कुनै बेला प्रजातन्त्रका लागि अनिवार्य मानिएका र जनताले सम्मानपूर्वक हेरेका कतिपय सङ्घ, सङ्गठन, संस्था अहिले प्रजातन्त्रका लागि घाँडो सावित हुन थालेका छन्। जस्तैः स्कुल क्याम्पसमा गठन गरिने विद्यार्थीका सङ्घसङ्गठन, शिक्षकका सङ्घसङ्गठन, कर्मचारीका सङ्घसङ्गठन आदि।
यी सङ्घसङ्गठनले देशमा प्रजातन्त्र स्थापना गर्न र निरड्ढुश शासनसत्तालाई घुँडा टेकाउने कार्यमा त्यो बेला गतिलै काम गरेको थियो। उबेला यिनको ठूलो ठूलो इज्जत थियो। उनका कामको प्रशंसा हुन्थ्यो। तिनलाई सघाउने र सफलताको शुभकामना दिने मानिस धेरै थिए। देशमा प्रजातन्त्र ल्याउने उध्यम तिनैले मात्रै गरिरहेका छन् कि जस्तो लाग्थ्यो।
उती बेला विद्यार्थीका सङ्गठन भनेपछि सत्ताधारीको सातो जान्थ्यो। प्रजातन्त्रवादीका लागि ती पारिला घाम थिए। राजनीतिक दल प्रतिबन्धित थिए त्यसैले दलको बोली तिनैले बोल्थे।
विद्यार्थीले विद्यार्थीका हकहितका कुरा गर्थे, अन्य पेशागत सङ्घस·ठनले पनि पेशागत हकहितका कुरा गर्थे र त्यो सवै प्रजातन्त्रमा मात्र सम्भव छ त्यसैले प्रजातन्त्र चाहिन्छ भन्थे। देशको राजनीतिका कुरा गर्थे। त्यो स्वभाविक लाग्थ्यो।
तर आज परिस्थिति फेरिएको छ। राजनीतिक दल खुल्ला छन्। तिनका नेतालाई सबैले चिनिसके। कुरा सुने, सुनेका सुन्यै छन् र काम पनि हेरे, अझै हेरेका हेर्यै छन्।
विद्यार्थीको मुख्यकाम पढनु हो। हिजो पनि आज पनि। हिजो पढाइसँगै प्रजातन्त्रका लागि आस्थाको लर्डाई लडेका थिए। तर आज पर्ढाई त कता छ कता बरु प्रजातन्त्रका आधार, मुल्य र मान्यता भत्काउनमा पो मस्त छन् ती त।
राजनीतिमा लागेका आजका ‘विद्यार्थी’ पढन चाहने साच्चैका विद्यार्थीको स्कुल कलेज बन्द गरेर पर्ढाई विगार्छन्। आ-आफ्ना माउ पार्टीका माउ नेताको चाकडि गर्छन्। तिनका काला कर्तुतमा आँखा चिम्लिन्छन्। अरुका राम्रा कामलाई पनि धारे हात पारेर सत्तोसराप गर्छन्।
सक्कलीको पढाइ बिगारेर नक्कली विद्यार्थी भर्ना गर्न जीउज्यानले लाग्ने विद्यार्थी नेताले प्रजातन्त्रको मेरुदण्डमा प्रहार गर्दैछन्। कहिले चुनाव गर्नै हुँदैन भन्छन् कहिले चुनाव नभई हुँदैन भन्छन्। यिनले जे गरे पनि माउ पार्टीकाई खुसी पार्न गर्ने हुन्। यी नेतालाई न विद्यार्थीको पढाइको मतलव छ, न विद्यालय वा क्याम्पसको मतलव छ, न प्रजातन्त्रका विधि, मूल्य, मान्यता, प्रक्रियासँग सरोकार छ। यिनलाई स्ववियु चुनावमा केही थान नेता जिताउन पाए माउ पार्टीका माउलाई खुसी पार्न सकिन्थ्यो भन्ने मात्रै हो।
माउ पार्टीले बुझनुपर्यो हिजो पार्टीप्रतिबन्धित भएका बेला विद्यार्थी स·ठनको माध्ययमबाट देशमा प्रजातन्त्र ल्याउनु थियो र त्यो ठीक थियो। अहिले देशमा बहुदलीय शासन पद्धति छ। अब विद्यार्थी युनियनको काम प्रजातन्त्रलाई संस्थागत गर्ने हो। संस्थागत गर्न यसका मूल्य, मान्यतालाई आत्मसाथ गर्नुपर्छ र प्रक्रियालाई चालु राख्नुपर्छ। प्रजातन्त्रको महत्त्वपूर्ण प्रक्रिया भनेको चुनाव हो, चुनाव मात्रै होइन निष्पक्ष चुनाव हो। विधिको शासन हो। तर विद्यार्थी युनियन नक्कली विद्यार्थी भर्ना गरेर चुनावको नाटक गर्छन् र आफूले जित्ने भए मात्रै चुनाव गराउने वा चुनावमा जसरी भए पनि(जस्तोसुकै धाँधली गरेर पनि) जित्ने उद्यम मात्रै गर्छन् भने त्यस्ता विद्यार्थीका सङ्घसंस्थाले प्रजातन्त्रलाई सघाए कि प्रजातन्त्रको हुमत लिए ?
पटक-पटक प्रजातन्त्रको हुमत लिने, पढाइलाई भन्दा माउ पार्टीको राजनीतिलाई बढी महत्त्व दिने, पढन चाहनेलाई पढन बाधा पुर्याउने, विद्यार्थी हकहितको लागि सिन्को नभाच्ने तर विपक्षी विचार बोक्नेका टाउकामा लाठी भाँच्ने हो भने यस्ताका सङ्घस·ठन किन चाहियो ?
कर्मचारी सङ्घस·ठन र शिक्षक सङ्घस·ठनको पनि यही हविगत छ। कर्मचारी सङ्घस·ठनले कर्मचारीको स्वाभिमान, अनुशासन र पेशागत मानमर्यादा एवं हकहितको कुरा हेर्र्नुपर्नेमा घूस खान पाउने मालदार कार्यलयमा सरुवा मिलाउने, काममा भन्दा चाकडीमा विश्वास गर्ने र सरुवा, बढुवाका लागि दवाव दिने, सधैँ पायक पर्ने गरि सरुवा मिलाउन भनसुन गर्ने र माउ पार्टीतथा तिनका नेताको चाकडी गर्नमै यस्ता सङ्घस·ठनको काम सीमित हुँदै गएको छ।
त्यसो हो भने यिनले प्रजातन्त्रको सेवा गरे कि प्रजातन्त्रको हुमत लिए ? सेवाग्राहीलाई मर्का पारेर माउ पार्टीको सेवामा हाजिर भएर सरकारी ढिकुटीबाट सेवा सुविधा र तलव खाने कर्मचारीका सङ्घस·ठन किन चाहियो ?
शिक्षकको हविगत पनि उस्तै छ। विद्यालयमा हाजिर गरेर पार्टीनेताकामा चाकडी बजाउन जाने र पार्टीका नेताको आशीवाद पाएपछि विद्यार्थी पढाउनु नपर्ने थिति बलियो हुँदै गएको छ। यस्ता शिक्षकका कारण अरु पढाउनुपर्छ भन्ने शिक्षकको जाँगर पनि ओइलाउने गरेको छ। यस्तै हो भने यस्ता सङ्घस·ठन किन चाहियो ? खेताला शिक्षक, नक्कली प्रमाणपत्र धारी शिक्षक, गयलमा पनि हाजिर गर्ने शिक्षक, हाजिर भएर पनि कक्षा कोठामा कम जाने वा नजाने शिक्षक, गएर पनि पढाउनमाभन्दा समय विताउने शिक्षकको संरक्षणमा लागि पर्ने शिक्षकका सङ्घस·ठन किन चाहियो ?
आज कुनकुन विद्यालयका कुनकुन शिक्षकले राम्रो पढाउने गर्दैनन् भन्ने समाचार बन्नै छाडेको छ। कुन विद्यालयमा पढाइ हुन्छ त्यो समाचार बन्ने गरेको छ। कुन शिक्षकले पढाउँछन् त्यो मात्रै समाचार बन्ने अवस्था छ। किनकि सरकारी विद्यालयमा पढाइ हुँदैन भन्ने मान्यता बसिसक्यो। कतैकतै राम्रो पढाइ हुने गरेछ भने त्यो समाचार बन्ने गरेको छ।
कुनै बेला प्रजातन्त्र प्राप्तिका लागि शिक्षक स·ठनले ठूलै योगदान गरेको थियो। तर आज शिक्षकहरू सङ्घस·ठनका आडमा राज्यबाट ज्याला लिएर काम गर्दैनन्। यो प्रजातन्त्रको मर्ममाथिको प्रहार हो। प्रजातन्त्रले ज्याला लेउ काम नगर भन्दैन। कामचोर शिक्षकलाई कारबाही गर्न नसक्ने अवस्था सङ्घसङ्घठका कारण पैदा भएको छ। यसको दूरगामी असर विद्यार्थी र समाजमा परेको छ। यस्तो अवस्थामा के यस्ता सङ्घस·ठनलाई सधैँ थामी राख्नु आवश्यक छ ?
यस्तो लाग्न थालेको छ कि देशमा प्रजातन्त्रको हुमत लिने काम यतिखेर धेरैजसो यस्तैयस्तै सङ्घस·ठनले लिने गरेका छन्।
मुलुक प्रजातन्त्रबाट पछाडि र्फकन सक्दैन। र्फकनु हुँदैन। प्र्रजातन्त्रमा सवैलाई स·ठित हुने अधिकार पनि छ। तर कर्तव्यबिनाको अधिकार खोज्नु प्रजातन्त्रका लागि सुहाउँदैन। अमेरिकाका भूतपूर्व राष्ट्रपति जोन. एफ. कैनडीले भनेका छन्-‘अधिकार हाम्रो जिम्मेवारी भन्दा ठूलो हुदैन। हाम्रो अधिकारको सुरक्षा हामीहरूको जिम्मेवारीहरूको पालना भन्दा धेरै हुन सक्दैन।’
मेरा एकजना चिनजानका मित्र नेकपा एमाले निकट कर्मचारी स·ठनमा थिए। उनी कर्मचारी स·ठनमा निकै सक्रिय थिए। तर एमालेले भनेको स्थानमा सारिदिन्छु भनेर पनि सारिदिएन छ। उनको भन्दा धेरै पहुँच भएकाले त्यस्तो सुविधा पाए रे। आफ्नो पालो नआएकोमा उनी खिन्न थिए। यो कुरा उनले निकटतम साथीभाइलाई भने। यो थाहा पाउनेले माओवादी पार्टीका कुरा पुर्यायो।
माओवादीले आफ्नो पार्टीनिकट स·ठनमा लागे उनले भनेको ठाउँमा सरुवा गरिदिने बचन दियो। नभन्दै एमालेको सरकार ढल्यो र माओवादीको सरकार बन्यो। उनले माओवादीमा हामफाले। उनलाई पूरा भरोसा भयो कि अब मेरो सरुवा मैले राजेकै ठाउँमा हुन्छ। संजोगले उनी नयाँ स·ठनमा नेता हुँदै गए। तर आफू जति बलियो नेता, त्योभन्दा झन् बलियो नेताले आफूलाई सधैँ पछि पारेको पार्यै गरेर भनेजस्तो भएन भन्ने गुनासो मन मिल्ने साथीहरूसँग गर्दै थिए।
विद्यार्थी स·ठनका माग हेर्दा र तिनका गतिविधिलाई नियाल्दा लाग्छ अब विद्यार्थी स·ठनको औचित्य समाप्त हुँदैछ। त्यस्तै कर्मचारी र शिक्षकहरूका सङ्घस·ठनले पनि आफ्ना सदस्य तथा र्समर्थकका काला कर्तुतहरूको ढाकछोप गर्ने, आफ्नै फाइदा र सुविधाको मात्रै कुरा गर्ने, अझ सेवाग्राही र विद्यार्थीको हक नै छिन्ने गरि काम बन्द गर्ने, काम नगरेका दिनको पनि तलव लिएरै छाड्ने, अनुशासन तथा मर्यादाको मतलवै नराख्नेजस्ता क्रियाकलापले निरन्तरता पाउने हो भने तिनले प्रजातन्त्रलाई सहयोग गरे कि असहयोग गरे ? पेशागत सङ्घस·ठनको कारण हाम्रो प्रजातन्त्र अराजक तन्त्रमा परिणत भइरहेको कुरा अब कसैबाट छिपेको छैन।
यदि पेशागत सङ्घस·ठनको आवश्यकता छ भने तिनले आफ्नो धर्म मर्न दिनु भएन। कर्तव्य तिनको धर्म हो। कर्तव्य पालन नगर्नेको छाता मात्रै बन्ने हो र प्रजातन्त्रमा अराजक तन्त्र मात्रै मच्चाइरहने हो भने त्यस्ता सङ्घस·ठन किन बन्द नगर्ने ? बन्द गर्नु हुँदैन भने तिनले आफ्नो चरित्र सुधारून्, धर्म थामुन। प्रजातन्त्रमा अराजक तन्त्रको कारक मात्रै नबनून्।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१