पोखरासँग आदिकवि भानुभक्त आचार्यको निकट सम्बन्ध थियो। यस सम्बन्धले पछिल्ला दिनहरुमा पनि निरन्तरता पाइ रहेको छ। उनीवि.सं.१८७१ असार २९ गते जन्मेर आजभन्दा करिब २०० वर्ष अगाडि वि.सं.१९२५ मा परलोक भएका थिए। परलोक हुँदा ५४ वर्षका थिए। वि.सं १८८५ तिर१४ वर्ष लाग्दानेपाल र भारतका विभिन्न भागमा घुम्न थालेका प्रमाण भेटिन्छन्। त्यस कारण ४० वर्षजति भानुभक्तले स्वदेश र विदेशमा घुमेको बुझिन्छ। घुम्दा आदिकवि भानुभक्त आचार्य पोखरामा पनि आएका थिए। जीवित छँदासशरीर आएका आदिकवि भानुभक्त सालिकका रूपमा पुनः पोखरामा देखिन थालेका छन्। आज भानु जयन्ती असार २९ गतेका दिन यसरी देखिने आदिकवि भानुभक्तलाई सम्झन खोजिएको छ।
भानुभक्त १२ वर्षजतिका थिए। उनको पहिलो विवाह दक्षिणी तनहुँमा पर्ने राङरुङमा भयो। विवाहपछि भानुभक्त आचार्य एक दिन मामाका घर लमजुङ भोलेटार गएका थिए। त्यहाँपितृश्राद्ध परेको रहेछ। मामा जयलाल पौडेलले उनलाई श्राद्ध गराउन पर्यो भानिज भनेछन्। भानुभक्तलाई श्राद्धको गराउने हत्यौडीको ज्ञान रहेनछ। उनले मामालाई आफू श्राद्ध गराउन नजान्ने कुरा बताए। नजान्ने भानिजलाई मामाले हपारेर गाली गरेछन्। भानुभक्त आचार्य इखालु र स्वाभिमानी स्वभावका थिए। मामाको गालीबाट उनी मर्माहत भएछन्। गालीले वाक्वाण बनेर हृदयलाई घोच्योे। भानुभक्त रन्थनिए। रन्थनिएका भानुभक्त पिँढीबाट जुरुक्कउठे। यता घरभित्र श्राद्ध सकियो।वल्लाघर, पल्लाघरदेखि भोलेटारको गाउँभरि भानिजको खोजी भयो। भानिज कतै भेटिएनन्। नभेटिएको ३।४ महिनापछि एक जना मानिस चुँदीरम्घा आयो र चिठी दियो। चिठी त खर्च सकिएपछि मात्र लेखिएको रहेछ। कानका मुन्दी बेचेर उनले ३।४ महिनालाई खर्च पुगेको रहेछ। चिठी पाएपछि चामल, घिउ, दाल, सुकाएका तरकारी, लुगाफाटो बोकाएर पैसा समेत लिई आमा धर्मावती आफैँ कास्की पोखरा पुगिन्। भानुभक्त आचार्यमामाघरबाट सुटुक्क हिँडेर पोखरामा प्रथम पटक पाइला टेकेछन्। भनिन्छ, अघौर्ँतिर आई केही महिना बसेर उनले जोतिस पढेका थिए। त्यही वेला अप्रस्फुटित आदिकवित्वसँग पोखरेली सुन्दर प्रकृतिको अन्तर्घुलन भयो।
पिता धनञ्जय आचार्य पाल्पामा खरिदार थिए। उनका अन्य पाँच भाइ माहिला काशीनाथ आचार्य, साहिला पद्मनाभ आचार्य, काहिँला तुलसी राम आचार्य, ठाहिँला गङ्गादत्त आचार्य र कान्छा इन्द्र विलास आचार्य सगोलमा थिए। भनिन्छ, प्रधान मन्त्री भीमसेन थापाका समय र आग्रहमा उनका माहिला र ठाहिँला भाइ पनि छोटो समय सरकारी नोकरीमा बसे। धनञ्जय आचार्य भने लामो समय नोकरीमा बसेको देखिन्छ। उनी पाल्पामा छँदा भाइहरुबिच परस्पर मेल थियो। त्यस कारण बाबु श्रीकृष्ण आचार्यको मृत्युपछि धनञ्जयले पाल्पामा नै बसेर आफ्ना भाइहरुलाई बन्डापत्र लेखेका थिए। त्यस बन्डापत्रका आधारमाभाइहरु छुट्टीभिन्न भए।काशीमा कल्पवास बस्न गएका उनका मातापिताएक वर्षको तलमाथिमा वि.सं १८९० तिर परलोक भए। परलोक हुँदा भानुभक्त आचार्य काशीमा नै थिए। किनभने वि.सं.१८८५ तिर काशी जाँदा श्रीकृष्ण आचार्य र भानुभक्त आचार्य सँगै थिए। भानुभक्त, श्रीकृष्णका दम्पती र तुलसी राम आचार्य पोखरा हुँदै पाल्पामाबसेका थिए।त्यस समयमा भानुभक्त आचार्यकरिब १४ वर्षका थिए। १२ वर्षमा पहिलो पटक र१४ वर्षको उमेरमा दोस्रो पटक आदिकवि भानुभक्त आचार्यले पोखरामा टेकेे।
काशीबाट पनि पोखरा हुँदै भानुभक्त आचार्य तनहुँ जान्थे। उनका पिता पाल्पामा बसेकाले तनहुँबाट पोखरा पाल्पा हुँदै काशी र काशीबाट पाल्पा पोखरा हुँदै तनहुँ उनको पदमार्ग बन्यो। वि.सं.१८९८ तिर धनञ्जय आचार्य शूलरोगले थलिए। उनलाई कार्यालयकोलेखापढीको काम गर्न सहयोगीको आवश्यकता पर्यो।उनले छोरा भानुभक्त आचार्यलाईसहयोगी राखे।वि.सं १९०४ मा काशीको मणिकणिर्का घाटमाधनञ्जयको मृत्यु भएको थियो।भानुभक्त आचार्यले नै पाल्पादेखि काशीसम्मरोगाएका बाबुलाई लगेका थिए। बाबुको काजक्रियापछि पनि लगभग ५।६ वर्षजति भानुभक्त आचार्य पोखरा हुँदै पाल्पा र चुँदीरम्घा तनहुँ आवत जावत गथे। यस आवत जावतले भानुभक्त र पोखरेली प्रकृतिको सम्बन्ध जीवन्त बनायो।
लेखापढीको काम गर्ने हुँदा पाल्पासँग पनि भानुभक्त आचार्यको सम्बन्ध यथावत् रह्यो। त्यसैले वि.सं. १९०७ तिर उनी पाल्पामा नै जागिरे भए। तर उनलाई बुटबलतिरको काम दिइएको थियो। तिनताकाऔलो लाग्ने महिना बाहेक अन्य महिनामा बुटवल जाँदा त्यतैतिर बस्नु पर्ने हुन्थ्यो। लगभग २ वर्षजति यस्तो जागिर खाए। जागिर खाँदा पनि पाल्पाबाट पोखरा हुँदै तनहुँ आवत जावत हुन्थ्यो। जागिरे जीवनमा पनि भानुभक्त पोखराको सर्म्पर्कमा रहे। जागिर खोसिएपछि भानुभक्त आचार्य प्रायः तनहुँ र काठमाडौँमा आवत जावत गथे। काहिँला काका तुलसी राम काशीमा नै बसेकाले पनि उनलाई काशीतिर आवत जावत गर्नु पथ्यो। यस्तो आवत जावत हुँदा उनको पदमार्गमा पोखरा पर्थ्याे। यसपछि झैझगडामा पनि पोखरा आवत जावत हुन्थ्यो। कागज पत्रमा साक्षी पनि बस्थे। एक जना मानिसले उनलाई आफ्नो कागजमा साक्षी राखेको रहेछ। उसको झगडा पोखरा अदालतमा थियो। साक्षी बक्न भानुभक्तलाई पोखरा जानु पर्ने भयो तर उनी जान सकेनन् र एउटा कविता लेखे ः( जसमा”हे, पोखरा अदालतका डिट्ढा बिचारी हो, म तपाईँहरुको पाउ परेर बिन्ती गर्छु किनभने के गरुँ -म बिरामी परेकाले यो म्यादभित्र साक्षी बक्न आउन सकिनँ।मेरो साक्षी बक्ने म्याद कायम रहोस्, म आजका मितिले एक महिनाभित्र पोखरा आएर बकपत्र गर्ने छु”भनिएको थियो। यस भनाइबाट पनि उनी तनहुँ र पोखरा ओहोरो दोहोरो गर्दा रहेछन् भन्ने थाहा हुन्छ।
वि.सं.१९२५ मा भानुभक्त आचार्यको मृत्यु भयो। मृत्युपछि मानिसका कृति र कार्य मात्र जीवित देखिन्छन्। भानुभक्त आचार्य पनि कृति र कार्य बाँचे। उनका कृति र कार्यका चर्चा पोखरा पुगे। नाम फिँजियो। चर्चाले गर्दा पोखरामा भानुभक्तको सालिक देखिन थालेे। आचार्य समाजले भानुभक्तका कविता वाचन प्रतियोगिता गरायो। साहित्यिकर शिक्षण संस्थाहरुले भानुभक्त सम्बन्धी प्रतियोगिता गराउन थाले। तनहुँ समाज पोखराले भानुभक्तलाई सम्झ्यो। वि.सं २०४५ तिर कवि तीथ श्रेष्ठ नगरउपप्रमुख हुँदा पोखरा उप महानगर पालिकाले धुमधामसँग भानु जयन्ती मनायो। अब पोखरा उपमहा नगर पालिकाले यस परम्परालाई निरन्तरता दिए सधैँ ठुलो जस पाउने थियो। अहिले हरेक पोखरेली असार २९ गते भानुभक्तको चर्चा गर्छन्। सालिक र तस्विरमा फुलमाला लगाउँछन्।
एउटा सालिक छ, त्रिभुवन विश्व विद्यालय अन्तर्गत पर्ने पृथ्वी नारायण क्याम्पसभित्र। सालिक भएको ठाउँलाई भानुचोक भनिन्छ। त्यहाँ पढ्ने लगभग १२ हजारभन्दा धेरै विद्यार्थीले भानु र भानुचोक भनेर चिन्दछन्।आजको दिनमात्यो भानुको सालिक कसरी त्यहाँ पुग्यो भन्ने बारेमा चर्चा गर्नु प्रासङ्गिक हुने छ। भानुभक्त आचार्यकी नातिनी विष्णुमायाले वि.सं.१९९८ तिर भानुभक्तको सालिक बनाउनु पर्ने कुरो उठाएकी थिइन्। उनले त्यही साल भानुभक्त मणिमाला भन्ने रामायण प्रकाशित गरेकी थिइन्। वि.सं.२०१८ सालतिरको कुरो हो। कुरा चलेको धेरै वर्षपछि तत्कालीन सरकारले भानुको सालिक बनाउने काम गर्यो। बालाजु, रानी पोखरी र पशुपतिमा सालिक राख्नु पर्ने कुरा उठ्यो। तिन वटा सालिकहरु निर्माण गर्न थालिए। निर्मित सालिकहरु एउटा बालाजु र एउटा रानी पोखरीमा राखियो तर तत्कालीन सरकारले अको सालिक पशुपतिमा राख्न मानेन। अनिराख्ने ठाउँको निधो नभएकाले तेस्रो सालिक विष्णुमायाकै डेरा बस्यो। प्रधान पञ्च (नगर प्रमुख) काठमाडौँ गएको वेलामा त्यो सालिक हवाइ जहाजबाट पोखरा ल्याइयो तर राख्ने ठाउँको निधो भएन। जर्ज जोन क्याम्पस प्रमुख हुँदा पृथ्वी नारायण कलेज जस्तो शिक्षण संस्थामा त्यो सालिक राख्ने कुरो उठेछ। कलेजले निर्णय गरेर तत्कालीन अञ्चलाधीश, पोखराका प्रधान पञ्च र क्याम्पस प्रमुखहरु मिलेर त्यो सालिक अहिलेको क्याम्पस परिसरको भानुचोकमा राखिएछ। त्यहाँ राखिएको शिलालेखमा स्थापित मिति पनि उल्लेख गरिएकेा छ। यो सालिक नेपालमा स्थापित चुँदीरम्घा, रानी पोखरी र बालाजुको सालिक जस्तै पुरानो मानिन्छ। जर्ज जोनको भनाइ अनुसार सालिक स्थापना गर्ने निर्णय कलेजको तत्कालीन माइन्युट पुस्तिकामा पनि उल्लेखहुनु पर्छ। स्थापना कालदेखि प्रत्येक असार २९ गते क्याम्पस र क्याम्पसको नेपाली विभागले विद्यार्थीहरुलाई विभिन्न पुरस्कार वितरण गरी भानु जयन्ती मनाउने गथ्यो। भोलानाथ पराजुली नेपाली विभागको विभागीय प्रमुख हुन छोडेपछि भानु जयन्ती मनाएको देखिँदैन। अहिलेका क्याम्पस प्रमुखहरु वैचारिक दरिद्रताले गर्दा त्यो भानु जयन्ती मनाउने पवित्र परम्परालाई निरन्तरता दिन चाहँदैनन्। तर पोखराले भने पृथ्वी नाराण क्याम्पस जस्तो सरस्वतीको मन्दिरभित्र भानुको सालिक राखेर विद्यार्थी, शिक्षक, कर्मचारी, स्वदेशी तथा विदेशी पर्यटक र आगन्तुकहरुका हृदय हृदयमा भानुको सम्झनालाई जीवन्त बनाइ रहेको छ।
आदिकवि भानुभक्तको द्विशत वाषिर्की सकियो। यस शत वाषिर्कीमा पुनः पोखराले भानुभक्त आचार्यलाई सम्भिmयो। फुलबारीमा भानुभक्तको पूर्ण कदको सालिक राखिने निर्णय भयो। जन्मेको १२ वर्षमा भानुभक्तले ज्योतिष पढ्न पोखरामा पहिलो पटक खुट्टा टेकेका थिए। त्यसपछि काशी र पाल्पामा आवत जावत गर्दा पटक पटक पोखरामा बास बसे। यिनी मुद्दा मामिलामा पनि पोखरा आउने गथे। सर्वप्रथम अर्ध कदको सालिकमा यिनी पृथ्वी नारायण क्याम्पसको परिसरभित्र छिरे।सालिक निर्माण भइ सक्यो। रामायणका वालिपुत्र अङ्गद जस्तै कसैले हल्लाउन नसक्ने गरी आदिकवि भानुभक्त आचार्य पोखराकै फुलवारीमा खुट्टा टेकेर उभिँदै छन्।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०