समेत पाए जुन अधिकार २००७ साल फाल्गुण ७ गतेसम्म रहृयो। अर्के कारणमा भारदार र फौजी समूहमा एकै परिवारका धेरै जना रहनु पनि हो। कोत र भण्डारखाल पर्वमा जङ्गबहादुरका भाईहरूको ठूलो भुमिका रहृयो।

अब यहाँनेर आएर म लोकतन्त्र भन्ने शब्द प्रयोग गर्दछु। कुरा एउटै हो लोकतन्त्र र प्रजातन्त्र। हात पार्नु र गुमाउनुमा बाहृय कुनै तत्वले प्रभाव पारेको हुन्छ। हाम्रै नगिचमा रहेको देश पाकिस्तानको कुरा गरौं। यस देशमा पटरीबाट लोकतन्त्र उतरनुमा धेरै कारणहरू छन्। स्वतन्त्रता प्राप्त गर्दाका नेता कायद-ए-आलम, मोहम्मद अली जिन्ना र प्रधानमन्त्री लियाकत अली खान जस्ता नेता बिर्सिइ सकेका थिए भने भारतमा पण्डित नेहरू जस्ता व्यक्तिले सन् १९६४ सम्म नेतृत्व गरेका थिए। स्वतन्त्रताको संर्घर्ष गर्ने व्यक्तिले मूल मुद्दा समाधान गर्दछन् तर उनीहरू छिटो बितेका हुँदा अहम् मुद्दामा आम सहमति हुन सकेन। स्वतन्त्र भएको २३ वर्ष पछि चुनाव भयो, सन् १९५६ सम्म देशले संविधान पाउन सकेन, जब बन्यो चुनाव भएन, सेनाको हातमा सत्ता गयो। जब १९७० मा चुनाव भयो ठूलो प्रान्त बंगलादेश छुट्टयिो सन् १९७१ मा। पाकिस्तानले धेरै समय सैनिक परिचालन गर्नुपर्दा सैनिक महत्वकांक्षा बढ्न गयो। फलस्वरुप अयूब खान सन् १९५८ र ७० को दशकमा जिया-उल-हक चम्किए। पार्टीरू कमजोर भए। यस्को मुख्य कारण हो भारतको डर र कश्मीर मुद्दा।

विश्वमा धेरै देशहरूले स्वतन्त्रता दिवस मनाउँछन्

हाम्रो देश नेपाल र नगिचै रहेको देश भूटानले जस्तै आफ्नै देशवासीसँग प्रजातन्त्रको लागि संर्घर्ष गर्नुपरेको नभै बाहृय देशको उपनिवेशीबाट मुक्त हुन विश्वका धेरै देशले संर्घर्ष गर्नुपर्‍यो। लामो अवधि अरु देशको आधिपत्य भोगेर स्वतन्त्र भएका केही थोरै देशहरू सूचिकृत गरिएको छ।

देश  स्वतन्त्र भएको मितिबाट

१. अर्जेन्टिना  ९ जुलाई १८१६ स्पेनी साम्राज्य

२. बर्मा ४ जनवरी १९४८ संयुक्त राज्य

३. भारत १५ अगस्त १९४७  संयुक्त राज्य

४. संयुक्त राज्य अमेरिका

४ जुलाई १७७६ संयुक्त राज्य

५. दक्षिण अफिका ११ डिसेम्बर १९३१    संयुक्त राज्य (सन् १९९४ बाट प्रजातन्त्र)

६. क्युवा       २० मे १९०२   संयुक्त राज्य अमेरिका

७. इण्डोनेसिया   १७ अगस्त १९४५      नेदरल्याण्ड्स

उदार प्रजातन्त्रका ४ वटा आधार के-के हुन् ?

क) विचार विमर्शद्वारा शासन                   

ख) बहुमतको शासन

ग) अल्पसंख्यक वर्गको अधिकारको संरक्षण

घ) सम्बैधानिक सरकार

२००७ साल अगाडि भए गरेका प्रयास तथा प्रभावहरू

२००७ सालमा प्रजातन्त्र ल्याउनमा निम्नलिखित संघसंस्थाहरूको अद्वितीय भूमिका रहेको छ। माधवराज जोशीको आर्य समाज, प्रथम विश्वयुद्धबाट फर्केका स्वदेशी सैनिकहरूको गोरखा लीग, तुलसीमेहरको चर्खा आन्दोलन, प्रचण्ड गोरखा, महावीर स्कुल स्थापना, नेपाली नागरिक अधिकार समिति, नेपाल प्रजा परिषद स्थापना, सप्तरी काण्ड, नेपाली छात्र संघ, नेपाली राष्ट्रिय काँग्रेस, विराटनगर मजदुर हड्ताल, जयतु संस्कृतम, नेपाली काँग्रेसको संगठन विस्तार र आन्दोलन, झरोखर गोलीकाण्ड, वैरगनीय प्रस्ताव, मुक्ति सेनाको अथक प्रयास, ४ जना शहीदको आत्मा उर्त्र्सग र राजा त्रिभुवनको नारायणहिटी त्यागलाई मुख्य रुपमा राख्न सकिन्छ।

जनता कानूनको राज चाहन्छन्, कानूनी राजले नै परिपक्क समाजलाई प्रजातन्त्रको सन्तुष्टि दिन्छ। सरकार जनताको एउटा पवित्र विश्वास हो, जस्ले जनताबाटै अधिकार प्राप्त गरेको हुन्छ, जस्को शक्ति जनताकै प्रतिनिधिले प्रयोग गर्दछन्, जस्को लाभ जनताले नै उपभोग गरेका हुन्छन् (जापानी संविधानबाट) हामी संसद र अदालतका वास्तविक स्वामी हौ, संविधान बिगार्नेलाई हटाउने हाम्रो दायित्व हो। हामीलाई प्रजानायकत्व आवश्यक छ; गम्भीर बसहको आवश्यक छ, हामीले अहिले नै डिजिटल डेमोक्रेसीको अपेक्षा गरेका छैनौं। हामीले कानपूर र कराचींको रंगीन चुनाव होइन २०७० को जस्तो शान्त निर्वाचन खोजेका हौं। बाढी भोट होइन वास्तविक भोट जरुरत छ देशलाई। हामी पर्खन्छौं, किनभने २००७ सालदेखिको समस्या २०१५ मा आएर समाधान भएको हो।

के भएको छैन, के गर्नु पर्छ ?

क) राजनीतिक समस्याको समाधानार्थ नवीन अन्तर्दृष्टिलाई आत्मसात् गर्न असफल।

ख) विकास कछुवाको रफ्तारले हुँदैन घोडाको रेस जस्तो हुनुपर्छ।

ग) अराजकता शासनको विकल्प होइन।

घ) सत्यता केवल बहुमतले निर्धारण गर्दैन

पाठकसँग केही अहम् प्रश्नहरू

१)     के तपाईले राजनीतिको दशा तथा दिशाको बारेमा गम्भीरतापूर्वक विचार गर्नुभयो?  कुनै सार्वजनिक विषयमा कुनै अधिकारी सित सूचना माग्नुभयो ?

२)     प्रजातन्त्र मेशीन होइन आफै चल्ने, यस्को संरक्षणको लागि तपाईले के गर्नुभयो ?

३)     के राजनीतिक क्षितिजमा कुनै नयाँ विकल्प देखा पर्ला ? कुनै चाल, चरित्र र विचार।

४)     तपाईले कुनै इमान्दार राजनैतिक कार्यकर्ताको समर्थन गर्नु भयो कि केवल राजनैतिक क्रियाकलापलाई गाली मात्रै गर्नुभयो ?

५)     प्रजातन्त्र रक्षार्थ तपाईले गर्नुभएका प्रयासहरू क्रमिक रुपमा स्मरण गर्न सक्नु हुन्छ ?

६)     के स्वतन्त्र राष्ट्र नेपालको ताना-वाना बिग्रिएका हुन् – यस्ले उपराष्ट्रहरू जन्माउन खोजेको छ ?

७)     २००७ साल पछि नेपाली समाजले कतिवटा सीढि चढ्यो, गन्नु भएको छ ?

Related News

सम्बन्धित समाचार

  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…
  • सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

    शिवप्रसाद गौतम असाेज ११, २०८०
    पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा…

hero news full width