म यहाँ सर्व प्रथम ०७ सालमा वर्तमान विमानस्थल कसरी निर्माण भयो र सर्वप्रथम विमानबाट पोखरा आउने व्यक्ति को थिए सामान्य जानकारी गराउन चाहान्छु।
०७ सालको राजनीतिक आन्दोलनको सफलता पछि कास्की जिल्ला निवासी नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल निर्माणमा सकृय भै लागे। ०७ सालको माघ, फाल्गुण र चैत्र गरी तीन महिना निरन्तर श्रमदान गरेका थिए। विमानस्थल निर्माणमा सक्रिय रहेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता अपुग जग्गाको समस्या समाधान गर्ने तर्फ सक्रिय भै लागे। त्यसपछि विमानस्थल धावन मार्गको उत्तर दक्षिण तर्फका जग्गा धनिले आवश्यक पर्ने जग्गा विना सर्त दान गरेका थिए। विमानस्थलमा जग्गाका लागि सरकारी रकम १ पैसा पनि खर्च भएन।
०८ सालको दशैको प्रारम्भमा नेपाली काँग्रेसका तत्कालीन सवोर्च्चनेता द्वय विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिं विमानबाट सर्वप्रथम पोखरा आउनु भएको थियो। स्वागतको क्रममा विमानस्थलमा उपस्थित जनताले नेताको मात्र स्वागत गरेनन् विमानमा पनि फूलमाला चढाएका थिए। अन्तर्राष्ट्रिय जगतमा पोखरालाई परिचित गराउने एक मात्र साधन वर्तमान विमानस्थल बनेको छ।
समयको गति अनुसार वर्तमान विमानस्थलमा भीमकाय विमानहरु अवतरण गर्न सम्भव देखिएन। अन्तर्राष्ट्रिय स्तरको विमानस्थल आवश्यक देखियो। नयाँ विमानस्थल निर्माणका लागि पोखरा उपमहानगर पालिका वडा नं. १४, १८ र १५ का निवासी जनताले ३५ वर्ष अघि ३२०० रोपनी राम्रो धान फल्ने खेत नाम मात्रको मुआवजा लिएर सहयोग गरेका थिए।
१५/२० वर्ष अघिको कुरा हो किसानले खन्ने कोदालो लिएका १०/८ जना ज्यामीको साथ लिएर एक जना ठेकदार अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण गर्न आएका थिए। स्थानीय जनताले सरकारको यस्तो तुच्छ काम देखेर ज्यामीको हातबाट कोदाली खोसेर ठेकदारलाई धपाएका थिए। यो घटनाको केही वर्षपछि अको समस्या आई पर्यो।
नक्कली सुकुम्बासीले अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा कब्जा गरेर आपसमा बाँडचुड गरेका थिए। बसोबास गर्न अस्थाई टहरा पनि निर्माण गरेका थिए। प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा नक्कली सुकुम्बासीबाट कब्जा भएको देखेर पनि तत्कालीन सरकार निरिह बनेर मूक दर्शक रह्यो।
वडा नं. १४, १५ र १८ निवासी जनता त्यो कुकृत्य हेरेर बस्न सकेनन्। सबै स्थानीय जनता स·ठीत भएर नक्कली सुकुम्बासीका टहरा भत्काउँदै उनीहरुलाई लेखेट्ने काम गरे। समय-समयमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि वडा नं. १४, १५ र १८ निवासी जनताले सहयोग गर्दै आएका छन्। नयाँ विमानस्थल निर्माण सरोकार समिति पोखराले वडा नं. १४, १५ र १८ का स्थानीय जनताका विकट समस्याको समाधान प्रति कुनै चासो नराख्दा स्थानीय पीडित जनता अत्यन्त दुखित छन्।
नयाँ विमान स्थलको प्रारम्भको अन्तिम चरणमा आई पुग्दासम्म पनि स्थानीय जनताका समस्या समाधानप्रति सम्बन्धित निकायबाट यस्तै वेवास्ता बढ्दै गएमा स्थानीय जनता बाध्य भएर सडकमा पनि उभिन तयार हुनेछन्। समस्या समाधानका लागि सडकमा उत्रिनु पनि प्रजातान्त्रिक अभ्यास हो। नेताजीहरु पनि सडकमा संघर्षबाटै सत्तामा पुग्नु भएको त हो नि।
तत्काल समाधान गर्नु पर्ने स्थानीय जनताका समस्याहरु यस प्रकार छन्ः
१. असल धान खेत विमानस्थल निर्माणको निमित्त अत्यन्त न्यून मूल्यमा दिएर सहयोग गरेका जनताको विमानस्थल सिमानामा बचेको टुक्रा जमिन पनि घर बनाएर बस्न र बेच्न नपाउने गरी ५ मिटर दुरिसम्म मापदण्ड भित्र पर्छ भनी सरकारले रोक लगाएको छ। मूल्य नचुकाई कसैको जग्गा हडप्नु प्रजातान्त्रिक पद्धति मान्न सकिन्न।
२. अधिकांश खेतबारीको जग्गा विमानस्थल निर्माण गर्न ३५ वर्ष अघि नै न्यून मूल्यमा दिई सकेका र नयाँ विमान स्थलको उत्तरतर्फ केहि बचेको खेत पनि पुनः सरकारले अधिकरण गर्न सूचना प्रकाशित गरेको छ। चलन चल्तिको भाउमा उचित मूल्य पाउनु पर्ने हो त्यो पनि सम्भावना कम देखिन्छ। कास्कीको पडोसी जिल्ला स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ आदि जिल्लाका दूर दरार गाउँबाट घर जग्गा बेचेर नयाँ विमानस्थलको उत्तर तर्फ २ आना ४ आना चको मूल्यमा घडेरी किनी कसैले घर निर्माण गरेका छन्, कोही घर निर्माण गर्ने तयारीमा छन् गाउँको घरबारी घडेरी किन्दा सकियो यता पोखरामा किनेको घडेरी सरकारले अधिकरण गर्न सूचना प्रकाशित गरेको छ। चलन चल्तिको मूल्य पाउने सम्भावना कम देखिएको छ। दुर्गम जिल्लाबाट आएर घडेरी जग्गा किनेका व्यक्ति अब कहाँ गएर बस्ने भन्ने चिन्तामा छन्।
३. विमानस्थल निर्माण पछि नयाँ विमानस्थको दक्षिण तर्फ बसोबास गर्ने जनताले पोखरा शहर जान र आउन लामो यात्राको निमित्त यात्रुवसको सुविधा लिन, दैनिक आवश्यक पर्ने सामान ढुवानी गर्न लामो दूरीको यात्रा गर्न पर्ने अवस्था आएको छ। यो समस्याले बासिन्दाको दैनिक जीवन निकै कष्टकर देखिन्छ।
४. नयाँ विमानस्थल निर्माण पछि दक्षिण तर्फ पानी जाने नहर कुल कुलेसा बन्द हुनेछन्। दक्षिण तर्फका खेतबारी सबै सिंचाईबाट वञ्चित हुनेछन्। यो क्षेत्रका प्राय सबै जनता कृषक छन्। सिंचाईको अभावमा स्थानीय जनता भोकै बस्नु पर्ने अवस्था नआउला भन्न सकिन्न। मित्रराष्ट्र चीनले निर्माण गरेको सेती सिंचाईको उपयोगिता पनि प्राय समाप्त हुनेछ।
५. नयाँ विमानस्थलको दक्षिण तर्फ नाली निर्माण गर्ने काममा चको विवाद खडा भएको छ। सरकारले नाली निर्माण गर्न अधिकरण गरेको जग्गा समयमै कित्ताकाट गरी अलग गरेको छैन। सम्बन्धित निकायबाट उपरोत्त कार्य समयमै भै दिएको भए यो समस्या अहिले आउने थिएन।
६. नयाँ विमानस्थलको दक्षिण पश्चिम सिमानामा तीन वटा उच्च माध्यमिक विद्यालय सञ्चालनमा छन्। विमानस्थलको निर्माण पछि ठूला ठूला विमानहरु आवत जावत गर्दा विमानको चको आवाजले विद्यालयमा पढ्ने पढाउने शिक्षक विद्यार्थीलाई चको समस्या आई पर्ने देखिन्छ।
निम्न सुझाव अनुसार श्रि्र कार्य सम्पादन गरेमा उपरोक्त समस्याको समाधान सजिलै हुने देखिन्छ।
१. विमानस्थलको दक्षिण तर्फको सिमानाको ५ मिटर जग्गा मापदण्ड भित्र पर्छ नभनिकन उक्त जग्गाको उचित मुआब्जा दिएर यसै जग्गामा नहर निर्माण गरेमा सबैको समस्या समाधान हुनेछ। मापदण्डको समस्या पनि टर्नेछ।
२. नयाँ विमानस्थल निर्माण भएपछि वर्तमान विमानस्थलको आवश्यकता देखिदैन। पोखराको निमित्त एक मात्र विमानस्थल पर्याप्त हुनेछ। विमानस्थल उत्तर दक्षिण तर्फको जग्गामा भवन र अन्य संरचना नभई खालि छ। नयाँ विमानस्थलको उत्तरतर्फ अधिकरण गर्न लागेको जग्गाको जग्गा धनिलाई नगदमा मुआब्जा नदिएर वर्तमान विमानस्थलको उत्तर दक्षिण तर्फको खालि जग्गा सट्टा भर्ना दिएमा मुआब्जा दिने समस्या सजिलै समाधान हुने देखिन्छ। मुआब्जा नदिएर बचेको रकम रकमान्तर गरी विमानस्थको दक्षिण तर्फको बाटो र नहर निर्माणमा खर्च गर्न शुलभ हुनेछ। जग्गा सट्टा भर्ना लिएका जग्गा धनिले पनि नयाँ विमानस्थल निर्माण कार्य पूरा नहुँदासम्म दुर्इ चार वर्ष धैर्य गर्नुपर्ने छ।
३. सिंचाई गर्ने समस्याको समाधान गर्ने नयाँ विमानस्थलको पश्चिमी सीमाको पानी बग्ने बासि खहरेमा सेतीनहरको पानी झार्ने र खहरेमा बाँध राखेर विमानस्थलको दक्षिण सीमा हुँदै पूर्व विजयपुर खोलाको डीलसम्म नहर निर्माण गरेमा वडा नं. १४, १५ र १८ को दक्षिण तर्फको जग्गा सिंचाई गर्न सुविधा हुन्छ। अकोर्तिर ५/६ ठाउँमा नाली बनाउने समस्या पनि समाधान हुन्छ। नाली मार्फत फाल्ने पानी नहरमा मिसाए हुने भयो। यता नाली निर्माणमा लाग्ने खर्चको पनि बचत हुन्छ। एक साथ नाली र नहरको समस्या सजिलै समाधान हुन्छ।
४. बाटोका समस्या समाधान गर्न लेखनाथ नगर पालिकाको लेखनाथ चोक -पृथ्वी राजमार्ग) बाट नयाँ विमानस्थलको दक्षिण किनार हुँदै मुस्ताङचोक -सिर्द्धार्थ राजमार्ग) जोड्ने छोटो दुरीको राजमार्ग निर्माण गरेपछि बाटोको समस्या सजिलै समाधान हुने देखिन्छ। यो बाटोले पोखरा बजारबाट पूर्व तर्फ जाने आउने गाडीको चाप कम गर्न वान वे को व्यवस्था पनि गर्न सकिन्छ। बाटो निर्माणको खर्च मुआब्जा दिन नपर्दा बचेको रकम बाटो र नहर निर्माण गर्न पर्याप्त हुन्छ।
५. नयाँ विमानस्थलको दक्षिण पश्चिम सीमाको आसपास सञ्चालित तीन उच्च माध्यमिक विद्यालयको समस्या समाधान तर्फ पनि सरकारले उपाय सोच्नु पर्ने देखिन्छ। यस विषयमा सम्बन्धित प्राविधिकले सोच्नु पर्ने हुन्छ।
६. नयाँ विमानस्थलको दक्षिण तर्फबाटो र नहर निर्माण गर्ने जग्गा अधिकरण गर्न छुट्टाएको रकम र नाली निर्माण गर्न छुट्टाएको रकम बचत हुन आउने हुँदा रकमान्तर गर्दा समस्या समाधान हुने देखिन्छ।
नयाँ विमानस्थलको दक्षिणतर्फ बसोबास गर्ने जनताका उपरोक्त समस्या समाधान गर्न माथि उल्लेख गरेका सुझावहरु व्यवहारिक छन् भन्ने कुरामा म विश्वस्त छु।
आषाढ १० गते उद्योग वाणिज्य संघ पोखराको सभाहलमा आयोजित नयाँ विमानस्थलसँग सम्बन्धित सभामा उपरोक्त सुझावहरु राख्ने प्रयास गरेको थिएँ। सभाका संयोजक एवम् सभापतिबाट मैले समय पाउन सकिन। आदर्श समाज दैनिक पत्रिका मार्फत जानकारी गराउने प्रयास गरेको छु। सम्बन्धित निकायमा पनि जानकारी गराउने प्रयास गरेको छु।
सम्बन्धित निकायबाट चासो राखिदिनु हुन सादर अनुरोध छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०