केही समयअघिको कुरा हो, नेपाल र नेपाली जनताका छोरा, दश वर्ष जनयुद्धका नायक, सबैभन्दा ठूलो दल शक्तिशाली एमाओवादीका नेता क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रचण्डपथ हुँदै नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको गृह जिल्ला पुगेर एक मधेसी दुर्इ प्रदेशीको छोराको रूपमा आफूलाई प्रस्तुत गर्दै मधेसी जनताका बीच चुनाव लड्ने शंखघोष गरेछन्। एकल जातीय पहिचानका साथै एक मधेस दुर्इ प्रदेशको सङ्घीय स्वरूप निर्माण गर्ने उद्घोष गर्दा माओवादीको दर्शन नबुझेका जनता प्रचण्डको बाबु बन्न एउटा एमाले काङ्ग्रेसका हुल नै उपहारको रूपमा प्राप्त तछाडमछाड गर्न सक्रिय देखिए। राष्ट्रपति पुत्र धन्न त्यो लाइनमा परेनछन्।
पौराणिककालमा भगवान नारायणलाई नारायणका भक्तहरूले छोराको रूपमा प्राप्त गर्न सकूँ भनेर तपस्या गरेका र नारायणले पनि प्रसन्न भई राम, कृष्ण आदिको अवतारका रूपमा छोरो बनिदिने आश्वासन दिएका थिए। फलस्वरूप त्रेतायुगमा दशरथले राम र द्वापरयुगमा वासुदेवले कृष्णलाई छोरोका रूपमा प्राप्त गरेछन्। पौराणिककालमा शक्तिशाली छोरो प्राप्त गर्नका लागि कठोर तपस्या गर्नुपथ्यो भने आधुनिकमा छोरो बन्नका लागि प्रचण्ड तरिकाले भाषण गरे हुँदोरहेछ। अब त बाबुआमाको पनि आवश्यकता नपर्ला कि – छोरो बनेपछि सबैको माया पाइन्छ, चुनाव पनि जितिन्छ। प्रचण्डजीले सही प्रचण्डपथ प्राप्त गर्नुभयो। कहिले मधेसीको छोरो, कहिले जनजाति, पहाडी, हिमाली आदिइत्यादिको छोरो बन्न सकिने कुरामा दुर्इमत छैन। युद्ध वा धेरै विषयमा विजय प्राप्त गर्न शक्तिशाली व्यक्तिसँग मितेरी साइनो गाँस्ने परम्परा पनि यत्रतत्र सर्वत्र रहेको पाइन्थ्यो र पाइन्छ पनि। पाण्डुकी पत्नीले पनि शक्तिशाली छोरो प्राप्त गर्नका लागि धर्म, वायु, इन्द्र, सूर्य, आश्विनीकुमार जस्ता देवताको आह्वान गरेकी थिइन्। फलस्वरूप पञ्चपाण्डवजस्ता शक्तिशाली छोरा जन्मिए।
प्रचण्डजीलाई पनि छोराको रूपमा प्राप्त गर्न सकूँ भनेर धेरैले तपस्या गरे होलान्। प्रचण्डजस्तो शक्तिशाली छोरो प्राप्त गर्नु भनेको सौभाग्यको कुरा पनि हो। प्रचण्डजीले पनि आफू जातीय, क्षेत्रीय, लै·कि, सङ्घीय आदिको छोरो बनिदिने आश्वासन दिए होलान्। छोरो बन्ने र बनाउने होडबाजी प्रचण्डपथमा चलेकै छ। यो पनि नयाँ नेपाल निर्माणको अग्रगामी चिन्तन हो। अझ चुनावको माहोल तातेपछि त प्रचण्डजी धेरैको छोरो र पिता पनि बन्नु हुनेछ। यसमा दुर्इमत छैन। जनजातिको आमसभामा पनि ब्राह्मण भएर जन्मनुपरेकोमा उहाँलाई पश्चातापले छोडेन। क. पुष्पकमल दाहालज्यू, कास्कीको नागडाँडा, ढिकुरपोखरी तपाइँको जन्मभूमि होइन र – तपाइँको बाबुआमा त्यहीँका बासिन्दा होइनन् – आफूले प्राप्त गरेको छोरो अझ कसैको छोरो हुँदा तपाइँको जन्मभूमि, जन्म दिने र बाबु र आमालाई कति पीडा भयो होला – तपाइ“जस्तो शक्तिशाली व्यक्तित्वलाई अखण्ड नेपाल माताले छोरा बनाउन चाहेकी छिन्। त्यो शुभावसर नगुमाउनुहोस्। आफ्नो राजनीतिक छविलाई कुनै वर्ग, सम्प्रदाय क्षेत्र, जातजाति, धर्म, लिङ्ग सम्प्रदाय आद्रि्रति समर्पित नगरी नेपाल माताप्रति समर्पित गर्नुहोस्। यसैमा तपाइँको भलो छ।
दश वर्षे सशस्त्र क्रान्तिले तपाइँलाई प्रचण्ड बनायो। अब ‘पुष्पकमल’ बन्ने सुमार्ग पहिल्याउनुहोस्। हुन त पौराणिककालले प्राप्त गरेको छोरो बन्ने र बनाउने परम्परा आधुनिककालले किन छोडोस्। यसले निरन्तरता पाउनु पनि स्वभाविक हो। छोरो बन्न पाए सबैको घुँडो वा दूध चुस्न पनि पाइन्छ। आमा छोरा वा बाबु छोराको नाता पनि ज्यादै प्रगाढ पनि हुन्छ। आमा बुबाको छोराको पक्ष नलिएर कसको पक्ष लिने ? जनजाति वा मधेसीको छोरो बनी त्यहाँको राजकुमार बन्ने प्रचण्डजीको चाहनाप्रति कसैले कुठाराघात गर्नु पनि अधैर्य हुन जान्छ कि ? भगवान राम र कृष्ण पनि धेरैको छोरो बनेका थिए। प्रचण्ड पनि कलियुगका राम र कृष्ण नै हुन्। यो कुनै नौलो कुरा होइन। प्रचण्डजीलाई छोरो बनाउने र छोरोकै छोरा प्रकाशजीलाई श्रीमान बनाउने धोको धेरै पूरा गरे। सबैको छोरो र श्रीमान बन्न पाए मात्र नेपाल अग्रगामी चिन्तनका साथ नवीनताको स्वरूप र संरचना प्राप्त गर्दछ। बाबुबाजेका पालामा धेरै जग्गा जमिन, धेरै श्रीमान, धेरै छोराछोरी, धेरै अन्नपात, धेरै पैसा, धेरै हल गोरु आदि आदि भयो भने ‘धेरै’ भन्ने शब्दले दुखको हरण गर्थ्यो रे।
प्रचण्ड प्रकाशले धेरैलाई उज्यालो प्रदान गरेका छन्। तर त्यो उज्यालो अखण्ड नेपालले होइन सीमित जनजाति र मधेसीले मात्र प्राप्त गर्नेछन्। किनभने प्रचण्डजस्तो छोरो प्राप्त गर्न नसक्ने अखण्ड नेपालले कसरी उज्यालो प्राप्त गर्न सकोस् ? अन्त्यमा ब्ल्याकहोलमा गएर नमिसिने त होइन। प्रचण्डजी मधेसीको छोरो भएर मधेसवादी दलसँगै साँठगाँठ, मेलमिलाप गरी आगामी चुनाव लड्ने रे। चितवन र रोल्पाको भाग्य कहाँ गएर अस्ताउने होला ? हिजो भारतलाई विस्तारवादी र साम्राज्यवादी भनेर गालीको फोहोरा निस्कन्थ्यो तर आज भारतमुखी बनेका मधेसवादी दलसँग नै एकताको साँठगाँठ गर्नु कति फोहोरो राजनीति ? राजनीतिको न सिङ न पुच्छर न आफ्नो न अको हुन्छ भन्थे र त्यस्तै नै भयो। थुतुनो र मुतुनो ठीक नभएपछि कसको के लाग्दो रैछ र खै। भगवान कृष्णले स्ववंशी र यदुवंशीबीच झगडाको विजारोपण गराई यदुवंशी सखाप भएजस्तै सदियौंदेखि मिलेर बसेका जनजाति, मधेसी, दलित, धर्म, भाषा, जातजाति आदि नेपाली नेपालीबीच झगडा गराइ नेपाल र नेपालीलाई नै रसातलमा पुर्याउने योजना त छैन ? यो शड्ढाकै विषय बनेको छ। एकल जातीय पहिचानसहितको अग्राधिकारको कुरा उठाएर बहुजातिको अग्राधिकारलाई कहाँ लैजाने ? यो चिन्तनीय विषयलाई प्रचण्डजीले सोच्नुभएको छैन। आफ्नो दलीय योजनाभित्र समावेश नहुने पार्टीको अस्तित्व समाप्त पार्ने षड्यन्त्रमा त लाग्नुभएको छैन ? आज उहाँकै मित्र डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले संविधानसभा विघटन गरायो। यति नपुगेर कर्मचारीको हातमा शासन व्यवस्था समर्पित गर्नुभयो। सबैभन्दा ठूलो दलको नाताले निस्वार्थ मत देखाउन पनि सक्नुभएन। प्रचण्डजीलाई राष्ट्र र राष्ट्रियता होइन, नेतृत्व चाहिएको छ। बहुलजातिको अस्तित्व स्वाभिमान र अग्राधिकार होइन एकल क्षेत्रीय, जातीय पहिचान चाहिएको छ। कुनैबेला कथित नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित प्रचण्डजीको प्रवक्ता बनेर निकै जोसिलो र खरो रूपमा सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन्थे। भाषण छाँट्थे, धेरै भयो उनको अभिव्यक्ति सुन्न पाइएको छैन। सायद उनलाई पनि प्रचण्ड गर्मीले सतायो होला। शीतल छहारीभित्र लुक्नुभयो होला।
विचरा ! एक्लो व्यक्ति प्रचण्ड कतिका छोरा बन्ने हुन् ? भविष्यले बताउला। छोरो बन्नु त सजिलो हुन्छ तर बाबुको अभिभावकत्त्व निर्वाह गर्न निकै अप्ठ्यारो हुन्छ। देवीदेवताका काम अनुसारका सहस्र नाम भएजस्तै प्रचण्डजीका पनि धेरै पथ छन्। त्यो हो प्रचण्डपथ। घुमाउरो, साँघुरो, अग्लो, होचो, सानो ठूलो, लामो, उकालो, ओरालो, पूर्व, पश्चिम, उत्तर, दक्षिण, विस्तारवाद, साम्राज्यवाद, निरड्ढुशतावाद, शान्ति, क्रान्ति, भ्रान्ति, वर्गीय, जातीय, क्षेत्रीय आदिजस्ता धेरै पथ छन्। कुन पथमा लाग्ने प्रचण्डपथसँग नै सोध्दा राम्रो होला। यसको अन्तिम निर्णय भने नेपाली जनताले गर्नेछन्। अन्त्यमा, धेरैभन्दा धेरै नेपाली जनताको छोरो मात्र होइन बाबुको अभिभावकत्त्व ग्रहण गरी समग्र नेपाली र नेपालीको भाग्य निर्माण गर्नुहोस्। यही नै शुभकामना।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०