पोखरा-लुम्बिनीको अविस्मरणीय यात्रा

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७१

स्वतन्त्र पत्रकार संघ नेपालको दोस्रो केन्द्रीय साधारणसभाको अघिल्लो दिन चैत २२ गते शुक्रवार।  शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मिएका हुन र शान्तिको सन्देश विश्वभर पुर्‍याउने उद्देश्यकासाथ संघले केन्द्रीय साधारणसभा लुम्बिनीमा आयोजना गरेको हो। शनिबारको कार्यक्रमका लागि पोखराबाट पनि उत्साहका साथ संस्थामा आवद्ध पत्रकारहरूको सहभागिता थियो। अघिल्लो दिन प्रस्थान गर्ने योजना अनुरूप शुक्रबार बिहानै सबैको उपस्थिति रÞयो। यात्राका लागि पृथ्वीराजमार्गको बस संघका कोषाध्यक्ष दिननाथ बरालले संयोजन गर्नुभएको थियो। सात बजे प्रस्थान गर्ने  भनिए पनि करिव ४० मिनेट पछि पोखरालाई हामीले बिदाई गर्‍यौं। चालिसभन्दा बढि पत्रकार बसमा थिए। जसमा अग्रज पत्रकार केशव पराजुली, तिलक पराजुली, संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलालगायत हुनुहुन्थ्यो। पोखरामा पत्रकारिताको इतिहासदेखि वर्तमान समयका अग्रज एवम् सहकर्मीहरूको अनुभवले यात्रा अन्त्यन्तै रमाइलो र बिर्सनै नसक्ने बन्यो। संयोग भनौं या अवसर   स्वतन्त्र पत्रकार संघ नेपालको दोस्रो केन्द्रीय साधारणसभा मेरा लागि अनुभव, सिकाई र पत्रकारितामा अझै जुझारु तवरले लाग्ने थप ऊर्जा दिलाउन सफल भयो।

लुम्बिनीको चर्चा नेपालमा मात्र होइन विश्वभर हुने गरेको छ। शान्तिका अग्रदूत गौतम बुद्धको सन्देश विद्यालयका पाठ्यपुस्तकहरूमा अध्ययन र त्यहाँको समाचार प्रसारण तथा प्रकाशन गर्ने क्रममा लुम्बिनीको चित्रहरू मानसपटलमा त धेरै आउने गरेको थियो।  तर  प्रत्यक्षरूपमा गएर बुद्धको जन्मस्थल भ्रमण गर्दा खुसीले गदगद नहुने त कुरै भएन।

लुम्बिनीसम्म पुग्दा करिव २ सय ९२ किलोमिटरको यात्राको लागि करिव ११ घण्टा लाग्यो। पोखराबाट तनहुँको दुलेगौडा, खैरेनीटार, दमौली, डुम्रे, खैरेनीहुदै चितवनको मुग्लिन पुग्दा गर्मी बढ्दै गएको अनुभव भयो। एक सय २६ किलोमिटरको यात्रासँगै नारायणगढमा पुगेर खाना खादा  करिव एक बजेको थियो। नारायणी नदिको किनार वरपर पुगेर दृश्यावलोकन गर्ने मौका मिल्यो। जहाँ महोत्सवको लागि स्टल बनाउने कार्य भइरहेको थियो।

चितवनलाई विदा गर्दै हामी नवलपरासी पुग्यौं। गैडाकोटमा रहेको आदर्शसमाज राष्ट्रिय दैनिकको केन्द्रीय कार्यालय (स्थापना काल) को अवलोकन गर्ने क्रममा  त्यहाँका साथीहरूले स्वागत गर्नुभयो। जहाँ अहिले नेपाली कागजबाट उत्पादित सामाग्री बनाइँदो रहेछ  र उत्पादित कागजहरू देशका विभिन्न ठाउँ विशेष गरि पोखरा र बाग्लुङमा पुग्ने त्यहाँका सञ्चालक हरि पौडेलले जानकारी दिनुभयो। स्थापनाकालको आदर्शसमाज दैनिकको अवस्थाबारे प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले खुलेर बताउनुभयो। संर्घष्ाकासाथ पत्रिका शुरुवात  र निरन्तरता पाएको रहेछ। त्यसपछि हामी गर्मीलाई वास्ता नगरी अगाडी बढ्यौं। बसमा सहकर्मीहरूसँगको कुराकानीले यात्रा तय भएको हामीले ख्यालै गरेनौं। नवलपरासीको गैंडाकोट, रजहर, कावासोती, अरुणखोला, दुम्किावास, दाउन्नेको उकालो, बर्दघाट, सुनौल, खैरेनी पार गर्‍यौं। कावासोतीपछिको यात्रा अझ रमाइलो भइरहेको थियो किनकि पहिलो पटकको यात्राका कारण। फेरि संघका कास्की अध्यक्ष दिपक के. श्रेष्ठको रमाइला गफले झन् रोचक बनाइरहेको अनुभव धेरैले गरे।  दर्जनौं पुल पार गर्नुपर्ने। हिउँदमा सुख्खा, वर्षा याममा उर्लेर आउने ती खोला। त्यसैले नाम पनि उस्तै ‘बौलाहा’ खोला। बसमा रहेका कतिपय साथीहरूले यसैको चर्चा गर्दै थिए। ठाउँ-ठाउँमा सडकको छेउमा निर्माण गरिएका जानकारीमूलक वोर्डले पुल र बजारलाई चिनाएको थियो। बढि दुर्घटना हुने स्थान दाउन्नेको उकालोमा त ठाउँठाउँमा ट्राफिक सन्देश राखिएको थियो। बुटवल पुग्दा झन् उत्साह थपिदै गयो। त्यहाँ पनि सडक फराकिलो बनाउने अभियान चलिरहेको रहेछ। निर्माणीधीन भएकाले धूलो पनि उस्तै। धेरै जसो सडक निर्माणाधीन भएपनि केहि स्थानमा भने सडक बनीसकेका रहेछन्। पोखराको न्यूरोडभन्दा पनि फराकिला सडक, बीचमा बगैचा,  आउनजानका लागि फरक सडक प्रयोगले गर्दा निर्माणाधीन बुटवलको परिचय भिन्न हुने छ। जसले सम्पन्न भइसकेपछिको बुटवल हेर्नका लागि पनि धेरैलाई आकर्षण गर्नेछ। भण्डारी समाज रूपन्देही शाखाले स्वतन्त्र पत्रकार संघको साधारणसभामा जान लागेका पत्रकारहरूलाई स्वागतका साथसाथै सफलताको कामना गर्दै भैरहवामा सम्मान गर्‍यो।

नवलपरासीमा जस्तो सडकका छेउमा सूचनामूलक बोर्ड नहुँदा रूपन्देहीमा चाहि अलि अप्ठ्यारो भएको थियो बजार नियाल्नका लागि। जुन चालकलाई पनि महसुस भइरहेको थियो। राती आठ बजे लुम्बिनी पुगियो। लुम्बिनीको तीन नम्बर गेट नजिकै रहेको शान्ति गेष्टहाउसमा सबै साथीहरू भेला भएका थिए। खानपिनको साथमा रात त्यहीँ नै बित्यो। भोलिपल्ट बिहानको नास्ता पछि एक नम्बर गेट हुदै प्रभातफेरि कार्यक्रममा सहभागी भइयो। गौतम बुद्धको जन्मस्थल र वरिपरिका वातावरणलाई पृष्ठभूमिमा राखेर लिएका तस्विरले सबैलाई जीवन्त बनाएको छ।  लुम्बिनी विकास कोषका उपाध्यक्षको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। नेपाल पत्रकार महासंघको आगामी महाधिवेशनमा संघको तर्फबाट सबै पदमा उम्मेदवारी दिने निर्णय र महत्वपूर्ण सुझाव सहित कार्यक्रम सकियो।

दिउँसो चारबजेपछि हामी पोखराका लागि प्रस्थान गर्‍यौं। र्फकदा हामीले करिव ३२ किलोमिटरको दुरी छोट्याउँदै रूपन्देहीको भैरहबाट नवलपरासीको भुमही आइपुग्यौं। हुलाकी मार्ग हुँदै महेन्द्रराजमार्गमा आइपुग्यौँ।  मगर समुदायका युवायुवतीहरूको नाच पनि सडकमै हेर्ने मौका मिल्यो। तीन वटा मिनीबसमा छतमा समेत यात्रा गरेका युवायुवतीहरूले आफूहरूलाई छतमै यात्रा गर्नदिनुपर्ने माग गर्दै सडकमै नाच प्रदर्शन गरेका थिए। त्यो पनि दुइ ठाउँमा। शुरुमा टाफिक प्रहरीले नवलपरासीको दाउन्नेमा ती बसहरू रोक्दा केहीबेर सडकमा ढु·ा राखेर अबरुद्ध गरे। केही दुर्घटना भएर सडक बन्द भएको होला भनेको त कुरो त्यस्तो पो रहेछ। सडक नै अवरुद्ध भएपछि प्रहरीले ती बसहरू छाडिदियो। फेरि अरुणखोलाको प्रहरी चौकी अगाडी गएर बाटो बन्द भयो। हाम्रो बस पछि-पछि थियो। यसरी आफूहरू छतमा बस्न पाउनुपर्ने माग राखेर सडकमै नाचगान गरेका ती समुदायले हामीलाई पनि निशाना बनाए। प्रहरीलाई हामीले भन्दिनुपर्ने रे। स्वतन्त्र पत्रकारको ब्यानरसहितको बसलाई पनि अघि बढ्न दिएनन्। करिव आधा घण्टाको अवरोध छलेर हामी अघि बढ्यौं। आखिर छतमै बसेर गाडी अगाडी बढाउन प्रहरी तयार हुनुपर्‍यो।  ती दृश्यहरू नियालेपछि धेरैले सरकारको प्रभावकारीताको बारे प्रश्न उठाए। कानुन त साना वर्गहरूका लागि मात्रै। पहुँच हुनेलाई त कानुन कुनै मतलब नहुने जस्तै भयो। भएको कानुनलाई पनि व्यवहारिक प्रयोग गर्न नसक्नु कति बिडम्बना।

मुग्लिनमा खाना खाएर हिँड्दा १० बजिसकेको थियो। दुर्इ दशक सम्म रातमै चालकको काम गरेका चालकको अनुभवले हामीलाई यात्राबारे कुनै प्रश्नै थिएन। पोखरा छिर्ने मुल गेट नजिकै हिमचुली एफएमका दिलीप राई बसबाट ओर्लेर घरतर्फ चालिएको पाइला रेडियो सफलताकी दुर्गा अधिकारी जिरो किलोमिटरमा झरेर सकिएको थियो। यो पंक्तिकार भने स्वतन्त्र पत्रकार संघ स्याङ्जाका अध्यक्ष रोशन लामिछानेलाई लिएर वगर स्थित निवासमा पुग्दा एक बजेको थियो। यसरी कास्की, तनहुँ, चितवन, नवलपरासी, रूपन्देही र कपिलवस्तु गरी ६ जिल्लाको यात्रा साथसाथै दोस्रो साधारणसभा सफलताका साथ सम्पन्न भयो।  जुन यात्राले  रमाइलो अनुभव र अविस्मरणीय अनुभूतिको आभास दिइरहेको छ। माछापुच्छ्रेको आगनीबाट शान्तिका अग्रदूत बुद्धको काखमा पुग्दासम्म मेरो नयनका परिधीभित्र समेटिएका  डाँडाकाडाँहरू, तराईका फाँटहरू, समथर मैदान, लहलह झुलेका गहुँका बालाहरू, नारायणीको कञ्चन पानी, चुरेभावर क्षेत्रका दृश्यहरू, लुम्बिनी परिसरका मायादेवी मन्दिर, विहार, चैत्य अनि गुम्बाहरू जीवनभर मेरा मन मष्तिस्कमा ताजै रहनेछन्।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width