पोखरा चिसाखोला वेद विद्याश्रमको सङ्क्षिप्त परिचय

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७१

‘आर्थिक स्रोतको खोजी गर्न एकजुट होऔं। पर्यटकीय धार्मिक स्थल निर्माणमा जुटौं।।’

प्राकृतिक सौर्न्दर्यतापूर्ण अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काख पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चल कास्की जिल्लाको सदरमुकाम पर्यटकीय नगरी पोखरा उपत्यकाको नयाँबसपार्क देखि करिब २ किमी उत्तर पश्चिम पोखरा वेसी फाँटमाथि सराङ्कोट वडा नं. ६ को सिमानासँग जोडिएको छ। पोखरा चिसाखोला वेद विद्याश्रम समुद्रसतहबाट करिब ९९० मिटरको उचाईंमा अवस्थित चिसाखोलाको घनाज·लको माझमा रहेको ऐतिहासिक प्राचीन रूप हेर्दा श्रृङ्गी र कश्यप ऋषिको तपोभूमि धार्मिक आध्यात्मिक ज्ञान आर्जन गर्ने स्थलका रूपमा रहेको पाइएको। यहाँको भत्केको पुरानो शिवमन्दिरमा पाइएको वसाहा, माताको मूर्ति समेतको निर्माण समय समेत अध्ययनकै विषय बनेको छ। वि.सं. १९९९ सालभन्दा अगाडि यस ऐतिहासिक तपोभूमि मणि नामले प्रचलित रहेको थियो।

प्राचीन कालमा कास्की शास्त्रार्थ गर्ने र धार्मिक आनुष्ठानिक यज्ञ तपोभूमि रहेको विभिन्न पुराणबाट पनि वर्णय गरेको पाउन सकिन्छ। त्यसैले होला योगी नरहरिनाथको कृतिमा पनि यो आश्रम कश्यप र श्रृ·ी ऋषिको ज्ञान र तप आर्जन गर्ने स्थलका रूपमा पनि परिचित रहेको, वि.सं. १९९९ मा गुरु प्रेम चैतन्य ब्रहृमचारीज्यूको र वहाँका प्रमुख शिष्य केदारनाथ समेतको नेतृत्वमा ऋषिकेशव पराजुली र मु. लक्ष्मीप्रसाद समेतको सहयोगमा तत्कालीन मणिनामले प्रचलित भएको त्यस ठाउँमा भकारीको घर बनाएर बस्ने बास बनाइएको। भत्केको शिव मन्दिरको जिर्णोद्धार गरी त्यहाँ रहेको वसाहा र माताको मूर्तिको संरक्षण गरी रुद्री हवन पूजा पाठ आदि आरम्भ गरी निरन्तर अघि बढेको थियो। वि.सं. २०१७ साल पछि प्रमुख शिष्य अग्निहोत्री पं. केदारनाथ उपाध्यायको दम्पतिले आश्रम सञ्चालनको सम्पूर्ण अभिभारा वहन गरी अग्निहोत्र यज्ञ दैनिक पूजा पाठ र वेद, रुद्री, सन्ध्योपासन, वैदिक शिक्षाको विकासमा अतुलनीय योगदान दिनुभएको।

संस्थागत विकास :

समय परिस्थिति र बदलिँदो परिवेशअनुरूप गुरुकुलीय अनौपचारिक वैदिक शिक्षा पद्धतिले मात्र दैनिक रुद्री, वेद, अग्निहोत्र पूजा पाठ, धर्म र शिक्षाको विकास गर्न कठिन भएको महसुस गरी उत्तराधिकारी मोक्षनाथ तिमिल्सिनाले आश्रमलाई औपचारिक रूपमा संस्थागत विकास गराउन सर्भेक्षण सुरु गरी जनधारणा, सरकारी नीति र योजना तर्जुमाको थालनी भएको। आश्रमको चौतर्फी विकासको लागि आश्रमलाई धार्मिक पर्यटकीय क्षेत्र र ऐतिहासिक तपो भूमिका रूपमा विकास गराउनेतर्फ र औपचारिक वैदिक धर्म र शिक्षाको उत्थानको लागि आश्रम सञ्चालकज्यूकै इच्छाबमोजिम कास्की जिल्लाभित्र सारस्वरसहित वेद, रुद्री पाठ गर्ने पण्डितको अभाव रहेको कुरालाई मध्यनजर गरी सञ्चालकज्यूकै सङ्कल्प अनुसार उहाँकै संरक्षकत्वमा आश्रम सँगसँगै सञ्चालन गर्न २०५५/१/१६ गते अक्षय तृतीयाका  दिन सर्वसाधारण भक्तजन र बुद्धिजीवीहरूको उपस्थितिमा मोक्षनाथ तिमिल्सिनाको अध्यक्षतामा ९ सदस्यीय पोखरा चिसाखोला वेद विद्याश्रम सराङ्कोट-६,कास्कीको कार्य समितिको गठन गरियो।

आश्रमको प्राचीन मूर्तिको संरक्षण गरी ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गराउन र विभिन्न उद्देश्यसहित नयाँ कार्यक्रमको थालनीसहित आजीवन सदस्य/साधारण सदस्य लिने क्रम शुरु गरियो। जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता नं. ५५३ मिति २०५५/७/१० मा विधिवत रूपमा संस्था दर्ता गरी समाज कल्याण परिषद्मा समेत आवद्धता नं. ८०६७ मा संस्था आवद्ध भएको छ। वेद विद्याश्रमले संस्थागत रूपमा समाजमा सरल र सहज तरिकाले सर्वसाधारण इच्छुक जनताले वैदिक धर्म संरक्षण आध्यात्मिक ज्ञान आर्जन र वैदिक शैक्षिक जागरण ल्याउन विशुद्ध सेवा मुलक नाफा रहित संस्थाका रूपमा देहायका लक्ष्य र उद्देश्य पूरा गराउन कार्यक्रम सञ्चालन गरिरहेको छ।

१) सनातन वैदिक हिन्दू धर्माबलम्बीहरूबीच लि· भेद नगरी भातृत्वको सम्बन्ध कायम राख्ने। २) अशिक्षा, कुसंस्कार, अन्धविश्वास, विस·तिहरूलाई अन्त्य गरी समाजलाई एक स्वास्थ्य तथा मर्यादित वौद्धिक वातावरण सिर्जना गर्ने।  ३) विद्याश्रमलाई संस्थागत रूप दिई संरक्षण, सर्ंवर्धन र सदुपयोग गर्ने। ४) समाजको हित र विकासमा सामूहिक भएर अगाडि बढ्ने।  ५) वैदिक कर्मकाण्डको सीप वृद्धि गर्ने।  ६) चलि आएको परम्परा, संस्कार, कर्मकाण्ड, धर्म संस्कृति, रीति रिवाजलाई संरक्षण, सञ्चालन एवं सर्म्वर्धन गर्ने।  ७) राष्ट्र, जनता र प्रजातन्त्रप्रति आस्थावान सामाजिक वातावरण, भाषिक व्यवहारमा सक्षम समाजप्रति सकारात्मक प्रवृत्ति भएका स्वावलम्बी, स्वास्थ एवं चरित्रवान शैलीका नागरिक तयार गर्ने।  ८) समान लक्ष्य, समान उद्देश्य भएका क्लब स·ठन तथा सङ्घसंस्थासँग सहयोगको भावना कायम गर्ने।  ९) वैदिक गुरुकुलीय पठन पाठन सञ्चालन गर्ने गराउने।

१०) प्राविदेखि उच्च मावि तह सम्मको औपचारिक पठन पाठनहरू -सामुदायिक) वेद विद्याश्रम बनाउने।

११) धार्मिक सभा, गोष्ठी, प्रवचन लगायतका सामूहिक कार्य गर्ने गराउने उद्देश्य रहेको छ।

१२) विद्याश्रमको कार्यक्षेत्र नेपाल भरी हुनेछ।

उपर्युक्त मूलभूत उद्देश्यका साथै कार्य सञ्चालन गर्न लागिपरेको कार्य समितिले निर्दिष्ट उद्देश्य पूरा गराउनका लागि अल्पकालीन र दीर्घकालीन समयावधिमा पूरा गर्न सकिने गरी निम्न लिखित कार्यक्रम प्रस्तावित गरेकोछ।

१) वेद विद्याश्रम क्षेत्रलाई ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गराइ सांस्कृतिक, धार्मिक कार्यक्रम सञ्चालन गराउने।

२) विद्याश्रम सञ्चालन तथा भौतिक विकास निर्माण गर्न अर्थ संकलन र अक्षयकोष स्थापनाको छुट्टै प्रावधान तयार गरी आर्थिक स्तर वृद्धि गर्ने।

३) कक्षाकोठा, छात्रावास, सत्तल, धर्मशाला, पाकशाला, सभा प्रवचन कक्ष, पुस्तकालय, कम्प्युटर प्रयोग शाला, फूलबारी, ध्यान केन्द्र, सरोबर, मन्दिर अतिथि गृह, आदि निर्माण गर्ने

४) शिक्षा मन्त्रालय र शिक्षा नियमावली अनुसार वेद विद्याश्रमको आवश्यकता अनुसार साधारण तर्फको पाठ्यक्रम अनुसारको तहगत कक्षाहरू सञ्चालन गर्ने।

उपर्युक्त उद्देश्य पूरा गराउन आश्रमको आश्रम व्यवस्थापन साधारणसभाको मिति २०५७/७/४ को निर्णानुसार आश्रमको प्रारम्भिक एक वृहत् गुरुयोजना तयार भएको छ। संस्थाको व्यवस्थापन कार्य समिति, साधारणसभाको मिति २०६२/७/५ को निर्णानुसार दिगो विकासका लागि वृहत् विकास परियेजना तयार गरी प्राथमिकताका आधारमा चरणबद्ध रूपमा भौतिक निर्माणका कार्यहरू सञ्चालन गरी वेद विद्याश्रमलाई ऐतिहासिक धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गराइ परिचय गराउन थप मद्दत पुग्ने छ।

औपचारिक कक्षा सञ्चालन :

सरकारी नीति नियमानुसार वेद विद्याश्रमको पाठ्यक्रम अनुसार निमावि, मावि तह २०६० सालबाट कक्षा ६ देखि १० सम्मको सामुदायिक -सरकारी) अनुमति प्राप्त भई विद्यालयको पाठ्यक्रमले तोकेको गुणचस्तरीय शिक्षा एवं निःशुल्क रूपमा गुरु कुलीय परम्परा अनुसारको शिक्षा प्रदान गरी वैदिक कर्मकाण्डको पठन पाठन गराइ समाजमा सामाजिक अनुशासन, धर्म संस्कृतिका साथै वेद कथा र संस्कृत भाषा समेतको संरक्षण गर्दै योगा र आयुवेदका माध्यमबाट व्यक्तिहरूको आचरण र स्वास्थ्य सकारात्मक सुधार हुने आशा लिइएको छ।

वेद विद्याश्रममा हालसम्म अजीवन र साधारण सदस्य २०७  जना प्रमुख संरक्षक १ जना, मानार्थ प्रमुख संरक्षक १ जना, मानार्थ संरक्षक ९ जना, मानार्थ आजीवन सदस्य ३ जना सल्लाहकार ४ जना, विद्याश्रममा आवद्ध सङ्घसंस्था, दाता अभिभावक, अक्षयकोष दाता महानुभाव करिब पाँच हजार जति रहेको छ। विद्याश्रमकार्य समिति ९ जना, विद्याश्रम व्यवस्थापन समिति १० जना, विद्याश्रम शिक्षक अभिभावक सङ्घ ११ जनाको कार्यकारी समिति कार्यरत रहेको छ। विद्याश्रममा अध्यापनका लागि गुरुहरू ९ जना कर्मचारी २ जना सारस्वरसहित रुद्री, कर्मकाण्डको अध्ययन र कक्षा ६ देखि १० सम्म आवासीय ६० जना सहित दिवा प्रातका कूल विद्यार्थी १६१ जना अध्ययनरत छन्। विद्याश्रमबाट हालसम्म एसएलसी रेगुलर र पुरक परीक्षा समेत गरी सत प्रतिशत उर्तीर्ण गरेका छन्।

विद्याश्रमको प्रावधान अनुसार चिरकालसम्म वैदिक धार्मिक कार्यक्रम सञ्चालन। गुरु कुलीय वैदिक संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीको भोजन र पुरस्कारका लागि हालसम्म देहायका महानुभावले आफ्नो नामबाट उल्लेखनीय निर्माण, जग्गा दान र हाललाई अक्षयकोष स्थापना गरिदिनु भएको छ।

विद्याश्रम सञ्चालन तथा अक्षयकोष स्थापना :-

१) संरक्षक पं. केदारनाथ/दिव्यश्वरी उपाध्यायबाट प्रातः स्मरणीय गुरु प्रेमचैतन्य ब्रहृमचारीको स्मृतिमा कोठा निर्माण गरिदिनु भएको रु. १,५१,०००/- र उहाँबाटै ‘चिसाखोला आश्रम गुठी अक्षयकोष’ स्थापना गरी रु. ५,५१,००१/- २) विभिन्न दाताबाट प्राप्त दान सहयोग अक्षयकोष       रु. २,००,०००/-

३) राजेन्द्रराज/अर्चना तिमिल्सिना अक्षयकोष  रु. ५०,००१/-

४) नारायणी शर्मा पराजुली एवं परिवारबाट स्थापित श्रीहरि सुरेन्द्र ‘सुप’ स्मृति पुरस्कार अक्षयकोष रु. १०,००५/-

५) शारदा अधिकारी एवं परिवारबाट स्थापित नरनाथ अधिकारी स्मृति अक्षयकोष   रु. १,०१,१११/-

६) महिला समाज सेवा समिति पोखरा-४, चिप्लेढुङ्गा अक्षयकोष रु. ५१,१११/-

७) नवराज डङ्गोल ‘नौलो’बाट स्थापित पिता श्री गणेशप्रसाद डङ्गोल स्मृति अक्षयकोष रु. १,०१,००८/-

निनी (फूपु) राममाया डङ्गोल स्मृति अक्षयकोष                                       रु. १,०१, ००८/- माता चन्द्रकुमारी ‘उर्फ’ सुधादेवी डङ्गोल स्मृति अक्षयकोष    रु. १,०१,००८/-

८) भैरवप्रसाद कोइराला एवं परिवारबाट स्थापित पिता गंगाप्रसाद/धनेश्वरीदेवी कोइराला पुण्य स्मृति अक्षयकोष   रु. १,०१,१२१/-

९) मणिरत्न अधिकारी एवं परिवारबाट स्थापित पिता बलराम अधिकारी पुण्य स्मृति अक्षयकोष रु. १,०१,१२१/-

१०) पार्वती थापा एवं परिवारबाट स्थापित नरबहादुर थापा पुण्य स्मृति अक्षयकोष २०६९  रु. ५१,१११/-

११) विना आचार्य/दीपकराज आचार्यबाट शिलान्यास गरी भवन निर्माण दान रु. १,११,१११/-

१२) राजकुमार थापा एवं परिवारबाट स्थापित प्रिया थापा पुण्य स्मृति अक्षयकोष २०७० रु.१,००,१११/-

१३) मंगला अधिकारीका छोराहरू एवं परिवारबाट स्थापित मंगला पुण्य स्मृति अक्षयकोष २०७० रु.१,०६,६६६/-

१४) सुदर्शनमान अमात्य बाट स्थापित कालुमान पुण्य स्मृति अक्षयकोष २०७०    रु.१,०१,१११/-

१५) दीनबन्धु कोइरालाबाट स्थापित गौरी श्री पुण्य स्मृति अक्षयकोष २०७०      रु.५०,०२५/- विभिन्न दाताबाट भवन निर्माण दान, थप अक्षयकोष र विद्याश्रम सञ्चालन सहयोग विद्याश्रमका विद्यार्थीलाई प्राप्त भइरहेको छ।

पुरस्कार व्यवस्था :

१) माधवप्रसाद पराजुलीले पिता/माता पं. गुणराज/सावित्रीदेवी पराजुली स्मृति पुरस्कारको व्यवस्था २०६४ सालबाट एसएलसी उर्तीर्ण सर्र्वोत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार।

२) श्रीपति कोइराला गुठीबाट जेहेन्दार र्सर्वोत्कृष्ट र गरिव तथा जेहेन्दार दुर्इ जना विद्यार्थीलाई छात्रवृत्ति नगद र सम्मान पत्र।

दानदातव्य र सम्पत्ति :

विद्याश्रम संस्थागत विकास भएपछि मोक्षनाथ तिमिल्सिना एवं परिवारबाट -घडेरी) जग्गादान संरक्षक प्रमुख संरक्षक, संरक्षकहरू आजीवन सदस्य एवं दाता सङ्घसंस्था स्थानीय जनसमुदाय समेत दानवीरको सहयोग मागिरहनु कठिन भए पनि पटक-पटक गरी भौतिक एवं नगद हालसम्म विद्याश्रममा रु. १,४८,३४,२०३/- रकम आर्थिक सहयोग प्राप्त भएको छ। आश्रमको भोगचलन दर्ताका जग्गा जमिन छुट्टै छन्। दातृ संस्था सरकार र दाताहरूबाट सहयोग उपलब्ध गराई विद्याश्रमलाई धार्मिक पर्यटकीय स्थल लक्ष्य अनुसारका उद्देश्यका अतिरिक्त समाजको चाहना र जन धारणा अनुसारको सेवामुखी कार्य गर्न सक्षम हुनेछ। रु. ५००/- भन्दा माथि नगद तथा जिन्सी दान दिने दाताको विवरणसहितको दाता स्मारिका प्रत्येक २/२ वर्षमा प्रकाशन गरी सम्मान गरिने प्राबधान छ।

बाल क्लब :

गुरुकुलीय परम्परा अनुसार २०५६ सालदेखि सतपथ विद्यार्थी समूह गठन र २०६५ सालदेखि माछापुच्छ्रे विकास सङ्घ कास्कीको सहयोगमा बाल चेतना, बालहित, सहित्यिक, वातावरणीय अतिरिक्त क्रियाकलाप र महिला तथा बालवालिका कार्यालयमा आवद्धता रहि सहकार्य गरिरहेको।

भावी कार्यक्रम तथा धार्मिक पर्यटन क्षेत्र विकास :-

वेद विद्याश्रमको लक्ष्य अनुसार कार्य समिति र साधारण सभाको मिति २०५७/७/४ र मिति २०६२/७/५ को निर्णय र सराङ्कोट गाविसको गाउँ परिषद्को निर्णयले वेद विद्याश्रमलाई धार्मिक पर्यटन क्षेत्र घोषणा गर्न माग गर्ने निर्णय भएकोले यथाशीघ्र लागिपर्ने। वेद विद्याश्रमको विकास निर्माण परियोजना प्रारम्भिक गुरु योजना अनुसार धर्मशाला, मन्दिर, सत्तल, सरोवर योगाभ्यास, ध्यानकेन्द्र, पुस्तकालय, सभाकक्ष विद्यार्थी आवास, अध्यापन कक्ष, पाकशाला, अतिथि गृह, संरक्षक निवास, सन्ध्या, वेदाध्ययन शाला, कम्प्युटर कक्ष, समेतका निर्माण गराउन स्रोतसाधन जुटाउने। खानेपानीको अभाव हटाउने। वैदिक परम्परा कायम गराउन र वातावरण कायम राख्न गाईपालन, आयुवेद कलेज शिक्षालय, अग्निहोत्र यज्ञ, रुदी पूजा पाठ, वचन सभा गोष्ठी यज्ञ यज्ञादि महायज्ञ वैदिक संस्कृत र आधुनिक शिक्षामा कक्षा १ देखि १२ सम्मको औपचारिक पाठन पाठन र विद्यावारिधिसम्मको पूवाधारको अध्ययन अध्यापन गराउन सक्ने ‘क’ वर्गीय वेद विद्याश्रम बनाउन पूवाधार तयार गर्ने लक्ष्य रहेको छ। पोखरा चिसाखोला वेद विद्याश्रमको १६ औं शुभ जन्मोत्सवको अवसरमा सम्पूर्ण महानुभाव एकपटक वेद विद्याश्रमको अवलोकन दर्शन गरी आवश्यक सुझाव सहयोगको आशा लिइएको छ।

(लेखक वेद विद्याश्रमका संस्थापक अध्यक्ष हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width