पोखरा उपमहानगरपालिकाको  फूर्ति

आदर्श समाज सम्वाददाता
असार २३, २०७१

आवाज सुनियो। प्राय सधैं सुनिने यस्ता माइकिङका आवाजलाई फिल्टर गरेर सुन्ने बानी बसिसकेको मेरो स्वभावलाई विहानैको माइकिङले विशेष ध्यानाकर्षण गरेको थियो। सर्न्दर्भ पोखरा सहरलाई सफा राख्ने विषयमा पोखरेलीहरुको साझा संस्था पोखरा उपमहानगरपालिकाको सरसफाई सम्बन्धमा थियो।

पोखराको समग्र विकासमा पोउमनपाले पुžयाएको योगदान सह्रानीय र उपलब्धीमूलक रहदै आएको छ। यसमा कसैको दुर्इमत नहोला। पोखरालाई सुन्दर र सफा सहरको रुपमा स्थापित गर्न यस संस्थाले सञ्चालन गरेको विविध कार्यक्रमको फलस्वरुप  हिजोको पोखरा र आजको पोखरामा सरसफाइका हिसाबले ठूलै फड्को मारेको छ र अझै पनि  पोउमनपा विविध कार्यक्रमहरुका साथ लागि पर्दै आएको छ। अनिवार्य दायित्वका लागि पोखरा उपमहानगरपालिकालाई धन्यवाद भन्नै  पर्छ।  यिनै प्रयास, पहल र उपलब्धीहरुका कारण  पोखरा उपमहानगरपालिकालाई राष्ट्रि्रय स्तरमा सफा नगरपालिकाका रुपमा पुरस्कृत हुने सौभाग्य प्राप्त भएको छ। यो आम पोखरेलीहरुका लागि गौरवको विषय बनेको छ। अरुको ध्यान पोखरामा खिचिएको छ।

आफ्नो घर आँगन सफा राख्नु हाम्रो आफ्नै कर्तव्य हो भन्ने धारणालाई सबै पोखरेलीहरुले मनन गरी व्यवहारमा लागु गर्ने हो भने हामीले परिकल्पना गरेको पोखराको मुहार छिट्टै देख्न सक्ने थियौं। पोखरालाई सफा र सुन्दर राख्ने अभिभारा पोखरा उपमहानगरपालिकाको मात्र होइन मेरो पनि हो भन्ने धारणाको विकास जबसम्म व्यक्ति व्यक्तिमा आउन सक्दैन तवसम्म हामी हाम्रो उद्देश्य प्राप्तिमा ढिलो हुने छौं। पोखरालाई अझ सिगार्ने अभियानमा जनचेतना र पैरवीको आवश्यकता पनि छ।

पोखरा उपमहानगरपालिकाले सञ्चालन गरेको सरसफाइ कार्यक्रम अन्तर्गत सहर बजारमा नियमित जसो र वरिपरिका वस्तीहरुमा समय तालिका अनुसार घर दैलोबाट नै फोहर मैला उठाउने कार्यक्रमले सवै पोखरावासीहरुलाई ठूलो राहत महसुस भएको छ। यस्ता सकारात्मक प्रयत्नहरुका वावजुद पनि बजारका ठाउँ ठाउँमा थुप्रिने गरेको फोहर मैलाले भने व्याङ्ग्य हानेको आभास हुन्छ।  त्यस्तै सडकको दायाँवायाँ यत्रतत्र फोहर मैलाले भरिएका प्लाष्टिकका पोकाहरु फालिनुले पोखरेलीहरुमा अझै पनि म सफा बसे मेरो टोल, टोल सफा भए समग्र हाम्रो पोखरा सफा हुनेछ भन्ने चेतनाको कमी भएको हो कि भन्ने लाग्छ। असल बानीको सामान्य उदाहरण हामी हाम्रा छिमेकी मुलुक जापानका पर्यटकहरुमा देख्न सक्छौं। उनीहरु आफ्नो देशको त कुरै छाडौं नेपालमा पर्यटक भएर घुम्न आउँदासमेत फाल्नु पर्ने कुरालाई जथाभावी नफाली डस्टविन खोज्दै हिड्छन्, पाएनन भने गोजीमा राखेर भए पनि फाल्ने ठाउँ पाएपछि मात्र फ्याक्ने गर्छन्। यो हो वास्तविक चेतना। के हामी यति पनि गर्न सक्दैनौ – चेतनाको विकास हुने हो भने अवश्य हामी पनि हाम्रो सहरलाई सफा र सुन्दर राख्न  सक्छौं । त्यसैले यस्ता सत्कार्यको थालनी व्यक्ति व्यक्तिबाट सुरु गरी हामी हाम्रो पोखरालाई विश्वकै सफा सुन्दर र नमुना सहर बनाउने अभियानमा जुटौं भन्नै सबैलाई आग्रह गर्दछु। अब सर्न्दर्भ फूर्तिको, माइकिङ बुझिने गरी सुनें साथै बुझें पनि।  फोहर जथाभावी फाल्न नपाउने फालेको भेटिएमा जरिवाना र स्थानीय स्वायत्त शासन ऐन अन्तर्गत कारवाही समेत गर्ने चेतावनी सहित सूचना प्रवाह गरिएको थियो। तर विडम्बना अनि कस्तो फूर्ति पोखरा उपमहानगरपालिकाको यत्रो यत्न प्रयत्नका वावजुद पनि आफ्नै भवनको उत्तर तर्फको गेटमा  यहाँ फोहर फाल्न मनाइ छ  भनेर लेखिए पनि प्राय सधैंे फोहर मैला थुप्रिएको देखिन्छ। हाम्रो अभिभारा स्वच्छ सुन्दर पोखराको नारा थाप्लामा बोकेको नगरपालिकाले आफ्नो नाकै अगाडिको फोहरको थुप्रोलाई समय मै तह लगाउन नसक्दा आलोचनाको पात्र बनेको छ। आफ्नो नाक सफा नगर्नेले नगरवासीलाई जरिवाना र कारवाही गर्छु भन्नु आफैमा हास्याँस्पद र विडम्बना हो कि भन्ने लाग्छ। आफ्नै घर आँगन दूगन्धित हुने गरि फोहर फालेर चुनौती दिँदासमेत मुक दर्शक भएर बस्ने संस्थाले खै कसरी र कसलाई कारवाही गर्ने हो। त्यो हेर्न बाँकी नै छ, हैन भने यस्तो पनि फूर्ति भनेर मजाक गर्नुको विकल्प हुने छैन्। पोखरा उपमहानगरपालिकाले कुरा कम गरोस काम धेरै गरोस, संस्था किस्सा नबनोस्। असल कामको सुरुवात आफ्नै घर आँगनबाट होस् भन्ने आग्रह गर्न चाहन्छु हैन भने आफ्नो आङको भैसी नदेख्ने अरुको टाउकामा जुम्रा देख्ने नेपाली उखान चरितार्थ हुनेछ। अन्त्यमा भन्नै पर्ने कुरा पोखरालाई सफा, सुन्दर र सभ्य बनाउन हामी सबै जुटौं।

Related News

सम्बन्धित समाचार

  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…
  • सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

    शिवप्रसाद गौतम असाेज ११, २०८०
    पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा…

hero news full width