पोखरामा जम्दैछ मोडलिङ

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७१

मोडलिङप्रति अहिले पोखरेली युवक युवतीहरूको आर्कषण बढ्दै छ। विशेष गरी अहिले मोडलिङतिर युवकहरूभन्दा पनि युवतीहरू बढी लागेका छन्। पोखरेली युवकहरू मोडलिङमा युवतीहरूको तुलनामा कम जम्न सकेका छन्। पोखरामा विशेष गरी मोडलिङ जम्ने युवतीहरूमा बबिना शर्मा, माया गुरुङ, अरुणा पुन, सुनिता गुरुङ, अनु ढकाल लगायतका युवतीहरूको नाम अग्र पंतिंमा आउने गरेको छ। यी युवतीहरू सोखको कारणले तथा रहरै रहरमा आउने गरेका छन्। तर कोही भने यही क्षेत्रमा लागेर केही गर्ने दृष्टिकोण बोकेका पनि छन्। पोखराको मोडलिङलाई अगाडि लैजाने काममा यहाँ हुने गतिविधि सहयोगी साबित भएका छन्। मोडलिङलाई पोखरेली वेभसाइटले पनि यथेष्ट सहयोग गरेका छन्। त्यस्ता पोखरेली वेभसाइटहरूमा पोखरा सिटी डट कम, ठिकठाक डट कम, लभ्ली पोखरा डट कम, जक्सन डट कम, पिस पोखरा डट कम, पोखरा टुडे डट कम, लगायत छन्।

पर्यटकीय सहर पोखरामा केही वर्ष पहिले मोडलिङको क्षेत्र केही पातलो रहे पनि अहिले आएर निकै बाक्लो भइसकेको छ। बेलाबेलामा पोखरामा हुने फेसन सो कार्यक्रम लगायत अन्य कार्यक्रममा समेत पोखरेली मोडलहरू निकै जमेको देखिन्छ। साथै विभिन्न गीतहरूमा पनि पोखरेली मोडलहरूको मोडलिङ देख्न पाइने गरेको छ। काठमाडौँ पछि पोखरालाई नै मोडलिङको दोस्रो ठूलो सहर समेत भन्ने गरिन्छ। हुन पनि मोडलिङका धेरैजसो कार्यक्रमहरू काठमाडौँ पछि पोखरामा नै हुने गरेका छन्। अहिले को बढी ग्ल्यामरस देखिने भनेर मोडलहरूबीच होडबाजी चलेको जस्तो भान हुन थालेको छ। त्यसैको विकृतिस्वरूप अहिले पोखरेली मोडलहरू अलि बढी अंग प्रदशनमा अगाडि बढे जस्तो समेत देखिने गरेको छ। मोडलिङ क्षेत्रमा जम्नको लागि ग्ल्यामरस देखिने नाउँमा ब्रा र पेन्टी मात्र लगाएर उच्छृङ्खलतालाई प्रश्रय दिनु चाहिँ अवश्य राम्रो होइन। यसले गर्दा अवश्य नै मोडलिङको क्षेत्रमा आउने नयाँ मोडलहरूलाई अप्ठ्यारो हुने छ। साथै मोडलिङ क्षेत्रप्रति नकरात्मक धारणा आउने छ।

पाश्चात्य संस्कृतिका रूपमा भित्रिएको भनिएको मोडलिङ र यससँग सम्बन्धित गतिविधि पोखरामा फस्टाउँदै गएको छ। मोडलिङ क्षेत्रप्रति सहभागी हुने उत्साही युवतीहरूको संख्याको कमी पोखरामा छैन। तर अवसरका सम्भावनाहरू कम भए तापनि मोडलिङलाई आफ्नो क्यारियर बनाउन यहाँका मोडलहरू कस्सिएर लागेका छन्। यहाँ आयोजना हुने सुन्दरी प्रतियोगिता लगायत अन्य प्रतियोगिताबाट मोडलिङका लागि तयार भएका युवतीहरूले विभिन्न चलचित्रहरू, म्युजिक भिडियो, गुरुङ चलचित्रहरू लगायत विभिन्न भाषा भाषीका चलचित्र, विभिन्न विज्ञापनहरूमा अभिनय पनि गरिसकेका छन्। पोखरामा आएका पछिल्लो पुस्ताका मोडलहरूले मोडलिङ क्षेत्रलाई व्यावसायिक बनाउन लागि परेका छन्। यस क्षेत्रमा आउन चाहने युवक युवतीहरू पनि मोडलिङ एउटा भरपदो क्यारियर बन्न सक्छ भनेर अनुभव गर्न थालिसकेका छन्।

पोखरामा उत्पादन हुने विभिन्न कम्पनीहरूले आफ्नो उत्पादनको प्रचारप्रसार गर्नको लागि गरिने विज्ञापनका लागि काठमाडौका मोडेलहरू प्रयोग गर्नाले यहाँका मोडेलहरू अवसरबाट बञ्चित छन्। आफ्नो क्षेत्रकोलाई पहिलो प्राथमिकता दिऊँ भन्ने भावना यहाँका उद्योगी, व्यावसायीहरूमा भइदियो भने यहाँका मोडलहरूले पनि राम्रै अवसर पाउने थिए। व्यापारिक प्रतिष्ठानहरूले पोखरा पनि उनीहरूका उत्पादनको उपभोक्ता बजार हो भनी महसुस गर्नुपर्छ र आफ्ना नीतिलाई विकेन्द्रित बनाउनु पर्दछ।

पोखराको मोडलिङ क्षेत्र फराकिलो हुँदै गइरहेको छ। मोडलिङ क्षेत्रमा आउने युवक युवतीहरूले यस क्षेत्रको बारेमा केही अध्ययन गरेर आउनु अवश्य नै राम्रो हुने छ। बिना ज्ञान यस क्षेत्रमा आउनु भनेको बिना तयारी तालमा पौडिनु सरह हो। साथै मोडलिङमा छोटो समयमै चर्चा कमाउने उद्देश्यले निर्बस्त्र फोटो सेसन गराउनु भनेको उच्छृङ्खलतालाई प्रश्रय दिनु हो र चर्चाका लागि देह प्रदर्शन राम्रो बाटो हुन सक्छ तर दीघकालीन रूपमा मोडलिङ यात्रा कायम राख्न भने अवश्य नै गाह्रो हुनेछ। यसतर्फ सम्पूर्ण पोखरेली मोडलहरूको बेलैमा ध्यान जानु जरुरी रहेको छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width